[Show all top banners]

_____

More by _____
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Rahuldai
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 जनताको शरीर मात्रै जितेर अबको राजनीति हुँदैन
[VIEWED 1085 TIMES]
SAVE! for ease of future access.
Posted on 05-17-13 7:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

जनताको शरीर मात्रै जितेर अबको राजनीति हुँदैन

स्वामी मोहिधराचार्य (मनोज भण्डारी) मदन भण्डारीका दाजु




मदन भण्डारी र मनोज भण्डारी एकै आमाका सन्तान भए पनि दुबेको यात्रा फरक रह्यो । मदन कट्टर कम्युनिष्ट बन्नुभयो भने दाजु चाँहि घरबार छाडेर सन्यासी हुनुभयो । तर, दुईवटैमा एउटा अनौठो समानता थियो, दुबैले व्यक्ति र परिवारका लागि सोचेनन्, स्वामी मनोजको भाषामा भन्दा दुबै दाजुभाइ परमार्थमा लागे । मदनको भण्डारीको २० वर्षअघि रहस्यमय मृत्यु भैसकेको छ भने मनोज अहिले पनि सन्यास आश्रममै हुनुहुन्छ ।

विसं. २००४ साल असार १० गते ताप्लेजुङको ढुंगेसाँघुमा जन्मेका मनोज आचार्यको साधु नाम हो स्वामी मोहिधराचार्य । भारतको गढवालस्थित हिमाली भेगमा सन्यासीका रुपमा बस्दै आउनुभएका भण्डारी नेपाल आएको मौका पारेर उहाँसँग साहित्यकार अनिल पौडेलले केहीसमय पहिले लिनुभएको भिडियो अन्तरवार्ताको एक सम्पादित अंश :


mahidharacharya-2



 ० यतिबेला तपाईको बसोबास कहाँ छ ?

अहिले हाम्रो बढी बसाइ बद्रीनाथ धाममा छ । हामी गढवालको माथि हिमालय भागमा बस्छौं ।
 

० मदन भण्डारीलाई यहाँले नै बनारस लानुभएको थियो भन्ने सुनिन्छ नि ?

म दुईसाल पहिल्यै वृन्दावन गएको थिएँ, पछि पिताजीले यसलाई पनि लैजा भनेपछि शुरुमा उसलाई वृन्दावन लगेको हो । वृन्दावनमा एकसाल अध्ययन समाप्त भएपछि मचाँहि नेपाल आएँ, उचाँहि देहरादून गयो । हामीले सुने अनुसार देहरादूनमा पनि उसको जीवन निकै संघर्षमयरुपमा बित्यो । देहरादूनबाट फर्केपछि ऊ वाराणसी गयो । हामी पनि फेरि वाराणसी गयौं । मेरो चाहिँ साथी पनि उही भयो । स्कूल लैजाँदा पनि समाएर लैजाने गर्थें । तेज दिमाग भएकाले चण्डीहरु पढ्दा पनि उसलाई पढाइन्थ्यो । दिनमा उसले १२-१५ देखि २५ श्लोकसम्म बुझाउँथ्यो । चार अध्याय चण्डी कण्ठ पारेपछि मात्रै उसले अक्षर चिने नचिनेको अरुले थाहा पाए । यो पढ्नमा तेज छ भनेर गुरुजीहरुले उसको प्रशंसा गर्नुभयो । त्यसबेला उसको नाम मोतिलाल थियो, मदन भण्डारी त पछिमात्रै भएको हो ।
 

० तपाईहरु कुन सालमा वृन्दावन जानुभएको हो ?

साल त मिलाउन सकिँदैन । हामी वृन्दावन जाँदाखेरि लालबहादुर शास्त्री सकिएको शोक ध्वनी बजिराखेको थियो । त्यसको दुई सालपछि मदनलाई लगेको हो ।

वृन्दावनमा ऊ धेरै नराम्रो गरी विरामी भयो । उसका लागि हामीले ओढ्ने सिरकहरु पनि बनाएका थियौं, अब यो खत्तम भएपछि यी सामान देखेर याद आइरहने भो त्यसैले ऊ बित्नासाथ यी सबै सामान दान गरिदिने भन्ने स्थितिमा पुगियो । टाइफाइड भएको हुनुपर्छ, सबै कपाल झरेको थियो । तर, पछि ऊ ठीक भयो । परीक्षा नदे, पढ्न पाइनस् भनेको परीक्षा दियो । त्यसपछि हामी नेपाल आयौं । उ पनि आयो । पछि म एक्लै जान सक्छु भनेर वृन्दावन गयो । त्यहाँबाट त्यागपत्र निकालेर ऊ देहरादून गयो । त्यहाँदेखि प्राय हामीबाट अलि टाढा भयो । देहरादून एकसाल पूरा गरेर ऊ बनारस आयो । त्यहाँ शास्त्री पूरा गरेर म नेपाल आएँ । उसले राजनीतिमा प्रवेश गरिसकेको रहेछ । राजनीतिमा त ऊ वृन्दावनबाटै प्रवेश गरेछ । उसले कतै संगठनमा ज्वाइन्ट गरेछ र मलाई आएर भन्यो मलाई पैसा चाहियो । प्राय मसित यसरी भन्न संकोच गथ्र्यो । तर, उसले ठाडै भनेको हुनाले हामीले पनि केही नभनी उसलाई पैसा दियौं । पछि बुझ्दाखेरि उसले सदस्यता शुल्क दिनुपर्नेरहेछ । पछि हामीले थाहा पाएर पनि उसको स्वतन्त्रता हो भनेर उसको समर्थने गरिदियौं । यसरी उसको राजनीतिप्रतिको प्रवेशचाँहि वृन्दावनबाटै शुरु भएको हो ।

ऊ देहरादूनबाट वनारस आउँदा राजनीतिमा पूरै प्रवेश गरिसकेको थियो । हामी नेपाल आएका थियौं, तर उसले दाजू नेपालमा बस्दा आफूलाई नेपाल आएर काम गर्न असजिलो लागेछ र उसले हामी पढ्ने विद्यालयबाट आफैं मनोज बनेर त्यागपत्र निकालेछ र विश्वविद्यालयमा मनोजको प्रवेश गराएर सरकारी छात्रवृत्ति मिलाएछ । यति गरेर उसले हामीलाई चिठी पठायो र भन्यो, तपाईलाई यहाँ सरकारी छात्रवृत्ति मिल्यो, तपाई तुरुन्त आउनू । सरकारी छात्रवृत्ति मिल्यो भनेपछि हामी गयौं, तर उसको चाँहि दाउ रहेछ, नेपालमा आएर स्वतन्त्र भएर काम गर्ने । म नजाउञ्जेल उसले आफैं मनोज भएर पढेछ । ऊ मध्यमा पढ्थ्यो, म आचार्य पढ्थें । त्यसपछि त ऊ राजनीतिमा खुलेरै आइगयो ।
 

० उहाँ राजनीतिमा लागेपछि परिवारको भूमिका कस्तो रह्यो ?

पिताजीलाई शुरुमा अलि बढी चिन्ता भयो । एकदुईपटक त उहाँले हामीकहाँ मान्छे पनि पठाउनुभयो । अरुले भनेको मान्दैन, तैंले आएर भन्दे, यसलाई मार्छन् भन्ने पिताजीहरुलाई चिन्ता भयो । हामी एकपटक आयौं र पिताजीसँग बातचित भयो । अब यो देशको निम्ति, परमार्थकै निम्ति होमिएको छ, यसलाई जबर्जस्ती समाएर रोक्न सक्दैनौं । रोकियो भने पनि आफ्नो बाटो नपाएपछि मान्छे अव्यवस्थित हुन्छ, त्यसैले देश बनाउने भावनामा लागेको हुनाले हामीले नरोकौं भनेपछि पिताजीले मान्नुभयो । ऊ कहिलेकहिले उता पनि जान्थ्यो । हामी साधु जीवनमा आइसकेपछि पनि कहिले कहिले पुग्थ्यो । एकपटक बिमारी भएर गयो । उसले मसित भन्यो, मलाई इलाज खर्च चाहियो । हामीले भन्यौं, तँलाई पैसा नदिने, अस्पताल हिँड्, जे इलाज गर्नुपर्छ, म गर्छु । पैसा पाएपछि उसले इलाज गर्ने होइन, पार्टीमा खर्च गथ्र्यो । पार्टीमा खर्च गरेकोमा विरोध त होइन, तर आफ्नो उपचार गर्दैन । त्यसैले पैसा नदिएर उपचार गर्न हिँड् भने पनि त्यहाँबाट ऊ भाग्यो । अस्पताल गएपछि त त्यहाँ सुताउँछन्, र उता पार्टीको काम बिग्रन्छ भनेर इलाज नगराई ऊ हिँड्यो ।

इटहरामा प्रधानपञ्चलाई कालोमोसो दल्ने के के घटना भएपछि घरमा पुलिस आएछ । प्रेम पनि त्यतिबेला उसैसँग हिँड्न थालिसकेको थियो । पिताजीले हामीलाई लिन मनोज ज्वाइँलाई पठाउनुभयो । हामी मावलमा आयौं । सीधै घर आउने स्थिति थिएन । पिताजी बेलुका टोपी छड्के पारेर फटफट हिँड्दै आउनुभयो । तैंले केही चिन्ता गर्नुपर्दैन, सब ठिकठाक हुन्छ भन्ने भाव देखाउन खोज्नुभएको होला ।

पुलिसले छोराहरुलाई नभेटे बाबुआमालाई लाने कुरा हुँदैछ रे पिताजीहरुलाई बढी नै कष्ट हुन्छ कि त भन्ने कुरा भयो । तर, पिताजीले भन्नुभयो, तैंले चिन्ता नगर्नू, आफू जहाँ लागेको छस्, त्यसलाई नबिगार्नु, लैजाँदा उनीहरुले जेलै लाने हुन्, मेरा छोराहरुको कमाइ जे छ, त्यो मैले खानुपर्छ । पिताजीले भन्नुभयो, म यसमा डराएको छैन । पछि के भयो, माता पितालाई जेल लगेको थाहा भएन । त्यसपछि यसैगरी ऊ अगाडि बढ्न थाल्यो । हामी अर्को बाटोमा भएकाले राजनीतिका प्रत्येक कुराहरु हामीलाई थाहा पनि भएन । हामीले के कुराको सन्तोष मान्यौं भने पहिला मान्छेलाई बिझाउने जुन किसिमको उग्रता थियो, त्यो छाडेर सही चिन्तन गरेको हामीलाई थाहा हुन थालेपछि हामी बढी निश्चिन्त भयौं । उसका साथीहरु बनारसमा मोदनाथ प्रश्रतिहरु थिए । उहाँहरुसँग पनि हामी भेट्थ्यौं । जन्मेदेखि १२/१३ वर्षको उमेरसम्म चाँहि ऊ हामीसँग रहेको हो । ऊ २००९ सालमा जन्मेको हो, हामी २००४ सालको ।
 

० मदनमा तपाईले सानैदेखि कस्तो विशेषता पाउनुभयो ?

हामीले उसमा के देख्यौं भने बुद्धि र साहस दुईवटै उसमा एकभन्दा एक बढेको थियो । प्रायः मान्छेमा या त बुद्धिपक्ष बलियो हुन्छ, या त साहस पक्ष । तर, उसले साहस देखाउँदा पनि रोमाञ्चक किसिमले देखाउने, बुद्धिको पक्ष पनि राम्रोसँग खेलाउन सक्ने । यी दुईवटै पक्ष उसमा पहिल्यैदेखि थिए । तर, पहिले चाँहि उसमा तातोपन चाँहि अलि बढी नै थियो । हामी भन्थ्यौं, तिमीहरुले यो तातोपनलाई नियन्त्रणमा ल्याउनुपर्छ । जनताको दिल नजिती शरीर जितेर मात्रै अबको राजनीति हुँदैन । ऊ सुन्थ्योमात्रै तर त्यति प्रतिवाद गर्दैनथ्यो ।

उसको अर्को बानी कस्तो थियो भने खर्चबर्च पाइयो भने हामीचाँहि साथीभाइलाई खुवाउनतिर लाग्थ्यौं । उसले ठोस कुरामा मात्रै खर्च गथ्र्यो । पुस्तकमा या त्यस्तै कुनै काममा खर्च गथ्र्यो । ऊ अति मितव्ययी थियो । फाल्तु खर्च गर्ने उसलाई रुची हुँदैनथ्यो । बढी खर्च गर्ने प्रवृत्ति उसलाई राम्रो लाग्दैनथ्यो । परिआउँदा लोकृष्णा वितृष्णाजस्तो भएर गर्ने भन्ने कुराको उसले सानैदेखि प्रतिवाद गथ्र्यो । गरेपछि साँच्चै गर्नुपर्छ भन्ने थियो । त्यागको भावना देखाउने, परी आउँदा त्याग गर्ने स्वभाव उसमा पहिल्यैदेखि थियो ।
 

० दासढुंगा दुर्घटनालाई यहाँले कसरी लिनुभएको छ ?

यो दुर्घटनाको सम्बन्धमा चाँहि उहाँले पहिल्यैदेखि भन्नुभएको हो र हामीलाई उसको प्रवृत्ति देखेर लाग्थ्यो जहिले पभए पनि कुनै दिन यो यस्तै दुर्घटनामा पर्छ । थालेको विषयमा ऊ कहिल्यै हार्दैनथ्यो । वाद गर्ने, तर्क गर्ने उसको प्रतिवाद शैली बेजोड भएको हुनाले हामीलाई लाग्थ्यो, अब यसलाई नचाहनेहरुले यस्तै उपाय निकाल्छन् भन्ने पिताजीले पनि चर्चा गर्नुहुन्थ्यो ।

यो घटना हुँदा हामी बद्रीनाथमा थियौं । हामी १२ वर्षका निम्ति जंगल गएका थियौं । हाम्रो दश साल बितेको थियो । हामी सुनेर पनि आएनौं । आउन सक्ने स्थितिमा थिएनौं ।
 

० तपाईहरु ताप्लेजुङबाट मोरंग बसाइँ आउनुभयो हैन ?

हाम्रा पिताहरुको तेह्रथुमबाट ताप्लेजुङको ढुंगेसाँघु जानुभयो । त्यो ठाउँ कहिले ताप्तेजुङमा पर्यो, कहिले तेह्रथुममा । त्यहाँबाट उठेर पिताजीहरु मोरंगको दुलारी आउनुभयो । त्यसको ४/६ वर्षपछि भीमचौरी र त्यसपछि इटहरामा जानुभयो । इटहराको घर बनाउन मदनको सहयोग थियो । उसले गरेको पारिवारिक सहयोग भनेको त्यसले गरेको त्यति नै हो । उसँग हामी अन्तिम भेट इलाहावादमा भएको हो ।
 

० यहाँले गृहत्याग गरेपछि दाजुभाइको सम्बन्ध कस्तो थियो ?

उसले कहिलेकाँकी साधुहरुकै शैलीमा चिठी लेख्थ्यो । मेरो केन्द्रीइ आश्रमले फलानो शाखामा पठाएको छ भनेर लेख्थ्यो । बेलाबेला भेट गर्न जान्थ्यो । उसले हामी लागेको बाटोको आलोचना पनि गरेन र यसबाट हटाउने कोशिस पनि गरेन । बरु कहिलेकाहिँ पारिवारिक चर्चा गर्दा भन्थ्यो अरे आफ्नो इच्छाअनुसार जहाँ लाग्नुभएको छ, हामीले बाधा गर्नु हुँदैन । यो उसको चिन्तनको कुरा हो । उसको चिन्तनमा शक्ति थियो, गहिरो गरी चिन्तन गथ्र्यो । आफू नलाग्ने बाटोको पनि उसले त्यो केले प्राणवान् छ भनेर खोज्थ्यो । उसको चरित्र र व्यवहारले हामी सन्तुष्ट नै थियौं ।
 

० यहाँ आफ्नो भाइलाई कसरी सम्झनुहुन्छ ?

जब हामीले दुर्घटना सुन्यौं, पारिवारिक माया मोह त सामान्य हो, त्यसलाई हामीले भनिरहनु परेन, तर एउटा कसैले बडो मिहेनत गरेर फलको वृक्ष लगायो, त्यो वृक्ष फुलेर फल लाग्ने स्थितिमा जाँदा बड्याङ्ग भाचिँदाखेरि जे स्थिति हुन्छ, देशको लागि त्यही भयो । देशका लागि ठूलो नोक्सान भयो । कुनै पनि पार्टीका यस्ता विशिष्ट व्यक्तिहरु यसरी जाँदा देशका लागि ठूलो नोक्सान हुन्छ । त्यसको हुनुपर्ने जति निर्माण भैसकेको थियो, अब त्यसको लाभ देशले लिनुपर्ने बेलामा बड्याङ्ग रुख भाँचियो । यो एउटा राष्ट्रिय दृष्टिले र मानवीय दृष्टिले बडो दुखदायी हो ।

- See more at: http://www.onlinekhabar.com/2013/05/71751/#sthash.AtYOpb8B.dpuf
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Supporting issues on principle instead of blind brainwashed support
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
Cricketer Sandeep Lamichhane singing & playing guitar
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नेपाली वालमार्ट चोर
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
#MAGA#FAFO is delicious
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
Funny when Nepalis talk about Epstein and injustice
अब के हाेला त?
EAD Filing
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters