पिताजीको सुनको तक्मा हालसालै पढ्ने मौका पाएँ । बाल्यकालीन सम्झनाहरुको सेरोफेरोमा आधारित भएर लेखिएको यो कृति जीवन संघर्षका सत्य घटनामा आधारित भएर रचना गरिएको छ । यात्राका क्रममा केही घण्टामैं पढिभ्याएको कृतिपछि मलाई के लाग्यो भने सुशील ताम्राकारजीको साहित्यीक यात्रको भविष्य समुज्वल छ, आफ्नो बयश्क जीवन संघर्षका तितामिठा क्षणहरुको संगालो उहाँले समेटेर पुस्तक प्रकाशित गर्नुभयो भने त्यो अझै रोचक बन्ने छ । र, पाठकलाई त्यसले प्रेरणा मिल्नेछ । सफलतालाई त्यतिकै टपक्क टिप्न सकिंदैन, यसलाई प्राप्त गर्न भगीरथ प्रयत्न चाहिन्छ । हिरा बन्नका लागि कोइला नजाने कैयौं हजार बर्षसम्म उच्च चापमा रहेजस्तै सुशील ताम्राकारजीको अहिलेको व्यक्तित्व पनि सहज ढंगबाट बनेको होइन । परिस्थितिबश सम्पन्न परिवारबाट अति विपन्न परिवारमा परिवर्तन हुनुपरेको नियतीलाई ताम्राकार दाजुभाइले दश नंग्राखियाएर आफ्नो परिवारलाई येनकेनप्रकारेण सामान्य स्तरमा माथि उठाए । सुशिल ताम्राकारले त झन्, काम गर्दे पढ्दै गरेर एसएलसीको बोर्डको नवौं स्थानमा आफूलाई स्थापित गर्नुभयो । एसएलसीको त्यो छलांगले उहाँको जीन्दगीले यस्तरी उडान भर्यो कि भारतको प्रतिष्ठित विश्वविद्यालयबाट इन्जिनियरिंग अध्ययन, महानगरपालीकाको जिम्मेवार प्राविधिक इन्जिनियर र अहिले संयुक्त राज्य अमेरिकाको प्रतिष्ठित विश्वविद्यालयबाट विद्यावारिधी, यी सव उपलब्धीहरु त्यतिकै प्राप्त भएका होइनन् । साहित्य ताम्राकारजीको मूल बाटो नभएपनि उत्तीकै पकड, रुझान्, र प्रेम राख्नु उल्लेखनीय कुरा हो । उहाँको मूल बाटो विज्ञान, प्रविधि र अनुसन्धान हो । मलाई लाग्छ पक्कै पनि उहाँले आफ्नो विश्वविद्यालयामा आफूले पढेको विषयमा विशेष खोज र अनुसन्धान गरिरहनुभएको छ । त्यो खोज र अनुसन्धानले फेरि पनि उहाँलाई अर्को तक्मा दिलाओस र सम्पूर्ण उहाँका परिवार र समग्र नेपालले उहाँप्रति गर्व गर्ने आधार दिलाओस् । शुभकामना छ यसको । यो कितावको थिम दर्द हो, यो त्यही दर्द जसले पलपल तपाईंलाई सुत्नबाट ब्यूँझाउँछ, यो त्यस्तो दर्द जसले तपाईलाई आफ्नो उद्देष्य हाँसिल नगरेसम्म धनुषकाँड विसाउनबाट रोक्छ, र यो यस्तो दर्द जसले तपाईलाई उपलब्धीको उपल्लो सिंढिसम्म नहिंडाइ सुखै दिंदैन । पिताजीको सुनको तक्माले त्यही दर्दको वरिवरि तपाईंलाइ विचरण गराउँछ । तक्मा बेच्नुपरेको तीतो नियतीलाई सुसिलजी बदल्न चाहन्छन् आफ्ना कर्मठ हातहरुद्धारा । एउटा तक्मा गुमेको घाउलाई एकपछि अर्को तक्माहरु ल्याएर मलम लगाउने र शीतलता प्राप्त गर्ने भिष्म प्रतिज्ञा छ पिताजीको सुनको तक्मामा । जीवनबारे विचार गर्दा मलाई के लाग्छ भने सफलता भनेको एउटा स्वभाव हो । यो त्यस्तो स्वभाव जसले तपाईंलाई दिनदिनैं मात्र होइन क्षण प्रतिक्षण सजग र सचेत गराउँछ । ताम्राकारको कितावमा त्यस्तै सफल स्वभाव भेटें मैंले । बोष्टन, सेप्टेम्बर २५, २०१४
Max Rossa · Sep 25, 2014 10:37 AM · 14,908 views
Pay Pal Link To Buy Click here to buy Amazon Link http://www.amazon.com/gp/produ...
rahulvai · Sep 25, 2014 12:27 PM
राहुल दाइलाई सुभकामना | तर दाई साझामा पनि नया कथा हरु लेख्न चाही नबिर्सिनु होला | तपाईको किताब amazon.co.jp मा पनि उपलभ्द गराई दिन पर्यो | हामी क्रेडिट कार्डमा विश्वास नगर्ने मान्छेले पनि cash on Dilivery (COD) मा किन्न मिल्ने थियो |
many · Sep 25, 2014 8:01 PM
डन मण्डल को कथा को प्रतिछ्यामा!
sabaiko satru · Sep 25, 2014 8:26 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion