[Show all top banners]

AnandNepal
Replies to this thread:

More by AnandNepal
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Jaysmi
:: Subscribe
Back to: Kurakani General Discussion Refresh page to view new replies
 Nepali Story - Sunkeshari Maiya ko Katha
[VIEWED 672 TIMES]
SAVE! for ease of future access.
Posted on 11-10-20 6:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

This story was prepared on the request of Sajha members - so, I think it deserves a separate topic ..

साझाका @pandeyji ले "Sunkeshra rajkumari ko katha pani ramro cha if you want to add!! " भन्नु भए पछि अर्का
@chicagoan ले "Sunkeshri maiya ko katha maile kati khoje katai bhetina..kahan hola?"

अनि @logan ले "Sunkesri story so far I recall is sibling (sister and brother) who separated for some reason, I can not recall the the story of their departure but they were united. "

तर, कथा भने अलि फरक रहेछ। शुरुमा अल्छि लाग्दो कथा छ - तर, पछि चाखलाग्दो हुंदै जान्छ। फुर्सद भयो भने यसलाइ अलि चाखलाग्दो पाराले छोटो बनाउने प्रयास गर्नु पर्ला। अहिले चाँहि खोज्दा भेटेको १०० पेजको किताव मा जे जे लेखेको छ त्यसैको वाचन ।

त्यसलाइ शशि गुरागाइँले वाचन गर्नुभएको छ। मैले एडिट मात्रै गरेको हुँ । पुरानो कथा .. अनि, त्यसबेलाको अलि फरक भाषा अनि अनौठो अनौठो बर्णनहरुको कारण शशिलाइ पढ्न पनि त्यति सजिलो चाँहि भएको छैन तै पनि उहाँले १४ भाग पढिसक्नु भएको छ। चाँढै सकिन्छ होला :

भाग
१ मा - ब्यापारिले राजालाइ चढाउन एउटि युवती ल्याउँछ
२ - राजा ले ति युवति संग के के गरे .. अनि कसरि प्रेममा पागल बने भन्ने कथा
३ - ति युवति जे गरे पनि चुपचाप लाग्ने
४ - १ बर्षपछि बोल्दा ति युवतिको बारेमा अनौठो रहस्यको खुलासा हुन्छ
५ - राजाले तिनलाइ बिवाह गर्ने प्रस्ताव गर्छन, त्यसपछि ससुरालिको पत्तो लाग्छ
६ - ससुरालिसंग भेट अनि बिवाहको किस्सा
७ - राजकुमार सुर्यबिक्रमको जन्म अनि मामाको अनौठो हर्कत
८ - सुनकेसरिको फोटो गरेको हंगामा
९ - सुनकेसरिको जादु
१० - सुनकेसरिको लागि युद्द
११ - सुनकेसरिको भयंकर धोका
१२ - जादुबाट मुक्ति तर अर्को समस्याको चंगुलमा फसेको
१३ - सुन्दरि रानिको चंगुलमा फसेको
१४ - रानिलाइ सुर्यबिक्रम कामदेव जस्तो सुन्दर लाग्छन अनि उनलाइ फसाउँछिन
१५ - (बाँकि नै छ)

https://youtu.be/vpu2_TsSyPk

सबै भाग हेर्ने प्लेलिष्ट
https://www.youtube.com/playlist?list=PL4OvsNlbAQ1jWfw2tIdsS0QzwRe4LTlKj

Part 1 - https://youtu.be/Jgtac8GzDes
Part 2 - https://youtu.be/lAeuaSGbDyk
Part 3 - https://youtu.be/wDm8ZPr12Tg
Part 4 - https://youtu.be/fwGztI9r-VI
Part 5 - https://youtu.be/-pw3hLybkRQ
Part 6 - https://youtu.be/fmSA8L1-Agk
Part 7 - https://youtu.be/ZAyrTCgpIbE
Part 8 - https://youtu.be/vVomYh_pvU8
Part 9 - https://youtu.be/SHJCnqm_TL4
Part 10 -https://youtu.be/lUa0dRpHdvc
Part 11 -https://youtu.be/DR_dWeAN5Zw
Part 12 -https://youtu.be/ttHMg6WSTwY
Part 13 - https://youtu.be/0I0e1cNINcA
Last edited: 10-Nov-20 08:40 PM

 
Posted on 11-19-20 11:55 AM     [Snapshot: 166]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

भाग १६

https://www.youtube.com/watch?v=eL29zxUG7Xg
 
Posted on 11-19-20 12:09 PM     [Snapshot: 172]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

ओहो साह्रै नै राम्रो सृजना गर्नु भएछ आनन्द नेपाल ज्यु! अनि क्रेडिट दिनु भएको मा धन्यबाद्! समय निकालेर तपाईंको राम्रो सृजना अबस्य सुन्ने छु!!
 
Posted on 11-19-20 9:15 PM     [Snapshot: 215]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

logan ले खोजेको कथा फेला पर्यो ..

तुलसी दिवस ले सम्पादन गरेको नेपाली लोककथा भन्ने पुस्तकमा रहेछ - (२०३२) मा प्रकाशित भएको कथा यस्तो छ :


** सुनकेशरी मैयाको कथा **
(यो भिडियोमा भएको कथा भन्दा फरक छ - सुनकेसराको कथा सकिएपछि यसलाइ पनि पढेर भिडियो बनाउँनु पर्ला)


एकादेशमा एकजना राजा थिए। तिनका तीन भाइ छोरा र एउटी छोरी थिइन्। छोरीको सबै कपाल सुनका थिए। त्यसैले उनलाई सुनकेशरी भन्दथे।

उनका कति केशहरु छन्, तिनका हिसाब गरिएको थियो। एकदिन खोलामा नुहाउँदा उनको एउटा केश हरायो। यसरी केश हराउँदा उनकी आमाले जसले मेरी छोरीको हराएको केश पाउला, उसैसँग मेरी छोरीको बिहे गरिदिन्छु भनिन्।

मान्छेहरु उनको हराएको केश खोज्न थाले। सन्जोगले गर्दा, त्यो केश सुनकेशरीका माला दाजुले फेला पारे। अब के गर्ने?

सुनकेशरीको बिहे उनका माइला दाजुसँग नै हुने भयो।

घरमा बिहेको तरखर हुन थाल्यो। विचरी! सुनकेशरी मैयाँ विरहले आकुलव्याकुल हुन थालिन्। बगैंचामा बसी उनी रुन लागिन्। त्यत्तिकैमा एउटा कौवा आएर उनलाई भन्यो, ‘दुःख नमान मैयाँ। यो एउटा कदमको गेडा लिएर जाऊ। साथमा अलिकति तिल, चामल र बलियो धागो पनि लैजाऊ। यो कदमको गेडालाई माटोमा रोपिदेऊ। यसको रुख उम्रिन्छ, अनि त्यहाँ बसेर भन्नु, बढ बढ कदम रुख सगरसम्म। रुख बढेर अग्लो हुन्छ। अनि कसैले पनि तिमीलाई तल झार्न सक्नेछैन।’

कौवाले भनेझैं सुनकेशरी मैयाँ कदमको बीऊ लिएर खोलातिर गइन्। कदमको बीऊ भुइँमा गाड्नेबित्तिकै रुख भएर उम्रियो। रुखमा बसेर उनले भनिन्, ‘बढ बढ कदम रुख सगरसम्म।’

रुख बढेर सगर छुने भयो।

यता बिहेको लग्न आइसकेको थियो। सबैजना सुनकेशरीलाई खोज्न थाले। तर, कसैले उनलाई कतै फेला पार्न सकेनन्। अन्त्यमा उनका बाबुले उनलाई खोलाको डिलमा कदमको रुखमाथि देखे। सगर छोएको रुखमाथि बसेकी छोरीलाई उनले तलबाट भन्न थाले, ‘ओर्ल न ओर्ल सुनकेशरी मैयाँ! बिहे लग्न गइसक्यो टरेर।’

‘ओर्लने त थिएँ नि बाबा! ससुरा भइआयौ।’

छोरीले भनेको सुनेर बाबुलाई ज्यादै विरह चल्यो।

‘धिक्कार होस्! मजस्तो बाबु बाँच्नुभन्दा त मर्नु नै निको हुन्छ,’ भनेर उनले खोलामा फाल हाले। उनी मरे।

बाबु मरेपछि आमा आएर भन्न थालिन्, ‘ओर्ल न ओर्ल सुनकेशरी मैयाँ! बिहे लग्न गइसक्यो टरेर।’

‘ओर्लने त थिएँ नि आमा! सासु भइआयौ,’ सुनकेशरीले भनिन्।

‘मलाई धिक्कार छ’ भन्दै आमाले पनि खोलामा फाल हालिन्।

त्यसपछि जेठा दाजु आए र भन्न थाले, ‘ओर्ल न ओर्ल सुनकेशरी मैयाँ! बिहे लग्न गइसक्यो टरेर।’

‘ओर्लने त थिएँ नि दाजै! जेठाजु परेछौ,’ सुनकेशरीले भनिन्।

उनी पनि बहिनीको जेठाजु हुनुभन्दा त मरेकै बेस भन्ठानी खोलामा फाल हालेर मरे।

त्यसपछि माइला दाजु आए र भने, ‘ओर्लन्छ्यौ कि रुखको फेद ढालुँ?’

‘ओर्लने त थिएँ नि दाजै! लोग्ने परेछौ,’ सुनकेशरीले भनिन्।

‘बहिनीको लोग्ने भएर बाँच्नुभन्दा त मरेकै बेस!’ यसो भन्दै माइला दाजुले पनि खोलामा फाल हाले।

अन्त्यमा, कान्छो भाइ आएर भन्यो, ‘ए दिदी, म पनि आउँछु।’

सुनकेशरीले भनिन्, ‘भाइ! तिमीलाई भोक लाग्छ। तिर्खा लाग्छ। निद्रा लाग्छ। यहाँ नआऊ। घर फर्क।’

तर भाइले मान्दै मानेन।

अनि, दिदीले धागो खसाल्दै भनिन्, ‘यही धागो समात, म तान्छु।’

कान्छो भाइ धागो समातेर रुख चढ्यो। सुनकेशरी मैयाँले काखमा राखिन्।

भोलिपल्ट भाइले भन्यो, ‘दिदी भोक लाग्यो।’

दिदीले आफूसँग भएको तिल, चामल दिएर भनिन्, ‘ल यो खाऊ, एक गेडा पनि भुइँमा नखसाल है।’

भाइ प¥यो केटाकेटी! खाँदाखाँदै आधा तिल,चामल खसाल्यो।

एकछिनपछि उसलाई तिर्खा लाग्यो। सुनकेशरी मैयाँले आफूसँग भएको हँसियाले कदमको रुखमा खोप्दै पानी निकालिन्। भाइले पियो। एकछिनपछि भाइलाई निद्रा लाग्यो। ऊ दिदीको काखमा सुत्यो।

केहीबेरपछि भाइ निद्राबाट ब्युँझ्यो। तल भुइँतिर हेर्दै उसले सोध्यो, ‘दिदी, तलका गाईभैंसी कसका हुन्?’

‘तँलाई अघि नपोखी खा भनेको थिएँ। तैंले आधा पोखाइस्। अनि तिलजति भैंसी भए, चामलजति गाई। अब ती गाईभैंसी हाम्रै हुन्,’ सुनकेशरी मैयाँले भनिन्।

‘उसोभए, जाऔं दिदी, मजासँग सबै गाईभैंसी पालेर बसौं,’ भाइले भन्यो।

दिदीले भाइको कुरा मानिन्। दुवै रुखबाट ओर्ले र सबै गाईभैंसी लिएर घर गए।

भाइचाहिँ सधैं गाईभैंसी चराउन जान्थ्यो। दिदीचाहिँ भकारो सोहोर्थिन्। अनि, गाईभैंसीहरुलाई ख्वाउनेपियाउने बन्दोबस्त गर्थिन्। गोठाले जाने बेलामा दिदीलाई भाइ भन्थ्यो, ‘दिदी, खोलेजाउली पकाइराख, मालदाम्ला फिँजाईराख है।’

दिदी सधैं त्यसै गर्थिन्।

एकदिन अर्को देशको एकजना राजकुमारले उनलाई लिएर गयो।

गोठालो गएको भाइ बेलुका घर फक्र्यो। घरमा उसले खोलेजाउली पकाइराखेको पनि देखेन, मालदाम्ला फिँजाइराखेको पनि देखेन। ऊ चिच्यायो, ‘दिदी! दिदी!! दिदी!!!’

वरिपरिका छिमेकीसँग पनि आफ्नी दिदीको बारेमा सोध्यो। तर कसैले पनि बताउन सकेनन्। विचरो ऊ एक्लै बसेर धुरुधुरु रुन थाल्यो।
यत्तिकैमा गोठबाट कैलो रौं भएकी एउटी बुढी गाई आयो र उसलाई भन्यो, ‘भैगो बाबु, नरोऊ। आऊ मेरो पिठ्युँमा चढ। मेरा जिउमा कति रौ छन् गन। म तिमीलाई तिम्रो दिदीकहाँ पु¥याइदिन्छु।’

भाइ गाईको पिठ्युँमा बसेर रौं गन्न थाल्यो। रौं गनिसक्दा गाईले दिदीको आँगनमा पनि पु¥याइदियो।

ऊ गाईको पिठ्युँबाट ओर्लियो। तर, दिदीलाई कसरी बोलाउने? ऊ फसादमा प¥यो। त्यसैले ऊ पिँढीमा झोक्रिएर बसिरह्यो।
त्यत्तिकैमा दिदीचाहिँको कपाल कोर्ने थाँक्रो झ्यालबाट तल आँगनमा खस्यो। त्यतिबेला सुनकेशरीले भाइलाई सम्झिँदै भनिन्, ‘यतिबेला मेरो भाइ भइदिएको भए त थाँक्रो ल्याइदिनेथियो।’

दिदीको कुरा तलबाट भाइले सुनिरहेको थियो। ऊ थाँक्रो टिपेर माथि दिदीकोमा पुग्यो।

भाइलाई आफ्नो अघिल्तिर देख्दा सुनकेशरी मैयाँ हर्षले गदगद भइन्। र, सोधिन्, ‘कसरी आइपुग्यौ?’

भाइले सबै वेलिविस्तार लगायो। त्यसदिनदेखि दिदीभाइ आनन्दपूर्वक दिन बिताउन थाले।
 
Posted on 11-27-20 11:41 AM     [Snapshot: 460]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

अन्तिम भाग

https://youtu.be/FIapfIgSjIk
 
Posted on 11-27-20 7:12 PM     [Snapshot: 481]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

Ho la maile bhaneko sunkeshri maiya ko katha chahin yo ho. Dhanyabad Ananda ji
 
Posted on 11-27-20 8:26 PM     [Snapshot: 487]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Yo video bhanda agadiko katha ko kura gareko
 
Posted on 11-28-20 1:26 PM     [Snapshot: 558]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

That is good .. @chicagoan
The story is a bit confusing ..

The music video one of you guys shared was a bit different story.
गितमा चाँहि मामा संग बिहे गरिदिन लागेका रहेछन ;)
बिहे पछि बाबा -> भेनाजु .. आमा -> अमाजु , दिदि -> भाञ्जि , भाइ -> भन्जा .... बन्ने रहेछन
अनि, ति मामाले रेप गरेको र रेप भिक्टिम लाइ बिहे गरिदिन लागेको जस्तो लागेको थियो।

 
Posted on 11-28-20 1:29 PM     [Snapshot: 562]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

Ho geet le so called "creative liberty" liyeko hola. Maile bachcha ma suneko katha chahin tapainle post garnu bhayeko katha sanga mel khanchha, geet sanga hoina
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What stocks to buy -- Any recommendation
ट्रंप २०२०
TRUMP 2016!!! Here is why?
❤️ चिक्नी चमेली ❤️
निर्लज्जताको बाढी आएको छ
आयाहूआस्का
Fox News: Wear the Damn Mask, it is not political issue but a public health issue.
Photo of the day
कोभिड लाग्यो!
Yo ko ho Mchkne Nas bhanne mji
मलाई ब्रेड खायो कि सारै पाद आउछ..
Simple Yet Deep Question
पाप न साप घोप्टो पारि थाप !!
Visit Reeyas Kitchen for Nepali Food Recipes
Judgement Day
pregnancy मा sex गर्नु हुन्छ ?।
Democracy versus Entitlement in the good old US
आहा! कती मिठो गीत्!
Corona virus - how deadly is it really? and for whom?
About some Nep Trumpers
TRUMP 2016!!! Here is why?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters