[Show all top banners]

ktmpost
Replies to this thread:

More by ktmpost
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 अमेरिकाको डल्लासमा लुटेरा द्वारा एक नेपाली युवती माथि सातवटा गोली प्रहार
[VIEWED 18471 TIMES]
SAVE! for ease of future access.
Posted on 01-18-18 12:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सात वटा गोली लागेकी ज्वाला भन्छिन्– सम्झँदा अझै मुटु काँप्छ
न्यूयोर्क । दुई साता अघिको घटना सम्झँदा अझै मुटु काँप्छ ज्वाला कार्कीको । गोली लागेको शरीरको त उपचार भइरहेको छ, तर मानसिक रुपमा भने अझै विक्षिप्त छिन् । उनले कहिल्यै कल्पनासम्म नगरेको घटना अमेरिका आएपछि भोग्नुप¥यो । अमेरिकामा बेला–बेला गोली चलेर धेरैको मृत्यु भएको घटना सुनिरहेकी ज्वालाले कुनै दिन आफैं गोली लागेर मृत्युको मुखमै पुगिएला भन्ने सोचेकी पनि थिइनन् । बरु केही समयअघि मेरिल्याण्ड बस्दा एक्लो महसुस गरेर नेपालीको बस्ती भएको सुरक्षित स्थान खोज्दै २४ वर्षे कार्की टेक्ससको अर्भिङतिर बसाइँ सरिन् । तर, दशा लागेपछि कसले छेक्न सक्छ र ? टेक्ससको डलासस्थित नेपाली बस्ती, त्यसमाथि पनि आफ्नै अपार्टमेन्टभित्र उनीमाथि गोली चल्यो । सधैंझैं उनी गत अक्टोबर २९ मा कामबाट घर फर्किंदै थिइन् ।

‘दुर्भाग्य नै मान्नुपर्छ, मैले त्यस दिन अपार्टमेन्टको चाबी लिन बिर्सिएछु,’ उनले घटनाबारे सुनाउन थालिन्, ‘मेरो रुममेट आउँदै गरेकाले १० मिनेट जति पर्खनुपर्ने भयो । बाहिर चिसो थियो । लन्ड्री रुममा पर्खनुप¥यो भन्दै भित्र गएँ । सधैं कपडा धुन आउनेहरुको चहलपहल हुने लण्ड्री रुममा कोही पनि थिएन । म साथीसँग फोनमा कुरा गरिरहेको थिएँ । त्यतिबेलै एउटा १४–१५ वर्षको काले केटा आएर मेरो पर्स र  फोन माग्दै बन्दुक तेस्र्यायो र पड्काउन थालिहाल्यो ।’ उनको शरीरको दायाँ खुट्टा र हातमा गोलीले बनाएको घाउ अझै निको भइसकेको छैन । सात वटा गोलीले पेट, बायाँ कोखा, दायाँ हात र दायाँ खुट्टामा प्वाल पारेको छ । हाल उनको उपचार भइरहेको छ ।
चिकित्सकहरुले शीघ्र सुधार भइरहेको बताए पनि अझै दायाँ हात र खुट्टा चलाउन सक्दिनन् । फोक्सो र पेटमा गोली लागेकाले छातीदेखि नाइटोभन्दा तलसम्म अपरेशन गरिएको छ । घाउ र चोटको दुखाइ सहन नसक्ने छ । डिस्चार्ज भएर घरमा बसेकी कार्कीको नियमित 
ड्रेसिङ भने घरमै भइरहेको छ । पोखरा, चौठेकी कार्कीलाई यतिबेला अमेरिका पटक्कै सुरक्षित लाग्दैन । घरभित्रै बसिरहेका बेला पनि
कसैले आएर गोली हान्छ कि भन्ने मनमा त्रास भइरहन्छ । ‘सम्झिँदा पनि मुटु नै थर्ररर हुन्छ । डरले राम्ररी निदाउन पनि सक्दिन ।
 
निदाइहाले पनि नराम्रो सपना देखेर तर्सन्छु,’ त्रसित हुँदै उनी सुनाउँछिन्– ‘सिसी क्यामेराको अगाडि अपार्टमेन्टभित्रै कोही आएर गोली हान्छ भने अमेरिका जति असुरक्षित कतै छैन होला । मेरो घटनाले गर्दा यहाँको सम्पूर्ण नेपाली समुदाय नै डराएको छ ।’ उनको मात्र होइन पछिल्लो समय अमेरिकामा हप्तैपिच्छे गोली चलेर सर्वसाधारण मरिरहेका छन् । एक साता अघि मात्रै टेक्सस नजिकैको सदरल्याण्ड स्प्रिङस्थित एक चर्चमा एउटा बन्दुकधारीले गोली चलाउँदा २६ जनाले ज्यान गुमाए । दुई साता अघि न्यूयोर्कको म्यानहाटनमा एक मुस्लिम युवकले ट्रकले हानेर सडकपेटीमा हिंडिरहेका ८ जनाको ज्यान लियो । अमेरिकामा दैनिक सुनिने यस्ता समाचारले उनको मन झनै अत्याउँछ । ‘आफूलाई परेकाले होला जताततै असुरक्षा नै असुरक्षा देख्छु । 

जोसुकैले बन्दुक बोक्न पाउने भएकाले यहाँ कतिबेला के हुन्छ भन्न सकिँदैन,’ उनी त्रसित हुँदै भन्दै थिइन्, ‘सिसी क्यामेरा अगाडि आएर गोली ठोक्नेलाई त प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेन, अब त प्रहरीप्रति पनि विश्वास लाग्न छोड्यो ।’ टेक्ससको डलासमा एल सेन्ट्रो कलेजमा अध्ययनरत कार्की २ वर्ष अघि मात्र अमेरिका आएकी हुन् ।सुरुमा   केही समय न्यूयोर्कमा बसेकी कार्की मेरिल्याण्डमा एक वर्ष बसेपछि ४ महिना अघि मात्र पढाइको सिलसिलामा डलास गएकी थिइन् ।
नेपालमा रहेका बाबुआमा आत्तिएलान् भनेर आफूमाथि भएको  टनाबारे अझै राम्ररी बताएकी छैनन् । ‘डिस्चार्ज भएर घर आइसकेपछि आफैंले फोनमा बोलेर सामान्य बिरामी छु भनें, बिस्तारै बिस्तारै सुनाउँदै छु,’ उनले भनिन् । मृत्युको मुखैमा पुगेर फर्किएकी कार्कीको बन्दुकको गोलीले शरीर छियाछिया पारे पनि बाँचेर केही गर्ने आत्मविश्वास भने दरिलो छ । उनको उपचारमा सहयोग जुटाउनका लागि अमेरिकाको टेक्ससस्थित नेपाली समाज टेक्सस र युएस नेपाल हेल्प नेटवर्कले रकम संकलन अभियान चलाइरहेका छन्


http://vishwanews.com/newsDetail.aspx?Postid=313


More new:
http://newsregisteronline.com/the-girl-who-reclaimed-her-life/


Last edited: 18-Jan-18 12:37 PM

 
Posted on 01-18-18 8:01 PM     [Snapshot: 1237]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sorry to hear about your situation, hope you get your legs back soon.
Life is madness though, you never know what you are going to run into at any point in your life.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली वालमार्ट चोर
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
When will Nepali women be equal?
Why Prachanda seems to be the smartest of them all?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
When will the culture of impunity end?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
Sukulgunda 2.0 / www.sukulgunda.com
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters