← Back to Kurakani

अस्ट्रेलियाको सिड्नी सहरमा एक नेपाली द्वारा murder suicide

Original Post

सिड्नी । अष्ट्रेलियाको सिड्नीमा एक नेपालीले आफ्नी बेलायती प्रेमिकाको हत्यापछि आत्महत्या गरेका छन् । उनी नेपालको कुन ठाउँका हुन् भन्ने खुलेको छैन । ३३ ववर्षीय ब्राजिल गुरुङले उनकी २२ वर्षीया प्रेमिका अमेलया ब्लेकलाई अँध्यारोमा पछ्याएर शुक्रबार हत्या गरेका हुन् । उनीहरुले एउटा रेस्टुरेन्टमा सँगै काम गर्थे । हत्या भएको स्थानबाट उक्त रेस्टुरेन्ट केही मिनेटको दुरीमा रहेको छ । उनीहरु दुवैले गत वर्ष सो रेस्टुरेन्ट छाडेका थिए । उनीहरुका पूर्व सहकर्मीले गुरुङ अनौठो चरित्रका भएका र पैसाको ठूलो संकट परेको बताएका छन् । ब्लेकलाई भने उनीहरुले ‘साह्रै असल केटी’को संज्ञा दिएका छन् । ‘उनी आफ्ना सहकर्मीहरुसँग सँधै पैसा मागिरहेका हुन्थे, उनी कुनै असहज परिस्थितिमा छन् भन्ने हामीलाई लागेको थियो,’ एक सहकर्मीले भने । उनका अनुसार सिड्नीमा घुम्न आएकी ब्लेकले त्यहाँ दुई महिना बेट्रेसको काम गरेकी थिइन् भने गुरुङ सेफ थिए । उनीहरुको भेट त्यहीँ भएको थियो । ब्लेकले काम छोडेपछि गुरुङ विछिप्त बनेका थिए । शुक्रबार दिउँसो ब्लेक र गुरुङको मृत शरीर उनीहरु बस्ने फ्ल्याटभित्र भेटिएको थियो । प्रहरीले पनि गुरुङले नै ब्लेकको हत्या गरेको प्रारम्भिक निस्कर्ष निकालेको छ । एक छिमेकीले शुक्रबार बेलुकी ५ बजे आफूले सो फ्ल्याटमा भयानक चित्कार सुनेको बताए । ब्लेक र उनका व्वाइफ्रन्डको मृत शरीर उनीहरुका घरबेटीले देखेका थिए । उनी शुक्रबार राति आफ्नो पत्र संकलन गर्न उक्त फ्ल्याटमा आएका थिए । डेली टेलिग्राफमा जनाइएअनुसार ब्लेकको टाउको र शरीरमा चोटपटक देखिएका छन् । आफूलाई धोका दिएर ब्लेक आफ्नो देश फर्किन खोजेकाले गुरुङले उनको ज्यान लिएको हुन सक्ने आशंका गरिएको छ । न्यू साउथ वेल्सका प्रहरी निरीक्षक चाड डिगेनार्सले यो घटनालाई ‘मर्डर-सुसाइड’ का रुपमा हेरिएको तर, पोष्टमार्टम रिपोर्टपछि मात्रै यसको पुष्टि हुने बताए । ब्लेक आठ महिना अगाडि मात्रै अष्ट्रेलियामा आएकी थिइन् । उनको परिवार बिहिबार सिड्नी आउने समाचारमा उल्लेख गरिएको छ । २०७४ माघ ४ गते १७:५६ मा प्रकाशितhttps://www.onlinekhabar.com/2...

ktmpost
Jan 18, 2018 10:44 AM · 10,956 views
1 Reply
lopchandai Jan 19, 2018 1:37 AM
ओइ रन्डीको चाक्! अलि पोसिटिव समाचारहरु नि लेख्न! खाली मारेको, मरेको, लुटेको जस्तो कुरा मात्र नलेख्न!!!
Login to join the conversation.

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant