[Show all top banners]

crazy_love
Replies to this thread:

More by crazy_love
What people are reading
Subscribers
[Total Subscribers 8]

sadekogolbheda

somewhereondearth

राछस

बिस्टे

shirish

sabaiko satru

ThahaChaena

Birkhe_Maila
:: Subscribe
Back to: Kurakani General Discussion Refresh page to view new replies
 सल्लुको कारण उसको हार्ट ब्रेक,

[Please view other pages to see the rest of the postings. Total posts: 30]
PAGE: <<  1 2  
[VIEWED 7747 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 09-28-07 12:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

तेति बेला हिम्मत चाँहि बबाल हामीहरुको। होस्टेलको कौसिमा बसेर तल हिड्ने केटाहरुलाइ ढुंगा हान्ने। उनिहरुले माथि हेर्नासाथ "सरी" भनेर हाँसीदिने। मोराहरु भुतुक्कै। के चाहियो र भर्खर फुलेका फूलहरु जस्ता केटिहरुले जिस्काएपछि। "नो प्रोब्लम" भन्दै जान्थे बिचराहरु। कहिले चाँहि "सिट्ठि" बजायो अनि लुक्यो। गोठमा "गाइ" बाँध्या जस्तो गरि होस्टेलमा हामी हप्ताको एकदिन मात्र बाहिर जान पाउथ्यौं। त्यो पनि दुइ घन्टाको लागि। ढिलो आउनेले तुरुन्तै वार्डेनको लेक्चर सुन्नु पर्थ्यो वा अर्को चोटिको लागि बाहिर जाने मौका गुमाउथ्यो। एकचोटि कौसिबाट हात हल्लाएर इशारा गर्दा गर्दै कुन् चाहिँ केटिले "आउ"भनेर बोलाएछ, केटाहरु त डाइरेक्ट हाम्रो होस्टेलमा पो आएछन्। "किन आको?" भनेर वार्डेनले सोद्धा त माथि कौसिको केटिहरुले बोलाएर भनेछन्। तेसपछि कति गाली खाइयो कुरै नगरम। कति प्यारेन्ट्स बोलाएर कम्प्लेन गरे कति। आफु त जहिले पनि 'कालो सुचिमा'। तर पढाइ राम्रो र जे मा पनि (राम्रो नराम्रो दुबैमा) 'लिडरशिप" राम्रो भएकोले टिचरहरु जहिले पनि सम्झाउन आँउथे। कहिले त कलेज नै छोडेर जाउँ जस्तो लाग्थ्यो। तेसैले हामीले बाहिर जानासाथ एउटा न एउटा चरितार्थ गर्थ्यौं। अघि हिडिरहेको कुनै केटो छ भने पछडिबाट "ओहो, कस्तो मज्जाले हिडेको", "कति राम्रो जुत्ता", "क्याटवाक क्या राम्रो", भनेर नर्भस बनाउथ्यौं। सोझो खाल्काहरु त बाटोमा नै लर्बरिएर लड्ला लड्ला जस्तो हुन्थे र छिटो छिटो अघि जान्थे। अलि चम्कौलेहरु चाँहि जिस्किन आँउथे। हाम्रो ग्याङ्ले चाहि बनाउन उल्लु बनाउथे तिनीहरुलाइ। एकदिन हामी तेसै गरि एउटा तोरिलाहुरेलाइ पछाडिबाट "क्या ह्यन्डसम हिरो रैछ" भन्दै थिएम, उ त पछडि फर्केर "थ्यान्क्यु" भन्छ बा। कपाल राम्रो मिलेको, अलि अलि फुच्चे खाल्को, उ त झिल्के झिल्के रहेछ। हामी सबैले हाँसेर हेर्यौं। उसले मलाइ हेर्दै अङरेजीमा "योर इस्माइल इज ब्युटिफुल।" भन्यो। " हो र?" म अलिकति डराएं। लौ यो मोरो पछि लाग्यो भने भनेर। "रिअल्ली। तिमी त मोनालिसा जस्तै हाँस्दो रहेछौ नि।" चम्क्यो त्यो फेरि। "तपाइ त ठ्याक्कै "आमिर खान" जस्तै हुनु हुँदो रहेछ नि।" मेरी साथीले उसलाइ भनी। हामी तेसरी सुरु गर्थ्यौ उल्लु बनाउने रणनिति। "हो मलाइ सबैले तेसै भन्छन्।" तेसको नाक ठुलो भै हाल्यो। "तिम्रो बेस्ट हिरो पनि आमिर खान हो, मोनालिसा?" उसले मलाइ सोध्यो। "मेरो बेस्ट हिरो त सलमान खान हो।" मैले भने। "त्यो मोरो खाते"। उ निलो तेसपछि कालो भयो र रिसले भन्यो "म जति राम्रो केटा त तिमीले कहिले पाँउदैनौ बुझ्यौ?" कति नै उसको "गर्लफ्रेन्ड" म हो जस्तै गरि के अझ। कत्रो घमन्ड तेसलाइ "आमिर खान" जस्तो देखिनुमा। "इफ यु वान्ट टु कल मी,?" उसले अझै आशा गर्दै मलाइ हेर्यो। "सरी, नो थ्यान्क्स"। मैले भने। तेसपछि त्यो फटाफट हामीलाइ छोडेर अघि बढ्यो। हामीहरु फेरि अरुलाइ जिस्काँउदै हिड्न थाल्यौं। येसरी "सल्लु"को कारण त्यो "आमिर खान" को हार्ट ब्रेक भयो। कहिले काहिँ तेसैको सराप लाग्या हो कि जस्तै लाग्छ जिन्दगीमा। खाली गुल्शन ग्रोबर, आशुतोश राना, प्राण, र प्रेम चोपडा मात्र पो भेटिन्छ त बाटोमा आजभोलि। कहिले काहिँ चाहि जानि लिबर पनि। के भा हो कुन्नि?
 
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 09-28-07 2:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Pretty, timro pani best "sallu" bhanya hoina asti? sallu pachi lagda ta mero dherai tragedy paryo bai, Unko (kasko) khojima, thanks. arko junima chahi katrina saif nai hunu parla. Deep jyu, tesari chitta nadhukhauna prabhu. hamro pani man cha ni. Camoflaged, ajakal ta jani libar nai mero jivana saathi hunchha ki jasto lagchha. Athena, Thanks. tika, thanks for ur support, World map, sorry if we had caused you a problem in the past. urfrenrites, laughter is good for health.
 
Posted on 09-28-07 2:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

good as uaual. crazy love, you are a nurse, right? What batch? should be from Sanepa nursing, my new guess! Ani tarakaaree bechna aaune bhaiyaa laai ni jiskaauna nachhadeko khabar thiyo yeta ta.
 
Posted on 09-28-07 3:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

"Deep jyu, tesari chitta nadhukhauna prabhu. hamro pani man cha ni." पैला मन त कोर्नै पर्यो नी नत्र फेरी के मा मलम लाउनु ?-- त्यो मन दुखाकै निको पार्न हो -- खै बुझेकी? त्यो सल्लुको नामैबाट बिच्किने झल्लु लाई सम्झेर के उल्लु हुनु? बरु मायामा भिल्लु हुने हो भने लौ निम्ता--- :)
 
Posted on 09-28-07 3:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

>>>World map, sorry if we had caused you a problem in the past.<<< He he! if you had really caused that problem in the past, I wouldn't mind you causing the same problem in the present as well! Keep writing!
 
Posted on 09-28-07 3:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

लोल क्रेजी लभ! राम्रो नि! आबो जोनी लिभर जस्तो पायो भने अरु के खोज्ने हौ? तिमी नी यस्तो हसाँउने रैछ अनि जोनी लिभर नि हसाँउने! घर त रमाइलो हुने भैहाल्यो नि, हैन? लु आबो जोनी लिभर बाटोमा भेट्यो भने र उस्ले फोन गर्नुलाई नम्बर माँग्यो भने दिइहाल्नु है!!
 
Posted on 09-28-07 3:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

"timro pani best "sallu" bhanya hoina asti? sallu pachi lagda ta mero dherai tragedy paryo bai," crazy haamro ta college mai the ke sallu... bhau khojthe ali, ani kalle bhau di di haina? haha all in jest.
 
Posted on 09-28-07 4:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Nice one CL haha
 
Posted on 09-28-07 4:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

सुर न ताल ज्यु, के तर्कारी बेच्नेको मात्र मन हुँदैन र? त्यो एउटा ठ्याकै सल्लु जस्तै थियो। के गर्नु? तर्कारी मात्र खाएर हुने भए त! किन्नै नपरे पनि आलु र काउलिको भाउ सधै सोध्थे म त त्यो सङ।
 
Posted on 09-28-07 4:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Crazy love, Loved your writting. I wish if I had that good skill. Got lots of good stories, but couldnt express it the fascinating way you do. तपाईंक सबै रचना हरु पढ्ने गरेको छु, तर कमेन्ट गर्ने बानी नै छैन, आज त केही नभनी बस्न नै सकेन। अनी छ नि सल्लु ले ल गर्दा उस्को हर्ट ब्रेक गरेको रे, आज यो थ्रेड ले त, जोनी लिवर, प्रान, गुलशन ग्रोबर, प्रेम चोपडा एन्ड सो अन ।।।।।।।।।।।हरु सबैको हर्ट पनि ब्रेक गर्न भ्याको। हरे नसक्नु छ। ल ल एसो क्रेजी ग्लु लगाएर कसैको मन जोडेको कथा हरु पनि होला नि, एसो सुनाउन्दै गर्नुस् है, waiting for some more यस्तै हो , मन लाई कहिले नि पुग्दैन भनेको। हामी जस्तो बोल्न नि नजान्ने मान्छे को बोली फुटाउन पनि भ्याको हजुरको लेखाइले , ग्रेट् राइटिङ्, ग्रेट् स्टोरिज्, क्रिपया जारि राख्न्नुस्। मुरि मुरि मात्र हैन, पाथि पाथि धन्यबाद् यि हाम्रि पागल् प्रेमि नानि लाइ।
 
Posted on 09-28-07 4:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

DEEP, timi pani doctor ho ki ke ho? wound dressing garne bhanchau ni? World_map, thanks for your big heart. Camoflaged, plz send me Johny's no: if you get. Pretty, actually sallus are like that. you all are soooooooooo sweet. muaahhhhhhhh
 
Posted on 09-28-07 4:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Thank you kinaara.
 
Posted on 09-28-07 4:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

wow. nepal, Thanks for your encouragement, Will try to fulfill your demands in the coming days.
 
Posted on 09-28-07 10:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

पागल प्रेम जीको अन्य रचना जस्तै यो पनि चाउ चाउ खाउं खाउं जस्तै लाग्यो। साह्रै मीठो अनि छिटो। बरु कुन चाहिँ होस्टल बासको चर्तिकला होला कुन्नी। हाम्रो जमाना को कुरा पनि लगभग उस्तै थियो। हामी भने लड्की जिस्काउने , गाली र ताली खाने कार्यमा प्रबीणता हासिल गरेका मध्ये पर्‍यौं।
 
Posted on 10-01-07 11:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Rahul dai, ke garnu uhile serious huna sakiyena ra aruko haso udaiyo. ahile balla sabai yaad aairako chha.
 
Posted on 10-01-07 11:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

crazy timro katha haru stories/essays/lit category ma rakhana ani sajilo hunchha ni khojna.
 
Posted on 10-01-07 11:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

हे हे हे त्यस्तो रेछ कुरा! अब आफ्नो थुतुनो त कहिले सदाशिव अमरापुरकर संग मिल्ने, कहिले जोनि लिभर संग, कोहि कोहिले अति नै भयो भनेर अलिकता उचाल्दा कहिलेकाहि अजय देवगन सम्म भन्थे! अजय देवगन भन्दा चाहिँ हिरो नै हो बजिया भनेर फुरुङ्ग परिन्थ्यो र कुनै काल्पनिक काजोलको फ्यान्टासि गरिन्थ्यो! भनेसि देखेको त पक्कै रहेछ हामिले एक अर्कालाई, सोचौँ सोचौँ त्यो आकाशे हिरो जस्तो जावलाखेलमा क्वार्क्वार्ति हेर्ने माथि भनिएको जस्तो अनुहार भएको कोहि याद आयो कि? गजब छ अरु नि लेखम्!
 
Posted on 10-01-07 11:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Thanks for your suggestion Pretty, Next time dekhi testai garnu parla. Birkhe Ji, Ajaya devgan le ta yeha malai mohani lagaaera utpaat. ke garnu morole kajole lai bihe gari halyo.
 
Posted on 10-01-07 1:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

.बिचरा तोरिलाउरे आफु पनि घुमिन्थ्यो छुट्टीमा। काकाले घुमाउथ्यो झम्सिखेल, सानेपा को गल्ली गल्ली तर...पछी त फेर आन्ड लवलि पनि किन्देको थियो काकाले
 
Posted on 10-01-07 3:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

kishnekale Ji, tyo pahila black ani tespachi white tapai nai ho. tyo ke re black and white bhanya ke. Just kidding....
 
Posted on 10-01-07 3:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

testing ho hai..kam nagarna pani sakchha.. If it works..enjoy..
 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TRUMP 2016!!! Here is why?
महानियिका प्रियंका कार्कीजीलाइ खुल्ला पत्र !
Ameica Ko Marraige
भाउजु आउनु भाकी छिन रे नि !
Wedding Costs in Nepal ? Party, Band Baaja !!!!???
360 Nepalese Professors in the US Colleges and Universities
TPS FEDERAL NOTICE
Nepal TPS action committee
Indian Worker Attitude
पिन्कुको नया काले हस्पि नाक चुचेय भाते भतुवा
प्रियंका कार्की फोटो अबलम भाग २ , ३ जून २०१६ copyright @पुन्टर
❤ नारी दर्पण ❤
Applying for TPS EAD
Anyone questioning vaccines are getting banned
FISCAL CRIMINAL - PAWAN KUMAR KARKI
प्रियंका .का. लै चिठी भाग १
Build the Wall-MAGA
Growing Youtube addiction among kids: a headache for Nepali society
Nepali Billionaires & Millionaires
अष्ट्रेलियामा नेपालीहरुले कुटाकुट गरेको भिडियो
Build the Wall-MAGA
Finally tps extended (18 months) ( full statement)
महानियिका प्रियंका कार्कीजीलाइ खुल्ला पत्र !
TRUMP 2016!!! Here is why?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters