क्यानडा पठाइदिने भन्दै करोड बढीको ठगी

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

पक्राउ परेकी महिलाले १ करोड रुपैया भन्दा बढी ठगी गरेको उजुरीकर्ताको दावी छ । शैक्षिक परामर्श केन्द्र संचालन गर्ने सुनिता तिवारी वाइवाले १० जनाभन्दा बढी संग रकम असुलेको भेटिएको हो । उनले नक्कली कागजात तयार गरी भारत लगेर प्रति व्यक्ति ७ देखि १० लाख रुपैया असुलेको प्रहरी अनुसन्धानले देखाएको छ । ३७ वर्षिया सुनिताले काठमाडौंमा वेब्सटर एजुकेसन नेटवर्क संचालन गरिरहेकी छन् । उक्त शैक्षिक परामर्श केन्द्रबाट रोजगारीकै ग्यारेन्टी गरेर क्यानडा पठाइदिने लोभ देखाइएको थियो । बिना स्विकृत संचालित उक्त संस्थाबाट सुनिताले बिभिन्न पत्रपत्रिकामा विज्ञापन गर्ने र विदेशमा अध्ययन गर्न जान चाहने युवालाई क्यानडाको सपना देखाउने गरेको अनुसन्धानबाट देखिएको छ । थप पढ्न क्लिक गनुर्स https://bit.ly/2U2VQbS

bhugolpark · Dec 1, 2018 10:07 PM · 7,895 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion