[Show all top banners]

Fuel Tank
Replies to this thread:

More by Fuel Tank
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

instagram

sabikali
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Cricket Competition Invitation

[Please view other pages to see the rest of the postings. Total posts: 40]
PAGE: <<  1 2  
[VIEWED 25773 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 02-05-15 3:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ब्रोहरु सबैले फूटबल को क्लबहरुको Fantasy Football त खेल्नुभएकै होला | यो चै क्रिकेट वोल्ड कप को लागी निम्तो हो | हामी सबै साझाको साथीहरु एक आपसमा क्रिकेट किन नखेल्ने ?
मैले साझाको साथीहरुको लागी एउटा लिग शुरु गरेको छु |

१. https://fantasy.icc-cricket.com मा गएर आफ्नो खाता खोल्ने |
२. अनि आफुसंग भएको १,०००,००० पैसाले ११ जना खेलाडीको एउटा टिम बनाउने | राम्रो खेलाडी को पैसा महँगो छ, नराम्रो खेलाडी सस्तो |
त्यसपछि लिग जोइन गर्ने | हाम्रो लिग को कोड 20968 हो |

खेल्दा प्रतेक म्याच अगाडी खेलाडी अपडेट गर्न सकिन्छ तर जतिखेर पनि अपडेट गरेको पनि राम्रो हैन किन भने क्नक राउन्डमा पुग्नु अगाडी जम्मा ४२ वोटा खेलाडी चेन्ज गर्न पाईन्छ | नियम हरु त थाहा भै हलच नि | यसो यो वोर्ल्द्कप् को रमाईलो सबै साथीभाई संगै बसेर किन नगर्ने ?

लौ अब उतै भेटौंला |
*************
अपडेट १ : नकआउट  राउण्ड मा पुग्नु अघि ४२ वोटा खेलाडी चेन्ज गर्न पाईन्छ भनेको थिएँ | खासमा त्यो चै लिगको बीच सम्म मात्रै रैछ | अनि फेरी अर्को ४२ वटा चेन्ज गर्न पाईनी रैछ |

Last edited: 23-Feb-15 04:12 PM

 
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 02-23-15 10:46 PM     [Snapshot: 1510]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यै त म सोच्दै थिएँ, यो मान्छे ले जो रूट लाई क्याप्टेन बनाएर के गर्न खोज्या होला भनेर | स्टेल्थमोड मा के होला खै ? क्रिस्गेल क्याप्टेन होला , मख्ख छ ब्रो :)
लगातार आची खाको थिएँ क्रिस्गेल लाई क्याप्टेन बनार, आज त रोज्दिन भनेथें, अनि खेल सुरु हुन ३ मिनेट बाँकी हुँदा चेन्ज गरेर राखेको, आज चै काम गर्ला जस्तो छ |
 
Posted on 02-24-15 9:49 AM     [Snapshot: 1594]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

[अपडेट : कलेजफुटबलरक्स ब्रो,  फेन्टासी खेल्ने आईसीसीको साईटमा छलफल गर्ने वा स्कोरको बारे कुरा गर्ने ठाउँ छैन, त्यसैले यहाँ गरेको हो | अन्यथा नलिम् है विंक ;) ]

हिजोको क्रिस गेलको डबल सेन्चुरीले हाम्रो अंक तालीकामा एउटा ठुलो झट्का लागेको छ | लामो समय देखी १ नम्बरको अग्र स्थानमा रहेको निराजन कार्की को ज्यांगस् टिम चिप्लेर पाँचौ नम्बरमा पुगेको छ | क्रिस गेललाई क्याप्टेन राखेर लगभग २००० अंक एउटै खेल बाट हातपार्ने बाँकी टिमहरु माथी उक्लिएका छन | खाली रहेको पहिलो स्थान सिद्दान्त ब्ब्रो को एम आर एफ टिमले समातेको छ भने घिन्तांग ब्रो लगभग ५०० अंक पछी दोश्रो स्थानमा  अनि डाम्नाहरु चै तेस्रो स्थानमा | 
स्मरण रहोस, चिप्लिएका निराजन कार्की ब्रो ले आफ्नो सब्सटिच्युसन् लगभग प्रयोग गरिसकेका हुनाले माथी आउने सम्भावना न्यून हुँदै गएको छ भने दोस्रो स्थानमा रहने घिन्तांग ब्रो को सब्सटिच्युसन् बाँकी रहेकाले उनको माथी उक्लने सम्भावना अझै रहेको छ | माथी उक्लने सबैलाई बधाई दिंदै  सबै टिमहरुलाई प्रगतीको शुभकामना |
Last edited: 24-Feb-15 09:58 AM

 
Posted on 02-24-15 9:56 AM     [Snapshot: 1613]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Player change garera Chris gayle lai power player banako ma ta 26 bata sidhai 18 ma aaye
 
Posted on 02-24-15 11:21 AM     [Snapshot: 1667]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्तर ब्रो, अझै २-३ चोटी यस्तै चिट्टा पर्यो भने त सिधै एक नम्बरमा नि :)
 
Posted on 02-26-15 10:45 AM     [Snapshot: 1839]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हामी पहिलो राउन्डको लगभग लगभग अन्त्य तिर आईपुगेका छौँ |  हिजोका दुई र अस्तिको एक गरेर तिनवटा खेल पछि अंकतालिका निम्नानुसार छ |
घिन्तांग सबैलाई उछिनेर एक नम्बरमा उक्लिन सफल भएको छ भने अस्ति भर्खर एक नम्बरमा उक्लिएको सिद्दान्त लामिछानेको एमारएफ ११ को त्यहाँको आयु लामो हुन सकेन र तिन नम्बरमा झर्यो | बिचमा अरुण ब्रोको डाम्नाहरुले दुई नम्बर स्थान ओगटेर बसिराखेको छ |
साथै , साथीहरुलाई अबको बाँकी तिन खेलहरु भित्र आफ्नो सब्सटिच्युसन् प्रयोग गर्न अनि सम्झाउन्छु |  

 
Posted on 02-26-15 7:38 PM     [Snapshot: 1886]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज को खेल मा पनि च्रिस गेललै नै पवोर पालेयेर बनाको छु खोइ क हुन्छ हेरौ ...
 
Posted on 02-27-15 8:59 AM     [Snapshot: 1947]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Chris gayle lai hataera ab de viller lai power player bhaneko game start hunu bhandi 8 mins agadi , malie TA pheri lottery lagyo fuel tank bro
 
Posted on 02-28-15 11:55 AM     [Snapshot: 2039]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

At the end of Stage 1. 
Hijo Ashwin lai captain rakhera alikati vaye pani rahat diyo. Aus v NZ chahi Boult/Starc narakhera dhwasta nai vayo. 


 
Posted on 02-28-15 12:44 PM     [Snapshot: 2046]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले झंल्यांस्स देखेको थिएँ एक जनाको पावर प्लेयर अस्विन थियो भनेर | अनि फेरी फर्केर गएर हेरेको टिम चेन्ज भैसकेको थियो | घिन्तान्ग्को पो रैछ |  लास्टमा गएर किन महमद सामीलाई नखेलाका हुन् मित्र रास्ट्र भारतीय हरुले ? मेरो एउटा खेलाडी त्यसै खेरा गयो नि, नत्र माथी आउने चान्स थियो |

एनिवेज, घिन्तांग, अरुण र सिद्दान्त ब्रोहरुलाई धेरै धेरै बधाई छ फस्ट, सेकेन्ड र थर्ड भकोमा | सबै तिसै जना भाग लिने टिमहरुलाई पनि धेरै धेरै धन्यबाद | फेरी नयाँ राउन्डमा ४२ वटा सब्स पाईन्छ | आशा छ, यसको प्रयोगले अंक तालिकामा ठुलो फेर बादल आओस | साथै घिन्तांगलाई धन्यबाद पनि , अंक अपडेट गरेकोमा (आफु फस्ट भएर होला हि हि हि हि ) | अलिकति बेफुर्सदी भएर हिजो शुक्रबारको भाग कथा पनि लेख्न भ्याएको छैन, प्रियंकाजीको कथा लेखम भनेको त्यो पनि भ्याएको छैन | आज भ्याउँछु होला | तर बाफरे || हिजोको न्युजिल्याण्ड र अस्ट्रेलियाको म्याच | व्हाट अ नेल बाईटिंग थ्रिलर |
Last edited: 01-Mar-15 12:50 AM

 
Posted on 03-01-15 12:01 AM     [Snapshot: 2093]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एह्मद शेह्जादलाई पावर प्लेयर बनाको, मुला त एघार बल खेलेर आलु रन बनाएर पो आउट भयो | मेरो नम्बर बढ्ला भनेको -२२ पो घट्यो त | तोइत | रिसुट्यो |
Last edited: 01-Mar-15 12:31 AM

 
Posted on 03-02-15 6:16 PM     [Snapshot: 2239]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दोश्रो स्टेजको दुईवटा खेलहरु पछी अंकतालिकामा सानो फेरबदल भएको छ | पहिलो चोटी म तेस्रो स्थानमा उक्लिन सफल भएको छु | घिन्तांग र डाम्नाहरु अझै पनि पहिलो र दोश्रो स्थानमा बसिराखेका छन  | तेस्रो, चौथो र पाँचौ बीच सय अंक भन्दा पनि कम को फरक रहेकाले आजको खेल क्रुशल हुनेछ | सबै साथीभाई हरुलाई ठुलो शाउट आउट छ है | अनि भर्खर आज जाँठा ब्रो ले लिग जोईन गरेकाले उनलाई पनि स्वागत गर्न चाहन्छु यहि बाट | सबैलाई गुड लक |

 
Posted on 03-09-15 7:36 PM     [Snapshot: 2362]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिजोको खेलमा मैले स्टेभेन फिनलाई पावर प्लेयर राखेको केटो त खेल्दै खेलेनछ | ठुलो घाटा लायो, सब्स्तिच्युत मात्र खेरा गयो |  अहिले को अंक तालिकामा हाम्रो डाम्नाब्रो  एक नम्बरमा , घिन्तांग ब्रो दुई नम्बरमा र म स्वयं तिन नम्बरमा छौँ |
सौगात ब्रो, सिद्दान्त ब्रो र  पोर्ष२०१४ ब्रो हरु एकअर्कालाई  कडा टक्कर दिंदै  चौथो , पाँचौ र छैटौ नम्बरमा | अनिल, बिनोद, थान्दर्बोल्ट  र कुल्बिंदर सन्धु ब्रोहरुलाई टप टेनमा पर्नुभएकोमा बधाई पनि दिन चाहन्छु |


 
Posted on 03-10-15 4:17 PM     [Snapshot: 2446]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटा गोर्खे छिरी १५ नम्बरमा पुगी सकेछ : तेसैलाई सपोर्ट गर्दै छु | अहिले १५ नम्बरमा पुगेका छन् : हेर्दै जाउ के गर्छन ?
 
Posted on 03-10-15 5:16 PM     [Snapshot: 2457]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सक्कली गोर्खे चै २६ नम्मरको हो झैँ लाहा मलाई त |
 
Posted on 03-11-15 6:48 AM     [Snapshot: 2499]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो-गोर्खे १ लै धन्यवाद सपोर्ट को लागि !! यो गोर्खे कैंलो चै हाफ टाइम पछि छिरेको हो गेम मा, २७ नम्बर मा छिरेको हो, टप १० को टार्गेट छ हेर्दै जाउँ ...
 
Posted on 03-15-15 12:10 PM     [Snapshot: 2618]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेर्दा हेर्दै Fantasy Game को दोश्रो चरण पनि सकियो |  घिन्तांग ब्रोले आफ्नो पहिलो स्थान जोगाएर राख्न सफल | अरुण ब्रो दोस्रोबाट खस्किएर तेस्रो स्थानमा पुग्नुभयो भने म तेस्रो बाट उक्लिएर दोश्रो स्थानमा पुग्न सफल भएको छु |  त्यस्तै पोर्ष२०१४ ब्रो, छ नम्बरबाट माथी उक्लिएर चारमा पुग्नुभयो भने ४ नम्बरको सौगात अधिकारी ब्रो तल झरेर छ नम्बरमा पुग्नुभयो | ५ नम्बरको को सिद्दान्त ब्रो जहाँको तहीं | 
नम्बर ७ मा हुनुभएको अनिल ब्रो लाई नम्बर आठ मा हुनुभएको बिनोद ब्रोले उछिनेर एकअर्काको स्थान हेरफेर भएको छ | नम्बर नौको ठण्दर्बोल्ट ब्रोलाई नम्बर १०को कुल्बिंदर ब्रोले उछिनेर उनीहरुको स्तन पनि फेरबादल भएको छ | टप टेन मा पर्ने सबैलाई बधाई |
टपटेन टार्गेट गरेर १५ नम्बरमा रहेको स्प्यार्स ब्रोको गोर्खे टिम तल झरेर १७ नम्बरमा पुगेको छ भने हाम्रो पुन्तरब्रो त सिंक-होलमा खसे झैँ कति तल हो कति तल, देख्न नै  छोडियो | सबै ब्रोहरुलाई अर्को राउन्डको शुभकामना |

 
Posted on 03-18-15 7:45 AM     [Snapshot: 2716]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sri Lanka le dubayeko awastha... Power player lenegative point lyayo ani na ta aafu (Sri Lanka) le run banayo na ta arko le banauna payo...
 
Posted on 03-18-15 5:05 PM     [Snapshot: 2765]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेसका बाजे, लास्ट गेम मा पनि हुदै नभाको क्रिस गेल लै पावर प्लेयर बनाएर धोका खाइयो , यो चोटी चै दि विल्लियार्स लै बनाको खेल्नै खेलेन .. फासाद मा परियो ..
 
Posted on 03-18-15 7:20 PM     [Snapshot: 2790]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पोर्ष२०१४ र स्प्यार्स ब्रोहरु,
कुरो एउटै एउटै हो, हिजो को खेलमा दिल्शान लाई पावर प्लेयर बनाउने, सांगाकारा वा डे भिलियर्सल जसलाई बनाए पनि खासै फरक नपरेको अवस्था | मैले सांगाकारा बनाको , ४५ को स्ट्राईक रेटमा के नम्बर आउने ? तिमीहरुले डे भिलियर्सललाई बनाको होला, नम्बर आएन | दिलशानले चै नेगेटिब नम्बर दियो होला | त्यस्तै ४०-५० नम्बरको फरक पर्यो होला धेरै परे | कुन चै ले हो, हिजो डेल स्टाईन लाई पावर प्लेयर बनाएको थियो , त्यो चै बबाल माथी उक्लियो पक्कै पनि | अंक तालिका आज को इन्डियाको गेम पछी अपडेट गर्छु |
 
Posted on 03-20-15 9:27 PM     [Snapshot: 2881]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"I Give up" भन्न मन लायो मलाई त | आजको कस्तो क्रुशल म्याच थियो | साढे ११मा होला गेम भनेको त २५ ओभर सकिसकेको रैछ | तैत | ब्रोहरु सबैको ६ वटा प्ल्येर खेलेर १०००- १५०० नम्बर आउंछ होला मेरो त भएको ६ वटा सब्स पनि खेरा गयो |
लेट्स सी, सेमी फाईनल र फाईनलमा केहि हुन्छ कि |
 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Will MAGA really start shooting people?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
someone please tell me TPS is here to stay :(
Nepali doctors future black or white usa ?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
BREAKING: THE LEFT HAS LOST THE SUPREME COURT!
Another Song Playing In My Mind
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters