अमेरिकी सरकारले कामदार भिसा एचवान बीका सन्दर्भमा डिसेम्बरमा नयाँ अध्यागमन नीति प्रस्ताव गर्दैछ । जसमा विशेष पेशाको परिभाषा पुन परिभाषित गरिनेछ भने रोजगारदाता र कामदारको सम्बन्धको परिभाषा पनि पुनरावलोकन गरिनेछ । रोजगारदाताले उचित तलब दिएको सुनिश्चित गर्ने मापदण्ड समेत बनाइदैछ ।
रोजगारदाता र कामदारको सम्बन्धको पुनरावलोकन गर्ने नीतिले थर्ड पार्टीको कार्यस्थलमा कामदार राख्न वा आउटसोर्सिंगमा समस्या आउनसक्नेछ । कम्प्युटर प्रोगामर लगायतका केही कामलाई स्वत विशेष पेशाका रुपमा स्वीकारिने छैन । साथै मार्च २०२० मा एचवान बी कामदार भिसाका एच फोर भिसाबाहक दम्पत्तिलाई वर्क परमिट नदिने नीति ल्याइदैछ ।
परिवर्तन नम्बर २
सन् २०२० को सेप्टेम्बरमा अन्तर कम्पनी कामदार एल वान भिसामा तलबको नयाँ मापदण्ड तोक्ने तयारी गरिएको छ । त्यस्तै विषयगत ज्ञानका सन्दर्भमा पनि यो भिसामा कडा गर्ने तयारी गरिएको छ । परिणामस्वरुप अमेरिकामा रहेका कम्पनीहरुले विदेशमा रहेका कम्पनीबाट यो भिसामा कामदार ल्याउन अझ कठिन हुनेछ ।
परिवर्तन नम्बर ३
अमेरिकी सरकारको युएससीआईएसले विभिन्न अध्यागमन शुल्कमा बृद्धि गर्नका लागि प्रस्तावित नियम प्रकाशित गरिसकेको छ । अमेरिकी नागरिकता लगायतका कैयन आवेदनमा शुल्क बढाउने तयारी भइरहेको छ । त्यसैगरी अमेरिकी सरकारको विदेशमन्त्रालयले पनि दूतावास वा कन्सुलरबाट भिसा लिंदा लिइने शुल्क बढाउने तयारी गरेको छ ।
परिवर्तन नम्बर ४
अगस्त २०२० मा विद्यार्थी भिसामा नियममा परिवर्तन ल्याउने तयारी भइरहेको छ । एफ र एम भिसावाहकका लागि उपलब्ध व्यवहारिक प्रशिक्षणका विकल्पबारे पुनरावलोकन गर्ने र विद्यमान कानुनमा सुधार गर्ने आइसले तयारी गरेको छ । नयाँ नियमले विदेशमा जन्मेका विद्यार्थीले अमेरिकामा विद्यार्थी भिसामा आएर अध्ययन गर्नसक्ने समयलाई सिमित गर्नेछ भने भिसामा दिइदै आएको ड्युरेशन अफ स्टेटसलाई हटाएर मिति तय गरिनेछ ।
त्यस्तै सन् २०२० को जुनमा आइसले सेभिज कार्यक्रममार्फत सबै सही तथ्यांकमा पहुचको सुनिश्चित गर्न डीएसओ र आरओहरुको छानविन गर्ने प्रस्ताव गर्नेछ ।
परिवर्तन नम्बर ५
अमेरिकी सरकारले अमेरिकी भिसाको स्पोन्सरका सन्दर्भमा अझ कडाई गर्ने योजना बनाएको छ । स्पोन्सर गरिएको व्यक्तिले सरकारी सुविधा लिएमा त्यसको क्षतिपूर्ति स्पोन्सरकर्ताबाट भराउनका लागि नयाँ प्रावधानहरु ल्याउने तयारी गरिएको छ ।
परिवर्तन नम्बर ६
एसाइलमलाई कडाई गर्न कैयन नियमहरु प्रस्ताव गरिएको छ भने कतिपय नियम प्रस्तावको तयारी भएको छ । जसमा युएससीआईएसबाट अस्वीकृत एसाइलम आवेदन अध्यागमन अदालतमा स्वत पुनर्विचार गर्ने पुरानो नियमको पुनरावलोकन गर्न खोजिएको छ । साथै एसाइलमका योग्यताबारे अझ कडाई गर्न खोजिएको छ ।
परिवर्तन नम्बर ७
अमेरिकी सरकारले रोजगारमा आधारित श्रेणीका आवेदन आई १४० सँगै ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्न नपाउने नियम ल्याउने तयारी गरेको छ । यो नियम आगामी अप्रिलमा प्रकाशित गर्ने सरकारी योजना रहेको छ । यो नियमका कारण प्रायले दूतावासमार्फत आप्रवासी भिसा लिएर आउनुपर्नेछ । आई १४० सँगै आई ४८५ फाइल गरेर वर्क परमिट वा एड्भान्स परोलको सुविधा खारेज हुनेछ ।
परिवर्तन नम्बर ८
लगानीमा आधारित ग्रिनकार्ड ईबी फाइभका सन्दर्भमा पनि केही परिवर्तनको तयारी गरिएको छ । रिजनल सेन्टरका सन्दर्भमा परिवर्तनको प्रस्ताव गरिएपनि यो श्रेणीमा ग्रिनकार्ड आवेदन गर्ने नेपालीहरु उल्लेख्य नभएका कारण यसबाट नेपालीमा भने खासै फरक पर्ने देखिन्न ।
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Nepal TPS decision
ICE kidnapping people off the streets over op eds
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
TPS to F1 Status.
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
#MAGA#FAFO is delicious
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Any input on remote jobs(IT related or Sales or Marketing)?
Don’t Just Read—Join the Conversation
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
TPS Sakiyo Tara Case is in Court.
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
EAD HELP NEEDED URGENTLY!
Need Help of IT consultancies
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.