यि सच्चा मिस नेपाललाइ कसले लुकायो ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

मिठो स्वर कि धनी गायिका बिष्णु माझी सार्वजनिक कार्यक्रममा देखिन्नन । कसैलाइ भेटदिनन । सुनिए अनुसार उनलाइ उनकै श्रिमानले बन्दि बनाएर राखेका छन । तर, यस बारेमा कसैले तथ्य बाहिर ल्याउन सकेको छैन । किन होला?? जन्म - स्याङ्जा चापाकोट नगरपालिका रत्नपुर दामाचौर नजिकै माडी लोक दोहोरी क्षेत्रमा रास्ट्रकै सम्पत्ति हुन पनि भन्छन उनलाई न कुनै सभा समारोह न कुनै अरु जसरी वैदेशिक कार्यक्रममा जो देख्न पाइन्छ । उनको परिवार मा बुढा बाबु र बुढि आमा अनि स्कुल पढ्दै गरेको भाइ छ एउटा बहिनी छन । यति चर्चित गायिकाको घरको आर्थिक अबस्था एकदमै दयनिय छ रे । एक जनाले अनलाइनमा लेखेका थिए : आज भन्दा पाँच बर्ष पहिले वालिङ् देखि गाउँ सम्म को मेरो यात्रा उनको बहिनि जीवन माझी र दिदि गायिका बिष्णु माझी संगै एउटै महेन्द्र जिप मा बसेर यात्रा गरिरहेका थियौं । उस्ले लगाएको कुर्ता सुरवाल र खुट्टाका ती चप्पल हेर्दा यस्तो लाग्थ्यो कि भर्खरै उनी घर बनाउने इट्टा बोक्ने मजदुर गरेर आएकी हुन् । त्यसपछि यता म पनि वैदेशिक रोजगार को शिलशिलामा प्रदेश लागे बिहे भएको छैन तर श्रम शोषण भएको छ । र शारीरिक शोषण पनि भएको हुनुपर्छ !!! उनी को बाट कसरी शोषित छन भन्ने बारेको लेख म छिटो बाहिर ल्याउने छु र कहाँ गए महिला संघसंगठनका …???? कहाँ गए महिला अधिकारबादिहरू ??? कहाँ छन् माइती नेपाल ??? कहाँ छन् उनका घर पक्ष ??? कहाँ छन् उनका ती गाउले दाजुभाइ दिदिबहिनी ??? कहाँ छन् ती महिला हक हित को लागि ठुला ठुला आवाज उठाउने महिला नेतृत्वदायी बुद्धिजीवी हरु ??? किन बिष्णु माझी लाई दासत्वको जिबन देखि निकाल्ने कोशिस गरिदैन ??? हजुरले गाएका गीत सुन्दा त मनमा धेरै खुसी लाग्छ तर हजुर नजरबन्धी मा रहेको भनेर सुन्दा रुन मन लाग्छ तर एक दिन हजुरको मुक्ति को लागी अबस्य आवाज उठने छ र मलाई कहिँ बाट साथ पाएमा म पनि आवाज उठाइरहने छु ! यही म भगवान संग प्रर्थना गर्दछु !!! धन्यवाद झुठो आश्वासन दिएर जनता लठ्थ्याउने वर पाएका हरुलाइ !!! *** सत्य के हो ?? कसैलाइ थाह छ कि? मेरो जानकारिमा भएको कुरो भिडियोमा समेटेको छु : https://www.youtube.com/watch?... काठमाण्डौं टुडेमा ४ बर्ष अघि प्रकाशित समाचार : गीत पाउन छाडिन् गायिका बिष्णु माझीले काठमाण्डु, १ भदौं –हरेक नेपालीले चलाउने सामाजिक सञ्जालमा लोक गायिका बिष्णु माझीको प्रसंग समेटिएको छ । नेपालकी निक्कै कर्णप्रिय गायिका भएर पनि होला उनको प्रसंगले बजार तातेको छ । कतै श्रीमानले बन्धक बनाएको त कतै उनकै स्वभावबारे टिकाटिप्पणी चल्न थालेको छ । तर यसरी टिकाटिप्पणी चलिरहँदा उनको गायकी र कामबारे भने छोइएको छैन् । उनले पछिल्लो समयमा काम पाउन छाडेकी छन् । दश बर्ष अघि सांगीतिक क्षेत्रमा बिष्णु माझी आउंदा निक्कै हलचल भयो । धेरैले बिमाकुमारी दुरा, लक्ष्मी न्यौपाने, शर्मिला गुरुङ्को स्वरलाई टक्कर दिने स्वर भन्थे उनको गलालाई । त्यतिबेलाको बजारमा बिमा, लक्ष्मी र शर्मिला ‘हट केक’का रुपम चिनिन्थे । फाट्टफुट्ट गीत गाउन थालेपछि बिमा, लक्ष्मी र शर्मिलाको बिकल्पमा उभिन थालिन् बिष्णु माझी । अनि लोक दोहोरीमा एक छत्र राज गर्न थालिन् उनले । बिष्णु माझीलाई यो पेशामा स्थापित गराउने श्रेय जान्छ सुन्दरमणी अधिकारीलाई । अधिकारीले नै बिष्णुलाई गायन पेशामा ल्याएका थिए । र, काठमाण्डुमा अधिकारी र माझी ‘लिभिङ् टुगेदर’का रुपमा बस्न थाले । यो खवर सार्वजनिक बहश बन्यो । अन्तत स् अधिकारीले बिष्णु माझीलाई नै बिहे गरे । तर बिहे गरेको कुरा अझैपनि बताउन चाहन्न यी दुई जोडी । त्यतिबेला बिष्णु माझीले गीत गाएपछि लिने पारिश्रमिकको रेट ठ्याक्कै यति भन्ने थिएन । २५ सयदेखि गीत गाउन थालेकी बिष्णु माझीले आफ्नो रेट बढाएर एकै चोटी १२ हजार पुर्‍याईन् । रेट बढेसंगै उनको बिकल्प खोजी हुन थाल्यो । सुन्दरमण्ी अधिकारीले भने अनुसार बिष्णुले काम गर्न थालिन् ।क्यासेटको जमाना थियो केही बर्षअघिसम्म त्यतिबेला उनले एक साइडमा मात्रै गीत गाउने घोषणा गरिन् । त्यसपछि बिस्तारै यो जोडी सांगीतिक बजारमा अलोकप्रिय हुन थाल्यो । त्यसको पुरै मार अहिले बिष्णु माझीलाई परेको छ । केही बर्ष देखि उनले एउटा गीत गाएको ४० हजार रुपैया लिन थालिन् । जुन नेपाली गीतसंगीतको इतिहासमा अहिलेसम्म कसैले लिने गरेका छैनन् । बजार सेलाएर पुरै डामाडोल भएका बेला उनले चालिस हजारमा एउटा गीत गाउन थालेपछि उनको बिकल्पको खुलेर खोजी मात्र भएन, उनले रेकर्डिङ्ग स्टुडियो समेत देख्न मुश्किल पर्न थाल्यो । गीत रेकर्डिङ्गका लागि सवै भन्दा धेरै बोलाउने प्रिज्मा रेकर्डिङ्गकी व्यवस्थापक स्वरुपा रसाइली भन्छिन्‘ बिष्णुको टेक नपरेको धेरै भयो, उनको स्वर राख्न त खोज्छन तर महंगो भनेर आंट नै गर्दैनन् ।’ जव की चालिस हजारमा लोक दोहोरी गीतको एउटा पुरै एल्वम तयारी हुन्छ । बिष्णुले रेट महंगो बनाएपछि उनले व्यवसायिक कलाकारको गीत गाउन पाउन छाडेकी छन् । स्वरुपाका अनुसार नयां नयां रहर गर्नेले मात्रै उनको आवाजमा गीत रेकर्ड गराउन खोज्छन । महिना दुई चार वटा मात्रै गीत गाएर दिन कटाएकी छन उनले । मालश्री रेकर्डिङ्ग स्टुडियोका राम भण्डारीका कुरा पनि उस्तै छन् । राम भन्छन् ‘ पहिला जस्तो बिष्णु माझीले गाउन पाउदिनन्, तर फागुन महिनामा भने केही गीत गाएकी छन् । ’ बिष्णुले चालिस हजार लिन थालेपछि उनको बिकल्पमा पूर्णकला बिसी, देवी घर्ती, टिका पुन, जुना श्रीसलाई लिन थालेका छन व्यवासायीहरुले । नाम चलेका कलाकारका लागि विदेश पानी पंधेरो जस्तै हो । तर पांच हजार गीत गाइसकेकी बिष्णुले अझै सम्म विदेशमा पाइला पारेकी छैनन् । यसको सवै अपजस उनका श्रीमान् सुन्दरमणी अधिकारीलाई दिने गर्छन संगीतकर्मीहरु । विदेश मात्र हैन उनी स्वदेशमै हुने मेला महोत्सवमा समेत गएकी छैनन् । नाम चलेका देशबाट आएका प्रस्ताव समेत उनका श्रीमान अधिकारीले इन्कार गर्दै आएका छन् । नेपालमा पनि उनी पछ्यौराले मुख छोपेर हिड्ने गर्छिन र कसैको सम्पर्कमा पनि छैनन् । Last edited: 19-Dec-18 12:37 PM

AnandNepal · Dec 19, 2018 12:35 PM · 4,895 views

4 Replies

धेरैले चासो दिंदै उनको बारेमा जानकारि पनि दिएका छन । जुम्ल्याहा सन्तान छन भन्ने बारेमा अनि अरु जानकारि हरु : उहाँहरुलाइ धन्यवाद छ - साझामा जानकार कोहि हुनु हुन्छ कि?

AnandNepal · Dec 19, 2018 2:05 PM

maxpayne · Dec 20, 2018 11:03 AM

maxpayne कै लागि भनेर होला .. कान्तिपुरले दुइ पेजको रिपोर्ट बनाएछ 

AnandNepal · Jan 4, 2019 11:47 AM

फलोअप .. https://www.youtube.com/watch?...

AnandNepal · Jan 6, 2019 12:41 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion