[Show all top banners]

ktmpost

More by ktmpost
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Discussion Refresh page to view new replies
 अमेरिकामा मारिएका नेपाली रेशम बजगाईंका हत्यारालाई ६० बर्ष कैद
[VIEWED 1474 TIMES]
SAVE! for ease of future access.
Posted on 08-29-19 2:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

भर्जिनिया । गत बर्ष भर्जिनियामा अमेरिकाको स्वतन्त्रता दिवस जुलाई ४ का दिन हत्या गरिएका रेशम बजगाईंका हत्यारालाई भर्जिनिया अदालतले ६० बर्ष कैद र २५ हजार डलर जरिवाना सुनाएको छ । सोमबार भर्जिनिया फेयर फ्याक्स काउन्टी सर्किट अदालतले सो फैसला सुनाएको हो । जुरीले ६० बर्षको कैद र २५ हजार डलरको सिफारिस गरेपछि न्यायाधीशले उक्त निर्णय सुनाएका हुन् ।

रेशम पक्षका वकिलले हत्यारालाई जन्मकैद सिफारिस गरेको तर अभियुक्त हत्याराका वकिलले २० बर्षको सजायको प्रस्ताव गरेका थिए । सजाय समय तोक्ने बिषयमा दुवै पक्षका वकिलहरुको बहस भएको थियो । जुरीले उनीहरुको दाबीलाई नकार्दै हदैसम्मको सजाय सुनाएका थिए । हत्यारा जेल आगामी नोभेम्बर २२ मा जानेछन् ।

भर्जिनियाको हरन्डन शहरस्थित सुनोको इन्धन चौकी (ग्यास स्टेसन)मा बजगाईंलाई आगो निभाउने उपकरण (फायर एक्सटिनगुईसर) ले हिर्काएर शरीरको माथिल्लो भागमा ज्यादा चोट लागेको कारण उनको मृत्यु भएको थियो । त्यसको साथै अन्य फलामले घाँटी थिचेको समेत प्रमाण फेला परेको छ ।

फैसला हुनुअघि घटनाको सम्पूर्ण प्रमाण अदालतको न्यायाधीशलाई देखाईएको थियो । यसको फैसला दुई चरणमा गरिएको थियो । पहिलो चरणमा हत्यालाई प्रथम श्रेणीको हत्याको किटानी गरियो । स्मरण रहोस, प्रथम श्रेणीको हत्याको लागि कम्तिमा २० बर्ष र जन्मकैद हुन्छ ।

दोस्रो चरणको सुनुवाईपछि ६० बर्षको कैद र २५ हजार डलरको जरिवाना सुनाईएको हो । प्रहरीले गत बर्ष नै हरन्डन शहरकै किनमेल बजारको कार पार्क (सवारी साधन रोक्ने ठाउँ) बाट अभियुक्त हत्यारा मोहमद ए अब्दुल्लाहीलाई पक्राउ गरेको थियो ।

उनलाई दोस्रो श्रेणीको हत्याको आरोप लगाई ६० बर्षको कैद सुनाएको हो । नेपाली मूलका ४० वर्षीय बजगाईको गत बर्ष बुधबारका दिन बिहान १ बजेर १५ मिनेटमा हत्या गरेको फेयर फ्याक्स प्रहरी चौकीले जानकारी दिएको थियो ।

मृतक बजगाई सेप्टेम्बर २०१७ मा अमेरिका आएका थिए । उनी सुनोको ग्यास स्टेसन (इन्धन चौकी) मा हप्तामा एक पटक मात्र काम गर्ने र त्यही दिन काम गर्न आएका थिए ।

अमेरिकाको डिसी महानगर क्षेत्रको हरन्डन आसपासमा बसोबास गर्ने स्व. बजगाई आफ्नी जीवनसंगिनी तथा ६ वर्षीय छोरीसँग बस्दै आएका थिए । हरन्डनको किनमेल गर्ने बजार स्थित १३३०० ब्लक अफ फ्रान्कलिन फर्ममा घटना घटेको थियो ।

https://www.dcnepal.com/2019/08/65018/


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
नेपालमा क्रिस्चियनहरुले किन नेपाली हिन्दुहरुलाइ धर्म परिवर्तन गराउदैं छन् ?
Vintage Pictures of Kathmandu
What stocks to buy -- Any recommendation
❤️ चिक्नी चमेली ❤️
Why does India turn a blind eye to rampant human trafficking and crime in red light districts
🚨🚨🚨 नाज'स् वर्ल्ड 🚨🚨🚨
आहा के सारो राम्री हुन् यो नानी!!!
ट्रंप २०२०
प्रियंका कार्की फोटो अबलम भाग २ , ३ जून २०१६ copyright @पुन्टर
Ron Paul Revolution 2008
BITCOIN and other Cryptocurrencies
निहिता विश्वासको अर्को धमाका !!!
उस्तै उस्तै हामी
Dr. Fauci न टोक्नु न बोक्नु भएको छ ट्रुम्पलाई
Love Letters From The Past--SITARA
Nas and The Bokas: Coming to a Night Club near you
आयाहूआस्का
डर लाग्न थालेको छ |
Fox News: Wear the Damn Mask, it is not political issue but a public health issue.
राजखानिको कथा ।
Nas and The Bokas: Coming to a Night Club near you
विद्या तेरो सिन्दूर खोइ, केपी ओली तेरो पोइ ..
नेपालमा क्रिस्चियनहरुले किन नेपाली हिन्दुहरुलाइ धर्म परिवर्तन गराउदैं छन् ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters