विमानस्थलबाट घूससहित दुई अधिकृत पक्राउ एक लाख ४१ हजार रुपैयाँ बरामद (6 Votes) 1 2 3 4 5 कान्तिपुर संवाददाता ० काठमाडौं, श्रावण ३२ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विमानस्थल भन्सारका दुई अधिकृतलाई एक लाख ४१ हजार रुपैयाँ सहित पक्राउ गरेको छ । अख्तियारबाट खटिएको विशेष टोलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सारका अधिकृतद्वय मिनर्भा अधिकारी र शान्तराज रेग्मीलाई नगद सहित पक्राउ गरी हिरासतमा लिएको हो । अख्तियारका एक अधिकृतका अनुसार, भन्सारका कर्मचारीहरुले बारम्बार घुस खाने र सेवाग्राहीसँग रकम असुल्ने गरेको गुनासो आएपछि प्रहरी सहितको सुराकी टोली विमानस्थल क्षेत्रमा पठाइएको थियो । निगरानी र सूचनाका आधारमा आकस्मिक खानतलासी गर्दा उनीहरु पक्राउ परेको ती अधिकृतले बताए । अख्तियारका अनुसार उनीहरु साँझ ५ बजेट ४० मिनेटमा सरकारी गाडीबाट निवास र्फकदै थिए । टोलीले खानतलासी गर्दा अधिकारीको झोलाबाट २२ हजार ५ सय रुपैंया भेटिएको छ । साथै उनको सवारीसाधनको म्याटमुनी खुट्टा राख्ने ठाँउमा खानतलासी गर्दा थप ३९ हजार रुपैंया बरामद भएको हो । अधिकारीको साथबाट मात्रै ६१ हजार ५ सय रुपैंया बरामद भएको छ । त्यसैगरी अर्का अधिकृत रेग्मीको साथबाट ७९ हजार ५ सय रुपैयाँ बरामद भएको छ । सो रकम उनले पाईन्टको खल्तीमै राखेको अवस्थामा भेटिएको छ । उनको साथबाट अख्तियारको टोलीले दुईवटा मोवाईल सेट पनि बरामद गरेको छ । अख्तियारले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई उच्च अनियमितता हुने निकायको रुपमा राखी बारम्बार सुधारका लागि अधिकारीहरुलाई निर्देशन दिएको थियो । अघिल्लो सातामात्रै आकस्मिक निरिक्षण गरेको अख्तियारको टोलीले शुक्रवार घुस सहित दुई भन्सार अधिकृतलाई रंगेहात पक्राउ गरेको हो । पक्राउ पर्नासाथ स्वतः निलम्बनमा परेका उनीहरुलाई भ्रष्टाचार निवारण ऐन अनुसार विशेष अदालतमा मुद्दा दायर हुनेछ । - See more at: http://www.ekantipur.com/np/20...
_____ · Aug 16, 2013 12:38 PM · 13,499 views
KEEP IT UP LOKMAN,,, YOU ARE REALLY GREAT NOW!!!
stopthewar · Aug 16, 2013 6:47 PM
एकदिनको कमाई होइन मित्र , त्यो त एक महिना को रैछ | राम्रो संग अनुसन्धान गरेको खण्डमा येस्मा निक्कै धेरै मान्छे पर्ने छाट देखिन्छ, तेस्को लागे यी दुइ अधिकृतले आफु त परे परे अरु सबैलाई पनि तान्छु भन्ने हिम्मत देखाउनु पर्छ | अघिल्ला महिनाजस्तै मोटो रकम हात पारेर भाग्यमानी कर्मचारी बेलैमा घर पुगे । तर, दुई अधिकृत भने रकम बाँडफाँटको सिकार बने । - See more at: http://setopati.com/chapa-bata... http://setopati.com/chapa-bata... "".........अघिल्ला महिनाजस्तै मोटो रकम हात पारेर भाग्यमानी कर्मचारी बेलैमा घर पुगे । तर, दुई अधिकृत भने रकम बाँडफाँटको सिकार बने । विमानस्थल स्रोतका अनुसार शुक्रबार साउन महिनाभर उठेको झन्डै ५४ लाख रुपैयाँ बाँडफाँट भएको थियो । सो रकम भन्सार छली गर्ने व्यापारी र कम मूल्यांकन गरी टेबुल मुनिबाट रकम लिई उठाइएको हो । ‘हामीभन्दा २० गुणा ज्यादा लिनेलाई छाडेर किन हामीलाई मात्र बलिको बोका बनाउने काम भयो भन्दै उनीहरू कराइरहेका थिए, उनीहरूले विमानस्थल भन्सार प्रमुखको नाम पनि पटकपटक लिएका थिए,’ छापामा सहभागी ती सुरक्षाकर्मीले राजधानीसँग भने । .......""" अघिल्ला महिनाजस्तै मोटो रकम हात पारेर भाग्यमानी कर्मचारी बेलैमा घर पुगे । तर, दुई अधिकृत भने रकम बाँडफाँटको सिकार बने । - See more at: http://setopati.com/chapa-bata... अघिल्ला महिनाजस्तै मोटो रकम हात पारेर भाग्यमानी कर्मचारी बेलैमा घर पुगे । तर, दुई अधिकृत भने रकम बाँडफाँटको सिकार बने । - See more at: http://setopati.com/chapa-bata... अघिल्ला महिनाजस्तै मोटो रकम हात पारेर भाग्यमानी कर्मचारी बेलैमा घर पुगे । तर, दुई अधिकृत भने रकम बाँडफाँटको सिकार बने । - See more at: http://setopati.com/chapa-bata... अघिल्ला महिनाजस्तै मोटो रकम हात पारेर भाग्यमानी कर्मचारी बेलैमा घर पुगे । तर, दुई अधिकृत भने रकम बाँडफाँटको सिकार बने । - See more at: http://setopati.com/chapa-bata... अघिल्ला महिनाजस्तै मोटो रकम हात पारेर भाग्यमानी कर्मचारी बेलैमा घर पुगे । तर, दुई अधिकृत भने रकम बाँडफाँटको सिकार बने । - See more at: http://setopati.com/chapa-bata...
nepalilaure · Aug 16, 2013 9:29 PM
मंत्रिजिका सम्म भाग बण्डा पुग्छ , त्यो पुर्याने सर्तमा त्याहा जागिर सरुवा भएको हो ? अझ अहिले त्यो नया नागरिकता लिएर बिदेस काम गर्न जाने संग लाखौ लाख खाइ रहेको कुरा कहिले आउला ? इमिग्रेसनको कमाइ को कुरा आउला |
Magorkhe1 · Aug 17, 2013 10:27 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion