[Show all top banners]

mangale

More by mangale
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

UnsungEpic
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 TPS Updates in Nepali Language by Adhikar
[VIEWED 1785 TIMES]
SAVE! for ease of future access.
Posted on 03-16-19 1:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

Here’s the TPS Update in Nepali version. Important to understand the details:

Also please donate to Adhikar for their leadership in TPS lawsuit and great work they do for the women rights social injustice and other civil rights issues. Donation can be made via their website. Please check website below for details.

http://www.adhikaar.org/

16 Mar 2019
“भट्टराई विरुद्ध निलसन” अकसर सोधिने प्रश्नहरु/”Bhattarai v. Nielsen” FAQs

Read in English here.

***यो FAQ (Frequently Asked Questions – अकसर सोधिने प्रश्नहरु) साधारण जानकारीको लागी मात्र हो। कानुनी सल्लाहको लागी होईन! यस सुचना सम्बन्धमा कसैलाई पनि कुनै रकम तिर्नु अधि अधिकार संग सल्लाह लिनु होला!***

“भट्टराई विरुद्ध निलसन” (Bhattarai v. Nielsen) मुद्दा के हो?

फेब्रुअरी २०१९ मा नेपाल र होन्डुरस का टिपिएस वालाहरु र केहि टिपिएस वालाका नानीहरुले अमेरिकी सरकारको विरुद्द मुद्दा हालेका थिए। सो मुद्दाको शिर्षक “भट्टराई विरुद्ध निलसन” (Bhattarai v. Nielsen) हो। उनीहरुको उजुरीमा ति देशहरुको टिपिएस अन्त्य गर्ने अमेरिकी सरकारले लिएको निर्णय गैरकानुनी हो भनेर दावी गरेका छन्। “रामोस विरुद्ध निलसन” (Ramos v. Nielsen) – एल साल्भाडोर, निकारागुवा, हेईटी र सुडान – को उजुरीमा पनि त्यही दावी गरिएको थियो। उदाहरणको लागि, “Bhattarai” वादीहरुले अन्य दावीहरुका साथै एक दावीमा तर्क राखेका छन् कि अमेरिकी सरकारले लिएको उक्त निर्णय जातीवादको आधारमा भएको, र अमेरिकी संविधानले सुरक्षित गरेको समान आरक्षणलाई पनि उल्लंघन गरेको छ। अनि थप तर्क गरेका छन् कि सो कदमले “Administrative Procedure Act (APA, अर्थात “प्रशासकिय कार्यपद्दति नियम”) लाई पनि पालना गरेको छैन। Ramos को मुद्दामा सरकारले उक्त APA पालना नगरेको पर्याप्त प्रमाण देखिएको, र समान आरक्षणको उल्लंघन को दावी उचित ठहरिएको भन्दै अदालतले सरकारलाई सम्बंधित राष्ट्रहरुको टिपिएस अन्त्य गर्ने प्रक्रिया मुद्दाको अन्तिम फैसला नभए सम्म निषेध्याज्ञा (रोक्न आदेश) दिएको थियो। Ramos को मुद्दा हाललाई पुनरावेदनमा परेको छ र त्यसको सुनवाई शायद यहि गृष्म याम (summer) सम्ममा हुन्छ होला।

मार्च १२, २०१९ (March 12,2019) मा Bhattarai v. Nielsen मुद्दाका वादी र प्रतिवादी पक्षले सम्झौता गरि Ramos को मुद्दाको फैसला नभएसम्म नेपाल र होन्डुरसको टिपिएस अन्त्य गर्ने प्रक्रिया मा पनि रोक लगाउन अदालतलाई आग्रह गेरेका छन्।

नेपाल र होन्डुरसको टिपिएस वालाको हैसियतले तपाईंले थाहा पाई राख्नु पर्ने केही कुराहरु:

मार्च १२, २०१९ (March 12, 2019) को सम्झौताले तपाईंको टिपिएस र वर्क पर्मिट लाई कस्तो असर पार्छ?

तपाईंले टिपिएस पाउने योग्यताका शर्तहरु कायम राखी रहनु भए सम्म Ramos मुद्दाको उजुरीको सुनवाई नभएसम्म तपाईंको टिपिएस र वर्क पर्मिट मान्य (भ्यालिड) रहि रहने छ। टिपिएस पाउने योग्यताका शर्तहरुको उदाहरण: तोकिएको समयसम्म अमेरिकामा निरन्तर बसेको हुनु पर्ने; कुनै पनि ठुला अपराध (Felony) मा या दुई भन्दा बढि साना अपराध (Misdemeanor) मा दोषी ठहरिएको नहुनु पर्ने। Advance Parole (एडभान्स परोल) मा नेपाल जानु भएको छ भने त्यसले निरन्तर अमेरिका बसेको हुनु पर्ने शर्तलाई असर पार्दैन।
होमल्यान्ड सेक्यूरिटि डिपार्टमेन्ट (Department of Homeland Security) ले नेपाल (जुन २४, २०१९) र होन्डुरस (जनवरी ५, २०२०) को म्याद फरक भएकोले दुई राष्ट्रको लागि छुट्टा छुट्टै Federal Register Notice निकालेर ति दुईको म्याद स्वतः लम्बिएको जानकारी दिनेछ।
(नेपालको लागि) मे १०, २०१९ (May 10, 2019) को वरिपरि – जुन नेपालको पहिले तोकिएको अन्तिम मिति (जुन २४, २०१९) भन्दा करिब ४५ दिन अगाडि पर्छ – होमल्यान्ड सेक्यूरिटि डिपार्टमेन्ट (Department of Homeland Security) ले Federal Register Notice (सुचना) निकाल्ने छ। सो सुचना मार्फत नेपालको टिपिएस स्वत: नौ महिनाको लागि लम्बिएको जानकारी दिनेछ।
(होन्डुरसको लागि) यदि नोभेम्बर २१, २०१९ (November 21, 2019) को वरिपरि सम्म पनि Ramos को मुद्दा अझै जायज छ भने होमल्यान्ड सेक्युरिटिले अर्को Federal Register Notice जारी गरेर होन्डुरसको टिपिएस थप नौ महिनाको लागि स्वत: लम्बिएको सुचना दिनेछ।
अपिल कोर्ट (Appeals Court) ले Ramos को मुद्दा र Bhattarai को मुद्दा को प्रक्रिया छुट्टा-छुट्टै हुनुपर्छ नभने सम्म, र Ramos को मुद्दा जायज रहे सम्म, हरेक नौ-नौ महिनामा नेपाल र होन्डुरसको लागि होम्ल्यान्ड सेक्यूरिटिले त्यस्तै (Federal Register Notice) सुचना निकाल्दै अरु थप नौ महिनाको लागि लम्ब्याउँदै जानेछ।
यि लम्बिने क्रम (extension) हरु आफैं (अटोमेटिक) हुनेछन्। तपाईंले कुनै दरखास्त दिनु पर्दैन, र कुनै रकम (fees) पनि तिर्नु पर्दैन!
Ramos को सुनवाई कहिले हुन्छ त?

यसको मिति अहिले सम्म तय भई सकेको छैन। यहि गृष्म याम (summer) सम्म मा हुने अनुमान गरिएको छ। दुवै पक्षले उजुरी नहालेको खण्डमा त्यो मुद्दा त्यहीं अन्त्य हुन्छ। हार्ने पक्षले उजुरी हालेर नवौं सर्किट (Ninth Circuit) अदालतमा “en banc” (पुरा बेन्च न्यायधिशहरुका साथ) पुन: सुनवाई को माग राख्न पनि सक्छन्, या सर्वोच्च अदालत (Supreme Court) मा सुनवाईको माग राख्न सक्छन्। यि दुवै अदालतले या त सुनवाई नगर्ने निर्णय दिनेछन्, या त सुनवाई गरेर अन्तिम फैसला दिनेछन्। यो सब प्रक्रिया चलान हुने समय तोकेर भन्न सकिन्न तर करिब करिब दुई बर्ष सम्म लाग्ने अनुमान गर्न सकिन्छ। यति चईं भन्न सकिन्छ कि Ramos को मुद्दाको फैसला नभए सम्म अमेरिकी सरकारले मुद्दामा सामेल भएका राष्ट्रहरु नेपाल, होन्डुरस, सुडान, निकारागुवा, हेईटी र एल साल्भाडोर कसैको पनि टिपिएस अन्त्य गर्न पाउने छैन र गर्ने छेन।

Ramos को मुद्दा उल्टिएको खण्डमा के हुन्छ त?

यदि Ramos को मुद्दा उल्टियो भने अमेरिकी सरकारले नेपाल र होन्डुरसको टिपिएस अन्त्य गर्न सक्छ। तर यस प्रक्रिया मा पनि केहि समय लाग्छ:

अपिल कोर्ट (Appeals Court) को फैसला “लागु हुने मिति” फैसला गरेको मिति देखि कम्तिमा ५२ दिन पछाडि हुन्छ।
यदि कुनै पनि पक्षले पुनरावलोकन (review) को अनुरोध गरेमा यो “लागु हुने मिति” अझ लम्बिनेछ।
अनि सरकारले नेपाल र होन्डुरसका टिपिएस वालाहरुलाई अदालतको फैसला “लागु हुने मिति” देखि कम्तिमा १२० दिन को सुचना दिनु पर्छ।
यो सबै हिसाब गर्दा, यदि मुद्दा उल्टिएको खण्डमा पनि नेपाल र होन्डुरसको टिपिएस र वर्क पर्मिट मुद्दा उल्टिएको मिति देखि करिब ६ महिना (१२०‌‌+५२ दिन) सम्म मान्य (valid) हुनेछ।
यदि अपिल कोर्ट (Appeals Court) ले Ramos मुद्दाको फैसला गर्दा कुनै पनि अपवादका कारणले Bhattarai v. Nielsen का वादी पक्षले जित्न सक्ने सम्भावना देखिएमा, Bhattarai मुद्दाका वादीहरुले आफ्नो मुद्दा पुन: छुट्टै सुनवाई गरिनु पर्ने माग जिल्ला अदालत (District Court) मा राखेर अमेरिकी सरकारलाई फेरि टिपिएस अन्त्य गर्नबाट रोक लगाउन सक्छन्।

Ramos को मुद्दा सिद्ध (Upheld) भएको खण्डमा के हुन्छ त?

यदि Ramos ko मुद्दा सिद्ध (upheld) भएमा, Bhattrai को मुद्दा जिल्ला अदालत (District Court) ma जारी हुन सक्छ। Ramos को मुद्दा सिद्ध भएको मिति देखि करिब ६ महिना सम्म अमेरिकी सरकारले नेपाल र होन्डुरसको टिपिएस कायम राख्न पर्छ। त्यो अवधिमा Bhattarai मुद्दाका वादीहरुले आफ्नो मुद्दाको अन्तिम फैसला नहुन्जेल टिपिएसको म्याद लम्ब्याई पाउन अदालतलाई नयाँ आदेशको माग राख्न सक्छन्।

यदि Ramos को मुद्दा सिद्ध (Upheld) भएमा, तर अपिल कोर्ट (Appeals Court) ले नेपाल र होन्डुरसको टिपिएसको म्यादलाई छुट्टै हेरिनु पर्छ भनेमा के हुन्छ?

यदि अदालतले Ramos (पहिलो ४ राष्ट्र) र Bhattarai (नेपाल र होन्डुरस) को मुद्दाहरु छुट्टाछुट्टै हेरिनु पर्छ भनेमा, अमेरिकी सरकारले मार्च १२ (March 12) को सम्झौता रद्द गर्न सक्ने शर्त राखेको छ। त्यसो भएमा नेपाल र होन्डुरसको टिपिएस समझौता रद्द भएको मिति देखि १८० दिन सम्म कायम हुनेछ। तर, यदि अपिल कोर्ट (Appeals Court) ले Ramos मुद्दाको फैसला गर्दा कुनै पनि अपवादका कारणले Bhattarai v. Nielsen का वादी पक्षले जित्न सक्ने सम्भावना देखिएमा, Bhattarai मुद्दाका वादीहरुले आफ्नो मुद्दा पुन: छुट्टै सुनवाई गरिनु पर्ने माग जिल्ला अदालत (District Court) मा राखेर अमेरिकी सरकारलाई फेरि टिपिएस अन्त्य गर्नबाट रोक लगाुउन सक्छन्।

Bhattarai को मुद्दाले नेपाल र होन्डुरसका टिपिएस वालाहरुलाई स्थायी बसोबास (ग्रिन कार्ड) दिलाउन सक्छ?

सक्दैन! स्थायी समाधान केवल कंग्रेस (Congress) ले मात्र दिन सक्छ। त्यो भरखरै कंग्रेसको तल्लो सदनमा पहल गरिएको विधेयकको बाटो हो। अदालतका मुद्दाहरुले केवल अन्तिम फैसला नहुन्जेललाई टिपिएसको म्यादलाई अस्थायी रुपमा लम्ब्याउन सक्छ। अदालतहरु मार्फत राहत मिल्ने भनेको केवल अमेरिकी सरकारले पहिले लगाएको टिपिएस को अन्त्य हुने मिति लागु हुन बाट रोक्ने मात्र हो। सरकारले रहि आएको कानुन बमोजिम निति अपनाएर प्रक्रिया चलाएमा अदालतले फेरि दोश्रो पटक सरकारलाई टिपिएस रद्द गर्न बाट रोक्न पनि सक्दैन। अनि अदालतले सरकारलाई स्थायी बसोबास दिन भनि आदेश दिन पनि सक्दैन। कंग्रेसमा विधेयक पास भएमा मात्र त्यो हुन्छ।

https://www.facebook.com/21839723252/posts/10156464473263253/
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
someone please tell me TPS is here to stay :(
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters