Nepal News May 25
Popular Videos





   [Show all top banners]

kp dhungana
Replies to this thread:

Subscribers
:: Subscribe
Related Videos
Back to: - KURAKANI GENERAL DISCUSSION Refresh page to view new replies | HOME PAGE
 के गर्दैछन् राजा Fix Unicode
[VIEWED 1054 TIMES]
NEW! Click here to get reply notification email
SAVE! Save this thread for ease of future access.
Posted on 10-16-06 7:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

बालुवाटारमा राजतन्त्र राख्ने कि नराख्ने विषयमा गरमागरम बहस चलिरहेको बेलामा राजा ज्ञानेन्द्र शाह रमको रमरममा घोसेमुन्टो लगाएर बसिरहेका छन् भन्ने तपाइको सोचाइ छ भने तपाइ सत् प्रतिशत गलत हुनुहुन्छ । कारण ज्ञानेन्द्र शाह सहजै हार मान्ने ब्यक्ति हैनन् । उनी राजनीतिका चतुर खेलाडी हुन् भन्ने त उनले दुइ वर्षमा देखाइ नै दिएका हुन् । आखिर उनी के गरेर बसिरहेका छन् त आउनुस् विचार गरौं ।
ज्ञानेन्द्र अहिले राजदरवार बसेका छैनन् । उनी अहिले बालाजु रानी बनमा रहेको सानदार नागार्जुन दरवारमा बसिरहेका छन् । जङ्गलको विचमा हावा खाएर बसेका छैनन् उनी, राजतन्त्रको अन्त्य गरी गणतन्त्रको स्थापना गर्ने मिठो सपना देखिरहेकालाइ कसरी हावा ख्वाउने, उनको सोचाइ नै यसमा छ अहिले ।
यसै विषयमा छलफल साप्ताहिकमा एउटा समाचार प्रकाशित भएको छ आइतवार । समाचार अनुसार अहिले राजा ज्ञानेन्द्र राजतन्त्रको पक्षमा जनमत निर्माणका लागि संयुक्त प्रजातान्त्रिक मोर्चा गठनको तयारीमा लागेका छन् । समाचार अनुसार उनले यसका लागि त्यही माघ १९ का हरुवा खेलाडिको भरमा पर्न थालेका छन् ।
यसका लागि उही पुराना खेलाडी तुल्सि गिरी, मरिचमान सिंह, किर्तीनिधि विष्ट लगायतकाको भरमा परेका रहेछन् । समाचारमा गत बुधवार राजाले शाहीकालमा उपाध्यक्ष किर्तीनिधि विष्टसंग भेट गरेका रहेछन् । भेटको अवसरमा उनले राजतन्त्रको पक्षमा जनमत निर्माणका लागि राजावादी पार्टीहरुको संलग्नतामा संयुक्त प्रजातान्त्रिक मोर्चाको गठनमा जोड दिएका थिए ।
बुधवारको समाचार र हालै भारतको भ्रमण सकेर नेपाल आएका म्यानपावर पार्टी अर्थात जनशक्ति पार्टीका अध्यक्ष सुर्यबहादुर थापाको भनाइ याद आयो मलाइ । थापाले दिल्लि भ्रमणवाट फर्केकै दिन संयुक्त प्रजातान्त्रिक मोर्चाको कुरा गरेका थिए ।
यता माओवादी पनि संयुक्त गणतान्त्रिक मोर्चा गठनको गृहकार्यमा रहेको बेलामा सायद त्यसैलाइकाउन्टर पार्टका रुपमा यो प्रजातान्त्रिक मोर्चाको अवधारणा अगाडि आएको हुनुपर्छ । मोर्चा गठनका लागि दशै अगाडि पञ्चायतकालमा अन्तिम प्रधानमन्त्री मरिचमान सिंहको धुम्बाराहीमा रहेको घरमा पुरव् पञ्चेहरुको भेला भएको रहेछ । भेलामा तुल्सि गिरी, मरिचमान, राजेश्वर देवकोटा, कमल थापा लगायतका मण्डेहरुको सहभागिता रहेको थियो । भेलामा मोर्चाको गठन कसरी गर्न सकिन्छ भन्ने विषयमा गहन छलफल भएको थियो ।
यसभन्दा अगाडि पनि दरवार आफ्ना विश्वासपात्रहरुसंग विचारविमर्श गरिरहेको नै थियो । अहिले दरवारको पक्षमा खुलेर देखिएका भनेका माघ १९ का सत्ताधारीहरुको बाहुल्यता नै रहेको छ जस्को कुनै जनाधार छैन । यसका लागि उनीहरुलाइ केही प्रतिशत जनाधार भएको पार्टी पाएपनि ठुलो राहत हुने छ । यसका लागी उनीहरुको आखामा परेको भनेको पशुपति शमशेर राणाको राप्रपा, थापा बाबुको म्यानपावर पार्टी नै हो । अहिले दरवार कांग्रेसलाइ आफ्नो पोल्टामा पार्नका लागि पनि भरमग्दुर लागिरहेको छ नै ।
अहिले दरवारको रणनीतिको निर्माणका लागि दरवारका मुख्य सचिव पशुपतिभक्त महर्जन सक्रिय रहेका छन् । यसपालिको दशैमा सरकारमा रहेका दलले आफ्ना आसेपासेलाइ दशै खर्च कत्ति बांडे भन्ने खुल्न नआएपनि दरवारले भने दलको सिको गर्दै दशैमा , राजनीतिज्ञ र पत्रकारलाइ पैसा बाडेको रहेछ । मेरो एकजना परिचित मित्र पनि दरवारको लिष्टमा परेका रहेछन् । उनी दरवारवाट फोन आउंदा दगैं परेका थिए रे । के रहेछ भनेर बुझ्न जांदा उनलाइ दरवारको गेटमा खाम सहित हस्ताक्षरको आग्रह भएछ । के रहेछ भनेर हेरेको पांच हजार बुझिलिए भन्ने लेखिएको रहेछ । त्यसपछि आफु पछि आउछु भनेर भागेको उनले बताएका थिए ।
उनलाइ हस्ताक्षरको लागि ल्याएको पन्नाहरु करिव पांचवटा रेहछ । त्यसमा पक्कै पनि दरवारलेृ पैसा बाड्नेहरुको नाम नै त होला । पत्रकारलाइ पांच हजार अनी सांसदको २५ हजार रेट राखेको रहेछ दरवारले ।
यत्ति मात्र कहां हो र दरवार अहिले राजनीतिक दलमा रहेका आफ्ना दासहरुको परिचालनमा पनि मरेर लागेको छ । त्यसमा कांग्रेस र एमालेका बढि रहेका छन् ।
यत्ति कुराले नै दरवार फेरी सत्ता हत्याउने सुरमा रहेको प्रष्ट हुंदैन र ?
Source : www.hamroblog.com
 
Posted on 10-16-06 12:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

F*uck gyanendra....
He wont success......
 




Please log in to be able to reply! If you don't have a login, please register here.

NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Quick Links

Like us in Facebook!

free counters
66.249.73.62,157.56.93.206,157.55.32.60,65.55.213.239