[Show all top banners]

huippa

More by huippa
What people are reading
Subscribers
:: Subscribe
Back to: Travel Refresh page to view new replies
 गाथामोग वा घण्टाकर्ण पर्वबारे एक खोजबिन
[VIEWED 2950 TIMES]
SAVE! for ease of future access.
Posted on 08-08-18 10:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


काठमाडांै उपत्यकालगायत नेवार बस्तीहरूमा वर्षभरिजसो विभिन्न जात्रा, चाडपर्व, पूजाआजाहरू देख्न सकिन्छ । प्रत्येक १५ दिनजसो अन्तरमा यहाँ गाथामोग च¥हे, नाग पञ्चमी, चोथा, यन्याँ पुन्हि, विजया दशमी, तिहार, सकिमना पुन्हि, योमरी पुन्हि, फागु पुन्हि, शिवरात्री, पसाचरे, बिस्केट जात्रा, आमाको मुख हेर्ने, बुबाको मुख हेर्ने, सिथीजस्ता असङ्ख्य जात्रा चाडपर्वहरू मनाइएको हुन्छ । त्यसमध्ये जेष्ठ शुक्ल षष्ठीको दिन मनाइने सिथी वर्षको अन्तिम चाड हो भने साउन कृष्ण चतुर्दशीको दिन मनाइने घण्टाकर्ण पर्व अर्थात् गाथामोग च¥हे वर्षको पहिलो चाड मानिन्छ । यस दिन नेवार टोल बस्तीहरूमा पराल, छ्वाली र नर्कटले बनाएको बडेमाको जिउ भएको गाथामोग बनाई प्रदर्शन गर्ने र साँझ नगरभन्दा बाहिर दोबाटो चौबाटोमा लगी जलाउने परम्परा छ । काठमाडांै, भक्तपुर, ललितपुरलगायत तत्कालीन नेपालमण्डलका प्रायः साना ठूला बस्तीहरूमा आ–आफ्नै तरिकाले यो पर्व मनाउँछ ।

वर्तमान समाजलाई मध्यनजर गर्ने हो भने घण्टाकर्ण एक क्रान्तिकारीपात्र हो, जो रुढीवादी समाजलाई परिवर्तन गर्न चाहन्छ । भाग्यलाई भन्दा कर्ममा विश्वास गर्ने परिश्रमी व्यक्ति हो । अनि धर्मको नाममा हुने शोषण अन्यायदेखि समाजमा ब्याप्त विकृति विसङ्गतिहरू निमूर्ल पार्न चाहने एक सच्चा पहरेदार हो । धार्मिक रङ्ग दिएर देवदेवीको वकालत गर्नुभन्दा शोषित पीडितको पक्षमा लाग्ने पात्र हो घण्टाकर्ण ।

गाथामोगको स्वरुप
गाथामोग बनाउन स्थानीयले छ्वाली परालको साथै नर्कटको बढी उपयोग गर्छन् । नर्कटको मुठोलाई राम्ररी बाँधी त्यसको बाहिर छ्वालीले छोपी जीउ, हात, खुट्टाको आकार दिइन्छ । जसको माथि एउटा ठूलो हाँडी घोप्टाइन्छ । कतै कतै हाँडीमै आँखा, कान, मुख आदि लेखी घण्टाकर्णको रुप दिइन्छ भने कतै कतै नाङ्लोमा लेखिन्छ । टोल–टोलमा बनाइने गाथामोग एक अर्काको भन्दा आकर्षक बनाउने प्रयास टोलवासीमा हुन्छ । यसबाट उनीहरूको कलाकारिता झल्किन्छ । नेपालमण्डलका प्रायः बस्तीहरूमा आफ्नै शैलीका गाथामोग बनाउने चलन छ । यसमा भक्तपुरको टोलबस्तीमा बनाउने गाथामोगहरूको चर्चा नगरी सुखै छैन । भक्तपुर एकताका लामो समयसम्म नेपालमण्डलको राजधानी नगरमा अन्य चाड पर्वझंै गाथामोग पर्व पनि एक हो । यहाँ मल्लकालीन २४ टोलहरू रहे पनि प्रत्ेयक टोलबाट एउटैमात्र गाथामोग बनाएको छैन, एउटै टोलभित्र पनि धेरै गाथामोग देख्न सकिन्छ ।
भक्तपुरको सूर्यमढीदेखि भार्वाचोसम्म ठाउँ–ठाउँमा घण्टाकर्ण अथवा गाथामोग बनाई जात्रा गरी दहन गर्ने परम्परा छ । भक्तपुर नगरको त्वचा, दबुचा, जेलाँ, मक्व, तचपाल, सकोलान, गछें, नगांचा, वाचुत्व, गोल्मढी याता, चासुख्यः टिबुक्छें, तुलाछें, ब्यासी, चिधं ब्यासी, यालाछें, भोलाछें, थालाछें, महालक्ष्मी स्थान, बोलाछेँ, तालाक्व, मुलाखु, वंशगोपाल, भार्वाचो, इटाछें, टौमढी लयको गःहिटी, चोर्चालगायतका इलाकाहरूबाट घण्टाकर्ण बनाई पर्व मनाइन्छ । आ–आफ्नो लागाको गाथामोग आ–आफ्नै इलाकामा दहन गर्ने परम्परा छ । उदाहरणको निम्ति, नगरको पूर्वी भेगको तौलाछेँ टोलको वरपर ब्रह्मायणी डबली, त्वचा दोबाटोमा छुट्टाछुट्टै बनाउने गाथामोगहरू नगरको पूर्वी इलाकातिर लगी दहन गरिन्छ । नगरभन्दा पूर्वी भेगमा ब्रह्मायणी डवलीको गाथामोग पहिले पहिले झण्डै नपरे डाँडासम्म लगेर दहन गर्ने चलन थियो । जेंला टोलको गाथामोग बाटो नभएको भन्दै जतापायो उतैबाट लिवालिवी हुँदै इथुली डाँडामा जलाउने चलन छ । नगरको पूर्वी भेगको क्वाठण्डौं, मूलढोका, नगांचानेरका गाथामोग पनि नगरको पूर्वी भेग लांचापलिनेर दहन गरिन्छ । यता नगरको दक्षिण पूर्वी भेगको इनाचो, गोल्मढी याता, चासुखेल, टिबुक्छेजस्ता ठाउँका गाथामोगहरू नगरभन्दा दक्षिणतिर नै लगी दहन गरिन्छ । जस्तै गोल्मढीको गाथामोग वासिकचानेर, याताको जगातीनेर, चासुखेलको पनि जगातीनेर जलाउने गरिन्छ । यता नगरको दक्षिण भेगको गःहिटी लयको आदि ठाउँको गाथामोग खापीनेर दहन गरिन्छ । बोलाछँेको पाने डाँडामा, तालाक्वको भुलाँचामा दहन गरिन्छ । थुचोको दोकाफल्चा, मुलाखुको पाण्डो, देगमनाको च्वङा गणेशस्थान, दुमलाचाको सल्लाघारी तँच्वये, वंशगोपालको च्वङपाखे चारदोबाटोमा दहन गरिन्छ । यता इटाछें, तापालाछी, खौमाका गाथामोगहरू नगरको उत्तरपश्चिम दिशामा लगी दहन गर्छ । सानो ब्यासीको गाथामोग हाकुफोहिटीनेर दहन गरिन्छ । यता ठूलो ब्यासीको नारायण मन्दिर र भगवान द्यनेर दुइटा गाथामोगहरू झौखेलनेर दहन गरिन्छ । चोछेँ छुम्ह गणेशनेर र चोछे चौबाटोनेर गरी दुइटा गाथामोग बनाइन्छ । जुन झौखेलनेर लगी जलाइन्छ । भोलाछे महालक्ष्मीस्थान, तुछिमलानेरका गाथामोगहरू मिली बौकोयनेर दहन गरिन्छ । यसरी नगरको चारैतिर बनेका गाथामोगहरू चारै दिशामा जलाएको पाइन्छ । तचपालमा बनाइने पाँचवटा गाथामोगहरूको यहाँ अपवादको रुपमा लिन सकिन्छ । भीमसेनको डवली, बालकुमारी, नास द्य, सकोलान, मचो भैरव गरी पाँच ठाउँका गाथामोगहरूमा चारवटा सला गणेशनेर र एउटा दत्तात्रय मन्दिरनेर जलाइन्छ । यो प्रथाले गाथामोगको चलन कति पुरानो छ भन्ने पनि जान्न सकिन्छ । कुनै समय यो ठाउँमा राजकूल (लायकु) रहेको बुझिन आउँछ । इनाचोको स्वंगल्वहँभन्दा माथिको भागलाई इतिहासले वान्दिमग्वल भनी किटान गरेको पाइन्छ । यस वान्दिमग्वलको लायकु वानेलाय नामले प्रख्यात छ । लायकुमा बस्ने राजा र उनका परिवारको लागि देखाउने उद्देश्यले तचपाल वरपरबाट ल्याएका पाँचवटा गाथामोगहरू दरबार नजिक दहन गरेकोलाई महत्वका साथ लिइनुपर्छ । यसबाट यो चलन अति पुरानो हो भन्ने स्पष्ट हुन्छ । यो चलन अहिलेसम्म चल्दै आएको छ । यसैबीच भतmपुरको सबै टोल बस्तीहरूमा गाथामोगलाई बोकेर नै जात्रा गरी लग्ने चलन छ । तर भतmपुर याछें टोल र थुचो बस्तीबाट गाथामोगलाई बाँधेर घिसार्दै लैजाने चलन छ । यो मूलतः काठमाडौंतिरको चलन हो । याछें टोलको गाथामोग घिसार्दै इनाचो झरतिलामा जलाइन्छ भने थुचोको गाथामोग पनि घिसार्दै दोकाफल्चा पाण्डोमा जलाइन्छ । सानो व्यासीमा युगल गाथामोग एकआपसमा नाच्दै जलाउन लगिन्छ ।


गाथामोग वा घण्टाकर्णलाई कसरी चिन्ने ?
यहाँ घण्टाकर्णलाई नास्तिकको रुपमा चित्रण गर्ने क्रममा देवताको नाम सुन्नुपर्ला भनी कानमा घण्टा झुण्ड्याएको हुँदा उनको नाम नै घण्टाकर्ण भएको किंवदन्ती छ । घण्टाकर्ण सुनलाई भन्दा फलामलाई महत्व दिने अर्थात् भाग्यमा भन्दा कर्ममा विश्वास गर्ने पात्र मानिन्छ । घण्टा कर्णलाई समाजलाई दुःख दिने पात्रको रुपमा राक्षस वा नास्तिकको संज्ञा दिइएको पाइन्छ ।
बडेमाको आकृतिमा सजाउने घण्टाकर्ण को हुन् भन्ने कुरा राम्ररी अध्ययनबिना राक्षस वा नास्तिकको संज्ञा दिन मिल्छ कि मिल्दैन ? गाथा शब्दले नवदुर्गा गणका कलाकार बनमाला जातिलाई बुझाउने हुँदा त्यसतर्फ हाम्रो ध्यान जानु आवश्यक छ ।
भलभल अष्टमीको दिन नवदुर्गाको विश्राम लिइसकेपछि सर्वप्रथम यही घण्टाकर्ण चतुर्दशीको दिन महादेवको उत्पति हुने कुरालाई सबैभन्दा बलियो आधार मान्न सकिन्छ । गाथा जातिबाट महादेव स्थापना गर्ने नै गाथामोग हो भन्ने आजसम्म भेटिएको बलियो प्रमाणको आधारमा गाथामोग अर्थात् घण्टाकर्ण राक्षस वा नास्तिक नभई महादेव भएको पुष्टि हुन्छ । यहाँ सङ्क्रान्ति, औसीं, पूर्णिमा, एकादशीझंै महत्वपूर्ण चतुर्दशी तिथिको सम्बन्ध महादेवसँग भएको कतैबाट छिपेको छैन । हाम्रो संस्कृतिमा चैत्रकृष्ण चतुर्दशी पिचाश चतुर्दशी हो जसका अधिपति पिचाश महादेवकै गण हो । फागुण कृष्ण चतुर्दशी शिवरात्री त भगवान महादेवकै पुजा आराधना गर्ने उत्तम दिन हो । यता मार्ग कृष्ण चतुर्दशी बाला चतुर्दशीबाट चिनिन्छ । जसका प्रमुख नायक बालासुर महादेवकै एक रुप हो । यसैक्रममा साउन कृष्ण चतुर्दशीका नायक गाथामोग वा घण्टाकर्ण पनि महादेवकै रुप भएकोमा दुईमत छैन ।
घण्टाकर्णको जिउमा राखिएको यौन अङ्गले उनी उन्मत्त भैरवको अर्काे रुप भएको दर्शाउँछ । दोबाटो चौबाटोमा ठड्याएर साँझपख सेलाउने क्रममा काठमाडौंतिर एकजना दलितबाट ‘हाय अजाजु रे’ भनी दागबत्ती दिन लगाउने चलन छ । भक्तपुरतिर उक्त दिन एक आपसमा जिस्क्याएर बाजे (अजाजु) को मृत्यु भएको व्यङ्ग्य गर्ने चलन छ । यहाँ बोलिने अजाजु अरु नभई भैरवतर्फ लक्षित छ । यहाँ रैथाने नेवारहरूले भैरवलाई आप्mनो पुर्खा मान्ने क्रममा अजाजु भन्ने चलन छ । यसबाट नेवारहरूले गाथामोगलाई त्रिपद (सत्य, रज, तामस) भन्दा माथिको सम्बर भैरव मानेका छन् । यहाँ भैरव भन्नु पनि महादेव हो । यस हिसाबले पनि घण्टाकर्ण राक्षस नभई महादेव भएको पुष्टि हुन्छ ।
बरु महादेवका विभिन्न रुपहरूमध्ये आदिम पुरुषको रुपमा भद्दा शरीर भएका घण्टाकर्णको स्थान पाएको र उनका विभिन्न क्रियाकलापहरू हाम्रो समाजको लागि उपयुक्त नभएको सन्दर्भमा उनलाई यहाँ राक्षस वा नास्तिकको संज्ञा दिएको देखिन्छ ।
वर्तमान समाजलाई मध्यनजर गर्ने हो भने घण्टाकर्ण एक क्रान्तिकारीपात्र हो, जो रुढीवादी समाजलाई परिवर्तन गर्न चाहन्छ । भाग्यलाई भन्दा कर्ममा विश्वास गर्ने परिश्रमी व्यक्ति हो । अनि धर्मको नाममा हुने शोषण अन्यायदेखि समाजमा ब्याप्त विकृति विसङ्गतिहरू निमूर्ल पार्न चाहने एक सच्चा पहरेदार हो । धार्मिक रङ्ग दिएर देवदेवीको वकालत गर्नुभन्दा शोषित पीडितको पक्षमा लाग्ने पात्र हो घण्टाकर्ण ।

गाथामोगको ऐतिहासिक पक्ष
नेवार समाजको वर्षको पहिलो चाडको रुपमा लिने गाथामोग पर्व अन्य चाडपर्वझै प्राचीनकालदेखि चल्दै आएको एक महत्वपूर्ण पर्व हो । अहिलेसम्म भेटिएका प्रमाणहरूमा सबैभन्दा पुरानो प्रमाण गोपाल राजवंशावली हो । त्यसको पत्र सङ्ख्या ६१ मा उल्लेख भएको गण्ठकर्ण चवदशले घण्टाकर्ण चतुर्दशी भन्न खोजेको पुष्टी हुन्छ । यसबाट गाथामोगको अर्को नाम घण्टाकर्ण पनि हो भन्ने देखिन्छ । यहाँ गण्ठकर्ण चवदश कोहनु म्वण्ड चिन्ने भन्ने वाक्यांश छ । इतिहासमा देखिएको म्वण्डे र मण्डे आकाश पातालझैं फरक विषयवस्तु हो । भतmपुरको तलमण्डे, गलमण्डे ठाउँ विशेष आएको शब्द हो । तर गोपाल राजवशावलीमा परेको म्वण्डेलाई पनि मण्डे सँगै जोडिएर व्याख्या गर्दा अर्थको अनर्थ भएको छ । वास्तवमा यहाँ आएको म्वण्डेले त टाउको भन्ने सङ्केत गर्छ । गाथामोग चतुर्दशीको दिन टाउको बनाउने भन्ने वाक्य छ । यहाँ नेवार ब्राम्हण राजोपाध्यायहरूको वर्षको एकपटक झले बोयये भन्ने प्रक्रिया हुन्थ्यो । जसलाई झ्यालिचां ब्वयेगु पनि भनिन्छ । विवाहिता वरवधुलाई लक्ष्य गरी प्रदर्शन हुने झले ब्वयेको लागि पुतलीको टाउको बनाउने काम गाथामोग पर्वको दिन हुन्थ्यो । यही कुरा गोपाल राजवंशावलीमा परेको हो । यो घटना ने.स. ५०९–५१० तिरको हो । जयस्थिति मल्लको समयमा लेखिएको गोपाल राजवंशावलीमा घण्टाकर्णबारे उल्लेख भएबाट काठमाडांै उपत्यकालगायतका नेपालमण्डलमा सो समत्न्दा अगावै घण्टाकर्ण पर्व मनाएको पुष्टि हुन्छ । त्यस्तै ने.स. ६९१ मा लेखिएको ‘हितोपदेश’ नामक ग्रन्थमा समेत यो पर्वलाई घण्टाकर्ण चवदश नै उल्लेख गरेको भेटिन्छ । यता ने.स. ७९२ मा भक्तपुरका राजा जगतप्रकाश मल्लको एउटा नेपालभाषाको गीतमा स्पष्टसँगै छ्वालीको घण्टासुर बनाई सेलाउने उल्लेख छ । अध्ययनकै क्रममा ने.स. ८१८ मा भक्तपुर मालती चोकमा रहेको भक्तपुरका अर्का प्रसिद्ध राजा भूपतीन्द्र मल्लले राख्न लगाएको एउटा शिलापत्र महत्वपूर्ण प्रमाण मानिन्छ । त्यस शिलापत्रमा गाथामोगल चवदश लेखिएको छ । संस्कृत भाषाबाट घण्टाकर्ण, घण्टासुर यसअघि उल्लेख गरिए तापनि सयौं वर्षदेखि यहीका रैथाने नेवारहरूले यो दिनलाई गाथामोग च¥हेबाट जानिदै आएको सन्दर्भमा यहाँ गाथामोग चवदश लिखित रुपमा आउनु अत्यन्त महत्वपूर्ण मान्न सकिन्छ ।

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
Another Song Playing In My Mind
Does the 180 day auto extension apply for TPS?
Travelling to Nepal - TPS AP- PASSPORT
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters