[Show all top banners]

AnandNepal
Replies to this thread:

More by AnandNepal
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Jaysmi

AnandNepal
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 नयाँ बर्षमा 👏
[VIEWED 4437 TIMES]
SAVE! for ease of future access.
Posted on 04-12-20 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रधानमन्त्रीको नयाँ बर्षको नयाँ अपील : नयाँ बर्ष बैशाख १ गते विहान ८ बजे राष्ट्रिय गान गाएर, ताली बजाउन आग्रह।
(video skript attached... )

https://youtu.be/UGnCmlXDBKA

प्रधानमन्त्री केपी शर्मा ओलीले चिकिसत्क, नर्स तथा अत्यावश्यक सेवामा खटिएकाहरुको सम्मान स्वरुप नयँ बर्शको दिनमा राष्ट्रिय गान गाउन र ताली बजाउन आह्वान गरेका छन् । संयुक्त राष्ट्रसंघ ग्लोबल कम्प्याक्ट नेपालले अघि सारेको प्रस्तावलाइ समर्थन गर्दै प्रधानमन्त्रिले सो आव्हान गरेका हुन । ट्विटरमा लेख्दै ओलि भन्छन :

"राष्ट्रिय गान गाऔ, राष्ट्रिय धुन बजाऔ! ग्लोबल कम्प्याक्ट नेपालको तलको अनुरोध मलाई राम्रो लाग्यो। यस कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गर्दछु ।"

विश्व काेराेना भाइरस महामारी फैलिइरहेको बेला डाक्टर, नर्स, सुरक्षाकर्मी, अत्यावस्यक सामाग्रि आपुर्तिकर्ताहरुले जोखिम मोलेर संकटको सामना गरिरहेका छन । बिभिन्न मानिसहरुले यसलाइ एक अदृष्य शक्तिसंगको युद्ध अनि तेस्रो बिश्वयुद्ध नै भन्ने नाम पनि दिएका छन। तेस्तै नेपालमा पनि काेराेना संक्रमण फैलन नदिन सरकारले लकडाउन गरेकाे छ ।

यस्ताे वेला नेपालमा नयाँ बर्ष परेको छ - अरु बेला भएको भए बिभिन्न कार्यक्रम रमाइलो हुने समयमा सबै घर भित्र थुनिएर बस्नु परेको छ । तेसैले काेराेना संक्रमण का बिरुद्ध अग्रमाेर्चामा खटिएकाहरूकाे हाैसला बढाउन राष्ट्रिय गान गाएर ऐक्यबद्धता जनाउने कार्यक्रम सहयोगि हुने अपेक्षा गरिएको हो ।

के तपाइ पनि वैशाख १ गते सोमबार बिहान ८ बजे आफ्नाे घरकाे काैसी, झ्याल वा छतमा उभिएर राष्ट्रिय गान गाउन, बजाउन र अन्तमा एकैसाथ ताली पिट्नु हुने छ ?
आँफ्नो मानसिक र शारिरिक स्वास्थ्यको पनि ख्याल गर्नुहोला।


 
Posted on 04-13-20 1:04 AM     [Snapshot: 123]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

२०७६ सालका १० बिहे सेलिब्रेटि बिवाहहरु

https://youtu.be/8zLtcERsodo

नयाँ बर्ष २०७७को शुभकामना सहित अघिल्लो बर्ष के के भए भन्ने कुराको चर्चा गर्ने क्रममा २०७६ सालमा भएका नेपालि कलाकार्हरुको बिवाहको चर्चा । यो वर्ष बिवाह गर्ने नेपाली सेलिब्रेटिहरुमा नायिका दीपिका प्रसाईंदेखि आँचल शर्मासम्म रहेका छन ।

१) दिपिका प्रसाइ र दीवाकर भट्टराइ
२) रेनशा वान्तवा राइ र पज्वल शमशेर जबरा
३) रवि लामिछाने र निकिता पौडेल (३ जेष्ठ २०७६) शुक्रबार
4) कृति भट्टराइ र रोहित पौडेल (११ असार २०७६, बुधबार)
५) कुसुम श्रेष्ठ र राजन श्रेष्ठ - तरकारिवालि (मंसिर ६)
६) ऋचा शर्मा र दिपेक्ष बिक्रम राणा
७) रीश्मा गुरुङ र संदिप गुरुंग
८) सोमपाल कामि र प्रतिभा घिमिरे
९) प्रियंका कार्की र आयुष्मान देशराज जोशी
१०) आँचल शर्मा र उदिप श्रेष्ठ

 
Posted on 04-13-20 11:32 AM     [Snapshot: 171]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छानि छानि शुभकामना लिनुस् !
पुर्व राजाको, राष्ट्रपतिको .. वा प्रधानमन्त्रि केपि ओलिको !!

(अनि आनन्द नेपालको पनि - धेरै धेरै शुभकामना। नयाँ बर्ष २०७७ शुखमय, आरामदायि होस् प्रगति होस् ! कोरोना महामारिले कुनै हानि नगरोस, अझ नयाँ सम्भावनाको ढोका खोलोस्)

https://youtu.be/bTHlQBC0WLg


 
Posted on 04-13-20 10:02 PM     [Snapshot: 227]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गौरिकाको अनुरोध
https://www.youtube.com/watch?v=ACquCOds9KY


राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा चर्चित रहेकि नेपालि पौडि खेलाडि गौरिका सिंह का पिता पारस सिंहलाई कोरोना संक्रमण भएको थियो। उनमाथि संक्रमणको लक्षण देखिएपछि गौरिका लगायत उनको परिवार दुइ साता लामो सेल्फ क्वारेन्टाटिनमा बसेकी थिइन्।

नयाँ बर्षको शुभकामना दिंदै गौरिका लेख्छिन - नयाँ बर्ष २०७७को शुभकामना । आज नयाँ बर्शको शुरुवात मात्रै भएर यो १४ दिन लामो क्वारेन्टिनको अन्त्य पनि हो ।
२ हप्ता घि मेरो बुवा जो एनएचएस (बेलायतको स्वास्थ मन्त्रालय) मा डाक्टरको रुपमा काम गर्नुहुन्छ लाइ कोरोना भाइरसको लक्षण देखियो। यो दुइ हप्ता एकदमै डरलाग्दो भएर बित्यो। तर अहिले उहा पुर्ण रुपमा स्वस्थ हुनु भएको छ । तर, अरु हजारौं मानिसहरु त्यति भाग्यमानि भएका छैनन ।
कृपया यो भाइरसला फैलनबाट रोक्न र हामि र अरु सबैलाइ यस बाट बचाउन घरभित्रै बसिदिनुहोला। अत्याबस्यक कार्यमा ब्यस्त मानिसहरु युद्धस्तरमा कार्य गरिहेको यस् क्षणमा हामिले एकान्तमा बसेर सहयोग गरिदिनु पर्छ। तपाइको नयाँ बर्ष स्वस्थ र सुरक्षित रहोस भन्ने कामना छ ।
 
Posted on 04-14-20 10:24 PM     [Snapshot: 265]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

https://www.youtube.com/watch?v=r8do8sU2u4w

गुमाएका सेलिब्रेटि हरु

महिमा सिलवाल
खगेन्द्र थापा मगर
दुर्गानाथ शर्मा
निशान भट्टराइ
दीपक क्षेत्री
केशव भट्टराई
सुभद्रा अधिकारी
पुष्करलाल प्रधान
 
Posted on 04-15-20 1:06 PM     [Snapshot: 304]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्टारडम फिक्का भएका ५ नेपलि फिल्मका अभिनेत्रिहरु

नेपालि फिल्म क्षेत्रको लागि नयाँ वर्ष २०७७ कोरोना महामारिको कारण आशाप्रद देखिएको छैन, तर अघिल्लो बर्ष २०७६ पनि नेपालि फिल्म क्षेत्रको लागि शुखद रहेन । गत बर्ष ५० भन्दा बढि फिल्म रिलिज भए तर ति मद्धे १० प्रतिशत फिल्मले मात्रै लगानि उठाउन सफल भएको बताइन्छ - कबड्डिको सिक्वेल ‘कबड्डी कबड्डी कबड्डी’ जात्राको सिक्वेल ‘जात्रै–जात्रै’ र दिपक-दिपाको फिल्म ‘छ माया छपक्कै’ सफल फिल्म मानिएको छ भने महको फिल्म ‘दाल भात तरकारी’ र दिपेन्द्र के खनालको ‘आमा’ ले पनि लगानि उठाएको मानिएको छ । अहिले त बिश्व भर नै कोरोना भाइरसको संक्रमणका कारण लकडाउन गरिएको हुनाले फिल्म हलहरु बन्द छन तेसैले नेपालि फिल्म मात्रै होइन हलिउड र बलिउड पनि नराम्रति प्रभावित बनेका छन।

https://youtu.be/2NgIvNtPxCA

आशा गरिएको भए पनि असफल भएका फिल्म हरुमा : नम्रता श्रेष्ठको एक्सन अवतार देखिएको जाइरा, साम्राज्ञीको मारुनी र रातो टीका निधारमा अनि, स्वस्तिमाको ‘हजार जुनीसम्म’ र ‘घामड शेरे’ अनि पुजा शर्माको ‘पोइ पर्‍यो काले’ धेरै आशा गरिएका फिल्महरु थिए - यि फिल्मलाइ नायिकाहरुको स्टारडमले नै फिल्मलाइ सफलबनाउने आशा निराशामा परिणत भयो।

तेस्तै ‘हजार जुनीसम्म, चच हुईं, साङ्लो, सेल्फी किङ, सेन्टी भाइरस’ आदि फिल्मले पनि आशा गरे जस्तो सफलता चाख्न पाएनन । २०७६ सालका असफल चार पाँच अभिनेत्रिहरु ।
 
Posted on 04-16-20 11:47 AM     [Snapshot: 371]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Looking back to 2076

https://youtu.be/dJRv9pZxb6I
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TRUMP 2016!!! Here is why?
Conservative discussions
Does he deserve Noble Peace prize??
ChatSansar.com Naya Nepal Chat
त्रुम्प्ले आफैले आफुलाई क्षमादान गर्ने भो, It may be the first and last Self-Pardon.
Love trumps Hate
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Example of how media controls the sheeps
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Michael Kobold's expose on Nimsdai Purja
The delusion created by mainstream media is creating fake reality for biden supporters
Democrats cannot think for themselves
Supporting issues on principle instead of blind brainwashed support
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
The Battle of the Titans
TPS Automatically Extended for Six Months!!!
Cricketer Sandeep Lamichhane singing & playing guitar
TRUMP 2016!!! Here is why?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters