Momo n Curry - Authentic Nepalese Cuisine
Your Banner Here

   [Show all top banners]

rahulvai
Replies to this thread:

More by rahulvai
What people are reading
Subscribers
[Total Subscribers 19] :: VIEW ALL

peaceinheaven

liberty gal

perfectionist

popeye

*~Spring~*

hundari

बिस्टे

raju161

abc_n_xyz
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 ~ सोच ~

[Please view other pages to see the rest of the postings. Total posts: 63]
PAGE: <<  1 2 3 4  
[VIEWED 18427 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 4 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 03-04-09 2:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

~ सोच ~


बन्धुहरु,


आज यो कथा मार्फत म २०४६ साल को जन आन्दोलनको सेरोफेरोमा  लैजान चाहन्छु। २०४६ साल को महान जन-आन्दोलन बर्णन वा घटनाक्रम लाई होइन कि त्यो परिबेशमा घटेका घट्नाहरुलाई लिपिबद्ध गर्ने प्रयास मात्र गर्दै छु। धेरै मित्रहरुको मानसपलटमा धूमिल चित्र मात्र जन आन्दोलन भाग १ को भएकोले पनि यो घट्नामा आन्दोल्नको चित्रण गर्ने दुस्साहस गरेको हुं। 
 राजनीति को चस्मा फुकालेर पढ्न हुन सबिनय अनुरोध छ ।


२०४६ साल माघ ३-४ गते लौह पुरुष स्वर्गिय गणेश मान सिंह को निवास चाक्सी बारी मा भएको घोषणा र  २०४६ साल फाल्गुन सात गते देखि देशमा खोसिएको प्रजातन्त्र पुनर्स्थापनाको लागि शान्तिपूर्बक जन-आन्दोलन गर्ने कार्यक्रम तय भएको समाचार हामीले बि बि सि मार्फत सुन्यौं। त्यती खेर हामी भारतको कुनै भूखण्डमा अध्ययनरत थियौं।


घोषणा संगै तत्कालिन पञ्चायत सरकारले आन्दोलन दबाउने अनेक प्रपँच रचे रे ।
घरतिरबाट् पठाइने चिट्ठीमा नत्थिएका केही साप्ताहिक पत्रिकाका कटिङहरु त्यतिबेला बडा ठुलो मसला हुन्थ्यो। जमाना चिट्ठी पत्र र आ वा को थियो। टेलिफोनको अबस्था नेपालको भन्दा नि दयनिय थियो।


परदेशमा हुंदा देशमा के भैराख्या छ भन्ने कौतुहलता अहिलेको इण्टरनेट् र सेलफोनको जमाना पनि त्यति कै हुने रहेछ भने त्यति बेलाको उपलब्ध संचारमा त्यसको भूमिका कस्तो थियो होला भनेर भनिरहनु पर्दैन होला।


राजनीति संग  निरिपेक्ष छु भनी घोषणा गर्ने भलादमिलाई पनि चासो हुंदो रहेछ।  मेरो अनुभूति। जुनसुकै सामाजिक र घरायसी ब्याकग्राउण्डका मित्रहरुमा पनि प्रजातन्त्र प्रति चाह भएकै हुंदो रहेछ। मेरो बुझाइ।


७ साल को प्रजातन्त्र हामीले देखेका थिएनौ , न त हामीले १७ साल को काल् रात्री। पन्चायत कुशासनले प्रत्यक्षरुपमा हाम्रो कलेजमा पढ्ने शायदै कसैलाई असर पारेको थियो होला र पनि प्रजातन्त्र प्रति मोह र पन्चायत प्रति को बिद्रोह सबैमा देखिन्थ्यो। हाम्रा एक सिनियर र एक जुनियर र पन्चायत सरकारका पूर्ब मन्त्रीहरुका सुपुत्रहरु थिए।


भारतमा रहेका नेपालीहरु माझ ( बिद्यार्थी एवं बसोबास गर्नेहरु) आन्दोलनको झिल्को बाल्न तत्कालिन सयुक्त जन आन्दोलन परिचालन समितिद्वारा नेपाली काँग्रेस संग आबद्ध अर्जुन थापा र राम प्रसाद डोटेल लाई खटाइएको थियो। अर्जुन थापा हाम्रै बिश्व बिद्यालयबाट स्नातक भएकोले उहाहरु हाम्रो होस्टलमा आउनु भयो। भारत यात्राको पहिलो बिसौनीको रुपमा। 


त्यता तिर भएका सबै नेपाली जम्मा भयौं र उहाँहरुको सन्देश सुन्यौं।
अनि अर्को दिन अन्तै लाग्नु भयो। फाल्गुण सात नजिकिदै थियो।


प्रजातन्त्रको लागि बिश्वको कुनै पनि कुनामा रहेका नेपालीले आ-अफ्नो ठाउँबाट आवाज बुलन्द गर्नै पर्छ भन्ने कुरामा कहिलेइ कुरा नमिल्ने नेपाली बीच कुरा मिल्यो। इतिहासमा लेखिएन मात्र हो, फाल्गुण को ६ गते अर्थात १ दिनागावै जुलुस् निकाल्ने  कार्यक्रम तय भयो। बिश्वबिद्यालयका युनियनका पदाधिकारीहरु ले सघाउन तंछाडमछाड गरे। तीन पार्टीका ३ प्रमुख पदधारी भएकाले पनि होला।  डेमोक्रेसी इन नेपाल, नाउ अर नेभर लेखिएको बडेमानको ब्यानर र बिशाल नेपालको झण्डा सहित जुलुस् निकाल्यौं। फाल्गुण ७ गते दिल्ली को बारखम्बा रोड स्थित नेपालको दूताबासमा मानव सागरले घेर्ने कार्यक्रम भएकोले पनि ६ गते नै हामीले स्थानिय तवरमा जुलुस् निकाल्नु परेको एउटा कारण थियो। त्यहि रातीको ट्रेन चढेर हामी दिल्ली लाग्यौं, ब्यानर पोस्टर सहित। हामीलाई शिबाजी पार्कमा बिहान ९ बजे भेला हुने सूचना थियो। त्यहीबाट जुलुस् सुरु भयो बारखम्बा रोडको गन्तब्यलाई तारो बनाएर। नेपाली दूताबास् चौदोबाटोको एउटा कुनामा बिशाल दरबारजस्तो देखिन्थ्यो। चारै बाटोबाट एकै समयमा दूताबास अगाडीको चोकमा मानव सागर उर्लेको देख्दा लाग्यो, प्रजातन्त्र प्रति मोह सबैमा रहेछ। स्वतन्त्र भै बाच्ने रहर जनावरमा त हुन्छ भने मानव मा नहुने कुरै छैन। डर, त्रास, मा वयस्क मन बाच्न सक्दैन। कल्पनाको उडानमा उड्ने रहरमा बन्देज लगाउने बिरुद्ध बिद्रोह जता ततै सल्किरहेको बखत थियो। पूर्ब सोभियत संघ, चेकोस्लाभिया हुंदै प्रजातन्त्रर स्वतन्त्रको हावा हाम्रो देशमा पनि बिचरण गरिसकेको थियो।


दूताबासमा धीतमरुन्जेल नारा लगाई, ज्ञापणपत्र बुझाइयो।


त्यो रात धर्मशालामा निदायौं, प्रजातन्त्रको सपना सजाएर। भोलिपल्ट पुन: आफ्नो कलेजमा नियमित अध्ययनमा फर्कियौं।


देश आन्दोलनमय थियो  थिएन थाहा भएन तर हाम्रो कलेज र होस्टल भने आन्दोलनमय थियो। एक जना फाइनल इअरका सिनियरको कोठा कन्ट्रोल रुमको रुपमा परिणत भयो।मानौं हामी कुनै युगान्तकारि मिशन सफल बनाउन योजनाबद्ध ढैगले कार्ययोजनाको खाका कोर्दै थियौं।


 हरेक साँझ डिनर आवर भन्दा पहिला त्यो कोठामा भेला हुने र आफुले पाएको सूचना- समाचारहरु सुनाउने सुन्ने। एक से एक क्रान्तिकारी तर्क बितर्क हुन्थे। फलानो ठाउँमा मशाल जुलुस् निस्कियो रे। फलानो मान्छे गिरफ्तार रे। फलानो ठाउंमा गोलि चल्यो रे। भयाबहताको अन्दाज गर्थ्यौं। अब के हुने होला, के गर्ने होला, जिज्ञासा रहिरहन्थ्यो।


यो आन्दोलन सफल हुदैन भन्ने देखि लिएर सफल मात्र होइन गणतन्त्र समेत आउछ भन्नेहरु पनि थिए। बि बि सी, भाइस अफ अंेरिका क्यार् क्यार् आवाज आउने ट्रान्जिस्टरमा सुन्थ्यौं। कसैको घरबाट, आफन्त, बन्धुबान्धवबाट आएको पत्र को जिस्ट सुनाइन्थ्यो। कहिले निराश हुन्थ्यौं, कहिले रगत तात्थ्यो।


आन्दोलन आफ्नै गतिमा चल्दै थियो नेपालमा। फाल्गुणको अन्तिम सातामा होली पर्ब परेको थियो। ७ दिने छुट्टी हुन्थ्यो। त्यहि अबसर पारेर नेपाल जाने निर्णयमा म पुगें। २४ घण्टाको बस यात्रामा काठमाडौं पुगिन्थ्यो।  म संगै अरु दुइ जना नेपाल जान तयार भए। एक जना जुनियर भाई जो पन्चायतकालिन मन्त्रीका छोरा थिए। अर्को एकै ब्याचमा मित्र।
होली बिदा को एक् दिन अगाडि नै हिड्यौं तीन जना। भौगोलिक गन्तब्य एकै भए ता पनि हामी ३ जनाको उद्देश्य फरक थियो। सोच फरक् थियो।  नेपाल भारत बोर्डरमा नेपाल प्रहरीले सम्पूर्ण खानतलासी गरे। बाटोमा पढन भनि किनेको फिल्म दुनिया समेत जफत गरे। कोर्सबूक समेत वल्टाइपल्टाई जाँच गरे। काठमाडौं पुग्यौं। आ-आफ्नो घर लाग्यौं।


क्रमश:


 
The postings in this thread span 4 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 03-13-09 2:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

दाई आफुले त्यो महान जन-आन्दोलनमा भाग लिन पाएन, तपाईं को कथा मार्फत देख्दै, बुझ्दै छु, हाम्रा लागि त भिड-भाड बाहेक केइ थेन त्यो, स्कुल छुट्टी हुन्थ्यो, तेत्ती थाहा छ। घरमा अंकल चाँही खुब तातिनु भा थियो, उ बेलाको जोस

तर ठुल्दाइ, यो त अत्तिनै छोटो भएन र? अन्याय भो क्या, अली थपुम न, कि लामो भाग हाल्नु, कि छिटो छिटो पस्किनु क्या। कथा सार्है रमाइलो छ।
धन्यवाद

 
Posted on 03-13-09 3:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

"श्रीराम आन्दोलन को हाल खबर बुझ्न गएकै होइन। केटी खोज्न गएको, केटी पाएन, त्यसको रीस पोख्यो। हो कि होइन श्री राम?"--- कस्तो मान्छे होला यो श्री राम भनौदो त। हो भन्या मामा हरी लठ्ठक नै रहेछ
ठुल्दाइ पढ्दै छु। पढेको भन्दा नि देखेको जस्तै लागिराछ।
थप्दै गर्नुस्  । ज्ञान बाँड्दै गर्नुस् है। 


 


 


 
Posted on 03-13-09 4:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 


ठुल्दाइ, चौथो भाग पनि पढियो। राजलाई पन्चायती बिषले ब्रेनवाश गरेको रहेछ, श्रीरामलाई भने ककसलाई के को धन्दा घर ज्वाँईँलाई खानको धन्दा भएको रहेछ। अर्को भाग छिट्टै पढ्न पाउने आशामा।   

 
Posted on 03-16-09 3:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

~सोच~
अन्तिम भाग


श्रीराममा   जन-आन्दोलन प्रतीको बजारू सोच हुनुमा मलाई आश्चर्य लागेन। उनी हुर्केको बढेको परिबेश र मित्रमण्डलीको संगत को फल थियो त्यो। श्रीराम त्यो टोलको दौतरिहरु मध्ये पढाई मा अब्बल दर्जा का थिए। प्राय पढ्ने पढाउने कर्ममा जोड नदिने समाज को एक सदस्य। पढाई भनेको टाइमपास र फेशन मात्र थियो। एस् एल सी सम्म पुग्दा उनका सबै साथीहरुले स्कूले छोडि सकेका थिए। तै पनि सानै देखिको साथी संगतमा कुनै उल्लेख्य फरक गरेनन। १६-१७ बर्ष मै उनको ग्रुप बेश्यालय धाउने गर्थे रे ।यौन ब्यवसाय गर्ने त्यस्ता अखाडाहरुमा   सधैं छापा मार्ने, पक्राउ गर्ने डर रहने हुनाले कलंकी निर एउटा कोठा नै भाडा मा लिएर बजारू लड्कीहरु संग रात दिन रंगिन गर्थे रे- श्रीराम, सगौरब आफ्नो अनुभव बताउछन टाइम टाइममा। उनका कतिपय साथीहरु "रेप" केसमा जेलमा समेत बिताए रे। आन्दोलन को समयमा यौनकर्मीहरुको अभाव सुरक्षाको कारण भएकै थियो होला। काठमाडौ यात्राको एक उद्देश्य पुरा भएन, खोज "भालु" कै भए, त्यसैले सोच पनि त्यस्तै भए। तर पढाई भने मित्रराष्ट्रका विद्यार्थीको भन्दा तेज थियो नै।


राज, पञ्चायतकालिन मन्त्री, कुटनितिज्ञको छोरा। काजी साहेब। रुस, जर्मनी र बेलायत आदी देशका स्कूल पढेको। पास्चात्य संस्क्रिति र सभ्यतामा  डुबेको ब्यक्ती। आमजनताको कष्ट, बिकास, र स्वतन्त्रताकोसंग कुनै लिनु दिनु थिएन। अज्ञाकारी सुपुत्र, ड्याड ले भनेको कुरा मा विश्वाश नगरी भएन पनि। त्यसैले उनको सोच भन्दा पनि ड्याड को सोच बोलेको थियो त्यती बेला।


दिन बित्दै गयो। आन्दोलनले सुस्त गती मै थियो। हरेक दिन "कन्ट्रोल" रुममा समाचारको खोजिमा हुन्थ्यौं। हामी आधा जती आशाबादी थियौं, आधा केही हुन्न भन्ने श्रीराम, राज र सिनियर महोदय जस्ता "बाल मतलब " मार्का। एक हफ्ता बित्यो, उल्लेख्य कुनै समाचार थिएन।गाली शिरोमणी सिनियर महोदय ले फेरी गाली बर्षाइ हाले। "साले भातमारा हरु, तिमीहरुको आन्दोलन..................... " "यहाँ आफ्नो पढाई सकिन लागि सक्यो, कसरी घर जाने? कसरी जागिर खाने? "


दुर्बासा को रुप धारण गरेको ब्यक्ती सँग दोहरी चलायो यो कि फोहरी खेल हुन्छ भनेर चुप लागें।


चैत्र २४ गते,   शुक्रबार थियो। सुरेश, म र डाकटर गजेन्द्र नयाँ सिनेमाको फस डे फस शो हेर्न गएका थियौं। सिनेमा को नाम चाँही बिर्सेंं, आमिर खान को फिल्म थियो। सिनेमा हेरिवरि खाजा साजा शहर मै भाएर आउँदा साँझ परि सकेको थियो। 



कालेजको गेटमै एक जना नेपाली भाषी भारतीय मित्र ( आसम राज्यको ) भुपाल छेत्री भेट भयो। नेपाली दाजुहरुले तिमीहरु लाई खोज्दै छ। दाहाल सर को कोठामा आउनु रे भनेर भनेको छ ।


हामी लाई खोज्नु अर्थ पक्कै पनि आन्दोलनको बिषयमै हो भन्ने विश्वाश थियो। कन्ट्रोल रुममा सब जना चिन्तित मुद्रामा।
एक जना सिनियर पड्की हाले-


"कहाँ गैराखेको?"
"किन, के भयो? "
"देशमा यस्तो भै सक्यो। नारायण हिटी दरबार अगाडि प्रदर्शनकारीहरु माथि आर्मिले गोली हान्यो। सयौं मरी सक्यो। कती मर्‍यो कसैलाई थाहा छैन।"


मानौं, अघी हामी त्यता भएको भए त्यो नर संहार रोकिन्थ्यो। बि बि सि , अल इडिया रेडियो, भ्वाइस अफ अमेरिकाले फुकी सकेको थ्यो। राती दूर दर्शन को समाचार को समेत हेड लाइन थियो।
"चिन्तित म पनि भएं। दुखित पनि। मेरा त दाई भाई दुबै आन्दोलन को समर्थक । कहीं त्यो नारायण हिटी को................................. । हैन हैन,गएनन होला। आँफै लाई सम्झाएं।



को मर्‍यो होला? कती जना। कसरी निहत्था प्रदर्शणकारीहरु माथि ज्यानमारा गोली चलाऊन सकेका होलान। सेना पनि त मान्छे नै हुन नि। अनेक तर्क बितर्क मनमा खेल्न थाले।


डिनर पछी सबै जना लाई मेस मै भेला गर्ने निर्णय भयो।


इटिङ सकियो, मिटिङ सुरु भयो। मूल त मिटिङ को उद्देश्य अब के गर्ने, कसो गर्ने भन्ने नै थियो। एक जना सिनियर जो पञ्चायतकालिन मन्त्री कै सुपुत्र थिए, बडा क्रान्तिकारी निस्कनु भयो।


"अब यसरी हातमा हात राखेर केही हुन्न। हतियार सहित को क्रान्ति गर्नु पर्छ। आजै चन्दा मागौं। २०-३० वटा बन्दूक किन्ने पैसा उठ्छ।"



क्रान्तिकारी कुरा भए ता पनि हावादारी कुरा थियो त्यो। क्षणिक जोस थियो। लामो छलफल पस्चात भोली नै साइकिले जुलुस निकाल्ने र राजाको पुतला जलाउने निधो गर्‍यौं।



साइकिल जुलुस निकाल्यौं। राजाको पुतला शहर को नामूद पत्रीका को मुख्यालय बाहिर आगो हाल्यौं। रिस पोख्यौं। भोलिपल्ट को अखबारमा फोटो सहितको हेड लाइन निस्कियो- लोकतन्त्र के लिए नेपाल कि युबाऔं ने साइकिन र्‍याली निकाली। हजारौं कि जुलुस ने राजा बिरेन्दर बीर बिक्रम कि पुतलें भि जलाए ।


२०-३० माइल साइकिल चलाएका थियौं। सबै थाकेका थियौं। तै पनि समाचार सुन्न पर्‍यो भनी रेडियो खोल्दा, सूचना सुन्यौं। बिशेष प्रसारण हुने हुंदा सुन्दै गर्नु होला भन्ने। एक कान दुई कान हुंदै यो खबर सबै को कोठामा पुग्यो। अबश्य नै यो बिशेष प्रसारण आन्दोलन सम्बन्धी नै हुनु पर्दछ, नत्र रातको ११ बजी सक्दा, प्रसारण को अन्त्य नगरी देसभाक्ती गीत बजाउदैनथ्यो। श्रीमान गम्भिर सँगइ जय नेपाल भन्दै टुंउुउुउु आवाज मै अन्त्य हुन्थ्यो।



राती को बाह्र बज्दा नबज्दै, राजा बिरेन्द्रले राष्ट्रको नाम मा सम्बोधन गरी संबिधानबाट निर्दलिय शब्द निलम्बन गरी आन्दोलनकारी नेताहरुलाई वार्ताको लागि आह्वान गरिबक्स्यो।



नेपाल को ईतिहासमा एउटा अध्याय थपियो। आन्दोलन सफल भएको घोषणा थियो त्यो।
सबै नेपाली भेला भै सुनेका थियौं त्यो सम्बोधन। सकिने बित्तिकै खुशीयालिमा नारा जुलुस भयो, होस्टल बाहिर को चोक मा। सारा भारतीय मित्रहरु नि आए। भिडभाड र हल्ला यस्तो भयो कि कुनै ठुलो घट्ना दुर्घट्ना वा हूलदङ्गा भा जस्तो। प्रिन्सिपल, वार्डनहरु स्कूटरमा तत्काल आइपुगे। हामीले नेपाल मा यस्तो भाकोले खुशीयाली मनाएको भने पछी बधाई दिदै गए।



चिया बनाए ठुलो ड्केचिमा। राती चिया चुरोट त्यो पनि बिना फिलटरको पानामा मै अबेर सम्म अबिर लगाइ खुशी मनाउदै बस्यौं। पञ्चायत ले नयाँ बर्ष देखेन, मेरो सोच र बिष्लेषणमा जे थियो, त्यही भयो। यसरी प्रजातन्त्रको नयाँ बिहानी सुरु भयो। 



अस्तु।
   


 
Posted on 03-16-09 3:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

वाह ठुल्दाइ, तात्तातै पढियो, सबको सोच नि बुझियो, सार्है जोसिएर नि आइयो। कथा सार्है रोचक लाग्यो, ending नि चित्त बुझ्यो। उ बेलाको नेपाल र ऐले को नेपाल, खै के भन्नु। कस्को आँखा लाग्यो। जेहोस् ठुल्दाइलाई मुरी मुरी धन्यवाद, हामीलाई त्यो आन्दोलनको सम्झना दीलाइदिनु भाकोमा।


 
Posted on 03-16-09 10:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

आफु पनि गैएको थीयो त्यो बिशाल जुलुशमा , खुब रमाइलो भएको थियो , आँफैले गरेर प्रजातन्त्र आको झै भको थियो , आम सभा सुन्न गैएको थियो , उही दिन्को सम्झना दिलाउनु भो दाई धेरै धेरै धन्यवाद ।
 
Posted on 03-17-09 8:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

perfectionist जी,
कथा को सुरु देखी अन्त्य सम्म पढि दिनु भएको र मन पराइ दिनु भएकोमा आभारी छु । प्रेम कथा थिएन त्यो, मिलन बिछोड को कथा पनि थिएन। न राजनीति थियो। बिर्सिएको जन आन्दोलन सम्झाउने प्रयास मात्र थियो।


 


हर्कबहादुर जी ,
त्यो खुशीयाली मा हामी सामेल हुन पाएनौं र पनि रमायौं । जनताले ल्याको खुशी धेरै दिन टिकेन पो। सती ले सरापेको देश भन्थे, हो रहेछ जस्तो लाग्यो।


 
Posted on 03-17-09 9:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 


ठुल्दाइ, आन्दोलनको सम्झना गराइदिनुभएकोमा फेरि पनि धन्यवाद।  दु:खको कुरा, त्यसरी ल्याएको प्रजातन्त्र बाँदरको हातमा नरिबल भने झैं भयो।  

 
Posted on 03-17-09 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

राहुल दाई, मैले  यो  कथा (सत्य घटना म आधारैत) पहिलो  पार्त देखी नै  पदेकी हुँ ,  खाली  कमेन्त  मात्र  नगरेको,  अन्तिम  मा  नै  गर्छु  भनेर!!!


राहुल दा , यो  कथा  र  तपाईं को  सोच  एक्दम रोचक लाग्यो,, एस्मा  मैले २०४६   साल मा  के  भएको  थियो. त्यो सबै  आफ्नो  आँखा अगाडि  भएको  जस्तो  फील  गरे...
र  कहिले  काही   , मैले  कुनै सन्सनी खेज मुभि  हेर्दाइछु  जस्तो  पनि  लाग्यो..
ठुल्दाइ  तपाईं लाई  धेरै धेरै  धन्यवाद, जुन एथार्थ  हामी   सँग  सात्नु  भयो!


 


Thank you once again!!!!!!!!11


 
Posted on 03-17-09 9:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

लौ प्रजातन्त्र आयो - हप्पी डेमोक्रासी डे -


तर अहिले आएर एस्तो होला भनेर कसले सोचेको थियो र


हात्ती आयो हात्ती आयो फुस्सा


धन्यवाद ठुल्दाइ त्यो घटना लाई हामी माझ सात्नु भएको मा


 
Posted on 03-17-09 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

ठुलदाइ सबै को आन्दोलन प्रती को सोच पढेर रमाइलो लाग्यो र चैत्र २४ को जुलुस मा टरक चढेर काठमान्डौ घुमेको पनि याद आयो।
धन्यवाद छ् तपाईं लाई आफ्नो अनुभव सबैलाई बाड्नु भएको मा।


अब अर्को मसालेदार कथा कहिल त?


 
Posted on 03-17-09 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

चिप्लेजी  ,


बिस्टेजी  ,


केलीजी ,


सेरिल जी


लगायत सम्पूर्ण जी हरुमा भुली सकेको कथा, लत्याइ सकेको ब्यथामा पुन: प्राण थप्ने मेरो सानो प्रयासमा चार चाँद थपिदिनु भएकोमा हृदय देखी अभार ब्यक्त गर्न चाहन्छु।


आशा छ आउँदा दिनहरुमा तपाईंहरु माझ अझ रोचक तथा घोचक पाचक पस्कने जमर्को गर्ने नै छु।


तपाईं कै
राहुल भाई 


 
Posted on 03-18-09 11:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

कथाले बिश्राम लिएछ ! जन आन्दोलन २०४६ ले पनि बिश्राम लिएको १९ बर्ष भईसकेछ ! घटना सम्झिदा हिजो अस्तीको जस्तो लाग्छ !
आन्दोलनले उग्र गती लिएको बेलामा हाम्रो गाउ (खेती तिरको) एक्जाना ब्रिद (जो आन्दोलनमा कांग्रेस तर्फ बाट सकृय भुमिका निभाउदै हुनुन्थ्यो)ले नेपाली कांग्रेसको झन्डा (जुन तेती बेला अहिले आफु सँग बन्दुक राखेको भन्दा बढी खतरा हुने गर्थ्यो) हाम्रो घरमा लुकाउन ल्याएको कुरा अझै सम्झनामा छ !


२०४६ साल चैत्र २६ गते राती ११ बजेर २६ मिनेट जाँदा स्वर्गिय राजा बिरेन्द्रले दलहरु माथीको प्रतिबन्ध फुकुवा गरी पन्चायति शासन ब्यबस्थाको अन्त्य गरी बहुदलिय ब्यबस्थाको घोषणा गरेको भोली पल्ट "इन्क्लाब जिन्दाबाद' भन्दै बिजय जुसुलमा हिंडेको नि अली अली सम्झना आउछ !


तर प्रजातन्त्र भनेको बाँदरको हातमा लड्डु जस्तो भयो हाम्रो लागि !


धन्यवाद ठुल्दाइ हामी माझ एउटा छुट्टै बिषय प्रस्तुत गर्नु भएकोमा !


 
Posted on 03-18-09 7:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

राहुलदाइ,


साझामा भिन्दै बिषयबस्तुको कथा प्रस्तुत गर्नु भएकोमा धेरै धेरै धन्यबाद।


इलाहाबादतिरको पनि कथा पढ्न पाइन्छ कि भन्ने आशामा छु।


 
Posted on 03-18-09 7:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

ठुल्दाइ, एउटा छुट्टै स्वाद को कथा पस्किनु भएछ। शायद आन्दोलन को बारेमा (न देखेको भए पनि) सुनेको ले होला, घटना हरु त आँखा अगाडी नै झलझली आयो। लेख्दै गर्नु होला, पढ्ने जिम्मा हाम्रो भो।

 
Posted on 03-18-09 8:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

ठुल्दाइ सोच पढ्न धर्ना कसेर बसियो अनी पढियो पनि। हजुरकै शब्द मा भन्ने हो भने  निकै रोचक र सोचक लाग्यो।


सोच को लागि धेरै धेरै धन्यवाद अनी अब आउने कथाको लागि शुभकामना!


 
Posted on 03-19-09 8:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

रिट्ठेजी
क्रेजी जी
नेपाल को छोरा जी
दीपिका जी


प्रतिकृयाको लागि हृदय देखी नै आभारी छु । मस्तिष्कमा एउटा भारी थियो , बिसाएको । प्रजातन्त्र प्रती चिन्ताले घचघच्याएको।


कथा "सोच' मार्फत साझा का पाठक महोदयहरुको सोचमा रि-सोच भयो नै। गम्भिर बिषयमा चासो भन्दा गुनासो धेरै हुने रहेछ - रि-सोच को प्रारम्भिक नतिजा।
 


 
Posted on 03-27-09 11:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

ठूल्दाई, धेरै ढिलो पढियो बल्ल हिजो बेलुका पुरा पढेँ!


त्यतिबेलाको घटनाहरु सम्झेर मिठो किसिमले तपाइँको उहि चिरपरिचित शैलीमा लेख्नुभयो। अझ कुराहरु थपेर यसलाई त उपन्यास या चलचित्रको पटकथा नै बनाऊन सकिन्छ, कसरी प्रजातन्त्र आएको थियो भनेर।


प्रजातन्त्रको नौलो बिहानी धेरै पटक आए, र दिन ढल्दै जाँदा धेरैपटक निराशा हात लागे, शायद गरीब मुलुकको नियती नै होला!


 
Posted on 03-27-09 12:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

गुरुजी माने भाषामा भाषा सरल, सोच बिचार नौलो प्रकारको एक दम रमाइलो लाग्यो पढेर । साझाभित्र प्रबेश गरेको यो शिश्यको प्रणाम स्विकार गरौ  


 
Posted on 03-27-09 12:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 
 



PAGE: <<  1 2 3 4  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
साथी को माइजु सित
Sajha is out of control - NAS must be stopped
Want to Open a Business in Nepal (Probably Restaurant)...Give me some Ideas !
Selling land in Baneshowar
Can H1b do Lyft/Uber
To Start a IT consulting company
Buying a liquor store.. share ur ideas plzz
देश द्रोही
अनि कसरी फर्कू मेरो देश ?
coding at age of 45
Back to Monarchy ?
Now you tell me DV lottery should be stopped or not?
IT training with accomodation
Buy buff sukuti, cheap nepali tshirts, and a lot of other Nepali goods online
tps end to nepal अब college खोजौ सथिहो.. save status
H-1B stamping in Nepal and Shram Tatha Rojgaar Mantralaya
के यही हाे सिङ्गापुर जस्तो नेपाल? प्रचण्डले जितेको राेल्पाकाे बाटाे | Prachanda road in Rolpa Nepal
Have a wonderful MoMo Weekend Everyone! #Don’tPay4MoMoAgain
I feel embarassed ! ! !
Hpw to bring huge sum of money from Nepal to US
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters