[Show all top banners]

ktmpost

More by ktmpost
What people are reading
Subscribers
[Total Subscribers 0]
:: Subscribe
Back to: Kurakani General Discussion Refresh page to view new replies
 ओली शनिबार अमेरिका उड्दै : ट्रम्पसँग दुई मिनेट संक्षिप्त कुराकानी गर्न पाउने
[VIEWED 2002 TIMES]
SAVE! for ease of future access.
Posted on 09-21-18 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

काठमाडौं : प्रधानमन्त्री केपी ओली १३ दिने विदेश यात्राका लागि शनिबार अमेरिकातर्फ प्रस्थान गर्दैछन्। उनी राष्ट्रसंघीय महासभामा भाग लिन त्यसतर्फ जान लागेका हुन्।

annapurna post

संयुक्त राष्ट्रसंघको ७३औं महासभामा सहभागी भएपछि उनी त्यहाँबाट मध्य अमेरिकी मुलुक कोष्टारिक जाने छन्।

संयुक्त राष्ट्रसंघको महासभा मंगलबारबाट सुरु भए पनि उच्चस्तरीय छलफल भने मंगलबारबाट हुँदै छ। प्रधानमन्त्री ओलीले महासभामा बिहीबार सम्बोधन गर्ने कार्यक्रम छ।

सम्बोधन गर्नुअघि उनले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरससँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ। ‘राष्ट्रसंघलाई सबै नागरिकका लागि सापेक्ष बनाऔंः शान्त, समान र दिगो समाजका लागि विश्व नेतृत्व र जिम्मेवारी बाँडफाँट’ मुख्य विषय रहेको सम्मेलनमा उनले नेपालको पछिल्लो राजनीतिक अवस्थासहित सरकारले गर्दै आएका कार्य र अन्तर्राष्ट्रिय प्रतिवद्धताबारेमा प्रकाश पार्नेछन्।

उनले ‘नेल्सन मण्डेला शान्ति शिखर सम्मेलन’लाई सम्बोधन गर्ने कार्यक्रम छ। मण्डेलाको सम्मानमा जन्म शताब्दी मनाउन राष्ट्रसंघले यस्तो कार्यक्रम आयोजना गर्न लागेको हो। उनी सोही दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयोजना गर्ने रात्रिभोजमा सरिक हुने छन्। 

ओली ट्रम्पसँग एकदेखि दुई मिनेट संक्षिप्त कुराकानी गर्न पाउने छन्। राष्ट्रसंघ महासभामा सहभागी हुन आउने प्रतिनिधिमण्डल प्रमुखका दम्पतीका लागि उक्त सम्मान समारोह अमेरिकी राष्ट्रपतिले आयोजना गर्ने प्रचलन छ। ट्रम्पले दिएको उक्त पार्टीमा अघिल्लो वर्ष न्युयोर्कस्थित नेपाली नियोगले राम्रो समन्वय गर्न नसक्दा उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा होटेलको गेटबाटै फर्कनु परेको थियो। ट्रम्पको सम्मान समारोहको भोलिपल्ट ओली उच्चस्तरीय सम्बोधनमा सहभागी हुनेछन्। सम्बोधनपछि ओली नेपाली समुदायसँगको भेटघाटसहित साइडलाइन भेटमा सक्रिय बन्नेछन्। बिहीबार सम्बोधन गरेपछि ओली शुक्रबार कोस्टारिका जाने कार्यक्रम छ।

ओलीको सम्बोधनकै दिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सार्क विदेशमन्त्रीसँग अनौपचारिक बैठक गर्नेछन्। सार्क महासचिव अम्जद हुसेन बी सियाल प्रधानमन्त्री ओलीसँगै बसेर यात्रा गर्न लागेका छन्। उनले बाटोमा सार्कका विषयमा प्रधानमन्त्री ओलीसँग छलफल गर्नकै लागि त्यस्तो प्रबन्ध गरेको सार्क सचिवालय स्रोतले बतायो।

प्रधानमन्त्री ओलीले मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदसँग भेट्न चाहेपनि टुंगो लागेको छैन। प्रधानमन्त्रीले स्विजरल्यान्डका राष्ट्रपति एलिन ब्रिसेट र कम्बोडियाका प्रधानमन्त्री समेच उर्फ मोह सेना पाडी तेच हान सेनसँग भेट गर्नेछन्। उनले कोस्टारिकाका राष्ट्रपति कार्लोस आलभाद्रोसँग दुईपक्षीय वार्ता गर्ने कार्यक्रम तय भएको छ। उनले कोस्टारिकास्थित राष्ट्रसंघीय शान्ति विश्वविद्यालयमा सम्बोधन गर्नेछन्। प्रधानमन्त्रीको भ्रमण दलमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्रमन्त्री ज्ञवाली, परराष्ट्र सचिव, परराष्ट्रका सहसचिव, झापाका मेयर, सुरक्षा गार्ड, चिकित्सक, सरकारी सञ्चारकर्मी, सहयोगीसहित २१ सदस्यी टोली रहनेछ। 

ओली शनिबार अमेरिका उड्दै : ट्रम्पसँग पनि कुराकानी हुनेhttp://annapurnapost.com/news/108798


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
TRUMP 2016!!! Here is why?
How long does it take to get I485 approved?
TPS Timeline
What are your first memories of when Nepal Television Began?
Love lost....जब तिमी मेरो रहेनौ
H-1B 2018/2019: कसैको approval notice आयो?
Cryptocoin Mania bitcoin ether
How to differentiate a PAKHE from a SHAHARIA
TPS TO BE EXTENDED UNTIL DECEMBER 24, 2019
👭 👭 👭 👭 देसी भाभी 👭 👭 👭 👭
BITCOIN and other Cryptocurrencies
TPS to GC (PERM-I140-I485) TimeLine
कोमल ओलि र धिरेन्द्र बिचको अफेयर
मेरो बागडोलमा रहेको घर मा छोरी को नाता ले पूर्वराष्ट्रपति लाइ स्वागत छ
consultancy le sue garne dhamki diyechha
यो मोमो को रेसिपी कोहि सित होला ?
Say No to HR392- The Bill that can make Employment based green card impossible for ROW countries
पिन्कुको नया काले हस्पि नाक चुचेय भाते भतुवा
GC question
lau maryo Gotra eutai paryo. K garne hola?
sarai chada vaye keti haru
अर्चना पनेरुले बिहे पश्चात एस्तो अस्लिल भिडियो सार्वजनिक गरे
राई कान्छा र धोति
मुजी चोर धोतिहरु
Nidda Devkota?
How to differentiate a PAKHE from a SHAHARIA
Finally tps extended (18 months) ( full statement)
TRUMP 2016!!! Here is why?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters