Sign up | Log in
xxx


daum
Replies to this thread:

Subscribers
[Total Subscribers 1]

nepali_kanchho
:: Subscribe
Related Videos
Back to: Kurakani General Discussion Refresh page to view new replies | HOME PAGE
 यसरी बन्यो मेरो ब्लु फिल्म
[VIEWED 10816 TIMES]
Posted on 10-02-07 7:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

यसरी बन्यो मेरो ब्लु फिल्म
http://www.hamroblog.com/?p=439

यो दुई वर्ष अगाडिको घटना हो जसको सजाय गायक प्रकाश ओझाले पाइसकेक छन् । तर अहिलेपनि प्रकाशको कारण ज्योतिको जीवन भने अहिलेसम्म सहज बन्न सकेको छैन । केही दिन अगाडि माओवादी निकट योङ्ग कम्युनिष्ट लिगले प्रकाश र ज्योतिको ब्लु फिल्मको सिडि फेल पारेपछि कर्वाही गर्न थालेपछि उनी मर्ने कि बांच्ने भन्ने दोधारकाविच भौतारिएर काठमाडौं आइपुगेकी छिन् । प्रकाश आफ्ना काला दिन समजवाट मेट्न चलचित्रमा नायक भएर आउने तयारीमा रहेका छन् । तर ज्योतिलाई बांच्नपनि हम्मे परिरहेको छ । आखिर के भएको रहेछ । ज्योति र प्रकाशमा विच । पढ्नुहोस् ज्योति आफैंले दिएको सनसनीखोज बयान ।





ज्योति खड्का

इटहरीको स्थानीय साङ्गीतिक समूह मदानी समूहको म पनि एक सदस्य हुँ । त्यसमा प्रकाश ओझा शिशिर सुवेदीलगायतका व्यक्तिहरु पनि थिए । गायक प्रकाश ओझाले त्यही समूहबाट शुरु गरेको साङ्गीतिक यात्राले क्रमशः विस्तारित रुप लिँदै गयो । उहाँ राष्ट्रिय स्तरको कलाकार हुनुभयो । काठमाडौंमा कान्तिपुर टेलिभिजनको प्रशारण भर्खरै शुरु भएको थियो । उक्त टेलिभिजनबाट ओझाको नेतृत्वमा तीते करेली नामक हाँस्य कार्यक्रमको निर्माण गर्ने कुरा शुरु हुनथाल्यो । तीते करेलीको अभिनयका लागि म काठमाडौं बस्नुपर्ने भयो ।
गाउँठाउँका दाजुभाइ र दिदीबहिनीबीचको त्यो जमघट शुरुका दिनमा निक्कै रोमााचक भयो । तर जब दिन बित्दै गयो तब एक पुरुषले अर्कोलाई मन पराउने एउटाले अर्कोको घृणा गर्नेजस्ता कृयाकलाप बढ्न थाल्यो । त्यसै क्रममा मलाई शिशिर सुवेदीले औधी मन पराएको भन्दै बिवाह प्रस्ताव गरे । तर म त्यो प्रस्ताव स्वीकार गर्न समर्थ भइनँ । मैले ुहुँदैनु भन्ने जवाफ दिएकै दिन शिशिरले भनेका थिए ुयो घमण्डको जवाफ म एक दिन दिउँला ।
मलाई प्रकाश ओझाको प्रतिभा र व्यक्तित्वबाट निक्कै नै प्रभावित थिएँ । हुन पनि उहाँको प्रतिभाबाट हाम्रो इटहरी शहर निक्कै गौरवान्वित पनि थियो । त्यसैले मलाई अरुको भन्दा प्रकाश ओझाको बढी भर लाग्थ्यो । तर एक दिन मलाई प्रकाश दाइले मैले बाथरुममा नुहाउँदै गरेको नग्न तस्वीर देखाउनुभयो । होइन भनौं मैं हुँ त्यो हो भनौं त्यो फोटो खिचेको मलाई थाहै छैन ।
प्रकाशले त्यो फोटो खिचेपछि मलाई श्रीषा कार्की बनाउँछु भन्नेसम्मको धम्की दियो । त्यो धम्कीपछि मैले सोचें म मर्नु ठीक होइन । आफ्नी आमा पनि तीन वर्षको छँदै मरेको । कान्छी आमाले स्याहार सुसार गरेकी म मर्नुबाट मेरो परिवारमा ठूलो चोट पुग्छ । त्यसैले प्रकाश ओझाका शर्त मान्नुबाहेक मसँग कुनै बिकल्प रहेन । शब्दमा भन्नु नपर्ला प्रकाश ओझाका प्रत्येक माग मैले पूरा गरेंँ ।
लोग्ने फेर्दै हिँड्ने इटहरीकी बद्नाम युवती सुदेशा सिग्देल र प्रकाश ओझाबीच सुमधुर सम्बन्ध थियो । म सुदेशालाई दिदी भन्थें । एक दिन सुदेशाले शिशिर सुवेदीको सहयोगमा प्रकाशसँग भएका चिप्सहरु बरामद गरेकी रहिछन् । त्यो चिप्समा सुदेशाकी छोरी मनिषा म र मेरी बहिनीको पनि नग्न तस्वीर थियो । तर सुदेशाले आफ्नी छोरीको दृष्य सबै नष्ट पारेकी रहिछ । उनले ओझाले चेलिबेटीमाथि दुव्र्यबहार गरेको भन्दै उसलाई छोड्न नहुने भन्दै मलाई उक्साइन् । त्यसैले मैले ओझा विरुद्ध मुद्धा दायर गर्नमा सहमति जनाएँ । मैले बुझिन कि ओझासँगको मेरा सम्पूर्ण सम्पर्कलाई सार्वजनिक गर्ने अपराधी सुदेशा हुन् भन्ने कुरा । कारणः ओझाले ती दृष्यहरु विकि्रका लागि नभएर मात्र ब्ल्याकमेलिङ्गका लागि तयार पारेका थिए ।
प्रकाश ओझा पक्राउ परेपछि मलाई उनकी श्रीमतीले पटक-पटक अनुनय गरिन् प्रकाशलाई माफ दिन । उनले प्रकाशसँग मलाई विवाह गर्नका लागि पनि दबाब दिइन् । तर मैले मानिनँ । उनले मलाई पढाई खर्च र चाहिएजति पैसा दिन्छु पनि भनिन् तर मेरा लागि त्यो कुरा स्वीकार्य भएन ।
प्रकाश ओझा जेलबाट मुक्त भएलगत्तै उसले मसँग माफ मागिसकेको छ । उसका पनि घर परिवार छन् भनेर मैले उसलाई माफ गरिसकेको छु । हुन पनि गल्ती मेरो पनि हो । प्रकाशले आफ्नो चाहना धम्कीको शैलीमा व्यक्त गर् यो त्यो उसको कुरा हो मैले प्रतिवाद गर्न सकिन र चुपचाप स्वीकरा गरें वास्तवमा त्यो मेरो गल्ती थियो । उसले मलाई बलात्कार गरेको थिएन ।
सुदेशाले प्रकाश पक्राउ परेलगत्तै अदालतलाई बयानमा भनेकी थिइन् प्रकाशका अश्लील दृष्यहरु मैले सेभ गरेर राखेकी छु । मैले सोधें किन दिदी भनेर । सुदेशाले भनिन् न्यायाधीशले पैसा खाएर प्रकाशको पक्षमा फैसला गरे भने काम लाग्छ नि ।
शिशिरले इमेदलमा मेरो नाङ्गो फोटो ठाउँठाउँमा पठायो भनेर पनि मैले सुनें । सुनेपछि मैले शिशिरलाई सोधें । शिशिरले सुदेशाले हो भन्यो । सुदेशालाई सोधें उसले शिशिरले हो भनी । फोटोहरु पठाउने कर्तुत गरेपछि फेरि पनि मलाई शिशिरले भन्यो ुज्योति बिगि्रएको केही पनि छैन म तिमीलाई अझै पनि स्वीकार गर्छु । मेरो यो आशक्तिलाई बुझिनौं भने म जे पनि गरिदिन्छु ।ु उसले फोन गरेका नम्बरमा मैले कलब्याक गर्दा त्यो त पिसिओबाट गरेको रहेछ । यसबाट प्रष्ट हुन्छ विभिन्न व्यक्तिलाई इमेलमार्फत मेरो फोटो पठाउने मान्छे शिशिर हो । अनि पछिल्लो समयमा मेरो बद्नाम गर्ने उद्देश्यले सीडी बजारमा ल्याउने सुदेशा र शिशिर नै हुन् । किनभने त्यो सीडीमा सुदेशाले आफ्नी छोरीलाई जोगाएकी छन् र मलाई मात्रै प्रस्तुत गरेकी छन् । भरपर्दो आधार छ उनले अदालतमा चिप्स कपी गरेर राखेको बयान दिएकी थिएन ।
यसबीचमा मैले पटक पटक मर्ने प्रयास गरें । मलाई जीवन भन्दा श्रीषा कार्की बन्नु उचित पनि लाग्यो । तर मरेपछि हारिन्छ भनेर म मर्न सकिन । जित्छु एकदिन ममाथि भएको अन्याय जित्छु भनेर आजसम्म बाँचेकी छु । तर राति राति मोबाइलमा फोन आउँछ- कति पैसा चाहिन्छ त्यसले पाउने हामीले नपाउने… तिम्रो …त कति राम्रो रैछ हेर्न मात्रै देऊ न यस्ता फोनबाट आजित भएर मैले मोबाइल बोक्न छाडें । बाँचौ आज पनि समाजले राम्रो भन्दैन मरौं हारेजस्तो हुन्छ म के गरौं दोधारमा छु ।
साभार : नयां पत्रिका

 
Posted on 10-04-07 10:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

i blame the lady.
 


Please log in to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Recommended Popular Threads Controvertial Threads
pralaya sessions @ trance.com.np radio
नेपालमा क्रिस्चियनहरुले किन नेपाली हिन्दुहरुलाइ धर्म परिवर्तन गराउदैं छन् ?
Anyone renewed their passport through DC embassy lately?
माया पाएकी केटी
Ek chhoti si kahani ( True story )
Kamred_Hulaki goes DeshDarshan
4 लाईन er
Anju Panta, CK Raut and We Conservatives
Asylee Not Eligible for MRP Passport From Now on!!!
Acknowledging the Real GOD
Advaita Vedanta
Recent or past H1-B stamping experience in Kathmandu
Going to Nepal after 15 years
Why Nepali women practice ancient tradition of Teej
Any thriller movie suggestions?
why it is so hard to find Nepal girl for marriage?
Joining US Army??
Boyfriend issue not sure what to do
Tired of helping alcoholic friend
My Uncle in Nepal wants MacBook Air
Anju Pant's french kiss picture hits the internet
Chi kati saro kalo ho Priyanka Karko ko
अमेरिकाद्धारा नेपाली राष्ट्रिय झण्डाको घोर अपमान भिडियाे सहित
POTEY KO DUROPAYOG- NEPALI MAHILA KO BEIJJAT
pralaya sessions @ trance.com.np radio
Ek chhoti si kahani ( True story )
नेपालमा क्रिस्चियनहरुले किन नेपाली हिन्दुहरुलाइ धर्म परिवर्तन गराउदैं छन् ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

free counters