[Show all top banners]

cybernepali
Replies to this thread:

More by cybernepali
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 4]

tragicomic

jetho390

Mr. D

Tyo Din
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 नेपाली नेताको छोराको बिहेमा भारतीय पैसाको माला ????
[VIEWED 7023 TIMES]
SAVE! for ease of future access.
Posted on 12-01-14 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छोराको बिहेमा भारतीय रुपियाको माला लाउन लगाएर सर्वहारा नेताले आफ्नो भारतीय नेताहरुको देनलाई खुलस्त पारेको छ

 


सर्बहारा नेताको छोरालाई बिहेमा भारतीय पैसाको माला, बुहारी सुनले छपक्कै




काठमाडौं, मंसिर १४ । सारा सम्पत्ती पार्टीलाई बुझाएका सर्बहाराको नेता भनेर जनाताको अगाडी ठिक्क पर्ने एमाओवादीका सचिव टोप बहादुर रायमाझीले आफ्नो छोरोको विवाह धुमधमासँग गरेका छन् । रायमाझीले आफ्ना छोरो संदिप रायमाझीको मंसिर ११ गते विवाह गराईदिएका हुन् । स्थानिय विकास मन्त्री समेत भईसकेका मन्त्री टोप बहादुर रायमाझीको छोराको विवाहमा इन्डियन पैसाको मालाले गला भरिएको देखिन्छ भने बुहारीको गलामा भने सुनले ढाकेको प्रष्ट देखिन्छ । नेपाली सर्बहारा बर्ग र शोषित पिंडित जनताको मुक्तीको लागि भनेर नेपालमा शुरु भएको जनयुद्धमा भावना विपरित हिडिरहेको नेताहरुले पछिल्लो समयमा जनताको अगाडि दिएका आश्वासन र सम्पूर्ण क्रान्तिकारी योद्धाहरुलाई देखायको सपना सबै भुलेर आज उनिहरु आफुले बिलासिताको जिबन बिताई रहेका छन । जनतासामू गएर पाँच रुपयाँमा विवाह गर्ने कुरा गर्दै हिड्ने नेताहरुको छोराछारीको विवाह भने यस्तो हुँदो रहेछ । 



‘सर्वहारा बर्गको नेतृत्व गर्ने’ पनि उनी नै हुन् ? जब सर्वहारा वर्गको नेतृत्व गर्छु भन्ने मान्छेले गैर सर्वहारा चरित्र देखाउन मिल्छ कि मिल्दैन ? गैर सर्वहारा चरित्र देखाउनेले सर्बहारालाई मुक्ति मिलाउन सक्छ कि सक्दैन ? रायमाझीको छोराको विवाहले त्यो प्रश्न भने उठाएको छ । स्वभाविक रुपमा हिन्दु संस्कारमा हुर्केको नारीले सुनका गहना प्रति चासो प्रकट गर्छन, सुनलाई महत्व दिन्छन नै । त्यही संस्कृति र संस्कारको प्रभाव हो, रायमाझीको बुहारीको गलामा देखिएको सुन । जसलाई कुनै पनि सिद्धान्त र आदर्शले रोक्न सक्दैन, आखिर रोकेन पनि । top bdr तर यो एउटा यस्तो प्रतिनिधि घटना हो, जसलाई सिंगो कम्युनिष्ट आन्दोलनसँग जोडेर हेर्नु अनिवार्य बनेको छ । जनतालाई मुक्ति दिलाउने भनेको कम्युनिष्टहरुले नै हो, यसमा कुनै शंका छैन तर विश्वमा कम्युनिष्टहरु असफल हुनुका मुल कारणहरु मध्ये यस्ता घटना प्रधान बनेर आइरहेका छन् । कम्युनिष्ट नेताका ‘बोलिएका भनाई र देखिएका गराईमा हुन्ने आकाश पातालको भिन्नता’ पनि कम्युनिष्ट असफल हुनुका कारण हुन् । जब ‘भनाई र गराईमा भिन्नता’ आउँछ तव त्यसको आलोचना स्वभाविक हुन्छ नै । गरीब र सर्बहार बर्गहरुका लागि युद्ध लडेको बताउने माओबादी हरु के माओबादीले गरिब र सर्बहारा बर्गको लागि जो काम गरिरएको छ ? सत्य कुरा बन्नु पर्दा गरिब र सर्बहारा बर्गको साथ लिएर जो माओबादी ले युद्ध लडेको थियो। हरेक ठाउमा गरीब र सर्बहारा बर्गहरु लाइ जो प्रयोग गरेको माओबादी आज आएर तिनै गरीब र सर्बहारा लाइ जो पाखा लाएको प्ररस्त देखिंछ। गरीबहरुले आधा पेट खाएर पालेको माओबादी आज आएर गरीबको भावना माथि खेलवाड गरेको छ।

Read more at: http://www.xpresskhabar.com/%E0%A4%B8%E0%A4%B0%E0%A5%8D%E0%A4%AC%E0%A4%B9%E0%A4%BE%E0%A4%B0%E0%A4%BE-%E0%A4%A8%E0%A5%87%E0%A4%A4%E0%A4%BE%E0%A4%95%E0%A5%8B-%E0%A4%9B%E0%A5%8B%E0%A4%B0%E0%A4%BE%E0%A4%B2%E0%A4%BE%E0%A4%88/ | XpressKhabar.com

 

 
Posted on 12-01-14 9:53 AM     [Snapshot: 57]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्या मूजी स्टाइल नै देखाउन थियो भने १०० - १०० डलरको नोट भएको माला बनाए हुन्थ्यो नि
 
Posted on 12-01-14 10:41 AM     [Snapshot: 138]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

नेपाली रुपैया मा राजाको फोटो होला : माओबादि भएकोले राजाको फोटो टास्नु भएन : माओबादि भनेको खाओबादी हो | सत्ता पावर हत्याउने अनि सर्बसाधारण जनतालाई समानताको नारा ( त्यो भासन मा शब्दको बौछार हुन्छा खास अर्थ भासन गर्नेलाई पनि थाहा हुँदैन तर ति सब्द बिना माओबादि हुईदैन : दलाल , साम्राज्यबाद , बुज्रुवा , .......थप्दै जानुस ) दिएर जनता भेडा बनाइएको छ अनि जनता भेडा बनेका र अझै बन्न तयार छन् |

देशमा बिबिद धर्मलाइ भित्याउने ( तेस्मा पनि डलरको खेति भएकोछ ) गाइको मासु काटेर खाने भए पछि त्यो बिबाह चै किन पारम्परिक तरिकाले ?
भारतीयलाइ ( र ) लाइ खुसि बनाउञ्जेल सत्ता र पद सहि सलामी रहने हुनाले चाकडी गरेको हो | 
Last edited: 01-Dec-14 11:48 AM

 
Posted on 12-01-14 7:30 PM     [Snapshot: 628]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिमागमा के छिरेछ बरु हजार हजारको नोट राखे राम्रो देखिन्थ्यो
 
Posted on 12-01-14 9:45 PM     [Snapshot: 756]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

The sanctity of marriage has been adulterated with cash and daijo ( दहेज in Hindi). The complexities dealing with daijo is yet another example of one of many social injustices in South Asia. It is common for the bride's family to fall victims to violent shakedowns by the groom's. ('shake-down' so-reminds me of the mob).

That cash garland most likely is from the bride's family. You see, Money and Sex are similar in the way that everyone absolutely loves them but it is so profane to talk about it or display in public like this. This is really of bad taste but it is a so-called culture out there which is very very backward.

In the West a wedding ritual is so much about an intimate fare in the presence of loved ones and friends. Watch this gorgeous clip from "Love Actually."






 
Posted on 12-01-14 10:05 PM     [Snapshot: 810]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Congratulations to the new couple, anyway. :)
They are just following a custom they did not create.

 
Posted on 12-01-14 10:43 PM     [Snapshot: 855]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Wedding is a private event. Its their event and their money. जे सुकै गरोस!
 
Posted on 12-01-14 11:46 PM     [Snapshot: 938]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Height of Show off.
 
Posted on 12-02-14 6:24 AM     [Snapshot: 1082]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यहाँ कसैले काठमाडौँ को धनाड्यको बिबाह देखेको छैन कि के हो | यो त तेस्को अगाडी १% पनि छैन | काठमाडौँका नेवारहरु को गहना पहिरन र भोज भतेरलै कसैले पनि जित्न सक्दैन हो | येति सुन त बेहुली बेहुलाका नातेदारले लाउछ्न | लु काठमाडौँका पुर्खौली बासिन्दा हरु भन्नुस त हो कि होइन ?
 
Posted on 12-02-14 7:22 AM     [Snapshot: 1118]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Mno i dont think this is about newar bahun chettri. As you know rich people have lavish weddings. Nepali royals like shah ranas have had many lavish weddings. Having indian currency around your neck seems too tacky for nepali wedding.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Another Song Playing In My Mind
Does the 180 day auto extension apply for TPS?
Travelling to Nepal - TPS AP- PASSPORT
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters