[Show all top banners]

_____

More by _____
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Rahuldai
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 पालेदेखि प्रमुखसम्म
[VIEWED 1190 TIMES]
SAVE! for ease of future access.
Posted on 05-21-13 5:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

पालेदेखि प्रमुखसम्म

Share:
 

 
चार दशकअघि पालेको रूपमा वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पस प्रवेश गरेका जनक महतो (५९) अहिले सहायक क्याम्पस प्रमुख छन्।

 

सजल श्रेष्ठ
 
चार कक्षासम्म पढेका २० वर्षका जनक महतोलाई २०३० सालमा तत्कालीन क्याम्पस प्रमुख डा. मोहनप्रसाद लाखेले वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसको पाले पदमा भर्ना गरेका थिए। तिनै डा. लाखेको प्रेरणा र आफ्नो परिश्रमको फल महतो अहिले क्याम्पसको शिक्षा संकायतर्फ सहायक क्याम्पस प्रमुखको जिम्मेवारी वहन गरिरहेका छन्।

 

पढ्ने धोको मनमै राखेर हिंडेका महतोले डा. लाखेबाट जागिरसँगै अगाडि पढ्ने हौसला पनि पाएपछि २०३४ सालमा माईस्थानको प्रौढ रात्रि माविबाट एसएलसी उत्तीर्ण गरे अनि अर्को वर्ष पालेबाट टाइपिष्टमा बढुवा भए। एसएलसीपछि महतो सीमावर्ती रक्सौलको केसीटीसी कलेजको रात्रिकालीन कक्षामा भर्ना भएर इण्टरमिडियट र स्नातक उत्तीर्ण गरे। २०३८ सालमा उनी क्याम्पसमा नासु भइसकेका थिए। “दिनभर क्याम्पसमा काम गरेर बेलुका रक्सौल पुग्थें” महतो सम्झ्न्छन्, “कक्षा सकिएपछि राति घर आएर खाना खान्थें।”

२०४० सालमा ठाकुरराम क्याम्पसमा इतिहासको स्नातकोत्तर तहको पढाइ शुरू भएपछि डा. लाखेले महतोलाई यहीं भर्ना हुन सल्लाह दिए। यसरी उनको उच्चशिक्षाको धोको पूरा भयो र २०४९ सालमा त्यही क्याम्पसमा सहायक प्राध्यापकको नियुक्ति पाए। काम र इमानको पक्का उनी त्यसपछि पाँच वर्षसम्म छात्रावासको वार्डेन र २०६३ देखि शिक्षा संकायतर्फको सहायक क्याम्पस प्रमुख छन्। गएको असारदेखि माघसम्म निमित्त प्रमुख भएका महतो क्याम्पसको प्रमुखका प्रबल दावेदार पनि हुन्, तर राजनीतिक भागबण्डामा बाहिर परे। “कसैसँग कुनै गुनासो छैन”, उनी भन्छन्, “डोली बोक्ने पुर्ख्यौली पेशा भएको मान्छे मिहिनेत गरेर यहाँसम्म आएँ, सन्तुष्ट छु।” महतो अहिले शिक्षा संकायतर्फ इतिहास अध्यापन गरिरहेका छन्।

दुई छोराका पिता महतो पदमा बसिसकेपछि सबैलाई एकसमान व्यवहार गर्नु भनेर डा. लाखेले दिएको शिक्षालाई जीवनको आदर्श बनाएको बताउँछन्। पीएचडी गरेर आफ्ना आदर्श पुरुष लाखेको जस्तै नामको अगाडि डा. लेख्ने उनको इच्छा भने परिस्थितिले पूरा हुन नदिएको महतोले बताए।

बालविवाहको परम्परा अनुसार ११ वर्षको उमेरमा दुलाहा भएका महतो पाले काम गर्दाको रु.११६ तलबलाई अहिलेको रु.२४ हजारभन्दा धेरै मान्दछन्। त्यस्तै, उतिबेलाको अनुशासन पनि हराएको उनको अनुभव छ। “४० वर्षअघि हामी धेरै अनुशासित विद्यार्थी थियौं”, महतो भन्छन्, “आजका विद्यार्थी नपढी पास हुने बडो आपत्तिजनक इच्छा राख्छन्।”

बिम्मी शर्मा, वीरगञ्जhttp://nepalihimal.com/article/1056


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
A legit Non-Profit organization "United For TPS Nepal "
Business Ideas in Nepal?
Leave messages on US congressman's facebook to support TPS
2020 : Why No Trump !
Democrat lies revealed
#MAGA#FAFO is delicious
TPS Sakiyo Tara Case is in Court.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
Supporting issues on principle instead of blind brainwashed support
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters