[Show all top banners]

shirish
Replies to this thread:

More by shirish
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 अमेरिकामा पनि नेपाली कांग्रेस कलह किन ?

[Please view other pages to see the rest of the postings. Total posts: 41]
PAGE: <<  1 2 3  
[VIEWED 15711 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 08-28-07 10:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अमेरिकामा पनि नेपाली कांग्रेस कलह किन ?

लेखनाथ भण्डारी

वासिङटन डीसी, अगस्ट २८


कनेटिकेटको हार्टफोर्डमा नेपाली जनसम्पर्क समितिको सेप्टेम्बर २, २००७ मा हुने ऐतिहासिक पहिलो अधिवेशनमा सहभागी नेपाली काँग्रेसको आदर्श र सिद्धान्तप्रति विश्वास तथा आस्था राख्ने सम्पूर्ण प्रजातन्त्र एवं लोकतन्त्रवादीहरुलाई आह्वान http://nepalipost.com/nepali/notice.php?ntid=98 गरिएको सुचनासंगै अहिले अमेरिकाका नेपाली संचार माध्यामहरुमा यसै सम्मेलनलाई बहिस्कार गरौं http://www.nepalinewsusa.com/nep%201.html भन्ने सम्मका सुचना सार्वजनिक भएका छन ।
भारत प्रवाशमा बस्दा नेपाली काँग्रेसका संस्थापक नेता बि.पी. कोइरालाको अगुवाईमा सन् १९७५ मा गठन भएको नेपाली जनसर्म्पर्क समितीलाई नै अनुसरण गर्दै भारत वाहेकका अन्य देशमा वस्ने नेपाली काँग्रेस प्रति आस्था राख्ने नेपालीहरुले पनि नेपाली जनसर्म्पर्क समितीका नाममा आ -आफ्ना गतिविधि गर्दै आइरहेका छन।
यो भन्दा पहिले नेपाली कांग्रेशको हङकङमा आधीकारीक शाखा प्रवाशी संघ रहेको थियो । तर नेकाको ११ औं महाधिबेशन पछी भने पार्टिका संस्थापक नेता कोईरालाको सेमत आदर्शलाई स्मरण गर्दै नेपाल बाहिरका नेपाली कांग्रेश आबद्ध संगठनहरुलाई नेपाली जन संपर्क समितिको नाममा स्थापना गर्ने मान्यता दिएको थियो। त्यस पछी भारत,बेलायत,जापान र युरोपका बिभिन्न राज्यहरु ( जर्मन,बेल्जियम र फ्रान्स आदि) मा यस्ता समितिहरु गठन भईसकेका छन।
यसै विच २ बर्ष पहिले देखि अमेरिकामा औपचारिक अभियान शुरु गर्न लागेको यो समितिमा नजन्मदै जुँगाको लर्डाईँ शुरु भएको खास गरि ब्यक्ति भन्दा प्रजातन्त्रप्रति चासो र चिन्ता गर्ने नेपाली काँग्रेस र्समर्थकहरुको गुनासो छ । पटक पटकका तयारी र स्थगन पछि पछिल्लो पटक २९ जुलाईको खगेन्द्र जीसी , मृदुला कोइराला, आनन्द विष्ट, सुरेन्द्र देवकोटा र कृष्ण लामिछानेको संयुंक्त मिटिङ्गले तय गरेको आसन्न अधिवेशन र्सवसम्मती र एकताको अधिवेशन भएको तयारीमा जुटेका मानिसहरुको भनाई छ ।
नेपाली जनसर्म्पर्क समितिको अधिवेशनको तयारी सम्बन्धमा कुनै विवाद नभएको तथा यो र्सवसम्मतीबाटै तय भएको मिति र स्थान भएको दावी अधिबेशन तयारी समितीका सदस्य कृष्ण लामिछानेको छ ।
अर्को तिर अधिवेशन तयारीको तत्काल स्थगन र स्थान परिवर्तन गरिनुपर्छ भन्ने पक्षका नेपाली काँग्रेस र्समर्थकहरुको भनाई अनुसार अहिलेको अधिवेशन तयारी समितिमा रहेकाहरु एकपक्षीय रुपमा नेपाली काँग्रेसको राजनीतिमा नदेखिएकाहरुको स्वार्थ र पक्षमा हुँदैछ । तर यो आरोप र तर्कलाई पूर्णत झुठो भएको वताउदै अधिवेशन तयारीमा जुटेकाहरु भन्छन, यो भन्दा पहिले ३-३ पटक अधिवेशन स्थगन भैसकेका छन् । त्यसरी एकपछि अर्को पटक सर्दै र विवादमा रहदै आएका सवै पक्षका प्रतिनिधीहरु विच नेपाली काग्रेस केन्द्रीय विशेष क्षेत्र प्रतिनिधी त्रैलोक्य प्रताप सेन र यस अघि पार्टी निर्देशनमा यो वा त्यो आधिकारिक समिती भन्ने पत्र लेख्दै आएका नेपाली काग्रेस केन्द्रीय सचिवालयका सचिव शोभाकर पराजुली समेतको मध्यस्ततामा ५ जनाको सहमतिमा तय भएको अधिवेशन समयमै सम्पन्न गरिनु पर्ने तयारी समितीका सदस्य शिवप्रकाश पौडेल वताउँदछन् ।
नेपाली जनसर्म्पर्क समितीका उत्तर अमेरिकाका नाममा २ बर्षपहिले सुरेन्द्र देवकोटाको अध्यक्षतामा एक संस्था दर्ता भएको थियो । तर त्यो संस्था जन्मन पहिले ६-७ बर्षपहिले देखिनै अमेरिकामा जे जती नेपाली काँग्रेसको राजनीतिसंग सम्बन्धित गतिविधि हुन्थे ती सबै आनन्द विष्टको अगुवाईमा नै हुदै आएकाले त्यो वेलासम्म याँहा कुनै संस्था र ब्यक्तिको अस्तित्व नभएको अवस्थामा एकाएक संस्था दर्ता गरिएको न्युयोर्कवाट नेपाली न्युज युएसए इन्टरनेट पत्रिका संचालन गर्दै आएका वेद खरेल बताउँदछन । खरेल थप भन्छन, पार्टिले पनि विष्टकै नेतृत्वलाई आधिकारीक भएको मान्यता दिएको हो ।
पार्टिले विवादको अन्त्य गर्न दुबै समितीलाई मिलाएर लैजान खगेन्द्र जीसीको संयोजकत्वमा समिती पनि गठन गरेको हो । तर त्यो समितीले तय गरेको अधिवेशन आयोजक समितीका सदस्यहरुकै राजिनामाका कारण स्थगित भयो। तर अहिले अचानक आनन्द विष्ट नेपाल गएको अवस्थामा हुन लागेकोले पनि यो षडयन्त्र मुलक र एक पक्षिय भएकाले यो स्थगित गरिन पर्ने खरेल बताउँछन । खरेलका अनुसार आसन्न नेपालीहरुको पर्व दशै तिहार र संबिधान सभाको चुनाव पछि समितीको अधिवेशन सम्पन्न गरिन उपयुक्त हुन्छ , जुन वेला विष्ट पनि नेपालबाट फर्केर आउनेछन । यहि कुरा डिसीबाट डीसी नेपाल अनलाइन पत्रिका संचालन गर्दै आएका रामहरी सुवेदी वताउँछन ।
सुवेदी तयारी समिती एक पक्षिय रुपमा गइरहेको र ६०० जनाले अहिलेको समयमा अधिवेशन स्थगित हुन पर्छ भनेर दिएको संयुँक्त वक्तब्य प्रति कुनै ध्यान नदिएको, अनावश्यक प्रचारवाजीमा लागेको, आनन्द विष्ट नेपाल गएको र वाल्टीमोरमा गर्ने भनेको तर अन्तत गुटगत गतिविधिका कारण त्याहाँ नगरिएको दावी गर्छन । सुवेदी थप भन्छन, टेक्सासमा नगर्ने भनेर १०० जनाले भन्दा हुने तर अहिले ६०० जनाले भन्द पनि नहुने त्यसमा पनि आनन्द विष्ट जस्तो एउटा ब्यक्ति नभै सँस्था वा नेतृत्व नै नभएको अवस्थामा हतारमा षडयन्त्रमुलक रुपले हुन लागेको यो अधिवेशन स्थगित गरि उपयुक्त समयमा सबैलाई समेटेर वहुमतको निर्णय आधारमा गरिन पर्छ । बहुमतको असहमतीलाई आप-नो र्समर्थन र सहयोग भएको सुवेदीको मत छ ।
अधिवेशन तयारीका लागि नेपाली काग्रेस तथा अमेरिका स्थित समितिहरुका तर्फाट संयोजक वनाउनु भएका खगेन्द्र जि सी उत्पन्न सवै विवादको अन्त्य र समस्या समाधानका लागि नै अधिवेशन गर्न लागिएकोले त्यसमा सहभागी हुन सम्बन्धित सबैलाई अनुरोध गर्नुहुन्छ । खासगरि नेपाली काग्रेसको निर्देशन, नेपालबाट आउनु भएका शोभाकर पराजुली (केन्द्रीय सचिवालयका सचिव) र स्थानिय ५ जना प्रतिनिधिहरुको सहमती र समझदारीमा तय भएको अधिवेशनका सम्बन्धमा अहिले आएर असंन्तुष्ट पक्षले संविधानसभाको निर्वाचन, दशै तिहारको पुर्वसन्ध्या, अधिवेशन स्थल, समितिको नाम, सवैलाई समेट्न नसकिएको र आनन्द विष्टको अनुपस्थितीलाई नै मुख्य मुध्दा वनाएको देखिन्छ । यसै सम्बन्धमा चर्चा गर्दै संयोजक जीसी स्पष्ट पार्ने प्रयास गर्दै भन्नुहुन्छ, अन्य मुध्दाहरुको सान्दर्भिकता र महत्वका सम्बन्धमा म चर्चा गर्दिन । किनकी यि कस्ता मुध्दा हुन भनेर आमा मा निसले सजिलै अनुमान गर्न सक्छन।तर आनन्द विष्ट समेतको उपस्थिति र सहमतीमा ताकिएको मितिमा अधिवेशन गर्ने तयारी भएको हो । विष्ट नेपाल जानु भएको अवस्थामा उहाँको नाममा गुटगत राजनीति ,पर्सनल इगो र अहम परदर्शन गर्न खोजिएको छ । त्यो पनि कसले काँहाबाट गरिरहेको छ थाहा छैन । अधिबेशनको औचित्यमाथि प्रकाश पार्दै जिसी थप भन्नु हुन्छ, हामि सवैलाई थाहा छ, यो काम कसैको निजी स्वार्थमा नभएर नेपालको प्रजातन्त्र, शान्ती र नेपाली काँग्रेसको आदर्शमा टेवा पुरयाउन गरिएको हो । एक माघले जाडो जादैन। आनन्द जो नेपाली काँग्रेसको आदर्श प्रति निष्ठावान कार्यकर्ता हुनुहुन्छ, उहाँको चरित्र र भविष्यलाई दाउमा राखेर गरिएका यस्ता गतिविधिले कसैलाई राम्रो गर्दैन । हामी तोकिएको मिती र स्थानमा अधिवेशन गरेर नयाँ पुस्तालाई नेतृत्व र जिम्मेदारी दिन तयार छौ । त्यसैले प्रजातन्त्र, शान्ती र नेकाप्रति आस्थावान साथीहरुले अधिवेशनमा भाग लिनु हुनेछ र अहिलेसम्म ४ सय जना सहभागी हुने तय भइसकेको छ ।
अधिवेशनले कसैलाई पाखा र काखा गर्नका लागि नगरिएको दावी गर्दै सवै दृष्टिकोणले तुलानात्मकरुपमा उपयूक्त ठानिएको स्थानमा गर्न लागिएको वताउदै संयोजक जि सी जोड दिनुहुन्छ, मन नपरेपछि जेकुराको विरोध र खण्डन गर्न सकिन्छ । अलिकती पनि रचनात्मक र दिर्घकालिन काम गरेर देखाउन सक्नु ठुलो चुनौती हो। सेम्टेम्वर २ तारिक ९ बजे विहानीसम्मलाई सदस्यता खुला गरिएको र समितिको नाम समेत पार्टिको र्देशन र स्थानिय सहमतीमा जन सर्म्पर्क समिति इन अमेरिका गरिएको संयोजक जिसी जानकारी दिनुहुन्छ ।
बतासे बक्तव्यवाजी मात्र हो
अधिवेशन तयारी समितिकै सदस्य मृदुला कोइराला विवाद के र के का लागि भनेर आफुले बुझ्न नसकेको वताउनु हुन्छ । पार्टिले तोकेको जिम्मेदारी समयमै पुरा गर्नु पर्ने दायित्व आफुहरुले निर्वाह गरेको र यस्लाई व्यक्ति विशेषको स्वार्थको भन्दा पनि संस्थाको कामका रुपमा लिनु पर्ने उहाँको धारणा छ । स्थानीय तथा पार्टिको छनौट (सिफारिशमा ) मा रहेका ५ सदस्य वीच सहमतीमा सेप्टेम्वर २ मा अधिवेशन गर्ने भएको उल्लेख गर्दै कोइराला वताउनु हुन्छ, विरोधमा वक्तव्य निकालिएका नामहरुमा केहि वाहेक अधिकांशको कुनै पहिचान नभएकोले पनि यो नेपाली काँग्रेसको संगठन विस्तारलाई विथोल्ने षडयन्त्र हो । आपसी मनमुटाव भएका भए ती सवै बिर्सेंर अगाडि कसरी वढ्ने भन्ने सम्बन्धमा प्रतिवध्दता जनाउदै ५ जनाको वैठक पछि गरिएको निर्णयलाई आनन्द विष्टले अरु भाईसाथीको दवावमा आएर म नेपाल जान लागेका वेला नगरेको भए पनि हुने थियो भनेर भन्न नहुने उहाँको तर्क छ । बिष्ट आफुले तेसो भनेर नेपालमा गएर आफ्नो घर-परिवार्संग रमाइलो गरेर बसिरहेका छन भने यहाँ भने उन्का नाममा जथाभाबी बतासे बक्तब्यबाजी भएको बताउँदै कोईराला थप्नु हुन्छ,यो अधिबेशन पार्टिको निर्देशनमा हुन लागेको पार्टिको आधिकारिक समितिको निर्णय हो। त्यसरी एक पछि अर्को विवाद निकालेर अधिवेशन सार्ने हो भने कहिल्यै हुन नसक्ने उहाँको धारणा छ । एक-दुई जना ब्यक्तिको अनुकुलता लाई मात्रा हेर्ने हो भने यस्ता कुनै संस्थाको काम हुन्न।
समितिको अधिबेशनप्रती अमेरिकामा रहेका प्रजातन्त्र , शान्ती र नेपाली कांग्रेशप्रती आस्थावान साथीहरुले उत्साहजनक प्रतिक्षा गरिरहेको बताउंदै डा सुरेन्द्रराज देवकोटा थप भन्नु हुन्छ, अहिले जनसंपर्क समितिको संगठनलाई बिस्तार हुन नदिन नेपाली काँग्रेशका नाममा फाईदा लीईरहेकाहरु संगठित रुपमा लागेको रहस्य खुल्दै गएको छ। अधिबेशनको बिरोधमा बक्तब्य निकाल्ल्नेहरुको चर्चा गर्दै देवकोटा भन्नु हुन्छ, मेरो आफ्नै श्रीमतीको नाम लगायतको नाम समाबेश गरेर अधिबेशनलाई भाँड्ने बक्तब्य निकालिएको र त्यसरी नै कतिपय नक्कली नाम राखिएको तथा कतिपय साथीहरुको नाम राखेर भ्रम फैलाउन खोजिएको,त्यसरी नाम राखिएका साथीहरुले मेरो नाम किन भनेर सोध्दा यो तेरो नाम के प्रमाण छ भनेर उल्टो कुतर्क गरेको देवकोटा बताउनु हुन्छ।
नेपाल बाहिर नेपालीहरुलाई संगठित गर्ने प्रयासलाई सबै मिलेर सघाउनु पर्ने र आपसै बिवादलाई प्रजातान्त्रिक तरिकाले समाधान गर्नु पर्ने कुरा पेमानीमामा शेर्पा बताउनु हुन्छ। अहिलेको समितिको बिवादलाई नेपाली राजनीतिको मपाईं चरित्र भएको बताउँदै शेर्पा भन्नु हुन्छ,यो चरित्र म नै जान्ने र म नै सर्बश्रेस्ठ हुँ भन्ने भएकोले यो चरित्र त्यग्नु पर्ने बताउनु हुन्छ । आफु नेपालको प्रजान्त्र र शान्तिको लागि अधिबेशनमा सहभागी हुने र कुनै पनि पदको लागि आफ्नो दाबी नराख्ने शेर्पाले स्पष्ट पार्नु भयो।
आफु बिवादमा संलग्न पनि नरहेको र सबै संगठित भएर जानु पर्ने राजेश पण्डित बताउनु हुन्छ। अधिबेशन हतारमा गर्नु सट्टा बहुमतको सहमतिको आधारमा गरिनु पर्ने उहाँको धारणा छ।
अहिलेको जनसंपर्क समितिको हल्ला पिटाइएको अधिबेशन बिवाद समाधान नभै एकपक्षिय रुपमा हुन लागेकोले अहिले हुन हुन्न भन्ने आफ्नो धारणा रहेको गौतम दाहाल बताउँछन। अधिबेशनका लागि ५ जनाको पनि सहमती नभएको ( आयोजक समितिका सदस्यहरु ) र ६०० जना नेपाली कांग्रेशका समर्थखरुले अहिले स्थगित गर्नु पर्छ भनेको कुरामा गौतमको जोड छ ।
नाम दुरुपयोग गर्नु नैतिक चरित्र भ्रष्ट हुनु हो
अधिबक्ता दिनेश त्रीपाठी र कृष्ण कडेल भने जनसंपर्क समिती भित्रको आपसी खिचातानिमा आफुहरुको नाम जथाभाबी प्रयोग गरिएकोमा चिन्ता ब्यक्त गर्नु हुन्छ । उहाँहरु राजनीतिको सामान्य निती र पत्रकारिताको धर्म बिपरितका तेस्ता हरकत निन्दनिय र सिध्दान्तहिन चरित्र भएको ठान्नु हुन्छ । सम्मेलनमा सहभागे भएर नै सबै बिवादको अन्त्य हुने उहाँहरुको धारणा छ । कसैको ईच्छा बिपरित कुनै पनि ब्यक्तिको नाम दुरुपयोग गर्नु नैतीक चरित्र भ्रस्ट हुनु त हुंदै हो ठुलो कानुनी अपराध पनि हो भन्ने कुरामा हाम्रा-साथिहरु सचेत नहुने हो भने तेस्को पारीणाम गंम्भिर हुने चेतावनी अधिबक्ता त्रीपाठी दिनु हुन्छ।
यसै गरी तरुण पौडेल अहिलेको बिवाद केही साथीहरु आपसी असमजदारिको मात्र भएको बताउँदै कुनै निती र समस्यामा केन्द्रित नभएको ठान्छन। पौडेलको ठम्याई छ,यो सेरोमोनियल किङ र लोकतन्त्रको कुरा जस्तै जनमानसमा भ्रम उत्पन्न गराउने बिवाद मात्र हो। पौडेल अधिबेशनको बिरोधमा भई रहेका बक्तब्य बाजिहरुमा अनाधिक्रित रुपमा धेरै साथीहरुको नाम दुरुपयोग भएको र तेस्मा आफ्नो नाम नै पनि हुन सक्ने आँशका गर्दै तेस्ता भ्रममा नपर्न र तेस्ता हरकत नदोर्यान पनि अनुरोधगर्छन् । पार्टिको आधिकारिक निती र निर्देशानमा सबैलाई समेटिनु पर्ने त्रैलोक्य पौडेल बताउँछन। समितिको नाम र सबैलाई नसमेटिएकोमा आफ्नो असहमती रहेको पौडेलले बताए।
अमेरिकामा नेपाली कांग्रेसका कार्यकर्ताहरुको बिवाद सुल्झाउन यो भन्दा पहिले पार्टी उपाध्यक्ष शुसिल कोईराला देखी लिएर पुर्व प्रधानमन्त्री तथा नेका(प्रजातान्त्रिक ) का सभापति शेरबहादुर देउवा, अर्जुन नरसिंह केसी, सुजाता कोईराला लगायतबाट सक्दो प्रयास पनि भएको हो । तर अधिबेशन भन्दा अर्को बिकल्प नदेखे पछी यथाससक्य अधिबेशन गरेर संबिधान सभामा अमेरिकामा बस्ने नेका समर्थकहरुले उल्लेखनिय भूमिका निर्वाह गर्नु पर्ने भएकाले पनि अहिलेको अधिबेशनको सान्दर्भिकता रहेको नेका केन्द्रिय संगठन बिभाग केन्द्रिय बिशेष क्षेत्र प्रतिनिधि त्रैलोक्य प्रताप सेन बताउनु हुन्छ । यहाँको आसन्न अधिबेशनको लागि पार्टि प्रतिनिधिका रुपमा केही पहिले देखी नै यहाँका गतिबिधी नियाल्दै आउनु हुने सेन सबै बिवाद सम्मेलनमा स हभागि भएर मात्र हुने भागेर हुन्न भन्नु हुन्छ। केही साथी नेपाल जानु भयो, केही बेलायत जानु भयो, केहीको काम मा बिदा मिलेन वा केही साथीको घरयासी काम पर्‍यो वा केहीको तालिम र परिक्षा भनेर कुनै पनि संस्थाको अधिबेशन स्थगित गर्नु पर्छ मात्रा होईन कि राजनीतिक मर्यादालाई पनि बेवास्था गर्दै बक्तय बाजी भएको आफुले थाहा नपाएको सेन बताउनु हुन्छ।सेन अधिबेशनमा सहभागी हुन सबैले बल गर्ने हो र अनुकुल नहुनेले आफ्ना प्रतिनिधि मार्फत सहभागीता जनाउनु पर्ने तथा संस्थाको उदेश्य पुराहोस भन्ने सद्भाव राख्नु पर्ने ठान्नु हुन्छ।निजी आग्रह र ब्यक्तिपरस्त कुरामा नअल्मली अधिबेशनमा भाग लिनका लागि सेन पार्टी कार्यकर्तालाई अनुरोध गर्नु हुन्छ।सेनका अनुसार नेपाली काँग्रेशलाई संगठन गर्न दिन नचाहने षडयन्त्रमा जानी नजानी नेपाली कांग्रेशका कार्यकर्ता पनि लग्न हुन्न।
जनसंपर्क समिती अमेरिकाको अधिबेशन पुर्व तयारीबिच अमेरिका भ्रमणमा रहेर यहाँका धेरैजसो राज्यका नेपाली कांग्रेसका कार्यकर्तासंग संपर्क गर्नु भएका नेका प्रजातान्त्रिकका केन्द्रिय सदस्य तथा सांसद उमाकान्त चौधरी नेपालमा जस्तो अमेरिकामा नेका दुई पार्टिका रुपमा नरहेकोमा खुशी ब्यक्त गर्नु हुन्छ। चौधरी भन्नु हुन्छ, यहाँको बिवाद दुई पार्टिको होईन केही साथीहरु बिचको आपसी असमझदारी मात्र हो । तेस्लाई समाधान गर्न सकिन्छ। तेस्का लागि आसन्न अधिबेशनमा सबैलाई(सहभागी हुन ईच्छुक बढि भन्दा बडिलाई)समान अबस र दीनुपर्छ।अधिबेशनको बारेमा उठेको बिवाद र बक्तब्यलाई पनि उहाँ अधिबेशन तयारीमा रहनु हुने साथीहरुले ध्यान दिएर समस्या सुल्झाउनु राम्रो हुने बताउनु हुन्छ।
आशा गरौं, स्वस्थ बिबाद र बहस वा शन्तिपूर्ण बाटोबाट नै सबै समस्याको समाधान र आपसी मतमतान्तरको पनि अन्त हुन्छ। त्यसैले जनसम्पर्क समिति ईन अमेरिकाको यो पहिलो अधिबेशनले पनि प्रजातान्त्रिक र पारदर्शीपूर्ण आफ्ना गतिबिधि मार्फत समुन्त जन्म भुमि नेपाल निर्माण अभियानमा बिश्वको बिकशित र सम्पन्न यो भुमिमा रहेका नेपालीको योगदानको खोजि गर्ने बाताबरण निर्माण गर्न बल पुर्याउने छ।


lnb999@gmail.com
nepalipost.com
 
The postings in this thread span 3 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 08-29-07 6:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

GoGo

I appreciate your concerns.

Here are answers to your questions.

1. If you don't like my writing style please feel free not to open the thread that I start.

2. I never ever claimed that I am a sahityakar. Show me where I have claimed that.

3. Asking someone to create a PAYPAL account to facilitate easier transaction for collection of fund for SHERPA dai was my mistake with VIVASG. माफ पाउ हजुर ! I will always suggest if it makes a difference.

४. Why not to start a thread ?
Did I create something new?
I just did copying and pasting..
Did I pasted something that is a not a fact ?
Plus we have every right of freedom of speech.
Again, if you read the tone of my postings, like Mr. Truth says, I am indeed advocating for NC.

5. My profession has nothing to do with Sajha. You are funny. If people just do what they are professionally are, Sajha will not exist.


Relax Bro....
 
Posted on 08-29-07 6:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

GoGo

Like I said, making noise or creating a thread in Sajha will hardly have any impact for the convention...so you don't have to worry.
 
Posted on 08-29-07 8:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deuba meets PM Koirala
Kantipur Report

KATHMANDU, Aug 29 - Nepali Congress President Prime Minister Girija Prasad Koirala and Nepali Congress-Democratic President Sher Bahadur Deuba holding a decisive meeting to finalize the unification of the two factions Wednesday.
Deuba called on PM Koirala on the latter's official residence in Baluwater this morning to finalize the unification process.

The duo are reportedly holding talks today ahead of tomorrow’s joint-meeting of NC-D’s central committee and parliamentary party, which is expected to finalize the Congress merger.

The formal announcement of Nepali Congress and Nepali Congress-Democratic unification is likely to take a few more days despite the completion of all necessary homework for the merger, sources said.

NC President, Prime Minister Girija Prasad Koirala had presented the unification package Monday evening on which NC-D President, former PM Sher Bahadur Deuba had asked for two days to think over it, sources added.

The duo had, nonetheless, reached an agreement to unify the party ahead of the CA elections during a meeting held at the PM’s official residence at Baluwatar Sunday evening.

After a vertical split lasting almost five years, the Nepali Congress and breakaway Nepali Congress (Democratic) Monday finally agreed to unify under tremendous pressure from party rank and file for unification well before the upcoming the CA polls scheduled for November 22.

Stating that the parties should either finalize the unification or start the election campaign on their own, the district leaders of both factions had begun to put pressure on the leadership.

It has been agreed that PM Koirala would remain the president of the party while Krishna Prasad Bhattarai would hold the senior most position after Koirala followed by Deuba.

In the unified party, Vice-President, Sushil Koirala would hold the position of acting president, the sources added.

The NC-D has proposed that it should get the position of the vice-president and the general secretary.

A meeting of central committee of the NC will take place at 8 am Thursday to discuss the unification drive and to conduct homework for the elections.
 
Posted on 08-29-07 10:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

SHREE SHIRISH JEE, I AM NOT FLUENT IN ENGLISH BECAUSE I AM NOT AN AMERICAN AND I AM NOT IN ENGLISH COUNTRY, BUT EVEN, I KNOW HOW TO ANSWER THE QUESTIONS HOW QUESTIONER WANTS. HERE IS THE SOME REASON ABOUT UR COMENTS:
1. YOU ARE NOT STARTING ANY THREAD THAT WHICH GIVES KNOWLEDGE AND SOME INFORMATIONS TO THE PEOPLE,
2. YOU LIKE TO SEE UR AND ONLY UR NAME IN THREADS,
3. ABOUT THIS THREAD YOU START TO DOMINATE NEPALI CONGRESS AND MAKE A DRAMATIC VIEWS FROM THE SAJHA USERS,
4. IF THERE IS NO MATTER ABOUT YOUR PROFESSION IN SAJHA, PLEASE DO NOT GIVE THE BEHAVE AS YOU DO WITH YOUR PATIENTS OR CUSTOMERS,
5. IF THERE IS NO MATTER ABOUT UR JOB AND SAJHA, ONE EXAMPLE : WHY YOU HAVE TO "TAAUKO DUKHHAI" ABOUT "SHIVAPRAKASH" ?? YOU MEAN ONE PEOPLE CAN NOT INVOLVE MORE THAN ONE OCCUPATION ???
6. WHEN YOU START TO WRITE S.THING IN SAJHA, YOU NEVER WRITE THAT LIKE OTHER SAJHA USER, YOU ONLY DO COPY AND PASTE IT, YOU THINK ALL OF SAJHA USER ARE STUPID ???? THEY DO NOT KNOW WHERE THEY CAN GET THE NEWS LIKE DC NEPAL, MYSANSAR, ENEPALNEWS, NEPALJAPAN, ARABNEPAL ???
7. WHEN PEOPLE START TO DOMINATE YOU AFTER YOU DOMINATE THEM, THEN YOU RE-MODIFY TO WRITE LIKE "VIKHARILE VIKSHA MAGERA DHUNGRO LUKAYESARI" !!! LIKE ASKING EXCUSING !!!
8. LASTLY, I DO NOT WANT TO WRITE ANYMORE, BUT NOW I THINK IT'S ENOUGH, WHAT IS MY REQUEST IS PLEASE TRY TO BE NICE, IT'S DOES NOT MATTER WHERE YOU LEAVE, WHAT YOU WRITE OR WHOEVER READ YOUR COPYING ARTICLES. IF YOU NICE EVERYBODY WILL NICE, AS KARL MARX SAYS ACCORDING TO YOU !
9. WHEN YOU PASTE ARTICLE BY COPYINF FROM SOMEWHERE, OUR RESPECTED SAJHA USERS RESPECT YOU AS A "guru" SO, YOU THINK URSLF THAT YOU ARE ONLY ONE "BAADSHA" LIKE "GYANENDRA" BEFORE. IF YOU GIVE REGULARITY THIS KINDS OF BEHAVE YOU WILL "NANGEJHAR" IN SAHITYAA LIKE GYANE,
10. IT'S JUST MY SUGGESTIONS, PLEASE DO NOT THINK BAD FOR ME, I DO NOT KNOW WHERE YOU LIVE BUT WE LIVES IN "SAJHA". REMEMBER THAT ALL OF SAJHA USER ARE NOT STUPID ABOUT ANY MATTER. I KNOW YOU WILL NEVER SAY SORRY, EVERYBODY KNOWS IT'S YOUR HABIT, COZ YOU WANNA BE SMART URSELF. KEEP IT UP. GOOD LUCK.
GOGO
 
Posted on 08-29-07 12:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Shirish you know better!!! Well I believe KTM is just packed with houses and all the empty land for" julus and bhashans" are now occupied so Congress is having a meeting in a open place is Connecticut, wow look at that I think that is fancy, Now atleast congress is giving me a brighter picture of our Country's economic condition. Even though I am not attending the Congress Convention I know quite a few people are going from Boston. Its funny Nepalese in the US are becoming devided day by day. Instead of being known as Bahun,Chhetri, Newar, Gurung, Tamang etc. Why can't we just be Nepalese as a whole?? I too am quite quizzical about this "Congressi Sanmelan" I don't think you can solve an internal problem from far away. For me it is like going to a foot doctor when your head hurts. Shirishji I think people cannot grasp your all round knowledge and please feel encouraged to write more when you get direct criticism. It is the critics that makes one a better writer.
 
Posted on 08-29-07 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

. yaar mai bekarme channel surf karr raha tha...Bill O’Reilly tow idhar hai
 
Posted on 08-29-07 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Gogo

Instead of all those long explanations, it would have been so constructive and productive to give reasons why this thread is wrong ?

If you are so concerned - work towards uniting those divided people so that Nepal can benefit. Form a pressure group and tell them to be one.

Its unnecessary to bring about professional credentials in public discussions.

BTW, I was impressed with the speech made by Shiva Prakash during Dashain Party and the zeal and enthusiasm he had to do something for Nepal and you misunderstood me.

Again I did not fabricate any thing and have credited all those postings from the original sites, not to prove my smartness but to share information.

Dimple

Thanks for the encouragement.
 
Posted on 08-29-07 1:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

YOU THINK YOU ARE GIVING INFORMATION, STILL YOU ARE THINKING THNAT YOU ARE THE BEST, COPYING NEWS AND POST THAT IS "BACHCHAAKO KHEL", STILL I SUGGEST YOU THAT PLEASE DON'T TRY TO BE SMART AGAIN. I AM NOT TAKING ANY BENFIT FROM YOU BY SAYING ALL OF THESE THINGS BUT WHY YOU START THIS THREAD ONLY ABOUT CONGRESS. I AM NOT A SUPORTER OF ANY POLITICAL PARTIES BUT I AM SURE AND EVERYBODY KNOWS AFTER READING THIS THREAD THAT YOU WANNA DOMINATE CONGRESS, YOU WANNA KNOW WHAT BAD THINGS SAJHA USERS WRITE HERE ! YOU ARE COMUNIST, I KNOW VERY WELL. PLEASE DO NOT LIE AND DON'T TRY TO LIE ABOUT IT ANYMORE. AGAIN YOU ARE COMMUNIST SUPPORTER BUT ME NOT OF ANY OLITICAL PARTIES. YOU HAVE TO THINK SIRIOUSLY WHAT YOU ARE THREADING, IT'S NOT LIKE COPYING NEWS AND COPYING POEMS. WHAT YOU GOT AFTER PUTTING THIS THREAD ???? DID ANY RESPECTED SAJHA USERS LIKE RAHULBHAI, GAUTAM B., GWAACHE, VIVASG, CHANA TARAKAARI GAVE COMENTS IN THIS THREAD ????
 
Posted on 08-29-07 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Looks like Arjun from sum_off's last story didn't pull the trigger at the end. He seems to be in this thread using another username.
Last edited: 29-Aug-07 02:25 PM

 
Posted on 08-29-07 5:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो कलह हो र , आफ्नो जात जनाएको भनौ वा सन्स्कार् चीनाएको पो हो।
अमेरिका प्रबेस गर्दै मा दिमागी परिवर्तन हुन्छ र। डाक्टर झुन्द्याउने पनि तेही दर्जा मा पुगेको देख्दा , शिक्षाले तुरुन्तै सन्स्कार्मा परिवर्तन ल्याउदैन रहेछ। तेसैले कुल र मुल को कुरा बुढा पाकाले गरेका होलान।
 
Posted on 08-29-07 5:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sirishji, that woman is every nepali people including you and me.All I meant was election or support could be about vote "against" somebody not "for" somebody. Atleast that would not show our battered mentality. But there are lots of people who rather be killed one day I guess. Kudos for writing your independent mind though.

For those groupie who are forming/breaking in the name of democracy in nepal, I have no faith in them. As Clement Atlee said:
“Democracy means government by discussion, but it is only effective if you can stop people talking.”


And the person writing in capital letters, your inhibition of personel agenda against shirish or other free mind is very clear thru your writing. Thanks for writing in a such way; to get to know you was much easier.
 
Posted on 08-29-07 6:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

. I wonder sean hannity has joined the party or what...very radical...maarne kura ta extremist le garcha.. democrats are expected to be accommodating...
vote me or veto me i dont care
 
Posted on 08-29-07 11:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

come on shirish doctor ! where u r ???
 
Posted on 08-29-07 11:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

gogo

Girija and Deuba are uniting.
Mussaraf and Bhutto are uniting. why not these two factions? It is totally possible.

Still you have not answers my question - यो धागोमा के गलत कुरा छ ?

Please scroll to the top and read the whole article. You missed the essence of this thread and perceived only the negative aspect.

It calls for unity to the divided fractions.

Here is the conclusion by लेख नाथ भण्डारी

आशा गरौं, स्वस्थ बिबाद र बहस वा शन्तिपूर्ण बाटोबाट नै सबै समस्याको समाधान र आपसी मतमतान्तरको पनि अन्त हुन्छ। त्यसैले जनसम्पर्क समिति ईन अमेरिकाको यो पहिलो अधिबेशनले पनि प्रजातान्त्रिक र पारदर्शीपूर्ण आफ्ना गतिबिधि मार्फत समुन्त जन्म भुमि नेपाल निर्माण अभियानमा बिश्वको बिकशित र सम्पन्न यो भुमिमा रहेका नेपालीको योगदानको खोजि गर्ने बाताबरण निर्माण गर्न बल पुर्याउने छ।

thank you for keeping this thread alive.
 
Posted on 08-30-07 12:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.good one


btw how did you keep yourself this high...........was that vodka or shayari?
i’m dealing with khukuri rum..........qwaanti khana napayeko jhoooonkmaa.......
 
Posted on 08-30-07 1:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

oie siris Are u Ye ma le???
hahah That party is just a piece of crap!!
 
Posted on 08-30-07 9:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Gogo you hiding like a coward behind an anonymous username and instigating a known person who you know is a doctor. Gogo don't you have any balls or self respect? It seems like the main reason he is pissed off is because of the comment on sriprakash which points to the possibility that gogo may be sriprakash?
 
Posted on 08-30-07 2:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यी सबै नाटक हुन!! सभा सम्मेलन अधिबेशन सब नाटक हुन! नेपाली जनता लाई टुक्र्याउने नाटक हो नाटक ! शायद सचेत जनता हरु ले पनि यी कुर हरु बुझिसकेक छन होला!! भोगिसकेका छन!! प्रजान्त्रतिक नेता भनौदा हरुले जनता को खुशी को नाममा सम्ब्रिदी को नाममा प्रजातन्त्र को आड लिएर जनता को भावना सँग धेरै खेल्बाड गरिसके र गरिरहेका छन र गरिरहने छन! जुन सचा प्रजातन्त्र मा विश्वाश आस्था राख्न्ने हरुलाई ठेस लागेको पनि छ। जती दु:ख परे पनि
सधैं खुशी रहने हसिलो रहने हामी नेपाली लाई यिनिहरु ले दु:ख रोदन पिडा बाहेक केही पनि दिएका छैनन। स्वर्ग झैं नेपाल लाई यिनिहरु को ब्यक्तिगत स्वार्थपुर्ती को लागि घिन्लाग्दो र शर्मानाक खेल खेलेर नर्क तुल्य बनाएका छन!जुन कुरा म जस्तो सरल र सुखी जिबन बिताउन चाहना राख्ने जनता ले राम्ररी
बुझेका छन!

मलाई लाग्छ यी फटाहा लुटेरा नेताहरु नेपाली नै होइनन! सोझो साझो जनता को brain wash गराएर आफ्नो कथित राजतिनिक स्वार्थ पुरा गर्न को लागि नेपाली नेपाली दाजु भाई दिदी बहिनी को हत्या गर्न लगाएक छन्!! हामी नेपाली शाहसी र वीर जरुर छम्। तर यसरी नेपाली ले नेपाली लाई नै हत्या गर्ने आदी यीत्याद्दी घ्रिनित काम गर्ने हामी नेपाली को रगत मा छैन!!

म प्रजातन्त्र बिरोधि होइन! कुनै पनि राजातिनिक पार्टी सँग मैले पूर्वग्रह लिएको छैन! न म कुनै पार्टी सँग सम्बध छु न कुनै पार्टी प्रती आस्था रख्द छु। म एुटा साधारण नेपाली नागरिक हुं। प्रजान्तन्त्र आँफै मा एुटा गहन र सम्बेदनशील बिषय हो। जस्लाई पूर्ण उत्तरदायी पूर्वक राम्ररी सम्भाल्न सक्नु पर्दछ। जस्लाइ सम्हाल्न हाम्रा असछ्यम नेताहरु को हैसियत् छैन र स्वत प्रमाणित पनि भैसकेको छ। जनता को नाममा जनताको आड लिएर जुन् फोहोरी खेल खेलेका छन तेस्ले स्वयमं प्रजातन्त्र को उपहास गरेको छ मजाक उडाएका छन।स्वयमं प्रजातन्त्र को बेइज्जत गरेको छ।

बसुदैब कुटुम्ब्कम् को भावना आत्मसात गरी धार्मिक तथा सामाजिक आपसी मेलमिलाप मा लिप्त रही एकिक्रित रहेको हामी नेपाली माथि आफ्नो नाजायज पार्टीगत सिद्धान्त लादेर टुक्रयेका छन् हामीहरु लाई एक आपस मा फुटाएका छन।लडाएका छन।
यसरी नौलो परिबर्तन् चाहने जनताको शान्ती पूर्वक सुखी र सम्ब्रिध जिबन बिताउने रहर माथि खेल्बाडगर्ने र नेपाल जस्तो आँफै मा उत्कृष्ट रहेको परम्परागत एेतिहास बोकेको धार्मिक सान्स्कृतिक सामाजिक र जनजातिक एकता मा अडिएको हाम्रो नेपाल को अश्मिता माथि खेल्बाड गर्ने अधिकार यिनिहरुलाई छैन।
आफ्नो देश छोडि धेरै युवाहरु बिदेसिन वाध्य छन्। मेरो बिचार मा शायद नेपाल् को हरेक घर बाट एक न एक जना आफ्नो परिवार को सुख सम्ब्रिद्धी को लागि बिदेसिएका छन्
अहिले को परिस्थिती मा नेपाल को अर्थतन्त्र यसरी बिदेशिएका नेपालीहरुले आफ्नो रगत पसिन बगाएर कमएको धन remittance ले थेगेको छ।
यी नलायक नेताहरु लाई हामी नेपाली को रगत पसिना बगायेर कमएको धनमा फोहोरी खेल खेल्न जनताले यिनिहरुलाई चुनेका हैनन् र यिनिहरु लाई कुनै अधिकार छैन।
शायद म अहिले अलिक भावना मा बहेंके होला तर यी कुराहरु सत्य तथ्य हुन्।समाज का बोउद्धिक तर अचेत समुह साथै संचार माध्यम हरु समेत् यिनिहरु को पछी लगेको देखेर म छक्क परेको छु।
यिनिहरु को मन्परी तन्त्र अब अत्ती भयो अब यिनिहरु लाई देश बाट बहिर निकल्ने बेला अैइसकेको छ।
whatever you people think about me i don't care. I consider myself as a commoner a concerned true nepali citizen.{I love my Country my soil. i hate to see it being ruined by these bunch of nonsense craps.
मलाई यी फटाहा लुटेरा बाहुन नेताहरुले दान म दिएको प्रजातन्र र कथित नयाँ नेपाल चाहिएको छैन। मलाई मेरै पुरनो नेपाल चहिएको छ!! जस्ले ज् सुकै भनुन ज् सुकै गरुन। मलाई मतलब छैन।
Guys I'm into it now!!
जय नेपाल!!
 
Posted on 08-30-07 6:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कांग्रेस एकता र संविधानसभा

अजिता अर्याल

संविधानसभा निर्वाचनको मिति नजिकिँदै गर्दा पनि राजनीतिक दलहरूले संविधानसभाका लागि आवश्यक रणनीति स्पष्ट पार्ने गरी गृहकार्य गर्न सकेको अवस्था आजका मितिसम्म देखिँदैन। नेकपा एमाले तुलनात्मकरूपमा संविधानसभा निर्वाचनको तयारीका लागि अग्रपंक्तिमा रहे पनि एकाएक माओवादीले विभिन्न माग अगाडि सारेर अन्यौल सिर्जना गरिदिएका छन्। अब त माओवादी मंसिरमा हुने संविधानसभा निर्वाचनलाई वैशाखमा सार्नुपर्ने तर्क राख्दै छन्। माओवादीको आन्दोलन संविधानसभालाई सुनिश्चित गराउनका लागि भनिए पनि अन्य दल त्यसलाई सहजरूपमा लिन तयार छैनन्। यसकारण सात दल माओवादीलाई आन्दोलनको कार्यक्रम फिर्ता लिन आग्रह गरिरहेका छन्।



अर्कोतर्फ स्वयम् गठबन्धन सरकारको नेतृत्व लिएको प्रमुख दल नेपाली कांग्रेसको संविधानसभाका लागि भएको तयारी चिप्लेकीरा शैलीमा रह्यो भन्ने धेरैको आरोप छ। नेपाली कांग्रेसले संविधानसभा निर्वाचनलाई कांग्रेस एकताको प्रस·मा लगेर जोडेको छ। अर्थात् कांग्रेस एकतालाई संविधानसभा निर्वाचनको स्पिरिड बनाएर अघि बढ्नुपर्दछ भन्ने कांग्रेसीको चाहना छ। कांग्रेस एकताको प्रस· लामो समयदेखि चर्चाको विषय भए पनि विभिन्न कारणले सम्भव हुन सकिरहेको छैन।



कांग्रेसको एकतालाई विपक्षी राजनीतिक दलहरूले समेत गम्भीरतापूर्वक लिएको पाइन्छ। कांग्रेसको एकताबाट प्रजातान्त्रिक संस्कारको जगेर्ना हुने कुरामा धेरैको विश्वास छ। यसकारण प्रजातन्त्रवादी स्वदेशी-विदेशी शक्ति पनि कांग्रेस एकताको पक्षमा छन्। कांग्रेस एकताका लागि सर्वत्र कामना गरिए पनि दुई कांग्रेसका जिम्मेवार पक्ष एकीकरणका लागि गम्भीर हुन नसकेको कारण प्रजातन्त्रवादी र बीपीको आदर्श बोकेका आमकांग्रेसी दुःखी भएका छन्।



एकताको सन्दर्भ, टुटेकोलाई जोड्ने विषय भएकाले एकीकरणबाट कमजोर बन्न पुगेको संस्था संगठित भई शक्तिशाली हुने कुरामा दुई मत छैन। तर एकता उद्देश्य, विचार र लक्ष्यमा समान भएकाकाबीच मात्र सम्भव हुन्छ। विभिन्न उद्देश्य, लक्ष्य र विचार भएकाकाबीच एकता बनाउने प्रयास गरियो भने उक्त एकताले जन्मँदै फुटको सम्भावना बोकेको हुन्छ। अर्कोतर्फ एकता संगठनलाई मजबुद र अनुशासित बनाउनका लागि गरिनुपर्दछ। यदि एकताका कारण नै संगठनमा धमिरो लाग्छ भने एकता झनै घातक हुन सक्छ। यसकारण कांग्रेसी एकतामा गम्भीर भएर सोच्नु आवश्यक छ।



एउटै सिद्धान्त, एउटै आदर्श र एउटै लक्ष्य बोकेका कांग्रेस हिजो किन फुट्यो ? फुट्नुमा कसको के स्वार्थ थियो ? फुटाउनमा कसको के षड्यन्त्र थियो ? भन्नेजस्ता कुरामा विचार नपुर्‍याई एकताको अभियान मात्र अघि बढाउँदा एकता नै दुवै पार्टीका लागि घातक हुन सक्छ। यसकारण आज पनि कांग्रेस एकताको विषयमा गम्भीर भएर सोच्नुपर्ने अवस्था छ।



विगतको कांग्रेसी राजनीतिक इतिहासको अध्ययन गर्दा कांग्रेसभित्रै अग्रगमन, प्रतिगमन र यथास्थितिवादको दबाबले मात्र सधैं चर्चा पाएको छैन, पार्टीमा हुने आन्तरिक द्वन्द्व र चलखेलले पनि उत्तिकै चर्चा पाउने गरेको छ। पार्टी-पार्टीबिचको संघर्ष र द्वन्द्वलाई बहुदलीय प्रणालीमा सामान्य मानिन्छ, तर भर्खर मात्र विकसित भएको पार्टीगत प्रणालीमा पार्टीहरु आन्तरिक रूपमा नै चोइटिनु वा चोइटिने हदसम्म पुग्नु ज्यादै दुर्भाग्यपूर्ण विषय हो, तर नेपालको पार्टीगत विशेषता नै यही बन्न पुगेको छ।



हालै सम्पन्न माओवादीको पाँचौं विस्तारित बैठकमा समेत माओवादीलाई दुई वा तीन चिरामा विभाजन गर्ने खेल चलिरहेको छ भन्ने कुरा उठ्नुले यो तथ्यलाई अझ पुष्टि गरेको छ। हामीभित्र राजनीतिक संगठनका लागि इमानदारीताको अझै खाँचो छ।



हामीले भुलेका छैनौं, पार्टीभित्रको अन्तरकलहका कारण २०५४ साल पुसमा पहिलो पटक राष्ट्रिय प्रजातन्त्र पार्टी विभाजित भएको थियो। त्यसै गरी सोही वर्ष मुलुककै दोस्रो ठूलो पार्टीकोकपा एमाले पनि विभाजित हुन पुग्यो। विभाजनको कारण आमनिर्वाचनमा नेकपा एमालेले आफ्नो हातमा आइसकेको सम्भावित सत्ताको शक्तिबाट समेत वञ्चित हुनुपर्‍यो भने राप्रपाको प्रतिनिधित्व संसद्मा ज्यादै न्यून रह्यो। पार्टी सिद्धान्तबाट चलेको हुन्छ। पार्टीकोतृत्वका लागि दुई वा दुईभन्दा बढी समूह हुन्छन्, जसमा नेतृत्व लिन चाहनेले पार्टीको विकासका लागि छुट्टाछुट्टै नीति प्रस्ताव गर्दछन्।


निर्वाचनपछि पार्टीभित्र अल्पमत र बहुमत पक्ष छुट्टिन्छन्। त्यसपछि बहुमतमा पुगेकाले अल्पमतकालाई आफ्नो विरोधी, प्रतिद्वन्द्वी सम्झन्छन् र हरतरहबाट उनको शक्ति क्षीण पार्ने कार्य गर्दछन्, जसको कारण अल्पमतको नेता कि त पार्टी विरोधी बन्न पुग्दछन् कि त नयाँ पार्टीको जन्मदाता। नेपालमा सैद्धान्तिक र नीतिगत राजनीतिभन्दा व्यक्तिगत राजनीतिक प्रभावका कारण विशुद्ध राजनीतिक संस्थाको विकास हुन सकरिहेको छैन्। यसो हुनुमा पितृसत्ता र जातीय भेदभाव संस्कारलाई मान्न सकिन्छ।


कुनै पनि राजनीतिक दलमा पछाडि पारिएका जातिका मानिसको नेतृत्व हुन नसक्नु र आधा आकाश ढाकिएका महिलालाई पनि नेतृत्व तहमा नपुर्‍याउनुले यो अवस्थाको सिर्जना भइरहेको देखिन्छ। समावेशी र समानुपातिकको कुरा गरिरहेको आजको अवस्थामा कुनै पनि दलमा महिलाको राजनीतिक हैसियत उच्च र प्रभावकारी नहुनुले राजनीतिक भविष्य अझै अन्यौल बनेको छ। केवल सद्भावनाको अध्यक्ष आनन्दीदेवी रहेको अवस्थामा गौरव गर्ने आधार तयार भएको छैन। किनकि उहाँको राजनीतिक भूमिका कत्तिको नेतृत्वदायी बन्न सकेको छ, सबैले अध्ययन गरेकै विषय हो।


विगतमा संसद्मा प्रतिनिधित्व गरेका आधारमा नेपालका प्रमुख राजनीतिक पार्टीको रूपमा नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा र नेपाल सद्भावना पार्टीहरुलाई लिइन्थ्यो। हाल नयाँ शक्तिको रूपमा नेकपा माओवादी पनि उभिएको छ। संसदीय अभ्यासकालमा माओवादीबाहेकका यिनै पार्टीहरु मात्र सत्तामा पुगे। सत्तामा पुगेकै कारण यी पार्टीहर समय-समयमा फुटे। जसका कारण पार्टीभित्रको अन्तरकलह जनताका लागि नभई कुर्सीका लागि मात्र हो भन्ने जनता सोच्न बाध्य भए।


विभाजनको चोट र पीडा भोगेका नेकपा एमाले यसअघि २०५८ फागुनमा नै एकीकृत भइसकेको छ भने राप्रपा पनि २०५६ साल माघमा नै एक भइसकेको थियो। शाही शासनको चलखेलबाट राप्रपा फेरि तीन चिरामा विभाजित भएको छ। राप्रपा, एमाले र सद्भावना पार्टीहरु विभाजित हुनु वा फुट्नुलाई स्वाभाविक मानिन्थ्यो।


यी पार्टीहरुमा राजनीतिक परिपक्वता र लोकतान्त्रिक पद्धति नभएका कारण बहुमतकाले अल्पमतकालाई पेल्नु र पार्टी फुटाउनु स्वाभाविक हो भन्ने गरिन्थ्यो, तर नेपाली कांग्रेस कहिल्यै फुट्दैन, पार्टीभित्रको द्वन्द्व र असमझदारीलाई आन्तरिकरूपमा नै समाधान गरिन्छ भन्ने विश्वास नेपाली कांग्रेसलाई थियो। यसै कारण किसुनजीको पालामा जस्तोसुकै परिस्थिति विकसित हुँदासमेत पार्टी विभाजन भएन।


उनले आफ्नै पार्टीभित्रबाट घात-अन्तर्घातको सामना गर्नुपर्‍यो। तर विडम्बना असोज १८ को भुमरीमा परेर नेपाली कांग्रेस पनि विभाजित भयो। नेकाको विभाजन शेरबहादुर देउवाले गर्नुभयो। उहाँले पार्टी मात्र विभाजन गर्नु भएन, प्रतिनिधिसभासमेत भंग गरी मुलुकमा जबर्जस्ती सड्ढटकाल लम्ब्याउनुभयो।

कुनै हालतमा सम्पन्न हुन नसक्ने निर्वाचन गर्छु भनी तत्कालीन संविधानको धारा १२७ को समेत प्रयोगका लागि राजामा सिफारिस चढाउनुभयो। उहाँले प्रजातान्त्रिक अभ्यासमा यति खाल्डो खन्नुभयो जसमा नेपाली कांग्रेस मात्र होइन सम्पूर्ण संसदीय अभ्यास नै जाकियो र असोज १८ गते उहाँ स्वयम् राजाबाट अक्षम घोषित भई अपदस्थ हुन पुग्नुभयो। परिणामस्वरूप ०४७ सालको संविधान र संसदीय पद्धति नै समाप्त भयो।

सौभाग्यले आज नयाँ नेपाल बनाउने अभिभारा राजनीतिक दलहरूले प्राप्त गरेका छन्। तर आफ्नो राजनीतिक संस्कारमा सुधार नगरी नयाँ नेपालको भविष्य कोर्ने धृष्टता गरियो भने संविधानसभा नै असफल भई मुलुकको भविष्य अन्धकार बन्ने लक्षण पनि त्यत्तिकै देखा परिरहेका छन्। यसकारण विगतका राजनीतिक दलका कमी-कमजोरीलाई सच्याउनु अति आवश्यक छ।

नेपाली कांग्रेस एकीकरणको प्रस·लाई नै चर्चा गर्दा, विगतमा शाही कदमविरुद्ध संसद्वादी राजनीतिक दलहरूले छेडेको आन्दोलनमा अन्य दलको अनुरोधलाई समेत लत्याएर नेका प्रजातान्त्रिकलाई आन्दोलनको सहयात्रीसम्म बनाउन नचाहने नेपाली कांग्रेस अन्ततः नेकपा माओवादीसँग समेत सहकार्य गर्न बाध्य भयो।

आठ दलको गठबन्धनको विकासबाट नै १२बुँदे सहमति निर्माण भएको हो। यही सहमतिको आडमा मुलुकमा जनआन्दोलन-२ सफल भई राजसंस्थाले घुँडा टेक्न बाध्य भएका कारण मुलुक आज आमूल परिवर्तनको संघारमा छ। आज हामी संविधानसभाबाट नयाँ संविधान निर्माण गरी राज्य पुनर्संरचना गर्न अघि बढिरहेका छौं।

यो अवस्थामा आगामी मंसिर ६ लाई निर्वाचनका मिति घोषणा गरिएको छ। माओवादी अन्तरिम सरकार र व्यवस्थापिका-संसद्मा आइपुगेपछि मुलुकमा कम्युनिस्टहरूको प्रतिशत बढेको छ। नेपालमा जनवादी गणतन्त्र घोषणा हुने अवस्था पनि प्रबल बन्दै गइरहेको छ। यस अवस्थामा कांग्रेसको एकताबाट मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापित हुने कुरामा आशा गर्न सकिने भएको कारण लोकतान्त्रिक संस्कारको विकासको लागि पनि कांग्रेस एकता अपरिहार्य भएको छ।

माथि नै भनियो, कांग्रेस एकता नेपाली राजनीतिले मात्र चाहेको कुरा नभई प्रजातन्त्रवादी विश्वसमुदायले पनि चाहेको कुरा हो। यसै कारण हालै अमेरिकी राजदूत पावेलले कांग्रेस एकतामा चासो देखाउनुभएको छ। तर एकता प्रयास असफल वा ढिलो हुँदै गइरहेको छ। एकताको प्रस· जति उठाए पनि दुवै पार्टीका केन्द्रदेखि गाउँस्तरसम्मका संरचनाले त्याग र र्समर्पणको साहस खोजिरहेको छ। दुवै पार्टीका जिल्लास्तरका नेताहरूमा देखिएको नेतृत्वको चाहनाले एकता प्रस· प्रायः तुहिने अवस्थामा पुगेको छ।

नेपाली कांग्रेस एकीकरणबेगर संविधानसभा निर्वाचनका लागि तयार हुन नसक्नेजस्तो भान भइरहेको अवस्थामा कांग्रेस एकताको प्रस·लाई थाती राखेर सहकार्यको नीति अवलम्बन गर्नु नितान्त आवश्यक भइसकेको छ। अर्थात् कांग्रेस एकीकरण नभएको खण्डमा संविधानसभामा नै नजानेजस्तो गरी कांग्रेस प्रस्तुत हुनु हुँदैन। लोकतान्त्रिक संस्कारको विकासका लागि दुई कांग्रेसले विशेष नीति अपनाउनु आवश्यक छ। जसका लागि पहिलो प्रयास एउटा कांग्रेसको राजनीतिक प्रतिस्पर्धी दोस्रो कांग्रेस कदापि बन्नु हुँदैन भन्ने हुनुपर्दछ। सहमतिमा दुई कांग्रेसले संविधानसभाका लागि उम्मेदवारी तय गरेमा समेत कांग्रेसी एकताको प्रतिफल प्राप्त गर्न सकिने भएकाले गम्भीर भएर सोच्ने बेला आइसकेको छ।

दुई कांग्रेस राज्य संरचना र राज्य व्यवस्थाको सम्बन्धमा आफ्नो स्पष्ट नीति तय गरेर जनतामा जान जति दिन ढिलो गर्दछन् लोकतान्त्रिक संस्कार त्यति नै कमजोर हुनेछ। यो हेक्का कांग्रेसी नेता गिरिजाप्रसाद समूह र शेरबहादुर समूहले राख्नु जरुरी छ। संस्थापना पक्षको अस्पष्ट धारणाका कारण नेपाली कांग्रेसभित्रका लोकतान्त्रिक गणराज्य धारका नेता तथा कार्यकर्ताले आफ्नो तर्फबाट छुट्टै घोषणापत्र तयार गरेका कारण नेपाली कांग्रेसभित्र अर्को विभाजनको चिरा देखापरेको मान्न सकिन्छ।

बेलामा नै नसोच्ने हो भने राजदरबार छाडेर नागार्जुन पुगेका भनिएका राजा कुनै पनि क्षण सिंहदरबार प्रवेश नगर्लान् भन्न सकिन्न। यसकारण संविधानसभाका लागि नेपाली कांग्रेसले आफ्नो स्पष्ट धारणा अगाडि ल्याउन ढिलो भइसकेको छ। देश भासियो भने सबैले नेपाली कांग्रेसलाई नै दोषी ठहर्‍याउनेछन्। यसकारण नेपाली कांग्रेसले लिने उचित निर्णय नेपाली कांग्रेस पक्षधरको हितमा मात्र नभई समग्र मुलुकको हितमा हुनेछ।

http://newsofnepal.com/kps/fullnews.php?serialno=15132&sec=41&ssc=54
 
Posted on 09-23-07 8:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राजनीतिको रौनक

अमेरकिामा काङ्ग्रेसी राजनीतिका प्रमुख खेलाडी डा सुरेन्द्र देवकोटा न्युयोर्कको रेन्सेलेर इन्स्िटच्युटमा पढाउँछन् । २०४१ सालमा नेपाल विद्यार्थी सङ्घबाट अमृत साइन्स क्याम्पसको स्ववियु सभापति जितेका देवकोटाले वातावरणीय अर्थशास्त्रमा विद्यावारििध गरेका छन् । भन्छन्, "प्रवासमा रहेर पनि नेपाली राजनीतिमा योगदान गर्न नसकिने होइन ।"

पछिल्लो समय अमेरकिामा भए पनि आफूलाई नेपाली राजनीतिबाट अलग देखाउन नचाहने प्रवृत्ति बढेको छ । यसमा नेपाली काङ्ग्रेसप्रति आस्था राख्ने अग्रपङ्क्तिमा छन् । अमेरकिामा मात्रै काङ् ग्रेसनिकट एक दर्जनभन्दा बढी सङ्गठन अस्ितत्वमा छन् । तर, नेपाल जनसम्पर्क समिति, अमेरकिा- काङ्ग्रेसको सबैभन्दा ठूलो एवम् आधिकारकि संस्था हो ।

०५७ सालको चितवन अधिवेशनबाट नेविसङ् घको महामन्त्री निर्वाचित भएका प्यूठानका यादव पण्डित केन्ट स्टेट युनिभर्सिटीमा परमाणु भौतिकशास्त्रमा विद्यावारििध गर्दैछन् । उनको गन्तव्य पनि नेपाली राजनीति नै हो । भन्छन्, "राजनीति गर्नलाई योग्यता बढाउने हिसाबमा मात्र म अमेरकिा आएको हुँ ।"

अमेरकिाको नेपाली युथ डेमोक्रेटिक काउन्सिलका अध्यक्ष प्रमोद सिटौला, ३३, आसन्न संविधानसभा निर्वाचनका लागि नेपाल र्फकंदैछन् । युनिभर्सिटी अफ म्यासेचुसेट्सका प्राध्यापक डा शेखर रेग्मीको अनुभवमा प्रजातन्त्रप्रतिको आस्था, पार्टी राजनीतिमा सक्रिय हुने चाहना अनि पहिचानको चिन्ताले यस्ता गतिविधि भएका हुन् ।

न्युयोर्कमा रेस्टुराँ व्यवसाय सञ्चालन गररिहेकी नेपाल टेलिभिजन की पूर्वसमाचारवाचिका मृदुला कोइराला आफूलाई अब्बल दर्जाको काङ्ग्रेस ठान्छिन् । उनी अमेरकिामै बसेर ०४६ सालको जनआन्दोलनका साथै राजा ज्ञानेन्द्रको शासनविरुद्ध सक्रिय थिइन् ।

कानुन व्यवसायी खगेन्द्र जिसी पनि राजनीतिक गतिविधिमा सक्रिय छन् । काङ्ग्रेस सांसद महेन्द्र जिसीका भाइ खगेन्द्र केहीअघि नेपाल जनसम्पर्क समिति, अमेरकिाको संयोजक थिए । भन्छन्, "पेसा जे भए पनि काङ्ग्रेस राजनीतिमा मेरो लगाव छ ।" तर, उनको प्रयासले पनि अमेरकिाका काङ्ग्रेसीहरूबीच जारी विवादलाई मत्थर पार्न सकेन ।

पछिल्लो विवाद

सन् २००५ मा काङ्ग्रेस पार्टीले जनसम्पर्क समितिको संयोजकको जिम्मेवारी आनन्द विष्टलाई दिएको थियो । तर, त्यसको दुई महिनामै काङ्ग्रेस समर्थकहरूले नेपाली जनसम्पर्क समिति, उत्तर अमेरकिाको नाममा समानान्तर सङ्गठन खोले । दुवै समिति भङ्ग गरेर पार्टीले खगेन्द्र जिसीको अध्यक्षतामा पाँच सदस्यीय अधिवेशन तयारी समिति गठन गर्‍यो तर त्यसले अधिवेशन गराउन सकेन । तयारी समितिबाट डा सुरेन्द्र देवकोटा र कृष्ण लामिछानेले राजीनामा दिए ।

विवाद यथावत् नै रहेका बेला भदौ १७ गते कनेक्टिकट राज्यको हार्डफोर्डमा जनसम्पर्क समिति, अमेरकिाको प्रथम अधिवेशनले डा देवकोटालाई अध्यक्ष निर्वाचित गरेको घोषणा गरयिो । तर, तत्कालै आनन्द विष्ट समूहले अधिवेशनको वैधानिकतामा प्रश्न उठाएको छ । आठ सय ५० जना सदस्य रहेको समितिको अधिवेशनमा मुस्िकलले दुई सय जना मात्र उपस्िथत रहेको असन्तुष्ट पक्षको भनाइ छ ।

त्यसबखत काठमाडौँमा रहेका विष्टले विज्ञप्तिमार्फत अधिवेशन अवैधानिक भएको दाबी गर्दै आफूहरू पुरानै समितिबाट क्रियाशील भएको र पार्टी नेतृत्वको निर्देशनमा चाँडै अधिवेशन गरनिे जनाएका छन् । तर, डा देवकोटा आफू अध्यक्ष निर्वाचित भएको समितिलाई पार्टीले मान्यता दिएको दाबी गर्छन् ।

दिनेशजङ्ग शाह/बोस्टन -अमेरकिा)

http://www.kantipuronline.com/Nepal/daspora.php
 



PAGE: <<  1 2 3  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
if you are in USA illegally and ask for asylum it is legal
Top 10 Anti-vaxxers Who Got Owned by COVID
निगुरो थाहा छ ??
Poonam pandey - death or suicide?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Travelling to Nepal - TPS AP- PASSPORT
TPS Work Permit/How long your took?
How long does Citizenship take?
Will MAGA really start shooting people?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters