[Show all top banners]

Rambrooo
Replies to this thread:

More by Rambrooo
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Discussion Refresh page to view new replies
 Americans are working illegally at Nepal.
[VIEWED 796 TIMES]
SAVE! for ease of future access.
Posted on 09-22-19 5:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

भिसा दुरुपयोग गर्ने ३ अमेरिकी र १ चिनियाँसहित ११ विदेशीलाई जरिवाना

काठमाडौँ — पर्यटक भिसाको दुरुपयोग गर्ने ११ विदेशीलाई गृह मन्त्रालयले जनही ५० हजार रुपैयाँका दरले जरिवाना गरेको छ ।

३ अमेरिकी र १ चिनियाँसहित ११ विदेशी नागरिकले पर्यटक भिसामा आएर विभिन्न आयोजना तथा गैरसरकारी संस्थामा काम गरेको भेटिएपछि अध्यागमन कानुनअनुसार जरिवाना गरिएको मन्त्रालयले जनाएको छ ।

गृहले उनीहरूलाई अध्यागमन कानुनअनुसार ‘वर्किङ भिसा’ प्रक्रियामा जान निर्देशनसमेत दिएको छ । कारबाहीमा परेका विदेशीमध्ये अमेरिकी सहयोग नियोग (यूएसएआईडी) परियोजनाका ३, अन्य अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका ३, तनहुँ हाइड्रोपावरका ४ र नेपाल विद्युत् प्राधिकरणअन्तर्गत आयोजनाका १ चिनियाँ छन् ।

गृहसचिव प्रेमकुमार राईले सचिवस्तरीय निर्णय गरी पर्यटक भिसा दुरुपयोग गर्ने विदेशीसँग जरिवाना असुलीका लागि अध्यागमन विभागमा पठाएका थिए । पर्यटक भिसामा आएका विदेशीले १५ दिनको ३० अमेरिकी डलर, ३० दिनको ५० र ९० दिनको १ सय २५ डलर शुल्क तिर्नुपर्छ ।

पर्यटक भिसाको अवधि थप्न प्रतिदिन ३ अमेरिकी डलरका दरले शुल्क बुझाउनुपर्ने व्यवस्था छ । पर्यटक भिसामा आएर काम गर्ने अरू पनि हुन सक्ने शंका गर्दै छानबिन गरी कारबाही गर्न पनि गृह मन्त्रालयले अध्यागमन विभागलाई निर्देशन दिएको छ ।
प्रकाशित : आश्विन ५, २०७६ १९:२८
 
Posted on 09-25-19 11:42 PM     [Snapshot: 524]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

americans too need visa like we need here
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS FEDERAL NOTICE
coding at age of 45
TPS to AOS
F-UCK YOU
लक्ष्मण गाम्नागे- Best
Funny jokes
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters