[Show all top banners]

once_in_a_blue_moon
Replies to this thread:

More by once_in_a_blue_moon
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 मूसा का बच्चा
[VIEWED 16655 TIMES]
SAVE! for ease of future access.
Posted on 11-20-07 6:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

My first attempt, feedbacks will be greatly appreciated (good, bad or ugly)

*****************************

४/५ क्लासमा पड़दो हू , हाम्रो घर चबेलमा थियो | दुई तल्ला घर, तल्लो तल्ला भाडामा दिएको थियो, माथी हामी | घर को पछाडी सानो बारी थियो जहाँ मामी तरकारी-सरकारी, मकई लगाउनु हुन्थ्यो सीज़न हेरेर | मेरो कोठामा चाई यौटा कुनामा सानो यौटा पूजा कोठा थियो, राम, कृष्ण, आदि को फोटो आनि सालिग्राम राखेको |  तेहा बुवाले पूजा-आजा गर्नु हुन्थ्यो आनि दशैंमा जमरा पनी रखने गरिन्थ्यो | अर्को कुनामा मेरो खाट थ्यो आनि खाट मुनि चाई कैले देखि को हो कुन्नी खाद्कुलो, गाग्री-साग्रि, पुराना टिन का बकास आदि राखेकोथ्यो | छोटकरीमा भन्नु पर्दा मेरो कोठा चाई भंडार कोठा जस्तई थ्यो |  

सयद म सानै भएर होला, मलाई खासई मतलब थियेना, कोठा को बारेमा | दीदीलाई चाई कोठा सजाउन सौख थियो, खूब सजाऊथी आफ्नो कोठा | मेरो कोठा त मामी ले सफा गरिदिये सफा हुन्थ्यो, नत्र भाद्रगोल |

एकताका घरमा मूसाको बिग-बिगी बढ्यो, जता-ततई मूसाका लीड, जे पनी कटेको हुने | जुत्ता, मोजा, लुगा, सोफा, खाट, चमलको बोरा, कही छोडेंनन तिनीहरुले | रात पर्ने बित्तिकई घर भरी कुदेर सुतनई नादिनी | मामी हैरान हनुभो तिनिहरूबाट | मूसाको खोर किनियो, मूसाको ओखती रखियो तर कैले काही पर्थे तेत्ति हो, मुक्ति भने पाईयेना | खोरमा परेकाहरुलाई चाई म खुसुक्क पर लगेर छड़ी दिन्थे, नमरून बिचारा हरु भनेर | गाली चाई खुबई खान्थे तेई कुरा को लागी |

एक दिन सनिबार को दिन परेर मूसा हरु को सफाया गर्ने हुनु भो बुवाले | मलाई चाई मूसाहरु मरिने भये भनेर चिंता पर्यो | मूसा हरु संग कुनै माया त थिएन तै पानी " मार्ने " शब्द भन्ने बित्तिकई डर लाग्थ्यो र साथई ति मूसा हरु प्रति दया पनी | तर घरको कान्छो, मेरो कुरो कसले सुन्थ्यो र ?

नभन्दई त्यो दिन आई हल्यो, मलाई चाई बिहनई देखि डर अनी सुर्ता | बिहान चिया-सिया खाईसकेर बुवा तायर हुनु भो मूसा को  सिकार गर्न | तल भाडा मा बसने अंकल पनी आई पुगे मदत गर्न, बिचारा उन्लाई पनी बस्न-टिक्न देका रैनछन तिनीहरूले | सुरु भयो मेरो कोठाबाट, मेरो कोठा को खाट मुनि तिनी हरु को गुड छ भन्ने कुरा मा संखई थिएन | म डराई-डराई ढोकामा आड़ लायेर हेरी रको थिए, नभंदै यौटा अझंग को मूसा खोर भित्र पारी हाल्नु भो, बुवा र अंकल मिलेर |

अब येस्लाई मार्नुहुन्छ भन्ने सोच ले नै मेरो मुटू कामन थाली सकेको थियो | मासिनो स्वरमा भने  " बुवा येस्लाई नमारे हुन्न ? बरु म येस्लाई पर लगेर छोडी दिन्छु नि, चौर मा, फर्केर आउन नासकने गारी |"

" छोरा मान्छे भएर पनी त्येस्तो डरायेर हुन्छ कही ? हामी त सानामा परेवा मारेर खान्थ्याऊ " आफ्नो काम मा ब्येस्त बुवा ले मलाई हेर्दै नहेरी भन्नु भो " हेर्नुस न प्रधान जी आजकाल का बच्चा हरु लाई गुलेली सुलेली को सौख नै छैन, टीवी हेरछन, बसछन  खाली"

" तेई भन्या त, हम्लाई कस्तो सौख हुन्थ्यो है परेबा मारन, माछा मारन ?" थपीहाले अंकल ले |

आफ्नो काम यहा नहुने देखे पछि पुगे मामी कहा गुहार माग्न | मामी माथी छत मा बसेर चमसुरको साग केलाउदै हुनुहुदों रहेछ, भनी हाले " मामी मामी, बुवा र अंकल मिलेर मूसा लाई मारन लागीसके, न मारन भंनुस न, बरु म पर चौर मा लगेर छड़ी दिन्छु  नि "

मेरो मन को कुरा बुझेर मामी ले भन्नु भो " हेर बाबु, ति मूसालाई आज नमारे भोली मार्नै पर्छ, पालेर त राखन सकीदैन नि, त आफै भन त | आस्ति दीदी को त्यो नया लुगा काटी दियो, दीदी कती रोई भन त ?"

घाम तपेर बसी रहनु भाको हजूरआमालाई भनुकी जस्तो लगेको त्यो तर हजूरआमाले सानी हुदा गंगटा पोलेर खायेको कथा को याद आयो, भन्नै मन लागेन | मामी को छ्यौ मै टोलाएर बसी रहेको थिए, मामी ले फेरी भन्नु भो " तल नगाई कन येही बसिराख न त, किन जानू पर्यो तल तलाई मन पर्दैन भने | येहा बसेर पत्रिका पड़ेर सुना ल |"

विकल्पहीन भएर येत्तिकई पत्रिका पड़ेर बस्नु बाहेक कही उपाय थिएन, पडन थाले | एकछिन मा एउटा बदाम बेचने अयो, मामीले बदाम किनीदिनुभो, बदाम खाँदै बसे दीदी संग |     

सनीबार को दिन सबै जाना कौसी तिरै देखिंथे, तल भाडा मा बसने आंटी पनी आउनु भो छत मा |

" दीदी, आज त मूसाहरुको सखाप भये छ है ? बल्ल शांति पायिने भो, हैरान परिसकेका थिए " मामी संग कुरा गर्न थाल्नु भो |
" के गर्नु मारन त नहुने हो, गणेश को बहन भनछन, तर के गर्नु उत्पात गर्न थाले पछि | तिम्रो पनी सोफा धुजा धुजा पर्यो भन्या हैन ?"
" हो त नि, अघिल्लो मैना मात्रै ल्यएको, के गर्नु अब ?"
" अनी के तल काम सकीसक्यो ? येहा बाबु डरायेर ...."
" छैन, छैन " म तीर हेर्दै भन्नु भो आंटी ले " आइले नजानु तल, मूसा को बच्चा भेटिया छन |"
" कसता बच्चा ? भर्खरका छन की क्या हो ? पाप लगने भो जस्तो छ |" मामी ले अली निरास हुदै भन्नु भो |
" भर्खरका छन दीदी, कान्छी औला जात्रा , आंखई नउग्रीएका | देखता त माया लाग्छ नि तर के गर्नु |"

मामीले मलाई रोकनू हुन्थ्यो होला तर त्यो भन्दा पैले म दौडिहाले तल तीर | मामी " बाबू, बाबू ...." भन्दै हुनु हुन्थ्यो |

तल गएर हेर्छू त भर्खर जन्मे का जस्ता ६ वटा मूसा का बच्चा हरु "चुई चुई " गरिराको देखि, न आँखा उग्रीएको छ, न जीऊ मा रौ छ, मुटू कटक्क कट्यो | आमा को न्यानो काख खोजी रहेका ति बच्चाहरुलाई त्यो बिहान को चिसो बतासले कती छेड़ी रहेको थियो होला, कती डराई रहेका थिए होला ? मा रुन मात्र सकिन |

बुवा लाई सोधे " यिनीहरुलाई नि मार्नी ?"

बुवा संग त्येसको उत्तर थिएन, एकछिनको मौनता पछि अली निरास, अली भाभुक जस्तो भएर भन्नु भो " के गर्नु त बाबु, पालछस त तं यिनीहरुलाई ?"
म संग यो प्रश्न को थियेना उत्तर, ट्वाल्ला परेछु एकछिन सम्म, बुवाले मेरो उत्तर पाईसक्नुभको थियो र सम्झाउदै भन्नु भो " हेर बाबु, जत्ती माया लागे  पनी यिनिहरू लाई पालन सकिन्न.."
बिच मै काटेर भने, " उसो भे मर्नी त ? "
मेरा टल-पल आँखा देखेर भन्नु भो " हैन यिनी हरु लाई पछाडी बारीमा रखीदिनी, यिनीहरु को आमा ले आएर लान्छ "

मलाई पनी थाह थियो र बुवालाई पनी की यिनीहरु को आमा आउदैना भनेर, तैपनी एक किसिम को समझौता भो हामी बिच | अनी बुवाले लगेर राखीदिनुभो पछाडी बारीमा | उहाले के नै गर्न सक्नु हुन्थ्यो र ?

माथी छतमा गयेर बारीमा हेर्छू त कागहरुको धुइरो लागिसकेछ | आँखाबाट त झरेनन आशु तर मन बाट कती झरे मनलाई नै थाह छ |

 
Posted on 11-20-07 8:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


nice, very nice..beautiful. I was also like that..

 
Posted on 11-20-07 8:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अत्यन्त मार्मिक कथा! 
दामी लाग्यो मलाइ. 
अरू नि लेख्दै गर्नुस्!


 
Posted on 11-20-07 10:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-20-07 1:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nice theme. Simple but marvelous.

Some grammatical errors. Proper Nepali spellings (frankly you have lot many spelling errors - did u use the nepali converter ? ) would add to the correctness.

First attempt, great attempt.


 
Posted on 11-20-07 2:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thanks for the feedback guys and Bhakunde Bhoot, yap I used that nepali convertor, is there any other way ?

 
Posted on 11-21-07 9:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bessari daami laagyo. Simple but very effective. Please keep writing. Very very sweet language !
 
Posted on 11-21-07 9:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-21-07 9:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई त राम्रो लाग्यो। साहित्य भनेको मनको कुरालाई शब्दमा ढाल्न सक्ने खुबि त होला नी जस्तो लाग्छ। प्रस्तुतीमा लेखकले आफ्नो भाबहरुलाई ईमान्दारी पूर्बक पोखेको देखें मैले। बिषयबस्तु कुनै बिशेष त हैन तर सामान्य बिषयबस्तुलाई बिषेश बनाउन सक्नु वा नसक्नु लेखकको हैसियतको कुरा हो।

अरु प्रस्तुतीहरु पनि पढ्न पाईयोस।

 


 
Posted on 11-21-07 9:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रतिक्रिया दिने सबैलाई मेरो धन्यबाद | पहिलो पटक यसरी लेखेको हूँ, प्रतिक्रिया पाउदा धेरै नै खुसी र हौसला मिल्यो मलाई | अरु पनी लेक्छु होला, आशा छ सबै ले पढ़नु हुन्छ भनेर |
 
दीप जिउ, हजुरका कथाहरु एकदमै रूचि लिएर पड़ने गर्छु, लेख्दै जानू होला | हजूरले नेपालीमा कसरी टाइप गर्नु हुन्छ ? म त हिंदीमा गर्छु, सयद तै भएर गलती हुन्छ होला |
 
Posted on 11-22-07 4:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

देशमा दर्जनमा मान्छेले मान्छेको शिकार गरिरेको सुन्दा र देख्दा  रुने संवेदनशिलता हराएको वर्तमान जमानामा मुसा मर्दा र मार्दा पनि जीवन हरण भएको संवेदनशिल सोच प्रस्तुत गर्नु भएकोमा एउटा जीवनवादीका तर्फबाट धन्यवाद है । प्रतीक र विम्बलाई अतिशादर्श ठान्ने भूल गर्नु हुन्न । जीवन रक्षाका लागि उभिऔँ ।       जय मानवता .


 
Posted on 11-22-07 7:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

WOW, what a nice piece of writing! I like it.

keep on coming.


 
Posted on 11-23-07 12:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Good Job Bro Keep it UP......Good Luck

 
Posted on 11-23-07 12:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Gazzab swad aayo hau!!
keep on writing...  hai... 
Great job!!

 
Posted on 12-07-07 3:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-08-07 7:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Good one, keep it up. Enjoyed reading it.
 
Posted on 12-09-07 4:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

as previously commented,  fabulous writing, awesome job!
 
Posted on 12-09-07 5:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ramro chha. !!
 
Posted on 12-10-07 8:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


पढ्न ढिलो भएछ तर धेरै राम्रो लाग्यो, पढुन्जेल रमाइलो लाग्यो, अरु पनि पढ्ने मौका दिनुस है


 
Posted on 03-30-17 2:06 PM     [Snapshot: 2874]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम्रो लाग्यो . कुनै भेद भाव वा छद्मभाव बिना नै लेखक ले बाल भावना पोखेका रहेछन .

- थाहा छैन
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What are your first memories of when Nepal Television Began?
पाप न साप घोप्टो पारि थाप !!
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Lets play Antakshari...........
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
is Rato Bangala school cheating?
मेरो अम्रिका यात्रा -२
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
कृष्ण नै अन्तिम सत्य
Nas and The Bokas: Coming to a Night Club near you
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters