पुल शिलान्यास गर्न जाँदा मन्त्रीको गाडी खोलामा डुब्यो

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

स्याङ्जा : पुलको शिलान्यास गर्न अर्जुनचौपारी गाउँपालिका पुगेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ आफैं  दरौ खोलामा फसे । अर्जुनचौपारी–३ स्थित खहरे खोलाको पुल शिलान्यास गरेर फर्कने क्रममा बा २ झ ४०२९ नम्बरको गाडीमा सवार मन्त्री महासेठसहित अन्य खोलामा फसेका थिए ।  बर्षाको समय । खोलाको अन्दाज नगरिकन पार गर्न खोज्दा गाडी खोलमा डुबेको हो  खोलामा आधा डुबेको गाडीबाट सुरक्षाकर्मीले मन्त्री महासेठलाई बाहिर निकाली सुरक्षित ठाउँमा लगे । गाडी भन जेसीबीको प्रयोग गरी बाहिर निकालियो । 

Khaobaadi_Netaa · Jun 11, 2019 5:27 AM · 2,259 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion