← Back to Kurakani

क्यानडा पठाइदिने भन्दै करोड बढीको ठगी

Original Post

पक्राउ परेकी महिलाले १ करोड रुपैया भन्दा बढी ठगी गरेको उजुरीकर्ताको दावी छ । शैक्षिक परामर्श केन्द्र संचालन गर्ने सुनिता तिवारी वाइवाले १० जनाभन्दा बढी संग रकम असुलेको भेटिएको हो । उनले नक्कली कागजात तयार गरी भारत लगेर प्रति व्यक्ति ७ देखि १० लाख रुपैया असुलेको प्रहरी अनुसन्धानले देखाएको छ । ३७ वर्षिया सुनिताले काठमाडौंमा वेब्सटर एजुकेसन नेटवर्क संचालन गरिरहेकी छन् । उक्त शैक्षिक परामर्श केन्द्रबाट रोजगारीकै ग्यारेन्टी गरेर क्यानडा पठाइदिने लोभ देखाइएको थियो । बिना स्विकृत संचालित उक्त संस्थाबाट सुनिताले बिभिन्न पत्रपत्रिकामा विज्ञापन गर्ने र विदेशमा अध्ययन गर्न जान चाहने युवालाई क्यानडाको सपना देखाउने गरेको अनुसन्धानबाट देखिएको छ । थप पढ्न क्लिक गनुर्स https://bit.ly/2U2VQbS

bhugolpark
Dec 1, 2018 10:07 PM · 7,895 views
Replies
No replies yet.
Login to join the conversation.

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant