जुन बेला प्रचण्ड महाराज बालुवाटारमा सार्वजनिक भए, बत्तिको ब्यबस्था राम्रो भएन रे, पत्रकारहरुलाइ समाचार संकलन गर्ने ब्यबस्था पनि राम्रो भएन रे, अनि त प्रचण्ड महाराजले ब्यङ्ग्य कस्न भ्याइहाले - पुरानो सत्ताले देशको शहर गाँउ त के कुरा प्रधानमन्त्रीको निवासमा बत्तिको ब्यबस्था गर्न पनि नसक्दो रहेछ, हाम्रो नयाँ सत्तामा त्यस्तो हुँदैन, घरघरमा बत्ति झिलीमिली हुने छ । अब त नयाँ सत्ता पनि आयो, नयाँ नेपाल पनि आयो, त्यसमाथी थपेर डाडु पन्यु सबै प्रचण्ड महाराजको हात मै आयो । अनि बत्ति नि ? मात्र १६ घण्टा लोडशेडिङ - त्यो पनि घोषित रुपमा अघोषित लोडशेडिङ त २२ घण्टा हो २२ घण्टा । तर प्रचण्ड महाराजका लाज पचेका बेशरम भरौटेहरु चाहि यस्तो अवस्था हुनुमा बिगतको सरकार जिम्मेवार छ भनेर दोष थोपर्न ब्यस्त छ । पोहर परार हुने २-४ घण्टाबाट एकैचोटी २०-२२ घण्टा कसरी लोडशेडिङ भयो ? उद्योग बढ्यो भनुँ भने बाँदर वाइसियलले सप्पै बन्द गराइसके, रातबिरात डिस्को सिस्कोमा बाले भनुँ भने बामदेव गुरुले सपै झिरिप्प पारीसके । अब पहिला जे गरे नि राजालाइ दोष दिए झै अब कोशीको बाढीलाइ मात्रै कति दोष दिने ? अनि जनताको घरमा लोडशेडिङ भए जस्तै प्रचण्ड महाराजको निवासमा लोडशेडिङ हुन्छ कि हुन्न ? महाराजको यूवराजलाइ कम्प्युटर गेम खेल्न र पोर्न मुभि हेर्न कुनै सकस परेको छ कि छैन ?
CT. · Jan 9, 2009 1:00 PM · 18,916 views
hereigo · Jan 9, 2009 1:40 PM
are CT, timi kina yo mula jungali ko pachi daudiyeko bhanya? yo m..ji ko na boli ko thegan cha, na kehi garne huti, aandaz ma PM baseko bhatmara lai ........chodideu yar gari khana deu. kamsekam nepali janta le bhujna ta bhujcha., sarpa lai dudh khuwayera palda ke huncha bhanera.....
ek@l · Jan 9, 2009 2:39 PM
के गर्नु ek@l जु, त्यो मोरो बहुलाहाले अरुलाइ नोक्सान नगरी गरीखाए त - लौ गरीखाओस भन्न हुन्थो त नि । अचेल लोडशेडिङ बढेर सपै चीजको भाऊ बढ्न थाल्या छ । बत्ति छैन, जेनेरेटर चलाउन पर्छ भन्दै बेपारीले भाऊ बढाउन थाल्या छन, कन्तविजोग छ यहाँ । सामानहरु धमाधम हराउँदै छ । अब त एकादेशमा नेपालमा बिजुलीबत्ति पनि थियो भन्नु पर्ने जमानामा पुराउन लाए हौ ।
CT. · Jan 9, 2009 2:59 PM
CT. dai nepalma ho ahile? 16 ghanta load shedding OMG.
Pretty · Jan 9, 2009 3:10 PM
प्रेटी, अहिले तन नेपालमा हैन, मन चै नेपालमै छ ।
CT. · Jan 9, 2009 3:21 PM
CT bro, i know its difficult. i can't imagine specially how hospitals manage ................but as i said, nepalese people should learn. before they had someone to blame for every single problem but now...............let them see. there is no way u can expect better than what u had from terrorist. let them suffer so that they don't mave the same mistake again
ek@l · Jan 9, 2009 3:40 PM
अब त हस्पिटल पनि बन्द हुने रे,
CT. · Jan 13, 2009 4:54 PM
Welcome to you New Nepal. Where is gulasucking NEPE nowaday's how come he is not praising his commmie's mothers and fathers here. What does he have to say about this 16 hr load shedding problem??
CHOR · Jan 13, 2009 7:57 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion