[Show all top banners]

huippa

More by huippa
What people are reading
Subscribers
:: Subscribe
Back to: Politics Refresh page to view new replies
 मलेसियासँगको श्रम सम्झौता–जनताप्रति सरकारको विश्वासघा
[VIEWED 10955 TIMES]
SAVE! for ease of future access.
Posted on 10-31-18 5:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


पछिल्लो निर्वाचनमा एमाले र माओवादी केन्द्र संयुक्त घोषणापत्रका साथ चुनावी मैदानमा होमिएका थिए । घोषणापत्रका धेरै बुँदामध्ये एउटा बुँदा थियो–युवालाई स्वदेशमै रोजगारी । त्यही घोषणापत्रका आधारमा नेपाली जनताले दुवै पार्टीलाई सोचेभन्दा बढी बहुमत दिलाए । तर त्यही जनादेशमा बनेको सरकारले भने आज घोषणापत्रविपरीत काम गरिरहेको छ ।

नेपाली युवालाई देशभित्रै रोजगारी दिने वचनबद्धताअनुसार सरकारले देशमा नयाँ उद्योगधन्दाको विकास गर्नुका साथै बन्द भएका उद्योग कलकारखाना पुनः सञ्चालन गर्नुपर्ने हो । रोजगारीको सम्भावना भएका पर्यटन, व्यावसायिक कृषि, अन्य व्यवसाय आदि क्षेत्रको विकास र विस्तारमा जोड दिनुपर्ने हो । तर विडम्बना सरकारले यस्ता क्षेत्रमा आँखा चिम्लेर युवा जनशक्तिलाई विदेशमै पठाउन हौस्याइरहेको छ । सोमबार श्रममन्त्रीले मलेसियाका मानव संशाधन मन्त्रीसँग श्रम समझदारी गरेर नेपाली युवालाई फेरि पनि आफ्नै देशमा रोजगार दिने दायित्वबाट सरकार पञ्छिन खोजेको छ ।

गएको जेठअघि कुनै औपचारिक सम्झौताबिना नै लाखौंको सङ्ख्यामा नेपाली युवाहरू मलेसियाली बजारमा सस्तो ज्यामीका रुपमा बेचिंदै आएका थिए । कुनै औपचारिक सम्झौताको अभावमा नेपाली युवाहरूले शोषणको थप बोझ बोक्नुपरेको थियो । सोमबार दुई देशका मन्त्रीबीच भएको सम्झौताले मलेसियाली बजारले नेपाली युवामाथि गर्दै आएको अन्यायलाई वैधानिकता दिने काम भएको छ । हिजो गैरकानुनी रुपमा भइरहेको नेपाली युवामाथिको शोषण अब औपचारिक र सरकारकै निगरानीमा हुने भएको छ ।

नेपालबाट औसत दैनिक पन्ध्र सय युवा विभिन्न खाडी तथा एसियाली देशमा सस्तो श्रमिकको रुपमा जाने गरेका छन् । यसरी विदेशिने युवामध्ये औसत तीन जनाको लास स्वदेश फर्किने गरेको छ । विदेशिने नेपाली युवाहरू जोखिमपूर्ण, फोहोर र सस्तो काममा मात्र लगाइने गरेका छन् । प्राविधिक रुपमा दक्ष श्रमिकको तुलनामा नेपाली युवालाई कम ज्यालामात्र होइन, अपमानपूर्ण व्यवहारसमेत गरिन्छ । यसले नेपालको अन्तर्राष्ट्रिय छवि धमिल्याएको छ । नेपाल आफैंमा अथाह सम्भावना बोकेको देश हो । नेपाली युवालाई नेपालभित्रै रोजगारी दिन सक्ने सम्भावना असीमित छ । तथापि सरकारले आफ्नै माटोमा युवा पसिना बगाउन दिनुको सट्टा वैदेशिक रोजगारीलाई नै प्राथमिकता दिने गरेको छ । नेपाली युवा स्वदेशमै हुँदा युवा आक्रोशको कोपभाजन हुने डरका कारण पनि युवा जनशक्तिलाई विदेशी भूमिमा लखेट्ने काम भइरहेको छ ।
चुनावी घोषणापत्र जनताप्रतिको वचनबद्धता हो । सिद्धान्ततः चुनावी घोषणापत्रकै आधारमा जनताले राजनीतिक दललाई मत दिने हो । जनताको मतप्रति सम्मान व्यक्त गर्दै राजनीतिक पार्टी सत्तासीन भएपछि आफ्नो वचनबद्धताअनुसार काम गर्नु नै नैतिक राजनीतिको दृष्टान्त हो । तर घोषणापत्रमा एकथरी कुरा राख्ने अनि व्यवहारमा अर्को गर्नु राजनीतिक दलको जनताप्रतिको घात हो । आज नेकपाको सरकारले आफ्नो घोषणापत्रअनुसार काम नगरेर नेपाली जनताप्रति विश्वासघात गरिरहेको छ ।

मलेसियालगायत विभिन्न देशमा श्रम बेच्न जाने नेपाली युवा स्वदेश फर्केर आफ्नै माटोमा सिंचाइ गर्न पसिना बगाउने परिस्थिति बन्दैन, तबसम्म देशको विकास र समृद्धिको नारा जनतालाई झुक्याउने काइदामात्र हुनेछ । नेपाली युवा जनशक्ति नेपालमै बसेर काम गर्ने उपयुक्त वातावरण नबन्दासम्म देशको क्षितिजमा उज्यालो झुल्कने कल्पना गर्न सकिन्न । मलेसियासँग सोमबार भएको श्रम सम्झौताबाट यो सरकार नेपाली जनताको सरकार होइन भन्ने कुरालाई अझ प्रस्ट बनाउने एउटा आधार बनेको छ ।


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS To F-1 COS
#MAGA#FAFO is delicious
Nepal Likely to Get 60-Day TPS Notice
TPS Sakiyo Tara Case is in Court.
मुद्दा हाल्छन होला र ?
NEPAL TPS IS GONE
TPS cancel bho bhane k garne?
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
A legit Non-Profit organization "United For TPS Nepal "
कोर्टमा जाँदा आइसले समात्ला भन्ने डर छ भने यस्तो गर्नुहोला
Bill to Protect TPS and DED Recipients
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters