तमुधिं यूकेले नेपाली मेला २०१५ –केम्पटन पार्क रेसकोर्सको सभाकक्षामा पत्रकार सम्मेलन सम्पन्न भएको छ । ३० अगस्त २०१५को दिनमा सोहि स्थानमा सम्पन्न हुने बहुप्रत्तिक्षित यस वर्षको नेपाली मेलाबारे सम्पूर्ण तैयारी विवरण पत्रकार सम्मेलनमा सम्पन्न हुनु अघि दिएको थियो ।पत्रकार सम्मेलन नेपालका भूकम्प पीडितका लागि १ करोड २० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । नेपाली मेलाको तयारीका सम्बन्धमा आइतवार लन्डनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै तमुधिं यूके अध्यक्ष रामचन्द्र गुरुङ (सूर्जे) ले सहयोग रकम गैरआवासीय नेपाली संघमार्फत् नेपाल सरकारलाई हस्तान्तरण गरिने जानकारी दिए ।
भूकम्प पीडितका लागि लमजुङ समाज यूकेका अध्यक्ष तुलराम गुरुङले ३ हजार ८ पाउण्ड, तमू आमा समूहको तर्फबाट होम कुमारी गुरुङले ३ सय पाउण्ड हस्तान्तरण गरे । यस्तै भूकम्प पीडित पत्रकारका लागि तमुधिं यूकेले ६ सय पाउण्ड सहयोग गरेको थियो । गोर्खा च्यानलको मिसन बिल्ड नेपालका लागिसमेत तमुधिंले ५ सय पाउण्ड सहयोग गरेको छ । सो चेक अध्यक्ष रामचन्द्र गुरुङले च्यानलका निर्देशक राजेन्द्र भट्टलाई हस्तान्तरण गरेको थिए । तमुधिंका मिडिया सचिव रोहित गुरुङका रोहबरमा पत्रकार सम्मेलन सम्पन्न भएको थियो ।
सम्मेलनमा तमुधिं यूकेका पूर्व अध्यक्षहरु मुछेत्र गुरुङ, डमर घले, सुवास गुरुङ, कमल गुरुङलगायत गैरआवासीय नेपाली संघ यूकेका संरक्षक सूर्य गुरुङ लगायतको उपस्थिति थियो ।कार्यक्रममा नै ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ नाराका साथ अगामी आइतबार लन्डनस्थित क्याम्टनपार्कमा हुने नेपाली मेलाको तयारी पूरा भएको तमुधिं यूकेले जनाएको छ । मेला बिहान साढे १० बजेदेखि सुरु हुने छ ।
बेलायत सम्बन्धको २०० बर्ष गाँठको अवसर पारेर आयोजना हुन लागेको भेला गतबर्ष भन्दा भिन्न रहने आयोजक समितिका संयोजक नन्दजंग गुरुङले जानकारी दिनुभयो । नेपाली मेलामा २५ समूहले आ–आफ्नो भाषा साँस्कृति झल्कीने झाँकी प्रस्तुत गर्ने भएका छन् । कार्यक्रममा नृत्य प्रतियोगीता, झाँकी, राइफल ड्र र बिषेश सास्कृतिक कार्यक्रम रहने जानकारी गराइयो । कार्यक्रममा उपस्थित दर्शकको सुरक्षाको बिषेश प्रवन्ध समेत गरिएको संयोजक गुरुङले जानकारी दिए ।
मेलको प्रवेश शुल्क ५ पाउण्ड राखिएको छ । मेलामा नेपाली व्यवसायको प्रबर्दन गर्ने उद्देश्यले २६ कम्पनी र ४ वटा नेपाली रेष्टुरेन्टको स्टल रहने उपाध्यक्ष ज्ञाम गुरुङले जानकारी दिए । मेलामा गोर्खा ब्रिड्रेडले पहिलो पटक गोर्खा म्यूजियमको स्टल राख्ने भएको छ । मेलामा २५ हजार पाउण्ड खर्च लाग्ने अनुमान गरिएको छ भने मेलामा नेपालीहरुको साथ रहने आयोजकले बिश्वास राखेको छ । यसपालीको नेपाली मेलामा सहभागी संस्थाहरु मध्ये हालसम्म २५ संघसंस्थाहरुले सहभागी र अझ आउने क्रम जारी रहेको कुरा संयोजकले बताएका थिए । अन्तमा समाजका अध्यक्षरामचन्द्र गुरुङ (सूर्जे) ले सबैलाई धन्यवाद ज्ञापन गरेर पत्रकार सम्मेलन समापन गरेका थिए ।
Supporting issues on principle instead of blind brainwashed support
त्रुम्प्ले आफैले आफुलाई क्षमादान गर्ने भो, It may be the first and last Self-Pardon.
Cricketer Sandeep Lamichhane singing & playing guitar
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Love trumps Hate
The delusion created by mainstream media is creating fake reality for biden supporters
where are Hunter Biden and Biden got 40k maga hounds?
Trump Said He’s “very happy” with Rising Gas Prices #maga #fafo
नेपालको टीपीएस चाई हस त नमस्ते नई भाको रच
Who are the real Sukumbaasis?
Zero Civic Sense: Indians in Nepal
TPS Automatically Extended for Six Months!!!
The RSP Convention
Supreme Court Decision Crushes TPS Dreams
Does he deserve Noble Peace prize??
Democrats cannot think for themselves
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.