Nepal News May 22
Popular Videos





   [Show all top banners]

Deep

Subscribers
[Total Subscribers 28] :: VIEW ALL

NKC

ctal

sumanjyu

copycat

peaceinheaven

Slackdemic

plzhelp

Birkhe_Maila

swopnilcheeta
:: Subscribe
Related Videos
Back to: - STORIES / ESSAYS / LITERATURE Refresh page to view new replies | HOME PAGE
 हैन कि हो? ----- खै के हो के हो? Fix Unicode

[Please view other pages to see the rest of the postings. Total posts: 162]
PAGE: <<  1 2 3 4 5 6  
[VIEWED 24922 TIMES]
NEW! Click here to get reply notification email
SAVE! Save this thread for ease of future access.
The postings in this thread span 6 pages, go to PAGE 1.

This page is only showing last 30 replies
Posted on 03-10-09 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

हैन कि हो?----खै के हो के हो


 


"! उठ्छस कि लात्तले दिम?" घाम झुल्किन भ्याको थिएन बाङ्गे मेरो कोठामा झुल्क्याथ्यो ब्यान ब्यानै त्यस्ता शब्द हुर्याउँदै।


 


"आज एउटा घाघ ज्योतिषी नखोजी छोडदिन" मैले पनि मुरमुरीँदै कोल्टे फेरेर सिरकले मुख छोप्नु अघि भनें।


 


"यस्तो तरुनी खोज्ने उमेराँ नी ज्योतिषी खोज्ने हो के ? के गर्न चाहियो नी तँलाई ज्योतिषी?" ओछ्यानमा बस्दै अलिकति सिरक तानेर सोध्यो उस्ले।


 


"कैले घिच्याउने रे तँलाई कालले भनेर नी?" उस्ले मज्जाले सुन्ने गरी भनें मैले, टाउको बाटो सिरक हटाईकन।


 


"तँलाई भन्दा पैले मलाई घिच्यायो भने बाबु तँलाई तर्साएर नी खान बस्न दिन्न--यस्तो तर्साउँछु तँलाई --यस्तो तर्साउँछु --- बरु मर्न पा भए नी हुन्थ्यो जस्तो पार्छु तँलाई" उस्को घुँडा सिरक भित्र घुसाउँदै, ओछ्यानको भित्तामा अढेस लागेर भन्यो उस्ले अनि थप्यो, "जा माथि गएर चिया लिएर आईज, स्वास्नी नभा यस्तो खडेरी ओछ्यान छोडन पनि कस्तो गार्हो हो?"


 


"आधारातमै हिनीस कि के हो मसान? कति बज्यो अहिले?" मैले झर्किंदै सोधें।


 


"बज्यो होला नी दश जति" उस्ले सजिलै भन्यो।


 


"बज्छ दश तँलाई भनेर, घाम झुल्क्या छैन होला" मैले भित्तामा झुण्ड्याको घडी तिर हेर्दै भनें। साढे  ६ हुँदै रे छ। " हेर, भरखर लाई साढेले हान्दै रे --अझै दुई घण्टा बाँकि बिहान हुन लाई --" थपें।


 


"यता नबजे नी कतै कतै बज्यो होला नी दश, तैंले यहाँ कति बज्यो भनेर सोध्या थिएन केही थिएन -- अब उठ लामो कुरा गर्ने होईन। चिया लिएर आईज जा -- पेटै उमठन लाई सक्यो अब त।" तिर बाट सिरक तानेर उस्को माथि मिलाउँदै भन्यो उस्ले।


 


अब नउठी धरै थिएन। उठें अनि निस्किएँ कोठा बाट।


 


चिया लिएर आउँदा बाङ्गे कोठामा थिएन। "सित्तैमा मेरो निन्द्रा बिगारेर मर्यो" दुई कप चिया ओछ्यान छेउको टेबलमा राख्दै झर्किएँ आफै सँग, अरु को थियो त्यहाँ झर्किन? अनि छिरेँ फेरी ओछ्यानमा।


 


चियाको कप आधा पनि सकिएको थिएन, बाङ्गे छिर्यो कोठामा "क्या चिसो यार" भन्दै।


 


मैले केही नभनी उस्लाई हेर्या देखेर होला चियाको कप समात्दै उस्ले भन्यो "तलतल लागेर उता हलुवाबेदको बोट मुनी दुई चार सर्को तानेर --के गर्ने अब बानी लागि हाल्यो--आदत राम्रो होईन नी--एउटी राम्री तरुनीले माया गरेर चुरोट छोड भने देखि छोडदीन्छु।" ओछ्यानमा त्यति फलाकिसकेर काखमा सिरक राख्दै पलेटी मारेर बसे पछी उस्ले सोध्यो " किन ब्यान ब्यानै भन्न तँ कहाँ?"


 


सोध्न मन थिएन जिन सुकै भए नी -- नसोधे नी भनी हाल्थो भन्न -- "किन कृपा गरीस ब्यान ब्यानै?" तै पनि सोधें।


 


"आज सुरेश अंकलले बोला के" उस्ले दंग परेर भन्यो।


 


"ह्या तरुनीले बोलाको भए नी लौ भन्नु, सुरेश अंकलले बोलाउँदैमा के खान मेरो निन्द्रा बिगार्न ?" मैले खासै चासो नलिई भनें। फेरी को सुरेश अंकल को?


 


"खै कुरा बुझेको तैले? सुरेश अंकल को भन्न?" उस्को खुसीमा कुनै कमी थिएन।


 


"को?" मैले सोधें जो सुकै होस भन्ने लागे पनि।


 


"हुने वाला ससुरो हो बाबु, हुने वाल ससुरो" गदगद भएर भन्यो बाङ्गेले।


 


त्यस्ता हुनेवाला ससुराहरु दिनमा एक दर्जन जति हुन्थे, अनि धेरै जसो दिन दिनै फेरीन्थे पनि, मलाई केही वास्ता नी लागेन।


 


"हिंजै भन्न आउनला थिएँ तलाई, बाउले राती राती बाहीर जाने होईन भनेर उर्दी लाए अनि कति बेला ब्यान होला भनेर क्या छटपटी आफुलाई।" उस्ले भन्यो। अझै दंग थ्यो।


 


"को सुरेश अंकल यो?" मैले रित्तो कपलाई झ्यालमा राख्दै सोधें।


 


"त्यो आशिषेको घरको उता पट्टी के -- चाईनीज ईट्टाको घर नी हो त्यै"


 


"को आशिषे? ज्ञानेश्वरको?" मैले फेरी सोधें।


 


"अँ" बाङ्गे अझै दंग थ्यो।


 


"त्यस्को घर छेउ दुईटा छन चाईनिज ईँट्टाका घर--दुईटै घच्चीका छन तर" मैले भनें।


 


"तरुनी पनि दुईटै घच्चीका छन त्यहाँ--" बाङ्गेले अरु खुसी भएर भन्यो।


 


दुईटा भनेर बाङ्गेले सम्झाए पछी झिनो आश पलायो मलाई पनि।


 


"दुईटै तेरा होईन होलान View/Share this post only

 
The postings in this thread span 6 pages, go to PAGE 1.

This page is only showing last 30 replies
Posted on 08-14-09 9:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

ह्या प्रभो, जानु पर्छ नि, फर्केर हेरेछी त बोलाको हो नि, क्या भन्या नि, किन कुरो नबुझ्या हो कुन्नी फर्केर दुई चोटि हेरेछी त जन पर्नी, अब भरे भात खान बोला थाममा के हुनी हो, ल बिस्तार नगरि पस्किउम है प्रभो

त्यो सुपारिले घाँटी घुमाको क्या डेस्क्राइब गर्या भन्या नि, वाह सार्है मन पर्‍यो! जय हो!!
 
Posted on 08-14-09 9:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

लौ ढाड भाचु भन्या बचेँ छन ,


<<"हामी गोमादीदी हो?" मैले सोधें। उस्ले केही भनेन।>>


कुरा त सहि हो ।
 
पुरे पाट सधैं तरुनी को पछी लाग्यो भने त आफ्नो भाउ घट्छ क्या , तरुनी लाई धेरै भाउ नि दिनु हुन्न , अली कती त उनी हरु लाई नि टड्पाउनु पर्‍यो नि,  मखुला पुरे  ?


लौ अब खाना खान त बोलाकै छ , त्यो सराप को जानकारी नि हुन्छ , दाजु भाई नपर्या भए चाँही एसो हड्डी हरु बजाउनु पर्ला के भन्छ बाङ्गे ले ??


 
Posted on 08-14-09 9:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

हा हा हा, म बैरे पाटले एइ भन्छ भनेर कुरेर बसिराथें, भनी हाल्यो मुर्दारले, हो हो, ठीक हो, दीप प्रभो र बैरे पाटको फोर्मुला फ-लो गर्या भे मेरो नि केइ भैसक्थ्यो होला कि, तर के गर्नु बिडम्बना

अँ प्रभो, भरे खानामा चाँही त्यो सरापको बारे बुझी हाल्नु, ट्वाकलाई पनि अली अली थाहा हुन त पर्नी, तर केटोले बालै देन!
 
Posted on 08-14-09 1:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

लौ जा त्यत्रो मेहेनत गरेको त खेर जाला जस्तो पो भएछ। बाङे कती बाठो नि फेरी। आफ्नो ट्रजिटी पर्ला भनेर हत्त न पत्त "ल हेर अब तँलाई ट्र्याजिडी परेको" रे------अब अर्को भाग कैले हो ?

 
Posted on 08-14-09 2:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

"खोल्या थैलीको मुख स्वाट्ट डोरी तानेर बन्द गर्या जसरी ट्वाकको ओठे थैली बन्द भो। " 


 कथा त अती राम्रो छ छ, परिस्थिती ,माहौल र सीन बयान गर्ने स्टाईल अन कम्पेरब्अल छ दीप जी। नयाँ भाग को प्रतिक्ष्या मा


 
Posted on 08-14-09 2:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

कुरा ठिकै हो। लागियो चारढुङ्गे तिर। ---


चिया नास्ता सकेर हल्लिदै ठिक्क भात खाने बेला तिर घराँ आईयो।


बाङ्गेले मलाई उस्काँ तीन बजे तिर नै आउन भनेको थ्यो। "हामीहरु ज्यान दिएर पढीरा जस्तो गर्नु पर्यो नी --" उस्ले भनेको सम्झिएँ।


सर्टाँ इस्त्री लाएँ। पाईण्टमा नी यस्तो मज्जाले थिचेर लाए इस्त्री कि धारले रेटछ कि झैं थ्यो। अनि चिटिक्क परेर गएँ अध्ययन सामाग्री पनि बोकेर।


बाङ्गेकहाँ पुग्दा छटपटीँदै रे छ।


"मुटु उम्लेको उम्लेकै यार --" उस्ले भन्यो।


"धेरै नछडका अहिले -- भरे फेरी उनीहरु आउने बेला सम्ममा डढ्ला" मैले भनें।


उस्को कोठा त्यस्तो सफा सुग्गर मैले कहिलेई देखेको थिएन। चिटिक्क थ्यो। पढ्ने टेबल कुर्सी पनि हेर्दै बसेर पढम पढम जस्तो लाग्ने बनाएछ। कुर्सीमा कोट पनि झुण्याको देखेर सोधें "कस्को कोट यो?"


"मेरो नी -- कोट एकदम सुहाँउछ रेन्त मलाई" उस्ले दंग पर्दै भन्यो।


"आफ्नै घराँ कोट लाएर बस्ने तँ अब?" मैले सोधें


"अहिले देखिनै लाएर बस्ने हो ? उनीहरु आउने बेलाँ लाउने --ईम्प्रेशन पार्ने अनि खोलम्ला नी---आज चैं छाप्नु पर्छ, बुझिस।" बाङ्गेले भन्यो।


"बुझें बुझें --हाम्ले मात्रै बुझेर के गर्ने? उनीहरुले पनि बुझ्नु पर्यो नी" मैले भनें।


"उनीहरुलाई बुझाउन पैला हामीले बुझ्नु परेन?" उस्ले सोध्यो।


"के बुझ्ने?" मैले सोधें।


"मेन कुरो त्यै हो " उस्ले भन्यो।


हाम्रा कुरा त्यस्तै हुन्थे।


साँझ पर्यो--उनीहरु आए।


स्वागतमा हामी गएनम्। हाम्रो त्यै बेलाँ एकदम पढ्ने बेला भाको थ्यो। उनीहरु आको बुझ्ने बित्तिकै हामि गहिरो अध्ययनमा लागेका थिएम।


कुबेरले 'दाई, मान्छे आए" भन्न आउँदा बाङ्गेले उस्लाई "यहाँ पढीरा बेलाँ  डिस्टर्ब गर्न नआईज " भनेर फर्काएको थियो।


पानाहरु किताबका पल्टीएका थिए नै कापीका। जहाँ अघि पल्टाएर छोडेको थ्यो त्यैं थिए।


एक छिन पछी कुबेर फेरी आयो, "एकै छिन तल आउनु रे" भन्दै।


"एक सुराँ पढ्न नी दिदैनन" भन्दै बाङे उठ्यो। कोट लायो। मुसुक्क हाँस्यो।


तल ओर्लेम। बैठक कोठामा बस्न सबै बसेका रहेछन तर धेरै चै सुन्दरीहरुलाई नै देखियो। शिष्टाचारको कार्यक्रम पनि सकियो। ठीटीहरु यती राम्रा देखिएका थिए कि के भनम --सुन्दरताको बयानमा समर्पित सबै बिशेषणहरु प्रयोग यदि गरेको भए पनि ती बिशेषणहरु पक्कै सकिने थिए, तर बयान भने अधुरै हुने थियो।


कुरा पढाईको उठ्यो, स्वभाबिकै पनि हो। सुरेश अंकलले राम्रै कुरा गरे। बाङ्गेका बा ले चैं "पढ्या जस्तो त गर्छन, तर साँच्चै पढछन कि पढ्दैनन् था छैन" भने। कुरा त उनले पुर्याएर गर्या हुन। हाम्रै जस्ता दिनहरु उनले पनि त बाँच्या हुँदा हुन। बा को टीप्पणीलाई सकारात्मक फन्को दिँदै आमाले थपिन --"पढछन, निक्कै मेहनत गरीराछ्न--अहिले पनि माथि पढदै थिए"। कुरा पढाईको बाट अन्तै जान थाल्यो। सुरेस अंकल र बाङ्गेका बा पुराना कुरा तिर लागे। ठीटीहरुका आमा छोरी, र बाङ्गेकी आमा उठेर अर्को कोठा तिर लागे -- ठीटीहरु नै उठेर हिने पछी हाम्रो पनि त्यहाँ बसीरहने काम भएन। "पढ्नु छ" भन्ने सुनाएर हामी पनि लागिम उकालो-- भर्यांग हुँदै।


कोठामा फर्केर आउने क्रममा बाङ्गे बाथरुम तिर लाग्यो--म उस्को कोठा तिर। कोठामा पस्ना साथ ओछ्यानमा थ्याच्च बसेर बाङ्गेले ढोकामा कोही छन कि भनेर हेर्यो अनि छैनन् भन्ने बुझे पछी लामो सास तानेर भन्यो "सुन्दरीहरुले त हुरुक्कै पार्ने भए यार -- "


"अहिलेई--?" मैले हाँसेर सोधें।


उस्ले म तिर पुलुक्क हेर्दै भन्यो "ह्या ---"


"धुरुक्कै चै नपारुन -- त्यै हो"  मैले हाँसोलाई रोकेर भनें।


तरुनीहरुकै गफमा हामी मस्त थिएम, सुन्दरीहरुको गफ जति गरेनी नसकीने। गफ चल्दै थियो, कोही आएको सुनियो। हतार हतार उठेर पढ्ने टेबल कुर्सी सम्म पुग्ने कोशिस गरीयो भ्याईएन। सुन्दरीहरु रे छन, ढोकै बाट भने "के को घोडेजात्रा हो?"


"मनको नी, अरु के को हुन्थ्यो?" बाङ्गेले भन्यो।


उनीहरु अझै ढोकैमा थिए। मैले उनीहरुको अलि नजिकै गएर भनें "भित्र आईदीएर गुन लाई दीए नी हुने नी --"


उनीहरुको अनुहार उज्यालो थियो। ओठमा उही मन्द मुस्कान। उनीहरु भित्र आए। कोठा मगमग भो, मन झलमल्ल--झ्याल बाहीर रात परेको प्रस्टै देखिन्थ्यो।


"मन्दीरबाट भरखर आएको?" एउटीले मलाई हेर्दै सोधी।


"हैन काँ अहिले फर्किनु? बिहानै आईहालियो नी" मैले भनें। प्रश्नले झस्क्यायो तर मलाई। बाङ्गे चै छक्क पर्यो।


"हामी फर्किंदा त्यैँ बसीरा देखेर सोधेको नी" त्यै मलाई प्रश्न सोध्नेले भनी।


उस्ले भन्न खोजेको कुरा शायद मैले बुझें। राम्रो लाग्यो। भन्न चै केही भनीन मैले तर मलाई लागेको राम्रो, मुस्कान बनेर ओठमा छरीएको उस्ले टीपेको मैले देखें।


मौका यही हो भनेर होला बाङ्गेले थप्यो "अब ब्यान टीका र प्रसाद लाउने अरुहरु नै आए -- आफु त मन्दीर जानु मात्रै भो -- दर्शन त मन्दिरै नगै पनि पाईया थ्यो--टीका र प्रसाद पनि पाईएला भनेको --"


"ए भै हाल्छ नी -- हाम्रो गुरु के -- वहाँका तिनटा छोराहरु छन -- जेठो टीका, माईलो प्रसाद, अनि कान्छो चैं आशिर्बाद--गुरुकाँ जाने हो? सबै भेटीन्छ" अर्की सुन्दरीले मुक्त हाँसेर भनी।


"आशिष चैं काँ भेटीन्छ नी?" बाङ्गेले सोध्यो।


आशिष अनि बिहानका अरु दुईटा काँ भेटीन्छन, के गर्छन, हाम्लाई कसरी चिनेको अब सबै त्यो पत्ता लाउनु नी -- के काम छ र? पढाईको एउटा निउँ छ--बाँकी त फुर्सदै फुरसद त होला नी"। त्यै गुरुका तिनटा छोरा भनेर गफ दिनेले भनी।


त्यो पत्ता लाउन त उस्ले भनीरहन पर्थ्यो र?


हामीले केही भनेनम। तरुनीहरु कोठाको निरिक्षण गर्न थाले टहलिएको जस्तै गर्दै। भित्तामा भएको र्‍याक नेर पुगेर "चुरोट खाने गर्या छ?" बाङ्गेलाई एउटीले फ्याट्टै सोधी। म त झसंग भएँ। ---


 
Posted on 08-14-09 2:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

सोलिड गो ल सोलिड


लास्टाँ दीप को ट्राजेडी पर्ने भो रे - बाङ्गे नि हसाउछ


अब घर मा आउँदा तरुनी हरुले बादला लिने जस्तो छ - त्यस्तो दुई दुई चोटि हेरेर बोलाँउदा नि नगएपछी त


खैर छैन


ल पेलिम अर्को भाग ले पेलुम


 
Posted on 08-14-09 2:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

ल अर्को भाग नि आइसकेछ


एस्तो पो हुनु पर्छ = पेलुम भन्न पाछैन अर्को भाग आइसक्यो


 
Posted on 08-14-09 2:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

भित्तामा भएको र्‍याक नेर पुगेर "चुरोट खाने गर्या छ?" बाङ्गेलाई एउटीले फ्याट्टै सोधी। म त झसंग भएँ। ---


"छैन, त्यस्तो नचाहिने काम नी कोई गर्छ" बाङ्गेले भन्यो।


हिम्मत त मान्नै पर्छ।


"अनि यो चुरोट कस्को त?" तरुनीले फेरी सोधी।


"कुन चुरोट?" बाङ्गे तरुनी भएको नजिकै पुग्यो।


सुन्दरीले एक कदम पछाडी सरेर हाँस्दै भनी "यत्तिकै भन्देको--हेर तर्सेको"


उनीहरुले भाग लगाएर आएका रहेछन क्यारे --एउटी बाङ्गेको नजिकै थिई सुन्दरी अर्की मेरो। बाङ्गे र मेरो बिच छ सात फिटको दुरी थ्यो होला --


"पलान्चोक भगबती गाको छ?" म सँगै उभीनेले सोधी।


"छ एक चोटी" मैले भनें।


"हामी पनि अर्को शनिबार जाने" उस्ले भनी।


"किन भन्या? आउलान फेरी कोई कोई -- बाङ्गे सँग उभीने ले म सँग उभीनेलाई हेर्दै भनी" उनीहरु दुईटै हाँसे।


हामी पनि हाँसेम।


"कोट किन लाईरा नी?" छेउकी तरुनीले सोधी बाङ्गेलाई।


"अघि एक छिन बाहीर गा थें चिसो चिसो थ्यो -- "बाङ्गेले कोट फुकाल्दै भन्यो। उस्ले कोट ओछ्यानमा यत्तिकै फ्यात्त फ्याँक्यो।


अनि यसो एक दुईटा कुरा के भाको थ्यो बाङ्गे छेउकी सुन्दरी म छेउ उभीएकी कहाँ आई -- उस्लाई तानी अलिपर लगी --खै के भनी -- उनीहरु अब हामी जाने भन्न थाले।


"किन?" भनेको धेरै बेर भै सक्यो फेरी तल के भन्नु हुन्छ भने।


हाम्ले अरु बस्न अनुरोध गरे पनि मानेनन।


"एक छिन बाहीर जान मिल्छ?" बाङ्गे छेउ की ले हामीलाई सोधी।


"मिल्छ" भनेर हामी अरु केही नभनी कोठा बाहीर निस्केम।


हामी त छक्क। म त झन। उनीहरुले ढोका ढप्क्याए।


"के गरीस बाङ्गे तैले?" मैले सोधें।


"केई गर्या छैन, -- पश्पतिनाथ भस्म---यत्तिकै निकाली यार" उस्ले भन्यो।


"केई भनीस की?" मैले सोधें।


"मैले केई भन्या भए सुनीहाल्थिस नी" उस्ले भन्यो।


उनीहरुले ढोका खोले। हामी भित्र गएम।


"ल लाउनु यो कोट" तरुनीले कोट बाङ्गेको हातैमा दिएर गए। हामी अलपत्र झै परेम।


बाङ्गेले कोट हातमै लिई रा थ्यो।


"ला रे -- भन्या सुनीनस?" मैले सम्झाएँ।


उस्ले कोट भिर्यो अनि कोटको सबै खल्तिमा हतार हतार हात हाल्यो। सबै खल्ती रित्तै। एउटा बाट एउटा र आधा ल्वागं निस्कियो त्यत्ति हो।


"कत्तिन लभ लेटर छाम्या होला हैन तैले?" मैले हाँस्दै सोधें।


उस्ले पनि हाँस्दै "सिंत्तैमा मुटु मात्रै बुरुक बुरुक भो" भन्यो।


कुबेर आयो त्यै बेलाँ, "तल आउनु रे" भन्यो।


ल तरुनीहरुले के कुरा लाएछन भन्दै तल पुगेको त खाने बेला भाको रे छ। तल त उही हो छडके कुरा गरीयो अलि अलि-- नभए आँखा जुधायो -- कहिले फुलझडी देख्यो, कैले गमला -- कैले चै रकेटै पनि --त्यस्तै भो।


खान पिन पछी उनीहरु जाने भए। बाङ्गेको बाउले मोटराँ पुर्याईदिन्छु भने।


उनीहरु तयार हुँदै थिए, हामी बाहीर चोकमा निस्केम। चिसै थ्यो। बाङ्गेले कोट लाए अनुसारको मौसम थ्यो बाहीर चैं।


तरुनीहरु पैले निस्के। त्यो अघि बांङ्गे सँग उभिनेले सरासर आएर बाङ्गेलाई एउटा कागज दिई। "अहिले हामी गए पछि पढ्नु है?" उस्ले भनी।


अर्कि तरुनीले मलाई पनि केई दिन्छे की भन्या दिईन। सार्हो चोट पर्यो नी।


न बिर्स्या हो? मैले सोचें। अनि सोधें पनि "मलाई चैं छैन?" उस्ले मुस्काउँदै "छैन" मा टाउको हल्लाई।


बर्बाद भो मेरो -- हुन सम्म भो। जमीनमा धस्सीन पाए नी हुने जस्तै भो। बाङ्गेले मुठीमा त्यो कागज लिएको थ्यो। अहिले जतनले कोटको खल्तिमा हाल्यो म तिर हेर्दै --- "देखिस त बाबु?" भने जस्तै लाग्यो उस्ले मलाई। नराम्रो घोच्यो।


एक छिनमा सबै निस्किए। शिस्टाचार पूर्बक बिदाबारी भए सबै। बाङ्गेको बा ले लगे उनीहरुलाई।


उनीहरु जाना साथ बाङ्गेले "हिन माथि" भन्यो। मलाई त केही नी गर्न मन थिएन।


"म त घर जान्छु" भनें।


"नचाहिने कुरा नगर न -- हिन खुरुक्क--"पाखुरामा समातेर तान्यो उस्ले  मलाई।


माथि कोठामा पुग्ने बित्तिकै उस्ले कागज झिक्यो "-- तँलाई पनि दिन्छे पीर नमान--आज नभए भोली दिन्छे --यस्ले नदिए अर्किले दिन्छे --" म तिर हेर्दै भन्यो।


त्यो अघि तरुनीले दिएको पत्र हातमा लिएर उस्ले मलाई सोध्यो "लभ पर्या  भन्या यही होईन त? "


मैले के भन्ने? चोट परीरा बेलाँ।


उस्ले बिजयी मुस्कानमा गर्जेर झै फेरी सोध्यो" हो की होईन?"


मैले झर्केर भनें "खै के हो के हो --"


उस्ले हतार हतार खोल्यो कागज---जम्मा एक लाईन थ्यो लेखेको --


"नलाउनु पर्ने कोट चैं जखेर बस्या रे छ ---लाउनु पर्ने चिज चै छैन"


उस्ले र मैले हेरा हेर गरेम। बाङ्गेले हात अकास्मात पाईण्टमा पुर्यायो -- अनि स्वारर तानेर लायो।


****


 


 


 
Posted on 08-14-09 2:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

क्या हसाँयो भन्देखिन लोल लोल लोल
 
Posted on 08-14-09 3:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

हा हा हा ....  मरे नी साह्रै लोट्पोट भईयो ...........लोल लोल .......... हा हा हा .... बाङे बजिया .........


दीप ब्रो साह्रै नै धन्यवाद छ है !!!! मेरो वीकेन्द त गजब नै जाने भो .... कथा साह्रै रोमान्चक र एकदम कण कण नै रसिलो


 
Posted on 08-14-09 3:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

हा हा हा हा हा हा हा, ब'बाल हाँसियो प्रभो ब'बाल, साची माने प्रभो मैले, कस्तो सक्या भन्या नि, फिटिक्कै expected थेन यो त, बबाल भो महा-ब'बाल भो। हांसेर भुइँमा लडि-बुडी भो, जिम्मालबाको इस्ताइलमा भन्न पर्दा, BMLB भो प्रभो। क्या गयो भने नि। ल वीकेन्द सही जानी भो।

 
Posted on 08-14-09 4:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

छेउ को मान्छे नै तर्स्यो प्रभु कस्तो हसाएको । लोल महा लोल  , बाफ रे बाफ माने काहानी मा ट्विस्ट् भन्या यो हो । प्रभु कथा त सक्या छैन होला <<****>> देखे नि अब भोली टिउसन त जानै पर्छ , लौ न नसकौ है काहानी मा बाँकी अझै हुनु पर्छ
 
Posted on 08-14-09 10:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

its really funny dude wau good job waiting for ahead
 
Posted on 08-14-09 10:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

लौ प्रभो हास्दा हास्दा बेहोस हुन आटियो 
गर्नु गर्छ यो बाङ्गेले पनि。。。。。。。हाहाहाहाहा !!

 
Posted on 08-15-09 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

lol mare ma ta .kasto hasako........... Hilarious......
 
Posted on 08-15-09 5:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

katai Bange le jani jani tyo tala ko khulai rakehko ta hoina, ke thaha Bange nai paryo? ki mayalu aaune bhanepachhi hos harayechha Bange ko? Ani mori haru ko najar pani teha nai kina janu pareko?

lasta ka tin episodes ekai choti padiyo, lastai hasayeko ho yaar bro le. ani pravoo le katha ko bit marekai ho ta? ajhai tankyaidim na ho, teso gare kaso hola? 

 
Posted on 08-17-09 7:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

म जस्तो एउटा पाठक खेमाको ब्यक्तिले लेखकहरुको सम्मानित खेमा प्रति आदर पूर्बक गर्ने प्रस्तुती-नमनमा हुने कमी-कमजोरीहरुलाई प्रयास सम्झिएर म प्रति सदभाव देखाउने सबै साथीहरुलाई हार्दिक धन्यबादका शब्द-पुष्प अर्पण गर्न उपस्थित भएको म अहिले।


साथीहरुको जीबन सुखमय होस।


 
Posted on 08-17-09 8:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Ha ha,


One of the funniest sequences I have read in a long long time. Deep bro, thanks a lot for this romantic comedy.


 
Posted on 08-17-09 6:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

गुरुको कथाहरुमा घट्ना र शब्द प्रस्तुती अती  सजिब छन। घट्नालाई नियाल्ने प्रभोको खुबी अजिब  को छ। अरु पनि खुराक हरुको बग्र प्रतिक्षामा छु।   

जय सम्भो ......

 
Posted on 08-17-09 11:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Chalu rahechha kt haru pani  Deep ko Aankah napugeko tham ma nai tyak pugyo nee najar. Bange Atyadhik Tayarima ma ho kee.  Deep bro pani Bange lai line bat jharna  chup chap jasto chha nee

 
Posted on 08-21-09 8:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

पढेर आफ्नो मनसाय यहाँ अथवा आफ्नै मनमा राख्ने सबै प्रति मेरो हार्दिक आभार। सबैको जिन्दगी पुर्णिमा झैं होस, औंसिको झै पनि हुनै पर्ने भो भने तिहारको चैं औसीं होस, झिलिमिली।
 
Posted on 08-21-09 8:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

हसाउन नि कती सकेको हो प्रभो धन्न नजिकै काम गर्नी ले "त्यो दीप लाई हाजिर गरा" भनिन


As usual, one of the best.


 
Posted on 08-21-09 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

prabho jadau,
Tapai ko pathak huna payeko ma dherao khusi lagirachha kere.... aru ta ke bhanam ra khai...
...Shib dai kata chhan? jand khadai 'de de pyar de' bhandai hidira ta holan, teta undi...


 
Posted on 08-26-09 8:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

शिवदाईका गफहरु पनि लेखम्ला कुनै दिन लाले प्रभो, परेछ मौका भने।


सुन्दरीले हाजिर गरा भनी भने त प्रभो खबर पाम न --- कसो stat प्रभो?


जय होस है जय होस् सबैको -- मायालुको नजर्-स्पर्श मात्रैको आशलाई मनबारीमा गोडमेल गर्दाका दिनहरुमा मदहोस मुस्कानका फुलहरु समेत आफ्नो मनबारीमा उस्ले रोपेर गए झै होस जीवन।


 


 
Posted on 08-26-09 9:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

ल प्रभो पलेटि कसेर बसेँ!
 
Posted on 08-26-09 1:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

<< पर्ने कोट चैं जखेर बस्या रे छ ---लाउनु पर्ने चिज चै छैन"


 


उस्ले र मैले हेरा हेर गरेम। बाङ्गेले हात अकास्मात पाईण्टमा पुर्यायो -- अनि स्वारर तानेर लायो।>>



 प्रभो माने| साह्रै राम्रो|


 
Posted on 09-08-09 8:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

जिम्माल पलेंटी कसेर बस्या छन पढेर उठलान भनेको त यही आशनमा निर्बाण प्राप्त गर्न लाग्या हो कि के हो?
 
Posted on 09-08-09 9:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

निर्वाण प्राप्त गर्न त हैन आफैँलाई पुनर्निर्माण गर्ने जमर्कोमा बोलेको बोलि पनि पुर्याऊन सकिएन प्रभो! अब त पढेर उठ्छु!
 
Posted on 10-07-09 12:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Kathaa sakkiyeko ho ki ajjhai cha?


Post Office eutaa khulla bhayera ta tragedy nahunu parney......


 



PAGE: <<  1 2 3 4 5 6  


Please log in to be able to reply! If you don't have a login, please register here.

NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Quick Links

Like us in Facebook!

free counters
66.249.73.62