← Back to Kurakani

लोडसेडिङ्ग मात्र अन्त्य होस्

Original Post

मङ्गलबार राजधानीमा विद्युत्बाट चल्ने बसको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अबको तीन वर्षमा चुलोचुलोमा बिजुलीको तार हुने बताए । अघिल्लो पटक प्रधानमन्त्री हुँदा उनले काँधमा सिलिण्डर बोक्ने युगको अन्त्य गरेर चुलो चुलोमा पाइपबाट ग्यास पु¥याउने बताएका थिए । तर उनको सरकारले त्यो योजना अगाडि बढाउन कतै सिन्कोसम्म भाँचेन । बरु ग्यासको अभाव चुलियो । त्यसैले ग्यासको पाइपलाइन ओली र उनको पार्टीका लागि एउटा व्यङ्ग्य बन्यो । उनको सरकार ढलेर प्रचण्ड नेतृत्वको सरकारले उच्च मूल्यमा नै भए पनि भारतसित ग्यास र बिजुली खरिद गरेर अभाव अन्त्य ग¥यो र लोडसेडिङ्ग हटाउने पहल ग¥यो । स्मरणरहोस्, अहिले पनि काठमाडौं उपत्यकालगायत केही सहरमा मात्र लोडसेडिङ्ग अन्त्य भएको छ, धेरै जिल्लामा देनिक ४ देखि ८ घण्टा लोडसेडिङ्ग कायमै छ । नेपाली जनता भनेका काठमाडौं उपत्यका र सहरमा बसोबास गर्नेमात्र होइनन् । यतिखेर नेपालका झण्डै ८० प्रतिशत जनताले एलपी ग्यास बालेर खाना पकाउँछन् । त्यति नै प्रतिशतले सीएफएल र लेड चिम प्रयोग गर्छन् । परिणामतः बिजुलीको खपत घटेको छ र लोडसेडिङ्ग गर्न नपर्ने अवस्था छ । हो, यो एक–दुई वर्षमा सय–डेढसय मेगावाट बिजुली उत्पादन पनि बढेको छ तर त्यो पर्याप्त होइन । सबै नेपालीले घर–घरमा हिटर, राइसकुकुर र इण्डक्सन चुलो बाल्न थाल्ने हो भने सम्भवतः सबैतिरका ट्रान्सफर्मर बल्न र पड्कन थाल्नेछन् । फेरि लोडसेडिङ्गको अन्धकार युग सुरु हुनेछ । प्रधानमन्त्री ओलीले बोलेजस्तै पर्याप्त जलविद्युत् उत्पादन गर्नमा सक्रियता देखाए त्यो असम्भव भने छैन । जुन घरमा विद्युतीकरण भएको छ, त्यो घरको चुलोमा बिजुलीको तार पनि पुगेकै हुन्छ । तारमात्र पुगेर भएन नियमित, भोल्टेजमा निरन्तर विद्युत् प्रवाह पनि भइरहनुप¥यो । धेरै ठूल–ठूला कुरा गर्नुभन्दा नेपालमै उत्पादित विद्युत्बाट लोडसेडिङ्गमात्र पनि अन्त्य हुने अवस्था बनाऔं । महँगोमा भारतसित विद्युत् किनिरहनुपर्ने अवस्था अन्त्य गरौं । विद्युतीय साधानमा वा ग्यासमा वा गुइँथामै खाना पकाउने भन्ने छनोट उपभोक्तालाई नै छोडौं ।

huippa
Oct 25, 2018 12:11 PM · 13,711 views
Replies
No replies yet.
Login to join the conversation.

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant