[Show all top banners]

huippa

More by huippa
What people are reading
Subscribers
[Total Subscribers 0]
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 कठै ! दुईतिहाइको सरकार
[VIEWED 322 TIMES]
SAVE! for ease of future access.
Posted on 12-07-18 10:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

मनहराको किनारमा, पारिलो घाममा
हलक्क बढेको चम्सुरको सुगन्ध लिंदै
घरको एक्ली बुहारी आशमाया
रायोको साग मुठ्ठा बाँध्दै दङ्ग छिन् ।

मुठ्ठा गन्दै खर्पनमा भारी मिलाउँदै
नाफा घाटाको हिसाब–किताब गुन्दै
भूकम्पले भत्केको घरको नक्सा मनमै कोर्दै
घरको मुली धनवीर बाजे मुस्कुराएको
नाकमुनि फुलेको जुँगाबाट सदृश्य छ ।

पुरानो मैलो लुगामा सेतै पाइन्ट, सेतै चप्पल
स्वर्गीय बुबाको एक्लो वारिस नाबालक राइटन
आमाले देखाएको ‘नयाँ लुगा’ को सपना देख्दै
बाँधेको मुठ्ठाबाट झरेका पातहरू टिप्दै
‘ज्ञानी छोरा’ को ढाडस् बटुल्दै मख्ख छ ।

भूकम्पमा थिचिएका आशमायाका आशाहरू
भासिएको घर र घरसँगै किचिएको आधा ज्यान
नाबालक छोरासँगै बाँकी आधा ज्यान बिसाएर
अनुदानको टहरामा साढे तीन वर्ष एक्लै साग बाँध्दै छिन्
आफूलाई झरेका पात, अरुलाई केलाएर बाँधेका साग बेच्दै
नाबालक छोरामा पलाएको सपना बुनिरहेछ
र बाँचिरहेछ समृद्धिको मीठो ‘उखाने’ भाकामा
राजधानीका एक ‘रानी’ आशमाया ।

सजमिनमाथि सजरमिन, नापीले पुनःनापी गरे पनि
मालपोतले लालपुर्जा नदिंदा, घरको नक्सा बनेन
अझै घर नबनाउनाले, अनुदानको ५० हजार पनि
व्याजसहित फिर्ता माग्दैछ, प्राधिकरण ।
तर आशमाया लालपुर्जासम्म पाए
निव्र्याजी ऋणमा घर ठड्याउने आशामा
भोटसँग साटेको आश्वासन फर्काउन
धाउँदै छ घरघर नेताको, मन्त्रीको ।

मनहरा खोलामा कति बालुवा बगे
मनहराको आकाशमा कति प्लेन उडे
प्रतिदिन शिथिल धनबीर बाजे
नातिको पुरानो बर्खिको सेतो लुगा फाल्न
हरदिन खर्पनमा तरकारी बोक्दैछ
विधवा आशमाया हरदिन मुठ्ठा बाँध्दैछे
अबोध राइटन सागको पात बटुल्दै छ
तर के थाहा ?
बुढो बाजे, विधवा आमा, अनाथ बालक
‘कम्युनिष्ट’ सरकारको मुटुको खील बन्दैछ
धनबीर, आशमाया, राइटनको लागि
कठै, दुईतिहाइको ‘नेकपा’ सरकार ।
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TRUMP 2016!!! Here is why?
Affordable hotel in kathmandu????
Investing in Land in Nepal..worth it?
Say No to HR392- The Bill that can make Employment based green card impossible for ROW countries
Any QA training consultancy in east coast?
"टी पी एस" अत्यन्त जरुरी
Immigration
TPS को बारेमा
Interviews: Stanley F. Druckenmiller
EB2 total processing time experience
fannie mae stock
Mom, dad, I’m coming home
Travel Nepal on TPS
अमेरिका पसेपछिको अनुभव यस्तो ...
NEED MONEY FOR COLLEGE
$500 to $50,000 challenge through options in 2019
HAS anyone done change of Status from TPS to Green card while being in USA . Need suggestions
How to obtain copy of tourist visa extension approval notices?
My5pockets.com is becoming Nepali Alibaba by 2020.
Zero Movie - ko ko le heryo?
TRUMP 2016!!! Here is why?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters