[Show all top banners]

AnandNepal
Replies to this thread:

More by AnandNepal
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Jaysmi

AnandNepal
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 पारसलाई हेर्न किन आएनन् ज्ञानेन्द्र र हिमानी ?
[VIEWED 2650 TIMES]
SAVE! for ease of future access.
Posted on 01-31-19 11:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

१७ माघ, काठमाडौं । पूर्वयुवराज पारस वीरविक्रम शाह ४ दिनदेखि गम्भीर अवस्थामा नर्भिक हस्पिटलमा उपचाररत छन् । तेस्रोपटक हृदयघात भएपछि अस्पताल भर्ना भएका उनलाई एन्जियोप्लास्टी तथा स्टेन्ट प्रत्यारोपण गरिएको छ ।

डाक्टरहरुले उनी अझै खतरामुक्त नभइसकेको बताइरहेका छन् । पारस अस्पतालमा उपचाररत रहँदा उनका बुबाआमा र पत्नी साथमा छैनन् । पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल गत आइतबार मात्र एक महिने भ्रमणका लागि सिमरा पुगेका थिए ।




पत्नी हिमानी भने थाइल्यान्डमा छिन् ।

छोरा बिरामी भएको खबर सुनेपछि पूर्वरानी कोमल सोमबार रातारात गाडीबाटै काठमाडौं आइन् तर, पूर्वराजा भने आएनन् ।

तेस्रोपटक हृदयघात हुनु खतरनाक अवस्था हो । यस्तोमा ज्यान जोगिने सम्भावना निकै न्यून हुने चिकित्सकहरु बताउँछन् । यसपालि पारसको मुटुका दुबै भल्व बन्द भएकाले जटिल अवस्था थियो ।

तर, उनी भाग्यमानी सावित भए । लगभग माया मारिसकेको अवस्थाबाट उनलाई प्राडा. यादवदेव भट्टको टोलीले बचायो । अहिले उनको अवस्था सुधारोन्मुख त छ तर ७२ घन्टासम्म केही भन्न नसकिने डा. भट्टले बताएका छन् ।

छोरा यसरी मृत्युसँग लडिरहँदा हवाई मार्गबाट आधा घन्टाको दुरीमा रहेका बाबु ज्ञानेन्द्रले अस्पताल आउने जाँगर नचलाउनु उदेकलाग्दो देखिन्छ । यति मात्रै होइन, पूर्वरानी कोमल पनि छोरालाई सोमबार राति भेटेर के-के न बिते झैं गरी भोलिपल्टै जहाज चढेर सिमरा फर्किसकेकी छन् ।

यतिबेला यी बाबुआमाको सबैभन्दा ठूलो प्राथमिकता र चिन्ता छोराको स्वास्थ्य हुनुपर्ने हो । उनीहरुले तत्काल सिमराको भ्रमण रद्द गरेर दुवैजना काठमाडौं आउनुपथ्र्यो र छोराको रेखदेख गर्नुपर्थ्यो ।

बाबुछोराको सम्वन्ध त्यति सुमधुर थिएन होला । पारसका गलत क्रियाकलापहरुले पूर्वराजा ज्ञानेन्द्र पहिल्यैदेखि उनीसँग सन्तुष्ट छैनन् । पारसका विभिन्न हर्कतले राजसंस्थालाई नै बदनाम तुल्याउने गरेका छन् । तर, जेजस्ता भए पनि सन्तान भनेको सन्तान नै हो । माया भई नै हाल्छ । यदि पारसको ज्यान तलमाथि भएको भए ज्ञानेन्द्रले फेरि उनको अनुहार देख्न पाउने थिएनन् ।

०७२ सालमा पारसलाई हृदयघात हुँदा पूर्वराजा आफैं खाना लिएर अस्पताल पुगेका थिए । कोमल र हिमानीले उनलाई दिनभरी अस्पतालमा रुँगेका थिए । यतिबेला पारसकी पत्नी हिमानी थाइल्यान्डमा छिन् । त्यहाँ पढाउन राखिएका दुई छोरीहरु पूणिर्का र कृतिकाको हेरचाहका लागि उनी गएकी हुन् ।

पारस र हिमानीको सम्वन्ध बिग्रेको धेरै भयो । हिमानीजस्ती पत्नी हुँदाहुँदै पारसले थाइल्यान्डमा थाइ युवतीसँग प्रेम गर्न पुगे । अघिल्लोपटक हृदयघात हुँदा पारसलाई तिनै प्रेमिकाले अस्पताल पुर्‍याएकी थिइन् । त्यतिबेला पतिको हेरचाह गर्न हिमानी नेपालबाट थाइल्यान्ड पुगेकी थिइन् । तर, यसपालि थाइल्यान्डबाट नेपाल आउन भ्याएकी छैनन् ।

अस्पतालको शैयामा रहेका छोरालाई आमा-बाबुले निधारमा हात राखिँदिदा पनि ठूलो उर्जा प्राप्त हुन्छ । पत्नीले हात मुसारिदिँदा पनि आत्मबल पैदा हुन्छ । पारसलाई सम्भवतः यसको खाँचो छ ।

पारसका छोरा हृदयन्द्र सानै छन् । बरु उनले बाबुको रेखदेख गरिरहेका छन् । उनी दैनिक अस्पताल धाउँछन् र बुवासँग समय बिताउँछन् । निकटवर्तीहरूका अनुसार छोराछोरीहरु पनि बाबु भनेपछि हुरुक्कै हुन्छन् ।

त्यसो त विभिन्न जमघटहरुमा पारस र हिमानी सँगै देखिएका पनि छन् । तर, उनीहरुको बडी ल्यांग्वेज हेर्दा अहिले पनि सम्वन्ध सुधार नभएको प्रष्ट देखिन्छ ।

सम्वन्ध बिग्रिनुमा पारस नै बढी जिम्मेवार छन् भन्नेमा दुई मत हुन सक्दैन । तर, पनि यतिबेला भने उनलाई हिमानीको भौतिक साथको खाँचो छ । बिग्रेको सम्वन्धलाई नयाँ आयामबाट सुरु गर्न उनका लागि यो एउटा अवसर पनि हुन सक्छ ।

राजसंस्था निकट व्यक्तिहरु भने पूर्वराजा र पूर्वयुवराज्ञीले पारसको स्वास्थ्योपचारमा चासो र चिन्ता लिइरहेको बताउँछन् । ‘उहाँहरुले दैनिक फोनबाट जानकारी लिइरहनुभएको छ, पहिले भेट्न आउने योजना भए पनि स्वास्थ्यमा अपेक्षित सुधार आएकाले नआउनुभएको होला,’ एक राजावादीले भने ।

पारसलाई अस्पतालमा बहिनी छोरा हृदयन्द्र, बहिनीहरु प्रेरणा, शीताष्मा, दिलाशा, पूजा, ज्वाईं राजीव शाही लगायतले हेरचाह गरिरहेका छन् ।

राजनीतिक दलका शीर्ष नेता तथा सरकारका उच्च ओहदाका व्यक्तिहरु पारसलाई भेट्न गएका छैनन् । राजावादी नेताहरु कमल थापा र पशुपतिसमशेर जबराले भने उनलाई भेटेका छन् ।

पारस अझै केही दिन अस्पताल बस्नुपर्ने चिकित्सकहरुको भनाइ छ । उनको मुटु जीर्ण अवस्थामा पुगिसकेकाले स्वास्थ्यमा निकै सतर्कता अपनाउनुपर्ने छ । पारस अहिले बोल्न सक्ने अवस्थामा छन् । यसपटक हृदयाघात हुँदा उनी बेहोस नभएको डाक्टरहरुको भनाइ छ ।

source - https://www.onlinekhabar.com/2019/01/738730

https://www.youtube.com/watch?v=bwrkdKam3Ug

 
Posted on 01-31-19 4:12 PM     [Snapshot: 195]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Jasari tmro post here pani tmro youtube video kaile kholdina tyasari gyanendra sarkar pani hospital napugi sabai herisake.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TRUMP 2016!!! Here is why?
Conservative discussions
Does he deserve Noble Peace prize??
Example of how media controls the sheeps
Michael Kobold's expose on Nimsdai Purja
Love trumps Hate
The delusion created by mainstream media is creating fake reality for biden supporters
Democrats cannot think for themselves
If you are mad at Elon and DOGE..
Supreme Court Decision Crushes TPS Dreams
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
The Battle of the Titans
The RSP Convention
ttps://www.ptokhabar.com/2026/09/4103/?fbclid=IwZnRzaAUEuCdwZG9mBWZkaWQWUNoJyQvb04Jb0lPfJtx4fRY-AAtLPGV4dG4DYWVtAjExAHNydGMGYXBwX2lkCjY2Mjg1NjgzNzkAAR5qFK07IuYvZcYafnkFoKwrOIx5xJxdUhGr-nJ-UA2G2SqGGcmfS-xApdLwXg_aem_Ai1X5u_YJAFjFzlt-DVWjA
TRUMP 2016!!! Here is why?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters