[Show all top banners]

ktmpost
Replies to this thread:

More by ktmpost
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 अमेरिका गएका मानिसहरू किन नेपाल फर्कन सक्दैनन ?
[VIEWED 4022 TIMES]
SAVE! for ease of future access.
Posted on 09-25-17 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

महेश भट्टराई, कोलम्बिया , अमेरिका

नेपालमा हुनेहरूले अमेरिका गएको मानिस अब नेपाल फर्कदैन, उतै हराउछ भन्छन । बास्तब मै DV पर्ने को त कुरै छाडौ, बिध्यार्थी र टुरिष्ट भिषामा जानेहरू समेत उतै हराएका हुन्छन र यो कटु सत्य पनि हो ।

अमेरिका बस्नेले पनि जागिर, घर ब्यबहार केहि बर्ष पछि मिलाएर छिटै नेपाल फर्कने सपना बुनेर बसेका हुन्छन । गफ गर्दा सधै फर्कने कुरा अलापछन । अघि नमिले पनि retire भए पछि त पक्कै फर्कने भनि दिन गन्ती गरिरहेका हुन्छन ।

तर किन भने जस्तो हुदैन ? किन नेपाल फर्कन सक्दैनन त अमेरिकाका नेपालीहरू ?

१ अत्याधुनिक भौतिक सुबिधा : नेपालमा हामी सधैभरि आधारभूत आबस्यकताको लागि दैनिक जुधिरहेका हुन्छौ । पानी, बिजुली, ग्यास, डिजेल … यी सबै बाट झन्झट मुक्त भै बस्ने रहर कसलाई नहोला र ! अत्याधुनिक सुख सुबिधाहरू कार, e-net, सड़क, महल, पार्क, समुन्द्र, air conditioning युक्त घर , vacation …. सुबिधाहरूको कारणले मानिसहरू नेपाल फर्कन सक्दैनन । दुई दिनको नेपाल visit को तितो अनुभव भुल्न सक्दैनन ।

२ पारिवारिक बन्धन : बिस्तारै आफ्ना आफन्त परिवार छोराछोरी, नातीनातिनाहरू सबै यतै भै पछि कस्को र के का लागि नेपाल जाने भन्ने प्रस्न अहम हुदोरहेछ । साहूको भन्दा ब्याजको माया नातीनातीना हेरेर बस्ने हुने रहेछ । त्यसैले पनि छोरा छोरी परिबार अमेरिका छाडेर नेपाल फर्कन सक्दैनन ।

३ जागीर वा ब्यबसायको बन्धन : जागीर वा ब्यबसाय बाट काटिने कर र लगानीहरू state, federal, social security, Medicare, retirement plans चटक्क छाडेर जान कसैले पनि सक्दो रहेनछ। जिवनभरको लगानी र मिहिनेत ६५-६७ बर्ष पछि मात्र पाइने सुबिधा छाडेर जान कसैले पनि सक्दो रहेनछ ।

४ Tax file को झन्झट : बर्ष भरि गरेको आम्दानी खर्चको बिवरण सरकारलाई बुझाउनु पर्ने हुन्छ । बर्षको अन्त्यमा गरिने tax file बाट सानों वा मध्यम परिवारले केहि रकम प्राप्त गर्ने गर्छन । सामान्य tax file का लागि IRS का अनुसार कम्तीमा १८३ दिन अमेरिकामा नै बसेकै हुनु पर्छ । तेसै कारणले पनि नेपाल लामो समय बस्न सक्दैनन ।

५ Home loan/ Mortagage: धेरै जसो घर १५,२०,३० बर्षे उधारों मै किनिएको हुन्छ वा किन्ने चलन छ । उक्त किस्ता, पानी, बिजुली,association र अन्य खर्चहरू समय मै बुझाउनु पर्ने हुन्छ ! नबुझाएमा क्रेडिट बिग्रने हुन्छ । risk लिएर नेपाल बस्न कोही चाहदैनन ।

६ Student loan/ business loan : धेरै जसो बिधार्थीहरूले student loan लिएर पढेका हुन्छन । तेस्तै ब्यापारीले ब्यापारीक ऋण । ऋण तिर्नु पर्ने बाध्यताको कारणले पनि नेपाल फर्कन सक्दैनन । नतिरेमा उसको भविष्य नै नष्ट हुन सक्छ ।

७ Investment : कति मानिसहरू ले retirement program , insurance, business, shares/bonds ….हरूमा लगानी गरेका हुन्छन । उक्त रकम डुब्ने डरले पनि नेपाल फर्कन डराउछन ।

८ Pension/ retirement benefits : जिबनभर काम गरेर आफ्नो pension र retirement benefits, medical , social security सुबिधा लिएर बुढेसकालमा सुख संग बस्ने सपना कस्को हुदैन र ! यो कुरा नेपालमा बसेर पुरा नहुने हुनाले पनि फर्कन चाहदैनन ।

९ Relationship and communication gap : धेरै बर्ष बिदेश बसि सके पछि नेपालमा हुने हरूले यीनीहरू त बिदेशी हुन , यी त दुई दिनका पाहुना ! यीनको संगत नगरे कै जाती भन्न थाल्छन । आफन्त, साथीभाई, छरछिमेकी सबै संगको सम्बन्ध टाढिदै जान्छ । नया पुस्ताले चिन्न समेत छाडी सकेका हुन्छन । यीनै कारण ले पनि नेपाल फर्कने हिम्मत गर्दैनन् ।

१० Busy life style and culture : केहि बर्ष बिदेश बसि सके पछि बेलीचाली ब्यबहार , रहनसहन, लगाई खवाई सबै फरक परिसकेको हुन्छ । आफ्नो गरेर खाने, सिधा स्पष्ट बोल्ने, privacy का कुरा, सरसफाई ….. यस्ता धेरै कुराहरू मा स्वत: परिबर्तन भै पस्चीमी सभ्यतामा ढलिसकेका हुन्छ । जुन कुरा झट्ट ब्यबहारमा नेपालमा पचाउन र आफुलाई परिबर्तन गर्न गारो हुन्छ ।

११ सामुदायिक बन्धन : अमेरिकामा पनि नेपालीहरूको बस्ती दिनानुदिन बाक्लिदो छ । सबै जसो नेपालीहर हरेक गाऊँ र बस्तीहरूमा आ आफ्नै समुह संगठनहरूमा आबद्द भै एक आपसमा बाधी सकेका हुन्छन । सुख दुखमा साटासाटको लागि एक आपसमा नया सम्बन्ध गासिसकेका हुन्छन । यो सबन्ध चटक्क छाडेर जान सक्दैनन ।

१२ नेपालको कानुन , भ्रष्टाचार र अप्ठ्याराहरू : नेपालमा NRN हरूलाई दोहोरो नागरिकताको कानुन बनेको छैन । आफ्नै देश फर्कदा टुरिष्ट भएर डलर तिरेर बस्ने रहर कसैलाई हुदैन । संम्पत्ती ख़रीद बिक्री र ब्यवसाय गर्न पनि सहज छैन । सानों तिनो काम गर्न पनि धेरै पटक धाउनु पर्ने, चाकडी गर्नु पर्ने वा घुष खुवाउनु पर्ने बाध्यता छ । घर मै बसेर फोन, इमेल वा e net को माध्यमबाट सजिलै काम गर्ने अब्यस्त भएका हरू यो झन्झट झेल्न पटक्कै मन पराउदैन ।

अमेरिकामा बस्नेहरूले जति नै गफ चुटे पनि चटक्कै छाडेर नेपाल बस्न ठुलै हिम्मत र मुटु बनाउनु पर्ने हुन्छ । भन्न जति सजिलो छ, ब्यबहारमा सजिलो भने पटक्कै छैन ।

अमेरिका आउनु भन्दा अगाडी एक मेरा साथीले भनेका थिए “अमेरिका भनेको एक दलदल हो, यो दलदल मा फसे पछि निस्कन सजिलो पटक्कै छैन र त पनि यहि दलदलमा फस्नेछस ।”

र पनि म भने नेपाल फर्कने सपना बुनेर बसेको छु ।

 

महेश भट्टराई, कोलम्बिया , अमेरिका

http://enepalese.com/2017/09/145509.html


 
Posted on 09-25-17 1:41 PM     [Snapshot: 67]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

कथा को बिसयबस्तुमा हरेक अमेरिका छिर्ने मात्र होइन खाडि मुलुक छिर्ने को पनि तेस्तै तेस्तै गति छ | फरक एति मात्र हो अमेरिका छिर्नेले अनगिन्ती सुबिधा पाएको हुदा दल दल बात निस्कने भन्दा पनि दल दलमै रमेर बसेको कारण हो , पिउनलाई बनाएको बहाना जस्तै |

 
Posted on 09-26-17 10:27 PM     [Snapshot: 560]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुढाहरु स्तिर्रिप कलब धाएर अनि युवाहरु बियर र छम्मासित् मस्केर भाको पैसा उदाएछी घण्टाजस्तो नेपाल को फर्कोस त |
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
Does the 180 day auto extension apply for TPS?
Travelling to Nepal - TPS AP- PASSPORT
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters