[Show all top banners]

huippa
Replies to this thread:

More by huippa
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 मन्त्री ईश्वरको रुप होइन
[VIEWED 12708 TIMES]
SAVE! for ease of future access.
Posted on 08-10-18 10:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले हरेक शुक्रबार एक घण्टा हटलाइन टेलिफोनमार्फत प्रत्यक्ष रुपमा जनतासँग समस्या बुझ्ने कार्यक्रम चलाइरहेका छन् । हटलाइनमा फोन गर्ने जनताले आफ्नो गाउँमा विद्युत्को लठ्ठा नपुगेकोदेखि सिंचाइको कुलो भत्केकोसम्मका गुनासा मन्त्रीसमक्ष पोख्ने गर्छन् । मन्त्रीले ती गुनासा सुन्दै सिधै सम्बन्धित हाकिमलाई फोन गर्दै समाधानको लागि निर्देशन दिने गर्छन् । यसरी फोन गर्ने व्यक्तिमा वडाध्यक्षसमेत छन् । सर्वसाधारण जनताको लागि सिंहदरबारको पर्खाल अग्लो भएको हाम्रो देशमा मन्त्रीसँग प्रत्यक्ष गुनासा पोख्न पाउनुलाई सकारात्मक रुपमा बुझ्ने मानिसको कमी नहोला । तर स्थानीय तहको सरकारले गर्नुपर्ने काम समेत मन्त्रीलाई भन्नुपर्ने र अनि मात्र पूरा हुने अवस्थाले संविधानको सङ्घीयता र विकेन्द्रीकरण बुँख्याचामा सीमित रहेको सङ्केत गर्दछ ।
सङ्घीयताको मूल मर्म भनेको स्थानीय आवश्यकतालाई स्थानीय परिस्थितिअनुसार पूरा गर्नु हो । हिजो सिंहदरबारभित्र कैद स्रोतसाधन स्थानीय तहमा परिचालन गरी देशको विकास गतिवान बनाउनु नै संविधानको मूल भावना हो । सबै स्रोतसाधन सिंहदरबारभित्र बन्धक बनाएर संविधान कार्यान्वयन गर्ने भाषण गर्नु जनताको आँखामा छारो हाल्नु हो ।
गाउँमा बिजुलीको खम्बा ठड्याउनेदेखि कुलो मर्मत गर्नेसम्मका काम फेरि पनि मन्त्रीकै निर्देशनमा मात्र हुने अवस्था रहनु संविधानको मूल मर्मविपरीत हो । उर्जामन्त्रीले सस्तो लोकप्रियताको लोभमा आज स्थानीय तहलाई संविधानले जिम्मा लगाएका काममा हस्तक्षेप गर्नुले देश फेरि संवैधानिक र राजनीतिक सङ्कटमा फस्न सक्छ । यस्ता कामले उर्जामन्त्री पुनको लोकप्रिय बन्ने व्यक्तिगत मनोकांक्षा त पूरा होला, तर संविधानले तोकेको क्षेत्राधिकार नाघेर स्थानीय विकास निर्माणमा समेत आफ्नो हात फैलाउनु पञ्चायती मानसिकता र सामन्ती सोचको उपज हो ।
विकास ईश्वरको बरदानजस्तै माथिबाट तल प्रवाहित हुने बन्दोबस्तको विरोधमा नेपाली जनताले गरेको सङ्घर्षको धज्जी उडाउँदै उर्जामन्त्री पुनले आफै विकासको भाग्यविधाता बन्न खोजेको हटलाइनमा उनको हाउभाउबाट बुझ्न गा¥हो छैन ।
मन्त्रीले आफू ‘हिरो’ बन्नेतिर भन्दा संविधानको मूलमर्म अनुसार स्थानीय तहलाई नै अधिकारसम्पन्न बनाई जनतालाई अधिकार प्रयोगको बाटो खुला गरिदिन जरुरी छ । मन्त्री र सिंहदरबारमा बस्ने मानिस ईश्वर हुने र अरु सबै प्रजा वा भक्त हुने बन्दोबस्तलाई मन्त्रीले प्रश्रय दिनु गलत हो । गाउँमा बिजुलीका खम्बा गाड्ने, कुलोको बन्दोबस्त गर्नेजस्ता स्थानीय जनसहभागिता हुनुपर्ने काममा स्थानीय तहलाई नै अधिकारसम्पन्न र जिम्मेवार बनाएर जानुपर्दछ । सिंहदरबारले लोभी नजर लगाउनु उचित होइन ।
उर्जामन्त्रीले जनताको भावना र समस्या बुझ्ने प्रयासको नाममा संविधानको भावनालाई लत्याउने र स्थानीय तह तथा प्रादेशिक राज्यलाई पङ्गु बनाउने काम बन्द गर्नुुपर्दछ । सस्तो लोकप्रियताको भोकबाट मन्त्री मुक्त हुनुपर्दछ ।
 
Posted on 08-11-18 1:25 PM     [Snapshot: 76]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

मंत्री (मन्त्रि) = मिनिस्टर (Minister)= सेवक

Original meaning of minister = attend to the needs of (someone).

( Not to be ministered unto, but to minister )


Last edited: 11-Aug-18 01:26 PM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
ChatSansar.com Naya Nepal Chat
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Supporting issues on principle instead of blind brainwashed support
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
त्रुम्प्ले आफैले आफुलाई क्षमादान गर्ने भो, It may be the first and last Self-Pardon.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
Cricketer Sandeep Lamichhane singing & playing guitar
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नेपाली वालमार्ट चोर
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Love trumps Hate
The delusion created by mainstream media is creating fake reality for biden supporters
Why Oli must go for the UML to survive?
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
Funny when Nepalis talk about Epstein and injustice
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters