[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी १२०~

[Please view other pages to see the rest of the postings. Total posts: 965]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49  
[VIEWED 299352 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 49 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 06-22-08 6:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~चौतारी  १२०~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२० औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
 

 


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली , Norton - Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



 

Meet the world's finest  school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

Chautari (Chow-tar-ee):

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 120 editions

 
The postings in this thread span 49 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 07-02-08 11:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के भई रा छ यहाँ, सबैले लञ्च खाईसकेको हो?

म त हसुर्दै!


 
Posted on 07-02-08 11:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भान्जी, त्यो त भन्छन नै नि पैले पैले त, तेसो त म नि भन्थे तिम्रो माइजु लाई बिहे अर्नु अघी, पछी को कुरो अर्कै हुन्छ भान्जी,
लु भेटाउन लेर आउन त मामा बेठाँ शनिबार तिर, अनी म बिचार  अरुला हाउरा भान्जी लाई दिन ठीक छ कि छैन भनेर,हुन्न ?
ल ल शुभ लाई ढाका टोपी ल्याइदिउला।
नातिनी लाई इस्कुल हाल्द्या फररर ,औरेजी लेख्न जाने भाई सकिच, हजुर बाले देको क- का- कि- कि लेख्ने खरिपाटी के भो आज ?
आफ्नो प्यारी नातिनी लाई त पुतली,भाँडा कुडी, हावाई जहाज सप्पै लेर आछु।
 
Posted on 07-02-08 11:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डबल पोस्टिङ् सम्मा ठीक थ्यो,हुँदा हुँदा अचेल त त्रिपल हुन थालयो बा,
हैरानै पार्यो ..
Last edited: 02-Jul-08 12:07 PM

 
Posted on 07-02-08 11:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डबल पोस्टिङ् सम्मा ठीक थ्यो,हुँदा हुँदा अचेल त त्रिपल हुन थालयो बा,
हैरानै पार्यो ..
Last edited: 02-Jul-08 12:06 PM

 
Posted on 07-02-08 11:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 विष्टेमामा,

 तिन जनालाई जवाफ देको हुनाले तिनपटक टाँस्या हजुरले ?  

आफ्नो प्यारी नातिनी लाई त पुतली,भाँडा कुडी, हावाई जहाज सप्पै लेर आछु।

प्रिती तिमी भाँडाकुडि खेल्दै गर ल

 


 
Posted on 07-02-08 12:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"

बिर्खे बुढा, तितौरी, ग्वाँचे, प्रेरणा, च्याङ्बा र साथ साथै गाले र नेप्चेको चिटिक्क परेको वार्तालाप पनि आउने छ।ठूली र हरितालिके झुलुक्क देखिइसकेका छन, र अब धमाकेदार एन्ट्रिका साथ आउँदैछन्!  अनि बिचमै आउने छन दादागिरी देखाउँदै, हाम्रै चिरपरीचीत 'दादा'! नआत्तिनुहोस! यहि कथा हो यहि जोडिन्छ र यहि बग्छ सकेसम्म धेरैलाई समेट्दै!!!

झन बढि चरित्र, झन बढि गन्जागोल र झन बढि जीवन अब आउने एक महिनामा!!

ढ्यानट्यार्यान.....ढुकचुक... ढुकचुक...!!!


"

 

अनि म ?


 
Posted on 07-02-08 12:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाई जदौ!

ओहो उप्स, जीन्दगीको लाईफमा फस्ट टाइम पहिलो चोटि गल्तिले मिस्टेक भएर क्यार्याक्टरको चरित्र लेख्दा चेलि छुटिछिन्। यस्तो किन भयो भने, अस्तिन कुम्लेले दिपुलाई घुराsssन दिएको सिनमा पहिला चेलीमाया राख्न खोज्या फेरि उता ठूल्दाईसंगको मिलाउनु पर्छ भनेर नेप्चि राखिएछ र अहिले माथि लेख्दा चेली नै सम्झेछु!

 

तिम्रो आउँछ अहिले भर्खर लेख्दै छु। सबैले शबुको कन्टिन्यूएसन गरम भने, त्यहिँ पँधेरामा तिमी ट्वाक्क पुग्छौ!

 

"मै जीन्गदीका साथ निभाता चला गया, हर फिक्रको धुवेँमे उडाता चला गया"

कि कसो ठूल्दाई???


 
Posted on 07-02-08 12:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

launa mero role kateko ho khai ta kehi aaudaina ta achel? :P

baal kalakar pradhan filim ho ni yo ta.

hi shuva ke chha, an ma ta kheldai chhu bhada kuti aaja putaliko bihe ni garni :D

hajurbaaa ho ta aureji jane ni maile mastarni maaijule sikhaidinubho.


 
Posted on 07-02-08 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


ओह, यहाँ त रोल माग्ने रोल दिने लिने कुरा भाईराख्या रहेछ। मान्छे हेरेर, केरेर मात्र रोल दिनु होला, माइलादाइ।

किच किच गर्नेलाई एग रोल, अझै किच किच गर्नेलाई करेलाको रोल।

पाउडर साउडर दलेर आउँला, निरुपा राय,  एश्वर्य राय को रोल माग्न?

बिस्टे अंकल,  लगानी खरानी होला फेरी।
 


 
Posted on 07-02-08 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शबु इपिसोडको ट्रेलर-- ढ्यान्ट्यार्यान....

 

........दीप पँधेराको सिमेन्टको खुट्किला जस्तो डिलमा माथिल्लो डिलमा थ्याच्च बसेको थियो र तल्लो डिलपट्टि खुट्टा झारेको थियो। उसको खुट्टाले तल्लो डिल नभेटेकोले होला झुन्डिएका दुई खुट्टामा झनै झुन्डिएका दुई चप्पल हाँसो उठ्दो देखिन्थे। एउटा चप्पलले भर्खरै पँधेराको डिलमा उक्लँदा धर्म छाडेको थियो, अर्थात चप्पलको तना भर्खरै छिनेको थियो। डिलमा बसेर दीपले टाउको नघुमाइकन हल्का आँखामात्र घुमाएर धारो तिर हेर्यो।

शबु आफैँमा खुम्चिएर बसेकि थिइन् र उनका हत्केला धारोमा फिँजिएका थिए। धारोबाट बहेको अनवरत, शीतल पानिको दवावले उनका सुडौल हत्केलालाई अलिकता तल धकेल्थे र उनको हातको बलले हत्केला फेरि अलिकता माथि आउँदथ्यो।

दीप शबुको हात हल्लिएको हेर्दै थियो।

हातमा पानी पर्दा हल्का छिटाहरु, केहि मोटा र केहि पातला छिटाहरुले शबुले ओढेको पेटिकोटलाई झन आकर्षक बनाएका थिए। रातो कपडामा पानीले भिजेको ठाउँ लालिगुराँस जस्ता गाढा देखिन्थे र तत्काल शरीरमा टाँसिएर शबुको शरीरमा चिसो लहर छोडेर जान्थे। टाँसिएपछिको त्यो भागको रंग दीपलाई अद्वितिय आकर्षक लागे!

दीप आएको देख्ने बित्तिकै शबु एक किसिमले जड भएकि थिइन्। उनका आँखा, धारोले तल भुइँमा बनाएको खाल्डोमा  थिए जसबाट धाराको पानी पर्नासाथ त्यसमा रहेको पानी उम्लिए जसरि बाहिर निस्कन्थे र बहेर जान्थे, उनका मनमा निस्केका तरंगहरु जस्तै!

दीपले हतार गरेर डिल उक्लँदा उसको चप्पल चुँडिएर उछिट्टिएको शबुले देखेकि थिइन् र तत्लाकै दीपले हतार हतार चप्पल टिपेर डिल उक्लँदा ऊ झन्डै लडेको थियो।

यो देख्नासाथ शबुका अधरमा एक अत्यन्तै झिनो तर अत्यन्तै मोहक मुस्कान निस्केको थियो र उनको मनले मनमनै भनेको थियो-

भद्रगोले मान्छे!

यतिबेला शबुको मुहारको सुन्दरता देखेको भए दीप शायद आनन्दले बेहोश हुन्थ्यो होला!.........

प्रतिक्षा गर्नुहोस!!!


 
Posted on 07-02-08 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रतिक्षा गर्न गारो भो, नियमापत्ती!!
 
Posted on 07-02-08 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


oie hari kaam nagarera kina yataa. bhandim tapaiko boss lai :P

birkhe daiko sangat le yo hari ni kaam chor bhaako jasto cha khit khit khit

Last edited: 02-Jul-08 01:24 PM

 
Posted on 07-02-08 1:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हातमा पानी पर्दा हल्का छिटाहरु, केहि मोटा र केहि पातला छिटाहरुले शबुले ओढेको पेटिकोटलाई झन आकर्षक बनाएका थिए। रातो कपडामा पानीले भिजेको ठाउँ लालिगुराँस जस्ता गाढा देखिन्थे र तत्काल शरीरमा टाँसिएर शबुको शरीरमा चिसो लहर छोडेर जान्थे। टाँसिएपछिको त्यो भागको रंग दीपलाई अद्वितिय आकर्षक लागे!

मेरो त आँखाँ नै टक्क अडियो तेही ।
फेरी कथा नि एही पज भई रा।
हुन्न हुन्न ठुल्दाइ लगानी खरानी,बरु दिन दुगुना रात चौगुना हुन्छ, एस्ता एस्ता सिन राखेची।


 
Posted on 07-02-08 1:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ठुलि, बिर्खेले हरिलाई मात्रै होइन सबैलाई काम चोर बनाएको छ। कथा अप्डेट भयो कि भन्दै छिनछिनमा ब्राउजर रिफ्रेश गर्‍यो, काम चाँही जहाको तही।
जिम्मालबा, कथाकै सन्दर्भमा एउटा चित्त नबुझ्या कुरो पोखिहालुँ है। केही पोस्टिङ् अघी (जस्मा चेलीले चित्त दु:खइन् पनि),पात्रहरुको नाम अग्रिममै आएको थियो। कथाको अर्को भाग पढ्दा पहिले जस्तो सस्पेन्स नहुने हो कि जस्तो लाग्यो के। आफ्नो बिचार  पोख्या हो है, अरुले के ठान्छन् कुन्नी।         

 
Posted on 07-02-08 1:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफ्नै स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम निसुल्क (ठुल्दाइ स्टाईलमा)
 
Posted on 07-02-08 1:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


के छ हौ खबर, जदौ है जम्मै गाम्लेहरुलाई ।

 
Posted on 07-02-08 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सब्बुको ट्रेलर त अच्छा छ मैला दाई ! तर पुरा कथा कैले टास्ने हो यसो टाईम टेबल नि पाएदेखी !
 
Posted on 07-02-08 1:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी १२० भरिन लागेछ, लहरे रिट्ठे वा अरु कसैले सुरु गर्या छैन भने म नयाँ चौतारी सुरु गर्छु भनेर , एकै छिन प्रतिछ्य गर्नु होला

 


 
Posted on 07-02-08 1:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए हर्के नि झुल्केछ सब्बु को पाट मा पल्केछ तारेमाम !

हुन्छ बिस्टे, नेकी और पूछ पुछ ! तर कती खेर टास्ने हो? बोर फस भएरै देखाउनु छ यस्पाला त !


 
Posted on 07-02-08 2:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
TPS Re-registration case still pending ..
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters