२ मिनेट को काम प्रोजेक्ट मा परिवर्तन !

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

ठुलो सहरमा बस्नु भएको छ भने बाहन राख्नु भनेको हात्ती पाले सरह हुन्छ तर काठको ( Suburb) बसाइ छ भने बाहन नै तपाइका यातायातका सहारा हुन् | अनि तपाइँ र तपाइका परिवारहरु  आफ्ना बाहन संग कति परिचित हुनु हुन्छ ?  साना तिना कुरा हरुको जानकार भै राख्नु survival किट बराबर हुन सक्छ तेसैले ग्यास मात्र हाल्न हैन Hood खोलेर windshield वाटर कहा जान्छ अनि radiator fluid कहा जान्छ मात्र छुट्याउन सके windshield वाटर -सकिएको बेला कहा थप्नु पर्छ भनि थाहा पाउने छन | (Some one added windshield water to Radiator)  तेसो गरको कारण radiator Flush गर्नु पर्दा   चुना लाग्ने भन्दा पनि घट्टा हान्नेले घण्टा अनि अरुले कामधाम सबै छोडेर तेही गाडीको पछि दौडनु पर्दाको सास्ती भोग्नु पर्दाको  बे-मज्जा अर्कै छ | यो बे-मज्जा को मज्जा भोगेर मात्रै थाहा हुन्छ | श्रीमती जिको बाहनको ब्रेक लाईट फ्युज भएको रहेछ एक दिन सहरको प्रहरीले वार्निंग टिकेट थमाए पछि मैले त्यो बेलुकी घरमा स्पेयर बल्ब छ कि भनेर खोजि गरे, भए पनि चाहिएको बेला कहा पाउनु ? भोलि साझमा काम बाट फर्कदा किनेर ल्याउछु र फेरी दिन्छु भनेको थिए | श्रीमती जी भोलि पल्ट काममा जादा वालमार्टमा छिर्न पुगीछिंन | कुन बल्ब किन्ने भनेर टेक्स्ट गरे पछि मैले पनि वेब हेरेर यो किन्ने भनि बताई दिए | यो भयो बिहान को कुरा | बेलुकी श्रीमती जी ढिलो आइपुगिन अनि भन्छिन बल्ब लगाएको भित्र खस्यो | मैले फेरेको भए २ मिनेट पनि लाग्दैन थियो होला,  खसेको बल्ब निकाल्न एउटा प्रोजेक्ट नै बन्यो | अर्थात् पुरै टेल लाईट निकालेर मात्र छिरेको बल्ब निकाल्न सकियो |  Last edited: 18-Jun-17 08:01 AM

MaGorkhe1 · Jun 17, 2017 2:24 PM · 8,024 views

1 Reply

कामको सहकर्मीको radiator चुह्यो भन्थ्यो , नजिकैको गराजमा बनाएर ल्याए पछि डिक्की खोलेर हेरेको धुलो लागेको radiator देखे पछि यी चै फेरेंन जस्तो छ भनि हाले ( २ हप्तामा तेती धेरै धुलो बस्दैन ) बिचरा टवा पर्यो ! तेरो बिग्रिएको Radiator देखिस भने पछि झनै खिश्रिक्क अनुहार बनायो ! न भनेको भए ठिक हुन्थ्यो भन्ने लाग्यो !

magorkhe1 · Jun 27, 2017 7:52 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion