[Show all top banners]

AnandNepal
Replies to this thread:

More by AnandNepal
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Jaysmi

AnandNepal
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 पाथीभरा मन्दिर पुग्ने योजना नै थिएन - तर कालले बोलाए पछि के लाग्छ?
[VIEWED 1708 TIMES]
SAVE! for ease of future access.
Posted on 02-27-19 11:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भएको यस्तो थियो (यो मेरो भिडियोको स्क्रिप्ट हो): 

बिधिको बिडम्बना हवाइ क्षेत्रलाइ कसरि सुरक्षित बनाउने भनेर दिन रात चिन्तित रहने नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी को हवाइ दुर्घटनामा नै निधन । त्यो पनि एयरपोर्ट निरिक्षण गरेर धर्मकर्म गर्न पाथिभराम देविको दर्शन गरेर फर्कने क्रममा । 

ताप्लेजुङको फुङलिङ नगरपालिका १० सिस्नेभीरमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना हुँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ हो। सो टोलि AS350 हेलिकोप्टर चढेर तेह्रथुमको चुहान डाँडा एयरपोर्ट निरीक्षण गरेर फर्कने क्रममा पाथीभरा माइको दर्शन गर्न पुगेको थियो । सो मन्दिर दर्शन गरेर काठमाडौं फर्कने क्रममा उडेको दुइ मिनेटमा नै यो दुर्घटनामा भएको हो।

बिहान ११:४५ मा पाथीभरा पुगेको यो टोलि दिउँसो पौने १ बजे हेलिकोप्टर पाइलटले एयर ट्राफिक कन्ट्रोलरसँगको सम्पर्कमा उड्न सक्ने अवस्था नरहेको जानकारी गराएका थिए । तर पाइलटले हेलिकप्टर कुन बेला उड्यो भन्ने एयर ट्राफिक कन्ट्रोलरलाई जानकारी नै गराइ उडाएका थिए ।  खराव मौसम हुँदा हुँदै उडेकाले हेलिकोप्टर दुर्घटना भएको हुन सक्ने उड्यन प्राधिकरणका प्रबक्ता प्रताव बाबु तिवारीले बताए ।

दुर्घटनामा मन्त्रीसहित सवार सबै ७ जनाको निधन भएको नेपाल नागरिक उड्ययन प्राधिकरणले जानकारी दिएको छ ।

** 7 जनाको ज्यानलिने हेलिकोप्टर दुर्घटनामा माथि गम्भीर प्रश्न *** 

- मौसम बिग्रिएको समयमा हेलिकोप्टर किन उडाइयो
- पाँच जना मात्रै चढ्नुपर्ने हेलिकोप्टरमा किन सात जना चढे
- काठमाण्डौं को लागि भनेर उढेको हेलिकप्टर किन पाथिभरा पुग्यो।
- के हि क्षण अघि उड्न नसक्ने भन्दै सम्पर्क गरेका पाइलटले उडान अघि उड्न लागेको कुनै जानकारि दिएका थिएनन।
- हिउँ र पानी परिरहँदा हेलिकप्टरमा आकाशमै कसरी आगो लाग्यो?

पाथीभरा मन्दिर पुग्ने योजना नै थिएन - तर कालले बोलाए पछि के लाग्छ?

तेह्रथुमको आठराईस्थित चुहानडाँडामा विमानस्थल निर्माणका लागि अध्ययन तथा अवलोकनका क्रममा आएका मन्त्री अधिकारीसहितको टोली त्यहाँको कार्यक्रम सकेर काठमाडौंतिरै फर्कने भन्दै हेलिकप्टरमा चढेको थियो।
‘बिहान १० बजे उहाँहरू आइपुग्नुभयो, त्यसपछि कार्यक्रम सकेर उहाँहरूले खाना खानुभयो, खाना खाँदै गर्दा पाथीभरामा जाने कि भनेर एकापसमा कुरा गर्नुभयो, कसैले मौसम ठीक छैन नजाऊँ भन्दै हुनुहुन्थ्यो, कसैले पर्खेर भए पनि जाने भनेर कुरा गर्नुभयो, यतिकैमा उड्नेबेला हामीले सोध्यौँ के गर्ने तपार्इंहरू पाथीभरा जाने कि काठमाडौं फर्किने भनेर सोध्दा वीरेन्द्र श्रेष्ठले, ‘हैन अब काठमाडौं नै फर्किन्छौँ भनेर जवाफ दिनुभयो’ इलाका प्रहरी कार्यालय आठराईका प्रहरी निरीक्षक राकेश पोडारले भने।

काठमाडौं जाने भनेर उडेको हेलिकप्टर निकै माथि पुगेपछि ताप्लेजुङतर्फ उडेको थियो। पोडारका अनुसार करीब ११:३० बजे चुहानडाँडाबाट हेलिकप्टर उडेको थियो। यसरी यहाँबाट उडेको समय र पाथीभरा मन्दिरमा पुगेको समयलाई हेर्दा छोटो दूरीमा नै झण्डै डेढ घण्टाको समय लागेको देखिन्छ। यो बीचमा कहाँ के भयो भन्ने कुनै अत्तोपत्तो नभएको बताइएको छ।

दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, यती एयरलाइन्सका प्रवन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, मन्त्री अधिकारीका अंगरक्षक अर्जुनकुमार घिमिरे, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, प्राधिकरणका निर्देशक धुव्रदास भोछिभया र हेलिकप्टर क्याप्टेन प्रभाकर केसीको ज्यान गएको थियो।

कालले बोलाएपछि, एक ठाउँमा जाने भनेको हेलिकप्टर अन्तै पुगेर दुर्घटनाग्रस्त पनि हुन सक्छ !

सबै दिवंगत हरुको आत्मका चिर शान्तिको कामना छ ।

(भिडियो बन्दै छ - स्क्रिप्ट यहि हो)
Last edited: 28-Feb-19 12:21 AM

 
Posted on 03-01-19 3:10 AM     [Snapshot: 389]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिवाह गर्न आँटेका यि पाइलटको जिवन खेरै गयो !
https://www.youtube.com/watch?v=djFefsiJMR0
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Travelling to Nepal - TPS AP- PASSPORT
emergency donation needed
Top 10 Anti-vaxxers Who Got Owned by COVID
निगुरो थाहा छ ??
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Poonam pandey - death or suicide?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters