[Show all top banners]

_____

More by _____
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Rahuldai
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 इजरायली पत्रकारको अनुभव : नेपालमा बन्चरो उपयोगी
[VIEWED 1517 TIMES]
SAVE! for ease of future access.
Posted on 05-25-15 6:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


इजरायली पत्रकारको अनुभव : नेपालमा बन्चरो उपयोगी

भूकम्पमा कलम भन्दा औजारको उपयोगिता बढी

२०७२ जेठ ११ गते ११:५४ मा प्रकाशित

मेलानी लिडम्यान


नेपालमा अप्रिल २५ मा गएको भूकम्पको ३ दिनपछि स्तानबुलबाट काठमाण्डौका लागि उडेको विमानभित्र बहुरंगी दृश्य थियो, जसमा म पनि चढेकी थिएँ । चम्किलो हरियो टिसर्टहरु, पहेँलो हेल्मेट अनि चाँदी रँगका चम्किला धर्सा  भएको चम्किलो निलो प्यान्ट लगाएका मानिसहरु ।  डोरी, लाइट तथा ब्याण्डेजहरुले टन्न भरिएका कसिला झोलाहरु तथा अन्य सामानहरु ।


Ax-1


जहाजमा स्पेन, टर्की, अमेरिका, कोरिया, जापान लगायतका देशका अग्नीनियन्त्रकहरु थिए भने अमेरिका र नर्वेका रेडक्रसका स्वयंसेवी पनि थिए ।

हातमा विभिन्न उपकरण तथा कुटो र बन्चरो लिएका झण्डै दुइ सय मानिसहरु जोसँग विपद उद्धारमा वर्षौँसम्मको अनुभव थियो । उनीहरु समूहमा आएका थिए एकैखालका पोसाकमा, जहाज चढ्दै गर्दा आफ्ना सहकर्मीहरुसँग परिचय गर्दै थिए । जहाज चढ्नुअघि प्रतिक्षास्थलमा बस्दा हामीहरुबीच एउटा त्रसित हाँसो छायो जसले आइसब्रेकरको काम गर्यो ।

कफी सपको निकै कमसल वाइफाइ इन्टरनेटको माध्यमबाट अन्तिम पटक आफ्नो घरमा इमेल पठाउँदै थियौँ, किनकि हामी काठमाण्डौ उड्दै थियौँ र त्यहाँ के हुने हो, थाहा थिएन ।

उद्धारकर्मीहरुको त्यो भीडमा त्यहाँ म पनि थिएँ, एकजना पत्रकार । मेरो कुनै छुट्टै पोषाक थिएन, हेल्मेट थिएन, प्राथमिक औषधोपचारको झोला थिएन र चिकित्सा ज्ञान पनि थिएन । केवल एउटा झोला थियो जसमा नोटबुक, क्यामरा, कम्प्युटर तथा केही कलमका साथै ग्रानोला बार कोचेर भरेकी थिएँ ।

प्राकृतिक प्रकोपको प्रतिकार्यमा पत्रकार पनि एक अनन्य भाग हो भन्ने विश्वासमा म नेपाल गएकी गएँ । हामी पत्रकार डाक्टर तथा उद्धारकर्मीहरुको तहको मानिस होइनौँ, तथापि हामी विपद प्रतिकार्यको एउटा निश्चित तह भने हौँ ।




Ax2


इजरायलमा युद्ध तथा आतंककारी आक्रमणको अवस्थामा पत्रकारको हकमा यो धारणा सही ठहरिएको मैले बुझेकी थिएँ । समाचार संस्थाहरुले प्रकाशित गर्ने सही, सामयिक, तथा निष्पक्ष समाचार जनताका लागि महत्वपूर्ण सेवा हो, जसले विभिन्नखालका अफवाह तथा गलत सूचनाहरुसँग लड्न जुध्न सहयोग गर्दछ ।

जब विपद आउँछ, त्यस अवस्थामा हरेकले निर्वाह गर्ने आ आफ्नै जिम्मेवारी हुन्छ ।  वृहत तथा जटिल विपद प्रतिकार्यमा हरेक मानिस एउटा महत्वपूर्ण अंश बन्दछ र मेरो भूमिका पनि यस्तै हो ।

तर, नेपालमा हामी पत्रकार भने स्पष्टरुपमा समस्या सिर्जनाका एक कारक तत्व नै बन्यौँ । धेरै विदेशी सञ्चार माध्यमका पत्रकार बसेको याक एण्ड यति होटलको वातावरण एक प्रकारको प्रतिष्पर्धा र उत्तेजनाले भरिएको थियो ।

कडा युद्ध फोटोग्राफरहरुबीच खाजा खाने ठाउँमा बसेर सबैभन्दा ध्वस्त गाउँहरुका भीमकाय तस्वीरको व्यापार गर्ने प्रतिस्पर्धा भैरहेको थियो ।

इजरायलमा कतिपय लोकप्रिय समाचार साइटहरुले समेत आफ्नो नेपालको भुकम्प सम्बन्धी समाचार कभरेजमा यो कुरालाई समेट्न नजरअन्दाज गरे की काठमाण्डौका ८० प्रतिशत घरहरुमा भुकम्पबाट कुनै क्षति पुगेको छैन । नेपालको भुकम्प सुरुक्षाको सम्बन्धमा काम गर्ने एक संस्था भूकम्प प्रविधि राष्ट्रिय सञ्जालको यो तथ्यांकलाई आफ्नो समाचारमा उल्लेख गरेनन् इजरायली लोकप्रिय साइटहरुले समेत ।



AX3

 बिजुली गएको खबर तथा सबैजसो समयमा टेलिफोन सुचारु रहेको कुरा देखाइएन ।

यद्यपि यो अवस्थाको सिर्जना केवल मिडियाहरुले मात्र गरेका भने होइनन् । राष्ट्रसंघाक अनुसार नेपालमा दर्जनौँ देशका ३ सय ३० वटा संस्थाहरु कार्यरत छन् र उनीहरुले आफ्नो देशबाट आफ्नो संस्थाका लागि थप बजेट भित्राउन प्रतिस्पर्धा गरिरहेका छन् । नेपालको अवस्था जति धेरै नाजुक तथा डरलाग्दो बन्यो तीइजरायली मिडियाहरुले काठमाण्डौ सहर पूर्ण रुपमा ध्वस्त भएको र सहरका मानिसहरु पनि हिंश्रक लुटपाटमा उत्रिएको भन्ने खालका समाचार प्रकाशन गरेपछि नेपालका विभिन्न ठाउँमा रहेका इजरायली पर्यटकहरुले समेत आफु काठमाण्डौ फर्किन केही दिन ढिलाइ गरेको भनेर मसँग बताएका थिए । तर, नेपालमा ९ दिने बसाइका क्रममा मैले अस्वभाविक मूल्य वृद्धिको एउटा पनि घटना भेटाइन भने लुटपाट तथा कानून वीहिनताको अवस्था पनि थिएन ।


भूकम्पले सबैभन्दा धेरै क्षति


पूराएका गाउँहरु,  जहाँ मानिसहरुले धेरै दिनदेखि खान पाएका थिएनन् उनीहरुसमेत राहतको खाद्यान्न लिन कुरेको लाइनमा शान्त तथा भद्र देखिन्थे ।

तर भूकम्पमा यस्ता समाचारले फेसबुकमा बढी क्लिक पाएनन् । न त समाचार साइटको पेज भ्यूज बढाए ।

घरको भग्नावशेषमाथि बसेर रोइरहेकी महिला जसले सोही घरभित्र आफ्ना सबै परिवार गुमाइन् तथा भग्नावशेषमा पुरिएको आफ्नो गुडिया खोतल खातल पारेर निकाल्ने प्रयास गरिरहेकी बालिकाका जस्ता तस्वीरहरु मिडियाहरुले देखाइरहे । तर, भूकम्पका कारण पनि नबिगि्रएका अधिकांश सडक, जम्मा १२ घण्टा संस्थाहरुले आफ्नो देशबाट उति धेरै बजेट पाउँछन् । त्यसैले नेपालको अवस्थाको बढाइ चढाइ गर्नका लागि सबैले मरिहत्ते गरिरहेका थिए ।


Ax4


सबै खोजी तथा उद्धार टोलीहरुले जिउमा लगाउन मिल्ने गो प्रो क्यामरा भिरेका थिए, ता कि उनीहरुले गरेका सबै कामहरु क्यामेरामा कैद होउन् । मैले यस्ता धेरै भिडियो फुटेजहरु देखेँ, जहाँ विभिन्न देशका उद्धारकर्मीहरु स्ट्रेचर तथा उद्धार गरिएका मानिसहरुलाई राख्ने बडी ब्याग समाउन मरिहत्ते गरिरहेका थिए । अनि आफुले लगाएको हेल्मेटको लोगो सञ्चारमाध्यमको क्यामेरामा देखियोस् भनेर हेलमेट सिधा पारिरहेका थिए, ता कि सो उद्धार तथा शव निकालेको काम म आफैले गरेको हुँ भनेर पछि जस लिन पाइयोस् ।

दुनियाँले अहिले यसैगरी काम गरिरहेको छ ।  निकै इमान्दारितापूर्वक वास्तवमा राम्रो काम गरिरहेका संस्थाहरु समेत यो खेल खेल्न बाध्य थिए, किनकि उनीहरुसँग अरु विकल्प थिएन ।

वास्तवमा हामी मिडियाकर्मीहरु मात्र यसका दोषी थिएनौँ । तर, हामीले आगोमा पंखाले हम्किने काम भने अवश्य गरेकै हो । नेपालमा रहँदाको मेरो पहिलो दिनमै नेपालमा रहेको इजरायली उद्धारकर्मीको समाचार सम्प्रेषणको क्रममा यो खेलमा सहभागी हुनुपर्‍यो, वास्तवमा राम्रो जानकारीको अभावमा ।

इजरायली टिम वास्तविक असल कार्यका लागि भन्दा पनि बढी मिडियामा देखाउनकै लागि त्यहाँ थियो । उनीहरुले नेपालीलाई सहयोग गर्न चाहन्थे होलान् वा गरे पनि होलान् । तर, उनीहरु प्रेसका यतिधेरै भोका थिए कि मिडियामा ठाउँ पाउने बित्तिकै उनीहरु बखान गर्नमै समय बिताउँथे र धेरै मिडिया आएपछि मात्र आफ्नो काम सुरु गर्थे । यसरी वास्तवमा म मिडियाकर्मी नै समस्याको पाटो बनेकी थिएँ

आफ्नो कामप्रति अरुको ध्यान तान्ने त्यो तृष्णा केवल सहायता समूहहरुमा मात्र सिमित थिएन । इजरायली विदेश मन्त्रालयको काठमाण्डौबाट इजरायली नागरिकलाई  आकस्मिक उद्धार गर्ने कार्यक्रमलाई हेरौँ । अपि्रल २८ मा भएको यो आकस्मिक उद्धारका बेला नेपालमा रहेका धेरै इजरायली पर्यटक काठमाण्डौ बाहिर नै थिए । तर, विदेश मन्त्रालयले आकस्मिक उद्धार कार्यक्रमलाई हठात् त्यही बेला गर्‍यो, जुनबेला इजरायली मिडियाले भावनात्मक पुनर्मिलनका तस्वीरहरु सार्वजनिक गरिरहन्थे ।

AX5


अवश्य पनि काठमाण्डौस्थित इजरायली दूतावासले  धेरै इजरायलीहरुलाई छिटै घर फर्काउन सफल हुनु निकै खुसीको कुरा थियो । तर, भूकम्प गएको एक हप्तापछि मात्र काठमाण्डौ आउन सकेका इजरायली पदयात्रीहरु इजरायल फर्किन चाहँदा निशुल्क हवाइ उडान पाएनन्, त्यतिबेलासम्म नेपालको भूकम्पका विषयमा समाचारहरु बासी बन्दै गएका थिए र इजरायली मिडियामा खासै महत्वपूर्ण स्थान पाउन छाडेका थिए ।

विदेश मन्त्रीले अन्तराष्ट्रिय विमानस्थल सुचारु भएको र व्यवसायिक उडानहरुमा खुल्ला सिट उपलब्ध रहेको बताए, तर विदेश मन्त्रालयले काठमाण्डौमा रहेका इजरायलीको उद्धारका लागि थप जहाज पठाउन आवश्यक ठानेन ।

खाल्डाखुल्डीयुक्त कठिन सडक हुँदै दुर्गम गाउँवस्तीमा पुगेर मैले वरिष्ठ सहायताकर्मीहरुसँग विपद राहतको नैतिक मामिलाका विषयमा घण्टौसम्म छलफल गरेँ । यस्तो संवेदनशील समयमा म जस्ता विदेशीहरु नेपालमा लामो समयसम्म बसेर मूल्यवान श्रोतको दोहन गर्नु राम्रो हो की होइन भन्ने कुरामा चेतनाबोध गराउने प्रयास गरेँ ।



जब तपाइँसँग बचेखुसेको खाना हुन्छ तब त्यो कसले पाउने भन्ने निर्णय कसरी गर्नुहुन्छ ? के तपाईले त्यो सबैभन्दा बढी चिनेजानेको मान्छेलाई दिनुहुन्छ, ता कि तपाईले समुदायका नेताबाट आफ्नो कृत्य अघि बढाइरहने आशिर्वाद मिलोस् ? के तपाईले त्यो मर्ने निश्चित भएका अन्त्यन्तै रोगी मानिसलाई दिनुहुन्छ ? अथवा त्यो स्वस्थ मानिसहरुलाई दिनुहुन्छ, ता की उनीहरु रोगी नबनुन् ? यदि तपाइँसँगै पर्याप्त खानेकुरा छैन भने कसलाई खान दिने भन्ने बारेमा कसरी निर्णय गर्न सक्नुहुन्छ ? अनि यस्तो कुराको निर्णय गर्ने जिम्मा आखिर तपाईजस्तोलाई नै किन दिनुपर्‍यो ?


एक बेलुकी खाना खाने समयमा इजरायली सहायता समूहका दुईजना डाक्टरहरु  सन् २०१३ मा फिलिपिन्सको सहायता मिसनका अनुभव तथा चिकित्सा-नैतिकताका विषयमा भोगेको द्विविधाका सम्बन्धमा यस्तै कुरा गरिरहेका थिए । वास्तवमा यी प्रश्नहरु यस्ता उद्धारका काममा खटिने जो कोहीका लागि पनि सजिला होइनन् ।

भूकम्प जस्तो विपदको अवस्थामा हरेक मानिसले पीडितलाई सहयोग गर्न चाहन्छ । सहायता समूहहरु मुटुदेखि नै सहयोग गर्न चाहन्छन्, त्यसैले उनीहरु विपद राहतमा काम गर्दछन् । तर, निकै कमजोर रुपमा कार्यान्वयन गरिने सहायता, जसमा पर्याप्त स्थानीय संजाल तथा सम्पर्क विस्तार भएको हुँदैन र कम्तिमा एक हप्ताभन्दा बढी समयसम्म रहने संस्थाहरुसँग दीर्घकालीन योजना समन्वय रहँदैन, त्यस्तो उद्धार तथा राहतको प्रयासले फाइदा भन्दा हानी बढि गर्छ ।

Ax6


मैले पनि सकेसम्म असल काम गर्न चाहेँ । म नेपालमा एक निष्पक्ष पर्यवेक्षकको रुपमा पुगेँ, तथापि त्यो कालरात्रीमा बाँचेका नेपालीहरुप्रति मनमा अगाध सहानुभूति थियो । मैले मान्छेको जीवन बचाउन सक्ने अवस्था थिइन, तर संसारमा सकारात्मक कार्यका लागि मैले चलाउने मेरो औजार भनेको कलम हो र मैले यही औजारबाट सेवा गर्न सक्छु ।

देश संकटकालबाट सामान्य अवस्थामा फर्किँदा पनि नैतिक द्विविधिा अन्त्य हुँदैन । मैले भेटेका केही नेपालीहरुले ‘विपद पर्यटन’ भन्ने शव्दावली खुबै प्रयोग गरेको पाएँ । १० लाख नेपालीलाई रोजगारी दिएको पर्यटन उद्योगलाई बचाउनका लागि विपद पर्यटनको प्रवर्द्धनको कुरा पनि उठिरहेको पाएँ । वास्तवमा विपद पर्यटनले अर्को ठूलो नैतिक प्रश्न उठाउनेछ ।

‘ए तपाइ पर्यटक ?’ मलाई एकजना इजरायली भरिया पर्यटकले सोधे, ‘तपाई यस्ता मानिसहरु मध्ये एक हो, जो उल्टोतर्फ दौडिन्छ । जब अरु सबैजना टाढातर्फ भाग्न थाल्छन्, तपाईहरु नजिकतर्फ जान थाल्नुहुन्छ ।’

हो, म सधै यस्तै छु । घटनालाई जस्ताको त्यस्तै हेर्नुपर्ने अहम आवश्यकताका साथै कुनै चिजको आविष्कार, पहिचान तथा बुझाइका साथै केही हजार मानिसहरुका लागि घटनाको यथार्थ अनुभुति गराउने संरचनावद्ध आलेख तयार पार्ने प्रयासका लागि म यस्तै हुने गर्छु । वास्तविकताको अराजकतालाई ५ सय वा त्यसभन्दा पनि कम शव्दमा क्रमवद्ध गर्ने प्रयास गर्छु ।

त्यसकारण के म नेपाल आउनु ठीक थियो ? सायद यो मैले आफैलाई वा दि टाइम्स अफ इजरायलका पाठकलाई सोध्ने कुरा होइन  । मैले नेपालीहरुलाई सोध्नुपर्थ्यो । उनीहरु व्यस्त छन्, अहिले दोश्रो भूकम्पपछि देशको पुनर्निर्माणमा जुटिरहेका छन् र विश्व अर्को त्रासदीमा प्रवेश गरेको छ ।

नैतिक द्विविधाको विषयमा मैले जे कुरा सिकेँ, के अब म अर्को विपदको खबर सम्प्रेषणमा खटिनेछु ? व्यक्तिगत तहमा विश्वले हेरिरहेको कुरालाई आफ्नै आँखा अगाडि जस्ताको त्यस्तै देख्न पाउने यो कार्य वास्तवमा लत जस्तै रहेछ । जब तपाई यसमा अभ्यस्त हुनुहुन्छ, तब त्यसलाई त्याग्न गाह्रो हुन्छ ।

इजरायल फर्केपछि मैले आफैलाई धेरैपटक सोधेँ, के मैले ठीक गरेँ ? सहायता तथा उद्धारकर्मीहरुले भरिएका जहाजहरुमा चढेर आवत जावत गर्दा म आफ्नो सिटमा चुपचाप बसेँ र आफ्नो भूमिकाका विषयमा बताउन लाज लाग्यो ।

उनीहरुले गर्ने काम भन्दा मैले गर्ने पत्रकारिता निकै महत्वहीन अनुभुति हुन्छ । मैले आफैलाई फेरि सोध्छु, के मैले राम्रो गरेको छु ? र मलाई थाहा छैन कि मैले कहिल्यै यसको उत्तर पाउनेछु । अथवा यो प्रश्नको एउटै उत्तर नहुन पनि सक्छ ।

मलाई गर्व छ की म  गएँ, मैले   देखेँ र पुनर्निर्माणको चरण सुरु गरेको नेपालले भोगेका अद्वितीय चुनौतिका साथै अन्तराष्ट्रिय सहायताका सम्बन्धमा रहेका जटिल समस्याका विषयमा मैले बुझेँ । र, मलाई आशा छ मैले यो विषयमा हाम्रा पाठकहरुका लागि केही चिज पस्किन सकेँ जसले उनीहरुलाई सूसुचित बनाउनुका साथै रचनात्मक परिणामका विषयमा जान्नेहरुका लागि घोत्लिने मौका पनि दियो ।

तर, कतिपय सहायता संस्था तथा मिडिया कभरेजले मलाई घर फर्किसकेपछि पनि  निकै नमिठो स्वाद दिलाएको छ, भुकम्पको धुलो पखालिसकेको लामो समय भैसकेपछि पनि ।
टाइम्स अफ इजरायलबाट अनुदित  

- See more at: http://www.onlinekhabar.com/2015/05/281114/#sthash.1rNFps90.dpuf
Last edited: 25-May-15 06:41 AM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
I regret not marrying a girl at least for green card. do you think TPS will remain for a long time?
emergency donation needed
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters