भिडियो बनाएँ - तर अझै बुझेको छैन -- भिषै नदिने भनेको हो कि, ग्रिन कार्ड नदिने भनेको हो ?? इमिग्रेसन बुझ्ने ले बताइदिनु पर्यो -- लौ न !! अमेरिकाले कम्युनिस्ट पार्टीका सदस्यलाई आफ्नो देशमा स्थायी बसोबास अनुमति तथा नागरिकता नदिने अमेरिकाको इमिग्रेसन सर्भिसेजले अक्टुबर २, २०२० मा जारि गरेको एक पोलिसि अलर्ट मा भनिए अनुसार अमेरिकाले अब देखि बिश्वका कुनै पनि कम्युनिस्ट पार्टीका र त्यस्तै राजनितिक दलका सदस्यहरुलाई आफ्नो देशमा स्थायी बसोबास अनुमति नदिने बताएको छ । "निरंकुश पार्टिको सदस्यभएको आधारमा प्रवेश निषेध" शिर्षक दिइएको सो पत्रमा - अमेरिकाको नागरिकता तथा आप्रबासि सेवा बिभाग (USCiS) सरकारि निति प्रष्ट पार्न USCIS Policy Manual जारि गरेको र त्यसले कुनै पनि कम्युनिष्ट पार्टि वा अरु निरंकुश पार्टिको सदस्य भएको वा ति पार्तिहरुसंग सम्बद्ध लाइ प्रवेश नियन्त्रण गर्नको लागि यो निति बनाइएको बताएको छ। सुरक्षा खतरालाई dhyaan गर्दै अमेरिकाले यस्तो नीति सार्वजनिक गरेको बताइएको छ । ‘सामान्यतया, कम्युनिष्ट पार्टी वा कुनै अन्य निरंकुश पार्टीको सदस्य वा सम्बद्ध कुनै आवासीय आप्रवासी संयुक्त राज्य अमेरिकाको लागि अस्वीकार्य हुनेछ’ नीतिमा भनिएको छ। अमेरिकि सरकारको यो निति त्यहाँको संसदले स्विकृत गरेको कानुनको एक भाग भएको र यो निति अमेरिकाको सुरक्षाको लागि अपनाइएको भनिएको छ। साधारणतया, कुनै बिशेष परिस्थिति बाहेक, कुनै पनि आप्रबावि जो कुनै पनि अमेरिकि वा अमेरिका बाहिरका कुनै पनि कम्युनिष्ट पार्टि वा अरु निरंकुश पार्टिको सदस्य भएको अथवा त्यस्ता पार्टिको भातृ संगठनको सदस्य भएको छ भने उ अमेरिका को आप्रवासि नितिले अस्विकार्य मानिने छ। यो अस्विकार्यता अमेरिकामा इमिग्रेसन स्ट्याटस लिन खोज्ने जोकोहिलाइ पनि लागु हुनेछ। यो नियम पहिल्यै अमेरिका भित्रै बसेको र आँफ्नो स्टाटस परिवर्तन गर्न खोज्ने जो कोहिमा पनि लागु हुने छ । यसरि निवेदन दिँदाको मिति भन्दा १० बर्ष अघि र निवेदन स्विकृत हुने समयको बिचमा कम्युनिष्ट पार्टिको सदस्य भएका कसैले पनि अमेरिकाको पर्मानेन्ट रेजिडेन्ट एप्लाइ गर्न, अमेरिका भित्र वा दुतावासमा इमिग्रेसन भिषा एप्लाइ गर्न, वा इमिग्रेन्टको रुपमा अमेरिकाको सिमा बाट भित्र छिर्न पनि नपाउने बताइएको छ। पाटिको सदस्य भएको नभएको - पार्टिको सदस्यता कार्ड बनाएको मात्रै नभएर कसैले अरु कसैले पार्टिको सदस्य भएको थियो भनेर भनिदिंदैमा पनि कम्युनिष्ट पार्टिको सदस्य भनेर रिजेक्ट गर्न सकिने प्रावधान राखिएको छ। https://www.youtube.com/watch?...
AnandNepal · Oct 5, 2020 10:07 AM · 18,336 views
जहाँसम्म मेरो बुझाई छ। कम्युनिष्ट भन्नाले अधिनायकवादी पार्टी जस्तो लाग्छ। धेरै पहिले देखीनै यु एस् को भिसा फारममा यो प्रश्न राखिएको छ। "Are you a member of communist or totalitarian parties" भनेर। यदि छानबिन गर्दा फारममा झुठो विवरण दिएको पुष्टि भएमा आवेदन रद्द हुनुका साथै, पर्मानेन्ट ब्यान र कानूनी कार्रवाई नि हुन सक्छ। यो पोलिसीलाई कडाइका साथ पालन गराउन आएको निर्णय मात्र हो यो। नेपालको कम्युनिष्ट पार्टी Totalitarian होइन, यो प्रजातान्त्रिक मान्यताप्राप्त पार्टी हो। तर कानूनमा लेखेपछी लुपहोल को दुरूपयोग जसबाट नि हुन सक्छ।
dave_dat · Oct 5, 2020 10:57 AM
Thanks @dave_dat तेस्तै होस्! तर यो भर्खर (अक्टुबर २, २०२०) मा रिलिज भएको नयां पोलिसि रहेछ, अनि, अमेरिकाको कम्युनिष्ट पार्टि वा कुनै स्टेटको पार्टि को पनि सदस्य हुन नहुने भनेर लेखेको रहेछ र .. अमेरिका भित्रैको कम्युनिष्ट पार्टि पनि प्रजातान्त्रिक मान्यताप्राप्त पार्टी हुन्छन होला नि -- नेपालको पार्टि जस्तै। .. एक्सेप्सन, वेभर भनेर मिलाउन चाँहि मिल्छ होला ।
AnandNepal · Oct 5, 2020 12:39 PM
Chi ma bu annanda chaa , this is not new provision , what you are refering is an updated version only . This provision has been there since i know . When you fill us visa form you have to uncheak that you are not active member if certain group and communist party is one of them. If you check the firm you are denied visa . Please do some research while making video . Now a days your credibility is not more than that of logane .
sexy in haku patasi · Oct 5, 2020 1:11 PM
This has been there since 1980s. According to this provision, even Nepal’s communist party is banned to emigrate to US in GC or citizenships. You know so many Nepalese lied cuz they know if they marked ‘yes’ it’s over for them. One has to be registered member of communist party. For example, Chinese communist party have 90 millions members. No one cares who you vote, it’s mostly private.
RamkumarPoudel · Oct 5, 2020 2:57 PM
Thanks @RamkumarPoudel & @in Haku Patasi That is comforting .. Nepali Onlines are reporting like this ..
AnandNepal · Oct 5, 2020 4:53 PM
If this ruke was always existing how did prachanday managed to come in visit visa ?
sidaNepali · Oct 5, 2020 5:29 PM
Chi ma bu prachande has diplomatic (red passport ) that dsnt need visit visa
sexy in haku patasi · Oct 5, 2020 6:07 PM
According to the announcement, exceptions may be granted if a party member can prove they joined “for the purposes of obtaining employment, food rations, or other essentials of living”. I believe Nepalese leaders could fall in this category. In coming days, The US would definitely reject visa for any communist leaders and its cadres. The US always bend laws and rules as it comfort them and to the best of their needs. They are leaders in double standard policies, who knows it could be just aimed towards China? Last edited: 05-Oct-20 06:45 PM
RamkumarPoudel · Oct 5, 2020 6:45 PM
होइन रे होइन रे .. दुतावासले नै भने पछि त पत्याउनै पर्यो !! Thanks @Sidanepali @in hakupatasi & @RamkumarPoudel
AnandNepal · Oct 6, 2020 3:20 PM
अमेरिका भित्रै बसोबास गर्नेहरुलाइ चाँहि असर गर्छ रे .. डिपोर्ट गर्नको लागि ल्याएको जस्तो छ - अमेरिकि दुतावासको जवाफ पढ्दा .. Thank you guys - I have used screeshots of your replies in the video. (I hope you don't mind) https://youtu.be/KaQdmKwUtTc
AnandNepal · Oct 7, 2020 10:31 AM
यो नया पोलिसी नोटिस धेरै चिन लक्षित हो, हालसालै अमेरिकाले झण्डै 2000 जति चिनिया विद्यार्थीको भिजा खारेज गरेको थियो, उनिहरू चिन को सैनिक भएको भिजा फारममा न खुलाएको भएर। यो पोलिसीले अरु चिनियालाई नि टार्गेट गर्न सजिलो हुन्छ होला। तर यसको असर पक्कै पनि अरूलाई पर्न सक्छ। कति मानिसको फर्म भर्न नजानेर ग्रिनकार्ड डिनाई हुन्छ।
dave_dat · Oct 7, 2020 11:31 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion