[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी महोत्सब - २६~

[Please view other pages to see the rest of the postings. Total posts: 352]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18  
[VIEWED 108862 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 09-10-06 9:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी महोत्सब - २६~

सर्वपर्थम त चौतारी महोत्सबलाइ महामहोत्सब बनाउने सम्पुर्ण चौतारीबासीहारुलाइ मेरो धेरै धेरै खुसीको अभिबादन । चौतारीमा यती धेरै सामाग्री छन कि म त अझ पनि पढ्दै छु । कुनै त नभ्यार अनि कुनै चाहि राम्रा लागेर । चौतारी महोत्सव सफल बनाउने लाइ मेरो धेरै धेरै धन्यबाद अनि राम्रो राम्रो लेख लेख्नेहरु पढेर मात्र बसेकोहरुलाइ मेरो नियमापत्ती ।
फेरी पनि चौतारी बासीहरू नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई, सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टेलाइ स्वागत छ।छुट्ने नामहरु अर्को चोटी समेट्ने छु ।
सबैलाइ दशैको अग्रिम शुभकमना साथै दशैको तयारी गर्नु होला ।

यसपटक महोत्सबको चौतारीले थाकेर चाडै आराम गर्ने बिचार गरे ।
यसपटकलाइ मेरै राष्ट्रीय गित ।
नेपाली माया बुद्दको छाया सगरमाथामा
हिमाल पहाड तराइ उठाइ एउटै साथमा
मेचि महाकाली मिलाइ हिड्छौ प्रगती पथमा
शान्ती र बिकास बोकेर हिड्छौ एउटै रथमा
एउटै जात एउटै धर्म नेपाली रगतमा
चन्द्र र सुर्य संगै नेपाल राख्नेछौ जगतमा

 
The postings in this thread span 18 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 09-22-06 5:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

..................के पढेर खुशी लाग्यो दादा ह्जूर् लाई?? :)
 
Posted on 09-22-06 5:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सपै नेपाल् जाने कुरा पढेर खुशि पटक्कै लागेन.... जाम् जाम् लाग्यो ....रुन मन् लग्यो :-(
 
Posted on 09-22-06 5:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

titauree,
म नि जाने हो नेपाल.......... मगंल बार् :D
 
Posted on 09-22-06 5:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म चाँहि अहिले नेपालबाटै हो है!!
 
Posted on 09-22-06 5:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरु रुन बेर् छैन है .....:)
नरोए है तितौरी तिमिलाइ जमरा अनि रातो टिको पठाइदिउला ....आशिर्वाद राखेर :D :D
 
Posted on 09-22-06 5:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नरोऊ तितौरी नरोऊ!
अस्ति एउटी मोडेल्नी बुइनीको नाम छोरी महर्जन रे! नामै छोरी महर्जन।हाम्रा चित्रेका गामतिरकी रैचिन्।
चित्रेलाई चिनिचौ छोरी? भुनेर सोदेको "अल्लि चिनिन। दादा!" भन्दै थिइन्।
 
Posted on 09-22-06 5:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहा दादाको जोक् ले रुन ला'नि हरायो :D

कुम्ले तिमि नेपाल् बाट रे , लौ म चाइ चाइना बाट् ।

मिस् टिका र जमरा मात्रै ...hummmmmm...कस्तो बाठो ! .... लिए पो दक्षिना बिना को जमरा । :-(
 
Posted on 09-22-06 5:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते है गाम्लेहरू!

ए लौन! सप्पैजना नेपाल जाने रे? मास्टर्नी दिदी पनि? आफूलाई नि जान त मन लाग्या हो, तर केही महिना पछि मात्र गईन्छ होला। :(

दादा, तपाईले भन्नुभा' मोडेल्नीको नाम चैं सुन्या सुन्या झैं लाग्यो। तर उस्तै नाम भा' मोडेल्नीहरू पनि धेरै हुनसक्ने हुनाले यसै भन्न सक्दिनँ। एकजना 'छोरी' लाई त चिन्या हो कुनैबेला, सायद उसैले मलाई भुली कि। :D
 
Posted on 09-22-06 6:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सब् जाने कुरा सुनाउन थाले यहा त.......
chitre, how r you ?
 
Posted on 09-22-06 6:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अघि भर्खर आइपुगेको नेपाल..... आउने बित्तिकै दौडेर सेकुवा खान पसेँ..... कस्तो स्वादिलो सेकुवा रहेछ भने, ओहो!!!

त्यसपछि अब के गरुम भनेर सोँच्दै थिएँ ठ्याक्कै पाउँ खान मन लागेर आयो। अनि एउटा टेउसी रोकेर गौशाला - पुरानो बानेश्वर- डिल्ली बजार - पुतली सडक - बाग बजार - सहिद गेट हुदैँ निउ रोड आइपुगेँ अनि तिन प्याकेट पाउँ अनि एक प्याकेट गुतपाक अनि एक प्याकेट पुस्टकारी किनेर बाहिर निस्केको त एउटा साइबर क्याफे रहेछ। अनि अहिले म यहि साइबर क्याफेमा बसेर पाउँ खादैँ यो सबैकुरा लेखिरहेको।

कस्तो ट्वाक्क हुने खाले पाउँ रहेछ यो त! ओहो! अर्को नि खान पर्यो।

म एकछिनमा लेख्छु है त!
 
Posted on 09-22-06 7:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

aahaa !!! kasto mitho titauraaaaa!!! ho ni chitre bhai ma ahile new road gate najikai cha ni tehi titaura pasal ma :D

titauri !!!!kahne bahye send gardimla ke re
 
Posted on 09-22-06 7:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सप्पै नेपाल जानी भ'छन्! अब आफू त यै चौतारी कुरेर बस्नुपर्ला। अब क्यार्नु त अन्त जानी ठाम् नभ'सी!
 
Posted on 09-22-06 7:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरा खाएर जिब्रो पड्काउने सबै को पेट् दुखोस् ।
 
Posted on 09-22-06 8:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"बिर्सन खोज्छु झन याद आउछ ....." नबिन के भट्टराईको गाना बजिरहेको थियो मेरो गाडीमा।

म गाडी कुदाई रहेको थिएँ। मेरो पछाडी सिटमा बसिरहेको निश्चयले नबिन के भट्टराई सङै त्यो गाना गाइरहेको थियो।

मेरो छेउको सिटमा बसिरहेको राज आफ्नो छोराको गाना सुनेर मख्ख परिरहेको थियो।

गाना गाउँदा गाइरहेको निश्चय एक्कासी गाना गाउन छोड्यो।

"कुम्ले अंकल! कुम्ले अंकल!! म कसरी यस्तो राम्ररी गाना गाउँन सक्ने भएँ?" निश्चयले मलाई सोध्यो।

म अक्क न बक्क भएँ। "लौ अब के भन्ने होला मैले?" मेरो दिमागमा यहि प्रश्न खेल्यो एकैछिनको लागी।

"ए बुझेँ! बुझेँ!! म स्कूल जान थालेको भएर मलाई गीत गाउन आएको होला है कुम्ले अंकल?" मलाई सजिलो बनाउदै उस्ले मलाई भन्यो।

"हो हो बाबु तिमी स्कूल जान थालेको भएर तिमीलाई यस्तो गाना गाउन आएको।" मलाई प्रश्नको उत्तर पाएकोमा खुसि लाग्यो।

गाडीमा त्यो गाना बजिरहेको थियो। निश्चय एकछिन चूप लागेर बस्यो। सायद केहि सोचिरहेको होला।

अनि फेरि एक्कासी भन्यो, "बाबा! हजुर पनि म सङ्गै स्कूल जानु न ल भोलीदेखि, अनि हजुर पनि म जस्तै राम्ररी गाना गाउन सक्नुहुन्छ"

राज छक्क परेर उसलाई हेर्यो। म भने त्यो तीन बर्षे बालकको कुरा सुनेर हाँस्दै गाडी कुदाइ रहेँ।
 
Posted on 09-22-06 8:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-22-06 9:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

=> ‹(•¿•)› यो भउते कता गच, ल है दशैमा म्यारिज खेल्ने निम्तो छ ।
 
Posted on 09-22-06 9:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल गोतामे म नि छु दशैआं चौतारी कुर्ने ।
 
Posted on 09-22-06 11:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ गाम्लेहरु!!
सपै नेपाल जाने????
 
Posted on 09-22-06 11:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्लेले मलाई भनेओ कुरो बल्ल देखेछु!
क्यार्नु कुम्ले चौतारिआँ आम्न मेसो नमिलेसि एस्तै हो।
 
Posted on 09-23-06 9:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल है चौतारी दशै स्पिसेसल बनेको छ उतै पिंग खेल्न आम सप्पै जना ।
- http://www.sajha.com/sajha/html/index0.cfm
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Travelling to Nepal - TPS AP- PASSPORT
Top 10 Anti-vaxxers Who Got Owned by COVID
निगुरो थाहा छ ??
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Poonam pandey - death or suicide?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters