[Show all top banners]

Ambrosia
Replies to this thread:

More by Ambrosia
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

paroo
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 That’s it , I Quit, I am Moving on!!!

[Please view other pages to see the rest of the postings. Total posts: 25]
PAGE: <<  1 2  
[VIEWED 24941 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 02-18-15 10:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

The title is a title of a song by Sam Cooke later covered by Adele. I love this song and you can look for it after you read my feelings ;) . One verse which goes like the following always makes me smile.

You made me want you
You made me leave you
You made me tumble
And fall
But if I
Can't have you the way
I want you
I don't want you at all

Baby, I can take a lot
Cause I love
Everything you got
Though your kisses
Fill me
So if you got
Someone else
I gotta go
Oh, that you know
Yeah that's it honey
I quit I'm movin' on

Why am I talking about this song? No No I am not the kind who will be singing songs after a break up. That is probably too mainstream for me. I am the kind who will wake up in the morning and ask, HEY where is the party tonight?

LOL! Jokes apart. What did I quit and why! My quitting has nothing to do with Love, Cheating or Break Up. But wait it might not be with a guy or a guy….but it can be a love or an attachment with a thing, right? So I QUIT. I quit smoking!!

No I am not a chronic chain smoker.I am not a regular smoker. I am like most of you, when I drink I have this huge craving for a puff and that puff goes to two and then two ciggies and two more and then it goes on and on. And next day you will find a friend you love to talk to. You share coffee and then he will ask you to share a smoke and you say OK and you have one more there.

And that continues…. Till the time you realize that you should quit. We are literate fools aren’t we? We know it will harm our system, we might die of cancer and still we smoke. Every packet has this stupid horrifying cancer throat on the cover and we don’t even give a shit about it. I never did. I don’t think if given a chance I would in the future (too much confession?)

SO one day a gay friend of mine and I were sitting in this coffee shop’s smoking zone, talking about life and work. He told me this one thing that struck me so hard. The exact words,“ Darhling, Do you know when you speak to me, I feel so good.” He flips his hand from one side to another. “You have always inspired me with my work. Whenever I am in trouble I look for you for advice and it has always worked for me. I am blessed to have a friend like you. I am sure a lot of people had told you this but let me say it from my side, you are very influential to a lot of us.” He crushes the ciggie butt.

No he didn’t say a word about quitting. It was when I was walking back home, I recalled his words. If I am so influential to ten people, if they look towards me for inspiration, I should not do anything wrong and something I know is wrong. The first thing that came into my mind was smoking LOL. Yes always felt guilty smoking the cigarettes. I guess its time I quit.

Anyway, “quitting is the easiest job, I do that many times.” This used to be one of my punch lines with friends. Not anymore. I think it is definitely hard to quit bad things in life but I will not quit on the fact that I am quitting it. One day at a time baby One day at a time......


 
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 02-18-15 3:07 PM     [Snapshot: 427]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"Maya garau ra maya batau ... Ek chin ko hasskhel ta ho ni Jeewan Hoina ta ? "
भने पछि आज अम्बी निक्कै मुडमा हुनुहुन्छ जस्तो छ \

"Mero yaha kohi sanga kehi sambandha chaina "
तेस्को मतलब यहाँ साझाका धेरै भाइ-भतिजहरुको लागि लाईन खुल्ला भयो होइन त , कमसेकम "vacancy खाली " भन्छन नि - तेस्तो भएपछि मान्छेहरु दङ्ग पर्छन | नत्र यहाका केटाहरु एक जमानाको बुडानिलकण्ठ स्कूल जस्तै हालतमा छन् -केटीको अनुहार कस्तो हुन्छ बिर्सिसकेका | कमसेकम अम्बीले सबैलाई माया गर्नु हुन्छ , नोन-veg joke पनि राम्रै tolerate गर्नुहुन्छ , राम्रो sense ओफ humor पनि छ , अनि त त्यो पाकीस्तनी ले नेपाली भाइलाइ गरे जस्तो चै कसैलाई पनि नगर्लान कि \
 
Posted on 02-18-15 5:20 PM     [Snapshot: 598]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहा डीपओशन ब्रो, हाम्री अम्ब्रोसियाको माया जालमा फसे जस्तो छ |
♫ ♫ ♪ ल है ल है ♫ ♫ ♪|

बाई द वे , कस्तो राम्रो लेख्या , मलाई नि यस्तै लेख्न आए पनि हुनि नि अंग्रेजीमा :)
 
Posted on 02-18-15 5:54 PM     [Snapshot: 642]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ambrosia d,
हजुरको लेख अति राम्रो छ.

यहि चुरोटको प्रसङ्गमा भैरब अर्यालको एउटा लेख याद आयो. कपि पेस्ट गरको छु. धन्यवाद.

***************************************
चुरोट : केही झिलिमिली संस्मरण
****************************************
एकातिर बैँसदार मायालुको ओठ, अर्कोतिर गैँडामार एक कित्ता नोट, माझमा एक बुट्टा मोटरमार चुरोट- यी तीनै थोक अहिले अगाडि परे भने पहिले म कुनचाहिँ टिपुँला ? निद्राविहीन एक रात बाह्र-एक बजेतिर मेरो दिमागमा एउटा प्रश्न गुजुल्टयो । निकैबेर झ्यालको डँडाल्नीमा ट्वालट्वालती हेरेर तरङ्गिएपछि एक्लै खिसिक्क ओठ फुस्क्यो- कहाँ पालिसदार हीरा, कहाँ झुसिलकीरा ! जाबो दुईपैसे चुरोटको पनि कहीँ बैँसदार ओठ र गैँडामार नोटसँग तुलना हुन सक्छ ?

धत्, बहुला कहाँको !! मैले आफैँलाई हप्काएँ, तर हप्काउँदाहप्काउँदै मानौँ नाइटैदेखि तुलबुलीको एउटा कस्तो मुस्लो उठयो भने बसेको ठाउँमा बस्नै नसकी जुरुक्क उठेँ, भननन्न एक पटक कोठामा भौँतारिएँ । झुन्डिएजति कोट, पैन्ट, कमिज, बुससर्ट सबका खल्तीखल्ती छामेँ, एउटा टफी कताबाट अड्केको रहेछ क्वाप्प मुखमा हालेर मर्मरी चपाएँ । तैपनि तुलबुलीको रन्को छुटेन । अनि दराज, तखता, खोपा, मेच, बाकस, झ्याल, ढोका सबका अन्तरकुन्तरतिर हात घुसारेँ अस्ति नै हरायो भनेको एउटा काँगियो पाइयो, ककसले खसालेर नभेट्टाएका दुई-तीनओटा दुईपैसे, चारपैसे र पाँचपैसे ढयाक भेटिए । टेबुल र खाट सारेर मुन्तिरका घुरान केलाएँ- एउटा भाँच्चिएको होल्डर, दुई-चारओटा गोरखापत्र, समीक्षा र नयाँ समाजको पत्र, साँचो हराएको एउटा ताल्चा, दुइटा बेजोडा मोजा, एउटा कालो रिबन यस्तैयस्तै अर्थ न बर्थका सत्र थोक फेला परे, तर खोजेको जे हो सोचाहिँ हात लागेन । हैरान भएर एक गिलास पानी तन्न पिइदिएँ र तन्द्रङ्ग पल्टिएँ त्यही भताभुङ्ग ओछयानमाथि । प्रश्न फेरि दोहोरियो- हँ, अहिले मलाई के चाहिएको त ? सुर्केस खोलेँ भने गैँडामार नोट कसो ननिस्केला, जे भए पनि महिनाको पहिलै साताको जागिरदार पो त ! बैँसदार मायालुकै कुरा गरुँ भने कमसेकम आफ्नी पर्मानेन्ट त तुरुन्तै एभाइलेबल । यी दुई थोक पाएर पनि यो तुलबुली किन, यो छटपटी किन ? किन भनूँ ? दानापानीको, सेक्सपानीको र अहंपानीको प्यासभन्दा बेग्लै (?) त्यस बेला मलाई सताएको थियो अर्कै प्यासले, माने- एक सर्को चुरोटको प्यासले । त्यसकारण ओठ न नोट, म धुइँधुइँती खोज्दै थिएँ चुरोटको एउटा ठुटै भए पनि कतै अलमलिएको छ कि भनेर ।

प्रत्येक वर्षझैँ- त्यो वर्ष पनि वैशाख १ गतेदेखि चुरोट छाड्ने माघ १ गतेदेखिकै संकल्प थियो । चुरोट खान छाड्नु आवश्यक मात्र होइन, मेरा निम्ति अनिवार्य पनि थियो । यो अनिवार्यता मैले नबुझेको होइन, बुझ्दाबुझ्दाबुझ्दा कति बुझिसकेको थिएँ भने प्रत्यक चुरोट सल्काउँदा यही नै अन्तिम हो भनी आफ्नो तालिमी मनले संकल्प पढिसक्थ्यो । तर तलतलै न हो, मेरो संकल्प सारालाई तलतलै पुर्‍याएर आफू तेलझैँ मास्तिर तहरिहाल्थ्यो । अनि ‘तैतै आज एक दिनलाई भैगो, भोलिदेखि खाए के ?’ म दृढतासाथ संकल्प दोहोर्‍याउँथेँ । यसै गरी आज एक दिनबाट यो एक महिना, यो एक महिनाबाट यो बाँकी वर्ष हुँदाहुँदै चुरोट छोड्नलाई नयाँ वर्षको प्रारम्भ पर्खने लुत्रे र झुत्रे तालले कहिल्यै छाडेन । संकल्पशक्तिको यो हीनता जिन्दगीकै क्षीणता हो भनी म नबुझ्ने त होइन, तर बुझ्दैमा त्यो दह्रो भइहाल्ने पनि त होइन । चुरोट र क्यानसरका सम्बन्धमा कति चर्चा सुनिए, पर्चा पढिए, तैपनि चुरोट छोड्न सकिँदैन । अजित भएर २०१९ साल चैत मसान्तको दिन बेलुका मैले आफ्नो लाइटर फोरफार पारी फ्याँकिदिएँ, आस्ट्रे किचकाच पारी मिल्काइदिएँ, बाँकी बचेका दुई-चार खिलीसहित बट्टा च्यातचुत पारी आफल्दिएँ । “ए, लाइटर त नफालौँ” भनी बराबर सलाई नपाएर भोगेका कतिपय संकटको सम्झना उनी दिँदै थिइन्, तर मैले भीष्मको आवजमा सगर्व उडाइदिएँ- “अब पनि मैले चुरोट खाला भन्ने ठानेको कि ?”

१ गतेदेखि नखाएको ४ गते बेलुका यो दसा ! मलाई आफ्नो कमजोरीदेखि रिस, घृणा, ग्लानि सबथोक उठे, तर सबैभन्दा अग्लो भएर उठयो फेरी उही तलतल । हो, म साँच्चै तलतलाएँ, तर उपाय केही थिएन, गाँउको घर भएकोले पसल नजिक थिएन, आधा रातमा आधा कोस पर कसलाई उठाउन जाने ? बरु काकाकहाँ माग्न पठाऊँ- एउटा मसिनो आशा उदायो । तर यति जाबो कुरामा पनि आफ्नो दृढ प्रतिज्ञा अहिल्यै उनको अगाडि कसरी भंग गर्ने ? मेरो पौरुष अनकनायो ।

अम्बलले न पौरुष भन्छ, न प्रेस्टिज ! तत्कालै एउटा घटनाको सम्झना आयो । एकताका पोखराको एउटा गाउँले स्कूलमा म शिक्षक थिएँ । एक दिन यसै गरी चुरोट खान पाइएन । दिनभर पुग्ला भनियो, बेलुका त ठन्डाराम ! भोलिपल्ट तलतलले सबेरै तल ओरालिहाल्यो । आँगनमा आफू बसेको घरको हली हल्लँदै रहेछ । आफ्नो मास्टरी प्रेस्टिजलाई दाह्राले सकेसम्म थिचेर त्यही ग्वाङ्ग्रो खालको हलीसित मैले दीन पुकार गरेँ- “रामेदाइ, तिमीसित एउटा चुरोट छैन ?” रामेले असजिलो मानेर भन्यो- “चुरोट बनाउँदै छु, मास्टरसाहेब !” नभन्दै ऊ बेलौती (अम्बा) का सुकेका पात टिपेर माड्दै रहेछ । म केटाकेटीहरुलाई पसल पठाउने धुनमा थिएँ, रामेले भुसा ल्याएर टक्रयायो । बूढी औँलाजत्रो कलात्मक चिलिममा अम्बाको पात माडेको धूलो हालेर निकालेको धूवाँ- न तमाखु, न कक्कड साँच्चै भुसाहा नै थियो त्यो ! “तानूँ त ?” मैले लजाउँदै सोधेँ । “यति सानो चिलिम उचाल्न सक्नुहुन्न र तान्नै पर्‍यो, तान्नलाई डोरी पनि चाहिन्छ कि ?” रामे हल्ल हाँस्यो, मैले सुइँसुइँ भुसाहा तानेँ । झ्यालबाट केटाकेटीले गिज्याए- “जात फाल्नु गहता’ झोलमा !” तर के लाग्छ, क्याकक्याक गरेर पनि तलतलले मूतको न्यानो तापिछाड्यो । त्यसरी त लाज पचाइयो भने उनलाई उठाएर काकाकहाँ चुरोट माग्न पठाउन के गाह्रो ! तर काका पनि त चुरोटपीडित रहेछन् भने ? फेरि अर्को सम्झना आयो ।

एक दिन केटाकेटीमै काका (बलराम अर्याल) र म पढेर घर फर्कंदै थियौँ । तलबी हुँदा त तीन दिन भरी भए तेह्र दिन पन्चट रहने आफ्नो खल्तीको कुलाङ्गार बानी, त्यसबेला बिलकुल ढाक्रे विद्यार्थी । एकातिर बाबुबाजेको अघिल्तिर चुरोट नखाने हामी आदर्श छोरा, अर्कातिर एकान्तमा ठुटा बेरेर भए पनि मुख नधुवाँई नहुने हामी अम्बली मोरा ! अनि पैसा पनि सधैँ कहाँबाट पुगोस्, दुवै जना हरिकंगाल । टंगाल हुँदै कमलपोखरीबाट गौशालातिरको सडकमा लुखुरलुखुर हिँड्दै थियौँ । हुन त भोकले पनि कम सताएको थिएन, तर भोकभन्दा मापाको थियो उही तलतल ! रातो पुलनिर पुगेपछि तिनताकाका पुड्कापुड्का हाम्रा काकाले मायालाग्दो गरी प्वाक्क भन्नुभयो- “बाटामा राम्रोसित हेर्दै हिँड् है, त्यतिका पशुपतिभक्तहरु हिड्दा यो सडकमा एउटा दुईपैसे ढ्याक कसो नपाइएला !” यो ठट्टा भइदिएको भए बरु त्यति हाँसो उठ्तैनृयो तर कुरो थियो मर्मान्तकै ! अहिले पनि त्यो बाटो हिड्दा बुक वन र बिगिनर्स ट्रान्स्लेसनका किताप च्यापेर बाटामा ढ्याक पाइन्छ कि भन्दै हिँडेका पैसाविहीन काका-भतिजाका तलतलग्रस्त तुलबुले मुद्रा झलझली सम्झन्छु ।

चुरोट नपाउँदाका, सलाई नजुट्दाका, बाआमाले थाहा पाउलान् भन्ने डरले लुक्ता-लुकाउँदाका चाखलाग्दा काण्ड कति छन् कति- घरतिर, छात्रावासतिर, स्कूलकलेजतिर, अड्डाअफिसतिर अनि सबैतिर । जतिसुकै प्रेस्टिज र नैतिकता राख्नुपर्ने मान्छे छ भने पनि चुरोटमा उसको केही लाग्दैन । कहिलेकाहीँ चिन्दै नचिनेका मान्छेसित पनि एकोटा अप्ठ्यारो जनाउँदै चुरोट मागिएको छ, चुरोट नभएको बेलामा चिनेको मान्छे भेट भयो भने त ‘के खोज्छस् काना आखाँ’ भइहाल्छ । माग्नै किन पर्‍यो र ! आफ्नो रित्तो खल्ती छामछुम पार्‍यो, चुरोट खाने मित्र रहेछ भने यसले चुरोट खोज्यो भनी बुझिहाल्छ । यो त मामुली नै भयो, सुटुक्क भनिदिऊँ भने कहिलेकाहीँ मैले बाबुको खल्तीबाट चुरोट चोरेको पनि छु, कहिलेकाहीँ मेरो चुरोट चोरिएको पनि छ ।

यस्तै कुराहरु सोचेर आत्मग्लानि मेट्तै मैले उनलाई उठाएँ र भनेँ- “म त चुरोट छोड्न नसक्ने भएँ बा ! के गर्ने ?” आफूले गरेको भविष्यवाणी सत्य निस्कदाँ उनी गर्वले गजक्क फुलेर नाक नेप्ट्याउन थालिन्- “मैले सक्नुहुन्न भनेकै थिएँ, अब यस बेला के गर्ने ? तमाखु खाने ?” प्रस्ताव त गजबै हो, तर मध्यरातमा ट्वार्रट्वार्र हुक्का बजेको सुन्दा ख्याक आयो भनेर भाइबहिनीहरु कतै नझस्कून्, त्यो त छोडदिऔँ, बाले सुन्नुभयो भने, ‘चुरोटसुरोट खाँदैन भनेको छोरो त आधा रातमा हुक्का पो टुर्टुराउँदो रहेछ ए !’ त्यसो भए पानीसानी मिल्काएर स्वाइँस्वाइँ तान्ने त ! कुरो योचाहिँ लम्बरी ! अगरनो तलै भएकोले त्यो अकबरी तलतल मार्न तलै ओर्लिएर तमाखु हालियो । पानी रित्तिएको हुक्कामा नाली नहाली स्वाइँस्वाइँ-स्वाइँस्वाइँ एकनास शोषले झैँ तानेर मैले तमाखु सिद्धयाउनै आँटेको थिएँ, आमाले आफ्नै कोठाबाट बोलाइदिनुभयो- “बाबु !” तलैबाट आवाज दिऊँ, यस बेला तल किन ? ‘हजुर’ भन्नको लागि कोठामा पुगूँ, त्यति छिटो बिरालाचालले कसरी भर्‍याङ उक्लने ? आफूलाई फेरि रिङटा लागेर छुट्टी ! तर छोराबुहारी कसैबाट आवाज नआएकोले उहाँले फेरि दोहोर्‍याउनुभएन र मात्रै, नत्र प्रतिज्ञा तोडेको अपराधको फल तुरुन्तै फलेजस्तो हुन्थ्यो आफूलाई ।

चुरोट त खाँदैखान्न भन्दाभन्दै तमाखु र बिँडी दुई थोक नया अम्मल समातिए । घरमा तमाखु, बाहिर बिँडी, कति सजिलो ! तैपनि चुरोट नै चाहिँ नखाएकोले जे भए पनि गर्वै थियो । तर एक साँझ सिनेमाको माध्यान्तरमा रोचकले झसांग पार्दै भने- “ए चुरोट छाडेको होइन के ?” नभन्दै म त मजासित गोल्डफ्लेक उडाउँदै पो रहेछु । रमेश विकलले कुन बेला चुरोट दिएछन्, आफूले सुइँक्याइएछ, कस्तो मजा बेहोसी !

आफू चुरोट नखाने मान्छे, त्यसै पनि हामीले खाएको मन पराउँदैनन्, झन् म त छाड्नै पर्ने र छोडिसकेको मान्छे, त्यसैले कति दिन अरुको अगाडि मैले चुरोट, बिँडी केही पनि खाँदै खाइनँ । एक दिन राति म एक जना साथीकहाँ थिएँ, मलाई आफ्नो कोठामा छोडेर उनी अर्कै घरतिर गइसकेपछि मैले लुसुक्क चुरोट सल्काउन खोजेको, सलाई पाइनँ । ताल्चा नमारेका ठाउँजति सबैतिर खानतलासी गर्दा पनि एक छेस्को सलाई पाइएन । आखिर कताकताबाट खाटमुनि एउटा थोत्रो फेला पार्न पुगेँ म । तार तानतुन पारी टुपिन जोडेको मात्र के थिएँ- बिजुली झ्याप्पै । अब भएन के ? चन्द्रावतीले भात खान लागेको जस्तो पो भयो आफूलाई । चुरोट खाने चाँजो मिल्दै मिलेन । तिनताका मेरो डेरा थियो बांगेमोहडानिर, बाङ्गेमोहडानिर डेरा भए पनि म त मान्छे सोझै थिएँ । भोलिपल्ट बेलुकी नौ-दस बजेतिर अफिसको काम र होटेलको माम सकी कोठामा पस्ता त आस्ट्रे, लाइटरसहित एक बट्टा क्याप्टेन सिरानमा सजिइराखेको ! छक्कै परेर सूचना पढेँ- “हिजो सलाई नपाएर जिल्लिएको बुझिएकोले सबथोक हाजिर छ, भोलि सबेरै एउटा हास्यव्याङ्ग्यलेख प्रेसमा हाजिर गराउनू !” यो थियो रचनाका लहडकान्त सम्पादकज्यूको आदेश ।

हुन त महाकवि देवकोटाको चुरोटखुवाइ सम्झँदा हाम्रो चुरोटखुवाइ के हो र, प्रशस्त खाएको दिन सालाखाला दुई बट्टा खाइएला, त्यसमा पनि म त सिंहमारदेखि बिरालोमारसम्म जे पनि सरासर चल्ने क्लासविहीन भलादमी । तैपनि बढ्दै थियो- आफ्नो स्थिति हेरी । त्यसैले छोड्नै नसके पनि घटाउने प्रयत्नमा मैले बट्टाको सट्टा खुद्रा खरिदको नीति लिएँ । तर आफूले नलिँदैमा खान घट्छ भन्ने आशा पनि बेकार ! बरु आफूले चुरोट तानिरहेको बखत मान्नुपर्ने मान्छेले ‘खोइ, एउटा यता पनि’ भनिदिए भने उल्टो आफैँले हिन्नेत्याइँ अनुभव गर्नुपर्छ । कवि सिद्धिचरणज्यू र रामराजज्यूसित कसोकसो प्राय: यस्तै परेको छ धेरै पटक । आफूलाई खान छ, अरुले माग्दा छैन, छैन, चुरोट पनि छैन, सलाई पनि छैन साथमा, कहिल्यै पनि । चुरोट छोड्नै सकेको पनि होइन कहिल्यै पनि- कस्तो दरिद्र चाल !

त्यसैले एक दिन मैले अरु विभिन्न प्रतिज्ञाहरुको साथ ‘चुरोट खानु र मान्छे पोलेको धूवाँ खानु बराबर’ हो भनी किरिया खाएर कागत लेखेँ, सही गरेँ, हुक्काले अलमल्याउला भनी त्यो पनि फोरिदिएँ र सान्त भएर ती दिन गावैँमा काटेँ तर पनि केही लागेन । मैले तीन-चार वर्ष मासु छोडेँ, कति दिन नुन छोडेँ, कति लामालामा अवधिसम्म आफ्ना अति प्रिय वस्तु र प्रियतमहरु छाडेँ, तर एक साता पनि धूम्रपानलाई बिल्कुलै छाड्न सकिनँ । मेरो यो चुरोट समस्यामा सबै साथीहरुको सहानुभूति उब्जन्छ र अफिसमा एकछिन चुपो लागेको देख्ता हाम्रा केदारज्यू सोध्छन्- “दाजुको ट्रान्जिस्टरलाई ब्याट्री चाहिएको जस्तो छ नि !” हो, निकोटिनको क्यानसर हुन्छ, तर सेलाएका बखत स्नायविक तारहरु तताउन निकोटिनको निकै आवश्यकता पर्दो रहेछ क्यारे हामीलाई ।

साँच्ची नै शिथिलतामा सुर्तीले ग्लुकोजको काम दिई फुर्ती निकालिदिन्छ भने सुर्तीका क्षणको सबभन्दा ठूलो संगाती पनि सुर्तीको धूवाँसिवाय केही छैन । यी दुवै कुरा मैले आफ्नो एक महिनाजतिको दिल्लीप्रवासको बखत राम्रैसित अनुभव गरेको छु । त्यहाँ पनि मैले चुरोट छोडेँ, पपाँच मिनेटमा एउटाएउटा ट्याप लगाएको बात नलागोस् नत्र बाबुराम पौड्याल साक्षी छन्, मैले प्रत्येक दिन चुरोट छाडेँ, प्रत्येक रात चुरोट छाडेँ । त्यसै बेलादेखि मार्कट्‍विनको यो भनाइ साह्रै घतलाग्दो गरी म सम्झन्छु- “चुरोट छोड्नु कुनै गाह्रो काम होइन, मैले एक सातामा कैयौँ पटक चुरोट छोडिसकेँ (उसैको वाक्य आएन) ।”

त, व्यापारीले बातैपिच्छे धरोधर्म भन्नु र मैले सासैपिच्छे चुरोट खान्नँ भन्नु एकै भयो । तैपनि जमुनाको किनारमा बसेर अर्को संकल्प गरेँ- अब गंगाजीको किनारमा उभिएर पानी छुँदै किरिया हालौँला । तर बनारसमा पुगेपछि भेट्नेबित्तिकै चारमिनारका बट्टा तेर्स्याउँदै शिव भट्टराईज्यूले भने- “विश्वनाथ बाबाको नगरमा सके गाँजाकै चिलिमले स्वागत गर्नुपर्थ्यो !” म पनि पशुपतिनाथ बाबाकै प्रजा हुँ नि ! चारमिनारको कुहिरीमण्डलमा हाम्रो ठट्टाध्याय गुरु वाक्क भएर घरबार राजीनामा गर्ने त्यागी, महात्यगीले त चुरोट छोड्नुको सट्टा गाँजासमेत उडाउन थाल्छन् भने मैले चुरोट किन छाड्ने ? स्वास्थ्यको निम्ति भनूँ भने अब चुरोट छोडेर स्वास्थ्य सुधार्छु भन्नु बुढी वेश्याले आर्यघाट नुहाएर जीवन पवित्र पार्छु भनेजस्तै त हो नि ! यस्ता कुरा सोच्तासोच्तै पनि काठमाडौँ पुगेर चुरोट छाड्ने धोको ठ्याम्मै बिसाएको त थिइनँ । तर शुभसाइतमा चाहिँ कहिल्यै परेको होइन ।

चुरोट छाड्ने अर्को प्रयास मैले पोहोर रावलपिण्डीमा पनि गरेँ । त्यस बेला साथी हुनुहुन्थ्यो- रुपरेखाका सम्पादक बालमुकुन्ददेव पाण्डे र मदरल्याण्डका सम्पादक मणीन्द्रज्यू । काठमाडौँ-त्रिशूली सडकजस्तै (ठीक उस्तै र उत्रै) एउटा पहाडी यात्रामा उहाँहरुले मलाई धेरै सम्झाउनुभयो, तर मैले पो चुरोट छाड्नुपर्छ भन्ने कुरो बिर्सेको कहाँ थिएँ र ! मोटरैबाट चुरोटको बट्टा मिल्काएर भनेँ- “लौ त लौ, म चुरोट खान्नँ ।” तर साँझ एउटा पार्टीमा भने उनीहरुको आँखा छलेर पनि चुरोट तानिछाडेँ ।

म कहिलेकाहीँ त्यसै पनि व्रत बसिदिन्छु । साथीहरु भन्छन्- खाना पनि छाड्न सक्छ कस्तो मान्छे यो ! फेरि जब चुरोट सल्काउन थाल्छु उनीहरु दोहोर्‍याउँछन्- जाबो चुरोट पनि छाड्न सक्तैन कस्तो मान्छे यो ! अब म यस्तै मान्छे ! के गर्ने ? चुरोट त म खान्नँ भन्दै छु, तर चुरोटले चोरेर भए पनि मलाई खाइहाल्छ । हो, सल्य भन्छु- मलाई चुरोटदेखि डर लाग्छ, घृणा लाग्छ तर म आत्मसमर्पित हुँदै आएको छु- यही छुसी चुरोटसँग । यो क्रम कतिसम्म चल्ने हो, म हजुरले कति पटक चुरोट छाड्ने हुँ त्यो त भन्न सक्तिनँ, तर फेरि नयाँ वर्ष लाग्दै छ, म चुरोट छोड्दै छु- योचाहिँ पक्का हो ।
 
Posted on 02-18-15 6:05 PM     [Snapshot: 665]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Lau lau bihana bihan yeso uthera herda ta katti ota comments ho......lol .....kaha bata suru garne reply garna hola hai???
Aaru ta testai ho mann ko kura lekheko ho mann dekhin....mann paraidinnu bhayeko ma mannai dekhin dhanyabaad
 
Posted on 02-18-15 9:28 PM     [Snapshot: 906]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

aaja Nas jyu le yesto acchamma ko picture post garera malai chakit banai dinnu bho..... aru bela khali nagna mahila haru ko pic haru post gareney....aaja sayad maile kehi badlau lyauna lai maddat gareko jasto lagyo....ani yes I am also proud of myself ;)
 
Posted on 02-18-15 9:39 PM     [Snapshot: 927]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"Mero yaha kohi sanga kehi sambandha chaina
Maya garau ra maya batau ... Ek chin ko hasskhel ta ho ni Jeewan Hoina ta ?"

sojoketo listening to

https://www.youtube.com/watch?v=2Wn55KZZ5D8
 
Posted on 02-18-15 9:40 PM     [Snapshot: 927]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nas jyu tapai jasto hunnu huncha....tehi theek cha....kosaiko lagi kohi badalnu pardaina.....you wont be happy....the day you feel you need to change the change will come from within.... ra i dont judge you....:)
 
Posted on 02-18-15 9:42 PM     [Snapshot: 941]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

OMG!! sojho teti sarro ni na bhannum ta malai :)
 
Posted on 02-18-15 9:57 PM     [Snapshot: 964]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

aawwwwwww Nas come on you are one hell of a sweet guy....yea a lit explicit at times but hey its natural i guess with some....
sojho is a very smart guy....he and i both know tht I am his sajha crush and we are cool about it!!!
 
Posted on 02-18-15 10:11 PM     [Snapshot: 978]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

one can learn the best effective way to flatter and flirt from ambrosia. she is just perfect on it :)
Nas(ey)
अब senti flat पनि हुन नपाउ ta.
एक त mero रसवरी is getting married
झन् amby र सोजो केटो को चेमिस्त्री पनि इस not like before.
अनि senti flat भै भावुक geet  त सुन्नु पर्यो नि.
मुटुलाई healthy ta राखनै पर्यो नि. 

https://www.youtube.com/watch?v=qnT7lCH1_gg
Last edited: 18-Feb-15 10:11 PM

 
Posted on 02-18-15 10:13 PM     [Snapshot: 995]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Control garney gara..... rish sabai lai uthcha....uthey pacchi chahi kasari handle garney bhanney kura matter garcha hai
 
Posted on 02-18-15 10:14 PM     [Snapshot: 1005]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sojho plz dialogue na mara..... malai pharak pardaina :) tara you know we are cool :)
 
Posted on 02-18-15 10:23 PM     [Snapshot: 1019]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

amby,
कसैलाई dialogue मारेको छैन.
i ain't have to..
sojoketo is damn cool. was, is and forever. :)
listening and sharing senti song as it is making me relaxed.

Last edited: 18-Feb-15 10:23 PM

 
Posted on 02-18-15 10:25 PM     [Snapshot: 1035]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-18-15 10:32 PM     [Snapshot: 1053]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hahahaha Nas yes yes :) perfecto :D
 
Posted on 02-18-15 10:45 PM     [Snapshot: 1079]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nas good night and sleep tight!
 
Posted on 02-20-15 10:14 AM     [Snapshot: 1454]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सोजोकेटो ब्रो को reply सारै घत लाग्यो.
निस्ठुरी ले छाडेर गइ हाली रे? ROFL
 
Posted on 02-20-15 2:44 PM     [Snapshot: 1534]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

 

Last edited: 19-Mar-15 02:01 PM

 
Posted on 02-21-15 2:06 AM     [Snapshot: 1894]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sajhasexy
Thank you:)
 
Posted on 02-24-15 10:38 AM     [Snapshot: 2382]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I hope the title is not in response to sajhasexy's response.
 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
अमेरिकामा छोरा हराएको सूचना
ओच्छ्यान मुत्ने समस्या ( confession )
susta manasthiti lai ke bhanchan english ma?
Returning to Nepal with us citizenship. Property ownership
Do nepalese really need TPS?
Breathe in. Breathe out.
Drawback for applying NRN card
nrn citizenship
Democrats are so sure Trump will win
My facebook archive (for sale)
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters