Momo n Curry - Authentic Nepalese Cuisine
Your Banner Here

   [Show all top banners]

Bichitra_Kumar

More by Bichitra_Kumar
What people are reading
Subscribers
[Total Subscribers 1]

Mr. D
:: Subscribe
Back to: Humor Refresh page to view new replies
 हाय काठमाडौं ! साँच्चै, यो गणतान्त्रिक देश त हो नि है ?
[VIEWED 696 TIMES]
SAVE! for ease of future access.
Posted on 12-21-16 7:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 


हाय काठमाडौं ! साँच्चै, यो गणतान्त्रिक देश त हो नि है ?

गीता चिमोरिया




दौडमा भाग लिएको धावकलाई त के हतार होला र ? काठमाडौंमा कुद्ने गाडीलाई त्यति हतार हुन्छ । गाडी नचढौं सम्भव छैन, चढौं सुख छैन । गाडी मात्रै हो र ? यहाँ कसै गरे पनि सुख छैन ।

हुन त सबैको ठेक्का लिएर के साध्य ? आफू आफ्नो बाटो हिँड्यो, आफ्नो मानो खायो बस्यो । तर, यसरी पनि त मान्दैन रै’छ मन । चिन्ता लाग्छ सबको, सबैभन्दा बढी देशको ।
सबैजना नियम कानुनमा बसुन्, कसैले कसैलाई नहेपुन्, अन्याय नगरुन्, सबलाई समान व्यवहार होस्, सम्मान गरुन्, माया गरुन्, सकारात्मक कुरा सुन्न पाइयोस्, नेताहरु भ्रष्ट नहुन्, जनता भेडा नहुन्, सरकारले कसैलाई काखा कसैलाई पाखा नगरोस्, पार्टीको कार्यकर्ताभन्दा पहिला हामी नेपाली नागरिक हौं भन्नेकुरा कसैले नर्बिसुन्, हाम्रा भन्दा पनि राम्रा मान्छेले अवसर पाउन्, परिआए देशका खातिर सब एकजुट हुन् भन्ने त मलाई मात्रै हो र, तपाईलाई पनि त लाग्दो हो नि । कि लाग्दैन ?gita-chimoriya

हैन, यो काठमाडौंमा गाडी पनि कति हो के ? तर, गाडी जति भए पनि के गर्नु ? आजसम्म कहिल्यै आरामले हिँड्न पाएको होइन । अनि फेरि आफूलाई हतार भएका बेलामा चाहिँ सडकमा गएर उभियो, बल्लबल्ल एउटा गाडी आउँछ । गाडी त आउँछ ता नि, टेक्ने ठाउँ हुन्न ।

फेरि हाम्रा खलाँसी दाजुभाइले कहिल्यै गाडी प्याक छ भन्नुहुन्न । सुरुमा सीट छ क्या …..लु चढ्नुस् न भन्नुहुन्छ । अनि भित्र गयो ‘सीट त छ नि, खाली पो छैन त’ भन्ने जवाफ आउँछ । रीसले पारो तात्छ, तर के गर्नु ? न कुट्न मिल्छ, न गाली गरेर हिँड्न ।

गाडीको फेरि हर एकको आ-आफ्नै विशेषता छ । के बयान गरिराख्नु, तपाई पनि त यसको भुक्तभोगी हुनुहुन्छ नि ।

नेपाल यातायात हुत्तिँदै आउँछ, अनि हुत्याएरै लान्छ । यात्रु चढुन्जेल पनि रोक्न नसक्ने गरी कति हतारो हो के ? कति कमाउँछन् कुन्नि दिनको, त्यसरी दौडेर ? ढोकामा बस्ने भाइले हातमा समातेर भित्र हुत्याइदिन्छन्, कहिले ढोका छेउको सीटको मान्छेलाई अंगालो हाल्न पुगिन्छ, कहिले पल्लो छेउको झ्यालको सिसामा ठोक्किन । धन्न पुरुषहरु सोझा हुन्छन् र सरी भन्दा ‘इट्स ओके’ भन्छन् ।

अहिले केटामान्छे त्यसरी ठोक्किन पुगुन् त, ‘आईमाई’ हरुले तिनको झाँको झार्थे । सरी भन्दा के जवाफ आउँथ्यो थाहा छ ? के थाहा नहुनु, आईमाईको मुख छुरा हुन्छ सुन्दा-सुन्दा बानी नै पर्नु’भा होला नि । ‘गर्ने बेलामा चाहिँ मनपरि, अहिलेचाहिँ सरी ? कहाँ कोसँग ठोक्किन पाउँ भन्दै हिँड्छन् कि केहो मान्छेहरु ? सोमत नभाको !’ यस्ता जवाफ त तपाईंले धेरैचोटि सुनिसक्नु भो होला । अनि अधिकारवादीहरु तीन वित्ता उफि्रन्थे, महिलाको अधिकार हनन् भो भनेर । बिचरा पुरुषहरु ! च्व..च्व..च्व..च्व…!

टेम्पु र माइक्रोको विशेषता त के बताइराख्नुपर्ला र ? बस्न सिट पाइन्न, उठ्यो टाउको ठोक्किएर हैरान । धन्न अहिलेसम्म टुटुल्कोचाहिँ उठ्या छैन । बलियै र’छ भनौं न खप्पर !

साझाको त कुरै नगरौं, नाम मात्रै साझा, काम कहिल्यै साझा भाको होइन । जानु पर्या हुन्छ कोटेश्वर, आउँछ ‘नयाँ बसपार्क’ भन्दै । के काम लाग्यो त नि !

ओहो ! अनि जाम नि जाम ? बिर्सिनु भा ? के बिर्सिनुहुन्थ्यो ? चाहेर पनि बिर्सिन सक्नुहुन्न । कहिलेकाहीँ त दुई-अढाई घण्टै फसिन्छ । १० बजे अफिस पुग्नुपर्ने छ भने आठ बजे घरबाट हिँड्नुभयो भने ठिक्क हुन्छ । दैनिक कार्यतालिकाबाट आराम गर्ने समयलाई हटाइदिनु भए हुन्छ । उतै सडकमा जाने अनि आराम गर्ने । डेढ/दुई घण्टासम्म के गर्नु छ र त्यो रोडमा ?

Traffic Jam (2)

 

आलुबारीमा लागेको रातो कमिलाको तातीँ बरु अलि छिटो अघि सर्छ होला, तर सडमा रोकिएका गाडी सर्नेवाला छैनन् । उफ्…….यी सब हैरानीबाट आजित भएर कहिलेकाहीँ यसो सोच्छु, पैसा पनि तिर्नु अनि दुई-चार घण्टा समय पनि नाश गर्नु ? आ…….बरु हिँडेरै जान्छु !
तर, हिँड्नेलाई नि सजिलो त के हुन्थ्यो र ?

१५ ठाउँजति सडक पार गर्नुपर्छ । हुन त जेब्राक्रसमा रोकिनुपर्ने गाडी हो, तर बाटो काट्ने हामी बटुवाचाहिँ घण्टौं रोकिनुपर्छ । बाटो काटौं, किच्देलान् भन्ने डर । रोकिऔं, कति रोकिनु ? कुनबेला त मनकारी ड्राइभर आइपुग्छन् र गाडी रोकेर जानुस् भन्दिन्छन्, अनि मनमनै ‘धेरै धेरै धन्यवाद’ भनेर बाटो काट्नुपर्छ ।

धनीमानी पनि उनीहरु नै, गाडी/घोडा पनि उनीहरुकै, सडक पनि उनीहरुकै रिजर्भ अनि भाको एउटा सडक पेटीमा पनि उनीहरुकै रजाइँ ? हेप्नुको पनि एउटा तरिका हुन्छ नि यार !

 

बाटो त काट्यो ता नि बल्लबल्ल…..सडकपेटीमा पनि राम्रोसँग हिँड्न पाउनु होइन । साँच्चै, त्यो सडकपेटी हामीजस्तो बटुवा हिँड्नका लागि हो कि कार र मोटरसाइकल पार्किङका लागि ? अच्चम्म छ भन्या !

धनीमानी पनि उनीहरु नै, गाडी/घोडा पनि उनीहरुकै, सडक पनि उनीहरुकै रिजर्भ अनि भाको एउटा सडक पेटीमा पनि उनीहरुकै रजाइँ ? हेप्नुको पनि एउटा तरिका हुन्छ नि यार !

हामी दुईहात-खुट्टा चल्ने र आँखा देख्नेलाई त यो विघ्न सास्ती छ, शारीरिक रुपमा अशक्त, अरुको सहयोग आवश्यक पर्नेहरुले कसरी दैनिकी काट्दा हुन् यो काठमाडौंमा ? सम्झिँदा पनि आँखा भरिएर आउँछ ।

हुन त सडकमा ट्राफिक प्रहरी भन्ने एउटा जत्था पनि हुन्छ । तर, उनीहरुलाई चिट काट्न बाहेक अरु केही आउँदै आउँदैन । अनि केको बाटो काट्न नसक्नेलाई बाटो कटाउनु ? अप्ठ्यारोमा परेकालाई सहयोग गर्नु ? लाग्छ, उनीहरुलाई तालिममा कसरी रसिद काट्ने र कति पैसा असुल्ने भनेर बाहेक अरु केही सिकाएकै हुँदैन । थाहा नहुनेलाई दुईचार कुरा भन्दिनु, नियम कानुन बताइदिनु, अबदेखि यसो नगर्नुहोला भनेर सचेत गराउनु । अँह….छैन । यस्ता कुरा त उनीहरुको शब्दकोशमै छैनन्, सायद । मीठो बोल्नु त परको कुरा !

बिहान उज्यालो भएदेखि राति अबेरसम्म कतिखेर गाडीले सेतो धर्कोमा टेक्ला र रसिद काटौंला भनेर बसेका हुन्छन् । खै, अहिलेसम्म कति पैसा उठाए ? हिसाब सुनाका हैनन् । हुन त उनीहरुको पनि आफ्नै समस्या होला । तर, जेजस्तो भए पनि राष्ट्रसेवक बनेर सडकमा उभिइसकेपछि त अलि अलि भने पनि जनताको सेवा गर्नुपर्छ नि ! आखिर हामीले नै त तलब खुवाएर पालेको हो क्यारे ! अझ मुस्कानसहितको सेवा रे ! हुम्……..

सेतो छडी लिएर हिँड्नेहरुका लागि भनेर सडकपेटीमा एउटा धर्सो नि बनाइएको छ क्यारे छ न त । कहिलेकाहीँ कताकति झल्याकझुलुक देखिन्छ । सध्ये एउटा छ र ? हामी त ठेस लागेर लड्छौं, उनीहरु कसरी हिँड्दा हुन् ? एक त गाडी र मोटसाइकल पार्किङले सडकपेटीमा हिड्नै सकिन्न । अलिकति खाली भाको ठाउँमा पनि बालुवा, ढुंगा, इँटा, सिमेन्टी…के के हो के के ! हैन, बाह्रै महिना बनाइरहनुपर्ने, बाटो पनि खनिराख्नुपर्ने सडक पेटी ? यस्तो विकास त हाम्रो देशमा मात्रै होला ! कि अन्त पनि यस्तै हुन्छ ?

अनि बाह्रै महिना सडक खनिरहँदा उड्ने धुलोको त नकुरा गरम् । पाउडर जोगिएको छ भनेर सन्तोष मानिरा’छु । ३० रुपैयाँको माक्स र २-३ हजारको चश्माको त काम छैन अब । घरमा आफूले पाउडर लगाउँदा अनुहारमा मात्रै लगाइन्थो, अहिले त हात-खुट्टा, टाउको, जिउ, कपाल, औंलादेखि पैतालासम्म । जुत्ता र लुगाको हालत के हुन्छ भनेर नसोध्नुस् । भन्ने बित्तिकै नुहाउन-लुगा धुन भ्याइन्न । यदि फुर्सद मिलिहालेछ भने पनि पानीको अभाव थाहा छँदैछ काठमाडौं ।

kalanki-sadak-bistarउफ्……..धोएको नयाँ लुगा पनि राम्रोसँग लगाउन पाइँदैन । एकापट्टीको सडकपेटी खनिसक्छन्, पुर्न भ्याको हुन्न, अर्को पट्टीको खन्न सुरु भइसकेको हुन्छ । खै, खनेर मात्रै पुर्छन् कि अरु काम नि गर्छन् ? थाहै पाउदिनँ । बिहान अफिस जाँदा हिँडेको बाटो बेलुका फर्किदा बन्द भइसकेको हुन्छ । आफू बस्ने घर पनि बिर्सिएला भन्ने डर !

अनि सडकपेटीमा हिँड्ने कोही कोही मान्छे यति पढन्दास हुन्छन् कि अर्को मान्छेसँग ठोक्किएर नझस्केसम्म किताब हेर्न छोड्दैनन् । हैट ! कोही मान्छे त्यति धेरै पनि नपढोस् कि, उसलाई सडकमा हिँड्नेसम्म फुर्सद नहोस् । घरमा चाहिँ के गर्छन् कुन्नि ? अनि बाटोमा हिँड्दा मोबाइलमा फेसबुक र टुइटर चलाउँदै हिँड्नेको त के कुरा गर्नु ? अरुसँग ठोक्किएको नि चाल पाउँदैनन् ।

महामहिमहरुको सवारीले त कति पिरोल्छ पिरोल्छ । सवारी चल्नुभन्दा डेढघण्टा अघिदेखि सडक खाली गर्न थाल्छन् । अगाडि पछाडि चार/पाँच वटा गाडी राखेर हिँडेका महामहिमलाई देख्दा उबेला हाम्रा बाआमाले सुनाउनेे राजा माहाराजाको कथा झल्को आउँछ । आफ्नै देशका नागरिकसँग डराएर त्यो विधिको सुरक्षा फौज लिएर हिँड्नुपर्ने के अपराध गरेका छन् कुन्नि ?

राष्ट्रपति र प्रधानमन्त्री मात्रै हुन् र मन्त्रीहरुसमेत हुल बाँधेर हिँड्छन् । उनीहरुलाई के थाहा, उनीहरुको त्यो सवारीले बाटोमा कति एम्बुलेन्स रोकिइराखेको हुन्छ ? साँच्चै, यो गणतान्त्रिक देश त हो नि है ?

समस्याको चाङ लगायो भने अन्नपूर्ण हिमालभन्दा अग्लो हुन्छ । तर, सुनाउनु कसलाई ? हेल्लो सर्खारका कर्मचारी ‘पाए आफैं राजिनामा दिएर हिड्थें’ भन्छन् रे ! कठै ! मेरो देश !

सम्बन्धित निकायमा लेखेर ‘तपाईंको समस्या फलानो निकायमा लेखिएको छ’ भनेर नम्बर टुइट गर्देलान् नगर्देलान् । प्रधानमन्त्रीलाई सुनाउँ न त भने उनी आफैं पार्टीले माग्यो भने हातको घडीदेखि सबथोक फुकालेर दिन्छु भन्छन् रे ! राष्ट्रभन्दा पार्टीप्रति बफादार भएपछि नभनुन् पनि त कसरी ? हैट ! देशभन्दा पार्टीको माया के विधि गाँठे ?

हुन त यसअघिका प्रधानमन्त्रीहरुले चाहिँ कुन पहाड फोडेका थिए र ? सब उस्तै ! तलबभत्ता बढाउने र आफ्नालाई पोस्ने बेलामा चुच्चो जोड्छन्, अनि नागरिकका लागि काम गर्नु परेपछि आन्दोलन, बन्द हड्ताल, तोडफोड, आगजनी, एम्बुलेन्समा आक्रमण…..सुरु भइहाल्छ तिनका पराक्रम !

yuba-sangh-and-akhil-aandolan

यस्ता फुर्सदिला, बलिया बाङ्गाले त गाउँ गएर दुई चार सय घर बनाउनु नि । उता गाममा सिकमी-डकर्मी नपाएर कम्ता सास्ती छैन । हुन त अग्रजले सिकाको हुनुपर्यो नि राम्रो काम गर्नलाई । जानेकै त्यही टायर बाल्न !

आ….कति सुनाउनु के, तपाईलाई यो गनगन । झर्को त मान्नु’भा छैन नि ? मान्नुभाको छैन भन्ने विश्वास छ । किनकि मैले कथा लेखेको होइन । दैनिक भोगाइ हो यो । अनि मेरो भोगाइ र तपाईंको भोगाइ सायद उस्तै उस्तै होला ।

तर, ‘तैंले मात्रै चिन्ता लिएर देश बन्छ र ? उसैले मात्रै थेगेजस्तो’….भन्नुहोला । चिन्ता भन्नेकुरा पनि लिन्छु भनेर हुने, अनि लिन्न भनेर नहुने हुन्छ र ? लिन्न भन्या त हो नि, लागिहाल्छ ।

२०७३ पुष ६ गते १४:४५ मा प्रका

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TRUMP 2016!!! Here is why?
Download Nepali Calendar With Date Converter For Desktop
Nepali Song Piano Notes
अमेरिकाको भर्खरै भएको लटरीको नतीजामा नेपालीले ७०० मिलियन अमेरिकी डलर जितेपछि नेपालका डनहरुले जित्नेको परिवार खोज्दै
Difference between forgetting and getting over!!!!!!
निक्की कार्की द्वारा नर्थ क्यारोलाइनामा कार्यक्रम आयोजकबाट आफूमाथि यौन दुराचार भएको आफ्नै फेसबुक लाइभ मार्फत खुलाशा
Immigration Proceedings and Travel on TPS Advance Parole
प्रतिमा दिदी सित ह्याप्पी न्यु इयर
ओपन challenge फर गनाउने (underwear)
Nepal Police arrests Facebook mis-user for Cyber crime
एक अमेरिकी युवकद्वार टेक्सास बस्ने नेपाली युवतीमाथी चरम यातना ( VIDEO)
How I lost 15 years of saving because of my iPhone
spotted 69* NAS today
काले लुटेरालाई गोलि ठोक्ने गोर्खाली जस्तो छ
401K ma Kati Pugyo?
Leaving Employer immediately after getting Green Card
Why Nepalese love Indian Idol than Nepal Idol?
Travel experience TPS/AP
खोलो बगाइदिएँ - पार्ट २
Sajha Poll: Which Nepali Idol do you vote for?
Download Nepali Calendar With Date Converter For Desktop
TRUMP 2016!!! Here is why?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters