[Show all top banners]

ktmpost

More by ktmpost
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Breaking news: ललितपुरमा बम ब्लास्टमा ३ जना घाइते
[VIEWED 1396 TIMES]
SAVE! for ease of future access.
Posted on 02-22-19 2:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

banner

काठमाडौं । सरकारलाई अर्बौ कर नतिरेको आरोप खेपिरहेको निजी लगानीको दूरसञ्चार कम्पनी एनसेलमाथि ठाउँठाँउमा आक्रमण भएको छ। प्राप्त जानकारी अनुसार ऐनसेलको बाग्लुङस्थित विभिन्न टावर र राजधानीमै रहेको मुख्यालयमा समेत बम बिस्फोट गराइएको छ।  शुक्रबार साँझ ठाउँठाउँमा विस्फोट गराइएको हो।

अज्ञात समुहले बम विस्फोट गराउँदा कतिपय ठाउँमा टावरहरू ध्वस्त भएका छन्। ललतिपुरको भैँसेपाटीस्थित एनसेल टावरलाई लक्षित गरी गराइएको विस्फोटमा टावर ध्वस्त भए पनि अन्य केकति क्षति भयो भन्नेबारे जानकारी प्राप्त भइसकेको छैन। एनसेलले नेपाल सरकारलाई लाभकर नतिरेको भन्दै जनस्तरबाटै विरोध भइरहेको समयमा विस्फोट गराइएको हो।

यसैगरी बागलुङ जिल्लाको बागलुङ नगरपालिका ७ मूलपानी, गल्कोट नगरपालिका ८ काँडेबास र निसीखोला गाउँपालिका ७ राजकुतमा रहेका एनसेलका टावरमा पनि विस्फोट गराइएको समाचार प्राप्त भएको छ। विस्फोटपछि भएको आगलागीबाट टावरमा भएको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

टावरमा कुन शक्तिले विस्फोट गराएको हो भन्ने विषयमा कुनै जानकारी नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी कोइरालाले बताएका छन्। टावरमा आगलागी भएको देखेपछि स्थानीयको खबरका आधारमा घटनास्थलमा पुगेको प्रहरीले अनुसन्धान थालेको जनाइएको छ।

यस्तै पोखरा महानगरपालिका २७ चन्द्रकालिका डाडाको नाकस्थित एनसेलको टावरमा आगजनी गरिएको खबर प्राप्त भएको छ। यसैगरि धादिङ्को चन्डिस्थानमा पनि एनसेलको टावरमाथि आक्रमण भएको विवरण प्राप्त भएको छ। सर्वोच्च अदालतले केही दिनअघि एनसेलले सरकारलाई अर्बौं कर तिर्न बाँकी देखिएकाले कर तिराउन सरकारका नाममा आदेश जारी गरेको थियो तर सरकारले कुनै वास्ता गरको छैन।

एनसेलले नेपाल सरकारलाई कर छली गरेकाले तत्काल कर भुक्तानी गराउन माग गर्दै जनस्तरबाटै विरोध भइरहेको छ। जनताको उक्त मागको समर्थन गर्दै नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पनि विगतदेखि सङ्घर्ष गर्दै आएको छ।

यो घटनाका बारेमा विप्लव नेकपाले तत्काल मुख नखोल्ने बताएको छ। नेताहरुले सम्पर्क गर्न खोज्दा फोन स्विच अफ गरेका छन्। बम विस्फोटपछि राजधानीको सुरक्षा अवस्था कडा गरिएको छ। 

विभिन्न नाका र सडकहरुमा चेकजाँचलाई कडा पारिएको छ। प्रहरी प्रधान कार्यालयले उपत्यकाका सबै प्रहरी इकाइहरुलाई अलर्ट रहन निर्देशन दिएको जनाइएको छ। 


http://www.dcnepal.com/kasle-padkayo-bispot


Feb 22, 2019-

At least three people have been reported injured after an improvised device exploded in Nakku, Lalitpur, on Friday.

The incident occurred near the gate of the headquarters of Ncell, a private mobile company, Uttam Raj Subedi, spokesperson for Nepal Police confirmed to the Post. “It was a minor explosion but we are yet to get the details,” Subedi, a superintendent of police, told the Post.

According to Subedi, the injured are being treated at B&B, Alka and Nepal Mediciti hospitals. The injured have been identified as Urusha Manandhar, 25, from Kavre; Pratiksha Khadka, 26, from Baghdol; and Singh Prasad Gurung, 49, from Lamjung district. Manandhar and Gurung are receiving treatment at Nepal Mediciti hospital in Nakkhu while Khadka is being treated at Alka hospital in Jawalakhel.

Eyewitnesses said a loud explosion was heard in the area around 7:55 p.m. Police deployed a team of IED disposal unit to the scene following the explosion.

 


Last edited: 22-Feb-19 03:20 PM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
TPS To F-1 COS
Venezuela TPS lawuit
Toilet paper or water?
tesla stock OMG !!
Those who are in TPS, what’s your backup plan?
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Need Help of IT consultancies
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters