मलाइ यो बारेमा जानकारि जम्मा गर्न मन थियो ।
तपाइलाइ थाहा भएका नाम बताइ दिनु होला, धन्यवाद ।
(सन्धर्वको लागि भिडियो शेयर गरुं भने २-४ जना बिच्केर नानाथरि कमेन्ट गर्छन - तेसैले मेरो भिडियोको सट्टा स्क्रिप्ट मात्रै शेयर गरेको छु :)
प्रसव पिडा पनि आउट सोर्स
पश्चिमी मुलुकमा धेरै सेलिब्रेटिले सरोगेट आमालाइ प्रयोग गरेर बच्चा जन्माएका छन ।
किम कादर्शियन, जिमि फेलोन, निकोल किड्म्यान, एमि स्मार्ट, एल्टन जोन, रिकि मार्टिन यि यस्ता नाम हुन जसले सरोगेसि बाट - अर्थात गर्भाशय भाडामा लिएर - बच्चा जन्माएका हुन । तेस्तै चलन अहिले बलिउडमा पनि आएको छ ।
सनि लियोनिले सरोगेसिको माद्यमबाट जुम्ल्याहा छोराहरु जन्माएकि छिन । सनि मात्र होइन बलिउडका बादशाह मानिने तिन खान मद्धे दुइजना शहारुख खान र आमिर खानले पनि सेरोगेसिबाट बच्चा जन्माएका छन । अनि तेस्रो खान सलमान खानले बिवाह बर्ने वा बाबु हुने निर्णय नगरे पनि उनका भाइ छन नि - सोहिल खान, उनले भने सेरोगेसि बाट नै आँफ्नो दोश्रो छोरा जन्माएका थिए।
तेस्तै, बलिउडका यि दुइ पुरुष तुसार कपुर र करण जोहरलाइ भने बिवाह नै नगरि बाबु हुने पनि सौभाग्य पनि प्राप्त गरेका छन।
Last edited: 11-Jul-18 07:22 PM