[Show all top banners]

Ban Dana

More by Ban Dana
What people are reading
Subscribers
:: Subscribe
Back to: Current Affairs Refresh page to view new replies
 Binod Chaudhary "Atmakatha" an autobiography by Binod Chaudhary
[VIEWED 2610 TIMES]
SAVE! for ease of future access.
Posted on 08-17-18 12:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

एसएलसीमा बोर्ड पाँचौ भएका विनोद चौधरीले पारिवारिक कपडा व्यापारको घेराबाट बढेर डिस्को खोले । एल्बम निकाले । फिल्म बनाए । वाइवाइ उत्पादन थाले । उनको चौधरी ग्रुप अहिले बैँक, बिमा, फाइनाँस र हाउजिङदेखि सफ्ट डिङ्क, बियर, चुरोट, खाद्यवस्तु र इलेक्ट्रोनिक सामग्री उत्पादनसम्म फैलिएको छ । उनले निजी क्षेत्रको पहिलो औद्योगिक पार्क “ गंगादेवी चौधरी उद्योग ग्राम” स्थापना गरेका छन् ।

चौधरीले विदेशीसँगको साझेदारीमा दक्षिण तथा दक्षिणपूर्वी एसिया र मध्यपूर्वी होटल, रियलस्टेट र उत्पादनमुलक क्षेत्रमा लगानी गरेका छन् । भारतको ताज ग्रुप र थाइल्यान्डको इनभिजनसँग संयुक्त लगानी गरेको छन् । शाही परिवार, प्रधानमन्त्री तथा नेताहरुदेखि प्रभावशाली विदेशी व्यावसायिकहरुसम्मको उनको नालीबेली सम्बन्ध चाखलाग्दो छ । यो आत्मकथा विनोद चौधरी सँगसँगै नेपालको अग्रणी व्यापारिक घराना चौधरी ग्रुपको आरोह-अवरोहको गाथा हो ।


'विनोद, मैले एपोलो स्टिलको सेयर गोल्छालाई दिने निर्णय गरेँ ।’
'सरकार, यस्तो कसरी गर्न सकिबक्सिन्छ ?’
'किन सक्दिनँ ?’ अधिराजकुमारी प्रेक्षाले हकार्नुभयो ।
'यो उद्योगमा मेरो ५१ प्रतिशत सेयर छ, धीरेन्द्र सरकारले देखाइबक्सेको सदासयका कारण ४८ प्रतिशत सेयर दिएको हुँ मौसुफ कसरी एकैचोटि जसलाई पायो त्यसलाई सामेल गराउन सकिबक्सिन्छ ?’
'हृवाट !’ उहाँले झोक्किँदै भन्नुभयो, 'सो यु आर गोइङ टु डिसओबे माई अर्डर ?’
'म चाहेर पनि मौसुफको आदेश पालना गर्न सक्दिनँ सरकार ।’
'हृवाट डु यु मिन ?’
'मैले यो उद्योग चलाउन बैँकबाट ऋण लिएको छु । बैँकले मेरै नाममा ऋण दिएको छ ।’
'सो हृवाट !’ उहाले अनुहार रातो पार्नुभयो ।
बुवा तर्सिनुभएछ । हात समातेर मलाई रोक्न खोज्नुभयो । म रोकिइनँ 
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What stocks to buy -- Any recommendation
महानियिका प्रियंका कार्कीजीलाइ खुल्ला पत्र !
❤️ सम्मर लभ ❤️
A New Start
I m offered a Job in Bank in Nepal, should i go back ?
हाकिमनी संग- आज सुक्रबार -३
मेरो बारे मा दोस्रो अप्डेट्
The Facebook Surprise
जोइटीन्ग्रे aka अमेरिकन नागरिक
आयाहूआस्का
यसरी मेरो कुमारत्व गुमेको थियो
तोर्पे लाई मडर्न बनाउने केही उपाय हरु
मेरो जिन्दगी Java र बाबा मा अड्कियो
मैले पीउन के छाडे थे जिउनै बिर्सेछु
Stock ley dherai lai dubayo
कोविद र गोविंद
Nepali girls recipe for fancy Korean ramen noodle hack 🍜
म सम्बन्धी केहि अपडेट
नेपाल गएर गर्ने के?
TPS FEDERAL NOTICE
महानियिका प्रियंका कार्कीजीलाइ खुल्ला पत्र !
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters