Your Banner Here

   [Show all top banners]

fucheketo
Replies to this thread:

More by fucheketo
What people are reading
Subscribers
[Total Subscribers 14] :: VIEW ALL

sabaiko satru

Mrigtrishna

Biniv

shirish

somewhereondearth

Geology Tiger

nakkali108

rawbee

Birkhe_Maila
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 मैले सुनेको अन्तिम कथा

[Please view other pages to see the rest of the postings. Total posts: 29]
PAGE: <<  1 2  
[VIEWED 11431 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 03-05-13 5:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     9       ?         Liked by
 

भाग-१

हेर्दा उ दह्रो देखिँदैनथ्यो।खिरिलो,चुस्स दाह्री त्यहि पनि सेता काला टाटे पांग्रे,चमक नै नभएको अनुहार,हुति नभएको अनुहार,हारेको अनुहार।तर अनुहार मुटुको ऐना हैन, जे थियो देखिनु जरुरी पनि त थिएन।

"यहि हो पक्डेको मान्छे ?" मैले भित्र छिर्दै गर्दा मेरो सहयोगी लाई सोधेको थिएँ। उसले पनि उसको सँधै हल्लिने टाउको हो भन्ने उत्तर दिँदै हल्लाएको थियो। त्यो टाउको हल्लिन्थ्यो, कहिले हो भनेर तल माथी हल्लिन्थ्यो, कहिले होइन भनेर दायाँ वायाँ हल्लिन्थ्यो ।त्यो टाउको उत्तर दिनमा पारंगत थियो, उसको नवोल्ने मुखभन्दा विलकुल विपरित।संसारमा चाहिने तत्व सामन्जस्यता न हो आखिर! उसको टाउको र मुखमा सामन्जस्यता थियो,मुख मौन वस्थ्यो,टाउको हल्लिरहन्थ्यो।

"के आधारमा पक्डेको त ?" मैले आफ्नो कोठामा भित्र छिर्दै गर्दा मेरो सहयोगीलाई पुन प्रश्न राखेँ।
"आँफैले हो भन्यो सर, केहि गर्नै परेन !" मेरो सहयोगी खिस्स हाँस्यो।हाम्रो लागि सजिलो भएको थियो उसले हो भन्ने वित्तिकै!
"कसरी मारेछ त ? किन मारेछ त ?" मैले जिग्यासा राखेँ।
"तँपाईलाई मात्रै भन्छु भन्छ सर !" 
उसले मलाई पर्खेको थियो आफ्नो कथा सुनाउन।शायद उसको अन्तिम कथा होला यो उसको जीवनको! त्यो हत्याले उसले आफ्नो पनि त जिवनको हत्या गरेको थियो, यदि जिउनु र वाँच्नुलाई छुट्याएर हेर्ने हो भने हो भन्ने वित्तिकै उसका जिउने पलहरु सिद्दिएर मात्र वाँच्ने पल रहने भएका थिए उसको जीवनमा!  मेरो आँखाले उसको आवरणलाई अझै विश्वास गरेको थिएन, किनकी हेर्दा उ दह्रो देखिँदैनथ्यो।

*************** ************** *********** ************ ************ ************ *******
त्यो कोठा सामान्यतय अँध्यारो नै हुने गर्छ। म र मलाई सामना गर्ने अर्को अनुहार वाहेक म अरु केहि देख्दिन कोठामा न अर्को अनुहारले म वाहेक अरु केहि लाई देख्छ। फरक यति मात्र छ कि मेरो अनुहार, अर्को अनुहारको स्वरुप अनुसारले वदलिने गर्छ। वदलिनु मेरो वाध्यता हो, अथवा भनौँ म एउटा ऐना हुँ उनीहरुको लागि, मात्र एउटा छायाँ हुँ उनीहरुको लागि, उनीहरु जस्तो स्वरुपका हुन्छन् त्यस्तै व्यवहार पाउँछन् म वाट।

कोठाको कुनामा नदेखिए पनि एउटा माटोको घैँटोमा पानी रातो प्लेटले छोपेर राखेको छ भन्ने मलाई थाहा छ। त्यो पानीको तर कोहि नतिर्खाउन्जेल सम्म केहि अस्तित्व छैन। जीवन अचम्मको छ , आवश्यकताले अँध्यारोमा प्रकाश उव्जाउँछ,जव आवश्यकता हुँदैन भएका वस्तुहरु प्रकाशमा हराउँछन्। 

उ सोचमैँ थियो, मैले ढोका खोल्दा, उसले ढोकालाई हेरेन। त्यो ढोका नहेर्नुमा पनि शायद उसको तर्क छ, किनकी केहि दिन मैँ त्यो ढोका खुल्ने छैन। उसले वोली नै त्यहाँ ताला लाउन पर्याप्त छ।उसले भन्ने अवको कथा त तपशिलको कुरा!
************** **************** **************** *********** ************* **************
"सुनौँ न त कथा !" मैले स्थिति सामान्य वनाउने प्रयत्न गरेँ!
उ मात्र खिस्स हाँस्यो,एकैछिन गम्यो 
"दुनियाँ अचम्मको छ, मैले भोगेको मेरो जीवनलाई कथा भन्छ!" उ फेरि अड्कियो अनी प्रश्न राख्यो " चुरोट खान पाइन्छ ?"
म थोरै हच्किएँ, मैले यति सस्तोमा उसको भोगाइलाई कथा भन्न नहुने, हो मेरै गल्ति हो!
"भित्र चुरोट खान पाइन्न, नियम छ !"
"नियममा अपवाद पनि त हुन्छन् ! अनी कति नै हानी पुर्याउला र अव जावो त्यो धुवाँले,जीवन धुवाँ वनेर उडेको देखिसकेँ मैले, अव त खरानी मात्रै वाँकि छ।" उसले पहिलो चोटी आँखा जुधायो। आँखाको कालो डिल त्यो मधुरो प्रकाशमा स्पष्ट देखियो।उसले ननिदाएको धेरै भएको छ, सपनाको त कुरै नगरौँ।
"ए एउटा चुरोट ल्याइदे त वाहिर वाट!" मैले छेवैको तन्किएर उभिएको मेरो सहकर्मीलाई अह्राएँ।
"चुरोट मात्र नभन्नुस न सुर्य भन्नुस्, शिखर भन्नुस् , दुखका पनि त प्रकार हुन्छन् !" उसले मेरो वोली काट्दै बोलेको थियो।
"सुर्य!" मैले चुरोट पिएको छैन अहिले सम्म जिन्दगीमा! तर पनि मैले आफ्नो वोली सच्याएँ। 
******************** ************** *************** **************** ************ *******
"तँपाइले लाश देख्नुभयो ?" उसले चुरोटको पहिलो धुवाँ हावामा पातलिँदै गर्दा मलाई प्रश्न राख्यो।

मैले स्विकारोक्तिमा टाउको हल्लाएँ!अनि सम्झे उसको घाँटीको निलो डाम, उसले हतियार प्रयोग गरेन, मात्र आफ्नो हात। औँलाको डाम पछि सम्म पनि देखिन्थ्यो उसका घाँटीमा। धेरै वेर नियालेको थीएँ मैले त्यो कलिलो लाशलाई।अनुहार निश्छलथियो, आँखाहरु ठूला थीए, जति भन्यो त्यति रहर अटाउन सक्ने, कालो कपाल थियो लामो घाँटी अनि स्पष्ट देखिएका औँलाका डाम। त्यो भन्दा तल नियाल्नु मैले जरुरी ठानिन,किनकी उ अचल थिई,अव मृत थिई। अनी उसकै वुढोले स्विकारेको थियो।कतैकेहि सोच्नु जरुरी थिएन।

" तँपाईले देखेजस्ती थिईन उ, उ जिवन्त थिई, हजारौँ जीवन भरिएकी थिई , सपनाहरुको वँगैचा जस्ती थिई!"
हो उ जीवन्त थिई, त्यहाँ पनि कोहि तरुनी मस्त निन्द्रामा वेफिक्री सुतिरहे जस्तो न देखिएको थियो। जिवित भएको भए सुम्सुम्याउन लाई हात सक्सक्याउने गरिकी राम्री ।उसको श्रीमतिको तस्विर आँखामा झलझल्ति घूमिरहे पनि मैले सुन्नु जरुरी थियो, उसको मुखवाट उसले हत्या गरेकी उसकी आफ्नै श्रीमतिको वयान।
"अनि किन त ....?"
"धैर्य गर्नुस न, भन्दै छु त म !मेरो जीवन हो, हाइकु हो र ?दुइ लाइनमा सिद्दिने?" उसले मेरो प्रश्नलाई पुरा हुन दिएन।
केहि त थियो उसमा आक्रोश थियो वा जटिलता थियो वा अरु नै केहि ! तर पनि हेर्दा उ दह्रो देखिँदैनथ्यो।
क्रमश:

 
Last edited: 05-Mar-13 05:12 AM

 
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 03-07-13 8:53 AM     [Snapshot: 548]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

ल यो भाग पनि गज्जब गयो फुच्चे ब्रो

 
Posted on 03-07-13 9:10 PM     [Snapshot: 673]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

 गजब छ, भारी छ । 

-somewhereondearth

 
Posted on 03-08-13 9:31 AM     [Snapshot: 738]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

 Thanx Serial and some dai..and to all the readers

भाग-४

आज उ खुशी थियो। उसले कोठामै कपाल र दाह्री काट्ने रहर देखाएको थियो। साथीहरुले एउटा नाइको व्यवस्था गरिदिएछन् । म उसको दारी काट्दै गर्दा पुगेको थिएँ। उसले थोरै मुन्टो वटारेर मुस्कायो।नाइले उसलाई धेरै हल्लिन दिएन , उसको गाला काटिने डरले! तर त्यो मुस्कान मलाई चस्स विझ्यो। के उ मेरो वढ्दै गरेको दाह्री लाई कटाक्ष गर्दै हाँसेको हो त?
"त्यो नाइ कसले वोलाइदेको ?" म आफ्नो कोठामा छिर्दै गर्दा झर्किएँ।
"त्यो त हफ्तै पिछे आउँछ नि सर! कैदिहरुको दाह्री कपाल काटिदिन !" मेरो सहयोगिले सामान्य स्वरमा नै जवाफ फर्कायो।हुन त स्थिति सामान्य हो, वढेको दाह्रीलाई नै त काटेको हो, कसैको घाँटी त होइन नि, मैले केस गर्न मिल्ने ।घाँटि नै काटे पनि, केस पनि कतिवटा गर्ने अव?एउटा त स्विकारिसकेको छ! अव कारागार को कुन पत्रमा थुनौँ र उसलाई ?कतिवटा वयान लिउँ म उसँग।
"सर ,चिया खानुहुन्छ ?" मेरो सहयोगिले मेरो थकान अनुमान गरेको हुनुपर्छ ।
"कालो खान्छु !" मैले पनि चिया खानु नै उचित ठानेँ।
उ वाहिर निस्कियो तर मैले उसको मुस्कान सम्झिरहेँ। चस चस मेरो छाति विझिरह्यो। हैन उसको काटिएको दाह्री सामान्य होइन।हत्याराहरुको दाह्री हुनुपर्छ, हेर्दा चिनिने हुनुपर्छ ,समाजको भीँडमा हराउने छद्मभेषी भइदिए भने त हामीलाई झन गाह्रो हुन्छ। फेरि उ मलाई देखेर हाँस्यो पनि, उसका आँखाले मलाई गिज्याए । "म कैदि होइन , तँ कैदि जस्तो देखिन्छस् !" भनेर जिस्क्याए।यो स्थिति सामान्य होइन , यो ममाथीको मेरो स्वतन्त्रतामाथीको अतिक्रमण हो। मलाई चिच्याउन मन लाग्यो।
"त्यो नाइ अझै वाहिर छ ?" मेरो सहयोगी भित्र छिरेपछि ,सामान्य बन्ने प्रयास गरेँ।
"छ हजुर किन र ?"
"मेरो पनि दाह्री काट्नु छ !"
*********** ***************** *************** ************** ************* ******
"दाह्री काटेको एउटा वेफाइदा थाहा छ तँपाइलाई ?" म प्रश्नकक्षमा छिर्ने वित्तिकै उसले मलाई प्रश्न राखेको थियो। म अलमल्ल परेँ प्रश्न गर्ने म कि उ ?
"अहँ छैन त !"
"मान्छेको अनुहार दुव्लो देखिन्छ , एउटा पत्र उक्किन्छ! उसले लुकाएको दुव्लो अनुहार नांगिन्छ!" उ कुटिल वन्यो अनि म दुर्वल ! मैले उसको अनुहार नियालेँ , उ दुव्लाएको छैन, वरु उसमा त ओज देख्दैछु, किन म उसका आँखामा ग्लानि देख्दिन ?पश्चाताप देख्दिन ! उ सँग वशमा पार्न सक्ने इन्द्रजाल छ जस्तो लाग्छ कहिलेकाहिँ मलाई। भ्रमित वनाउन सक्ने। हुनसक्छ उ दुव्लाएकै होला, म मात्र उसले सृजना गरेको भ्रममा उसलाई मोटो देख्छु अनि आफु सँग दाँजेर लज्जित हुन्छु। म सँग उसका व्याख्याहरुको जवाफ छैन। हिजो त केहि वाक्यहरु मैले वुझेको थिइन त्यहि ठिक थियो।लज्जित हुनु भन्दा त अग्यानी नै जाती!
"तँपाइको वारेमा नै सुनुम् न , अनि के भयो त विहे पछि !" म उसको कथामा लुसुक्क घुस्रिएँ, विरालो तातो पाउने आशले मान्छेको छेउमा घुस्रिए जस्तै।
"दुइ वर्ष हामी सँगै वस्यौँ, पहिला उसको यौवनको मलाई नशा चढ्यो, लत वढ्यो । तर समयले आवरण फेर्छ, मान्छेका चाहनाहरु मिराज जस्ता हुन्छन् जे भेटिन्न त्यो पछ्याइन्छ सिता भेटाएपछि मलाई विस्तारै उ सामान्य लाग्न थाली मैले अर्को मिराज पछि भौतारिनुमा स्वभावत केहि गलत थिएन, थियो त?"
उसले मलाई प्रश्न राख्यो। किन उसले मलाई फेरि प्रश्न गर्यो। उसले त सुनाउनु पो पर्ने!
म सोचमा परेँ।उसको कालो पाटो देखियो त्यो प्रकाशमा !
"त्यो माया होइन त्यसो भए!" मैले साहस वटुलेर उसलाई सम्झाउन चाहेँ!
"तँपाइ विरामी हुनुहुन्छ, लुकाउनुहुन्छ आफ्नि श्रीमति सँग विरामी भएका कुरा त्यसलाई चाहिँ माया भन्ने ? मैले त केहि लुकाएको थिइन! यहाँसम्मकि उ मलाई आजकल सामान्य लाग्न थालेको समेत वताइदिएको थिएँ!"
म छक्क परेँ। उ क्रुर थियो ! थीयो हैन अझै पनि छ, उ भावनाहरु भन्दा कोषौँ टाढा छ , उ सँग मात्र तर्क छन्।
मेरो मोवायलको घण्टी वज्यो। म वाहिर निस्किन आँट्दा उसले जिस्क्यायो
"विरामी छुइन भनेर नढाँट्नु होला ! त्यो माया होइन !" 
अचम्म लाग्यो उसले कसरी थाहा पायो यो मायाको फोन थियो भनेर!!!
************* ************ ************* ***************** *********** **********
" खाना खायौ?" 
मैले सामान्य हुने प्रयास गरेँ। रातको नौ वजिसकेको थियो ।मैले मायालाई भन्न विर्सेछु, म इन्टेरोगेसनमा छु भनेर।किन उल्झाउँछ उ मलाई घरी घरी!
"कुरेर वसेको थिएँ!" उसले म आइदिए हुन्थ्यो भने जस्तो गरेर इच्छा प्रकट गरी!
"आज अलि वढि नै समय लाग्छ होला !"
"त्यो केस कहिले सिद्दिन्छ ?" उ सिधा विषयवस्तु मै प्रवेश गरी। जुन विवरणले म कथा सुनिरहेको थिएँ। मलाई शंका लाग्न थालेको छ आजकल आँफैसित । के म चाहन्छु साँच्चै नै यो केस सिद्दियोस् भनेर ?
"हुँदैछ इन्टेरोगेसन् !घर आएर सुनाउला न तिमीलाई!"
"भो सुन्नुछैन मलाई!" उ लाडिइने प्रयास गरी फोनमैँ।
"के गर्छौ जागिर नै यस्तै छ !" मैले फेरि दोष जागिरमा थोपरेँ।
"अलि विरामी हुनुहुन्छ भनेर चिन्ता लागेको मात्र हो !" उसले आफ्नो चिन्ता जनाई!
"छैन ,ठिक भइसक्यो !" मैले संक्षिप्त उत्तर फर्काएँ। तर कता कता टाढावाट एउटा आवाज कानमा ठोकिए जस्तो लाग्यो।
"विरामी छुइन भनेर नढाँट्नु होला ! त्यो माया होइन !" 
क्रमश:

 
Posted on 03-11-13 9:58 PM     [Snapshot: 896]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

 धमाधम ४ भाग आयो ...बाँकि कहिले आउछ ??? नरोकौ न हो ....
चार पुरुष र सावित्री पछि भिन्दै स्वाद मा बग्दै छु ....
अनि येसो सम्झी राख्नु पुराना २-३ टा कथाहरु क्रमशमा नै अड्केका छन्... कुनै दिन फुर्सद मिलाएर तिनलाई पनि सक्नु होला ...

 
Posted on 03-12-13 10:31 AM     [Snapshot: 969]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

 साँच्चै घनघोर छ यो कथा । 

-somewhereondearth

 
Posted on 03-12-13 11:53 AM     [Snapshot: 1014]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

 पर्खि बसे आउला भनि भाग ५ पढ्ने पालो   
 
Posted on 03-12-13 3:17 PM     [Snapshot: 1064]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

 म पनि पढी सके, अर्को भाग को पर्तिक्ष्या मा 
 
Posted on 03-12-13 4:10 PM     [Snapshot: 1098]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Nice flow, but is it really necessary to explain the emotion after ever first person dialogue instead of letting the reader interpret the thing? I started losing patience as i read thru the thing.

 
Posted on 03-13-13 6:14 PM     [Snapshot: 1201]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

फुच्चेको कथाको अर्को भाग कुर्दा कुर्दै जिन्दगी बित्ने भो, कति इन्टेरेस्टिङ भैरहेको बेला, किन यति लामो ब्रेक लगाएको होला?

लेखाइ उत्क्रिस्ट भन्नै पर्दैन, खालि बेला बेला हराउने बानीलाइ कसरी हटाउने होला?

 


 
Posted on 03-14-13 12:32 PM     [Snapshot: 1293]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

 aakinchan- धन्यवाद, यसपालि को कथा सिध्याउने वाचा भयो मेरो,आइतवार(विकेन्डमा)अर्को भाग पस्किन्छु, पुराना कथाहरु धुलोलागेर मनका कुनै कुनामा अमिलिएका छन्, कोट्याउँदा दुख्ला, सिंकि होला कि भन्ने डर भयो ;)
सोम दाइ-घनघोर लेखकवाट घनघोर प्रतिकृया ;)
Adventurer,Bahramase-आउँछ ,आउँछ,यो विकेन्डमा पक्कै आउँछ साथीहरु, कामले थोरै चेप्यो के ;) 
साहिँली- तिमीलाई त नि खै के भनौँ ? यो मेरो स्पिड अनुसारले ढिलो हुँदै भको हैन, १५ दिन मा चार भाग I m going with my speed ni ;) विकेन्डको वाचा भयो तिमीलाई पनि...तिमीलाई थाहा छ नि म वाचा तोड्दिन भनेर ;)
Gwachaquarian-Thanx for the critical comment , मलाई जहाँसम्म लाग्छ, यो ध्रुवचन्द्र गौतम सर को hangover हो , पछिल्ला दिनमा ति कितावहरुको शैली मनमा घुमिराखेको छ। अर्को भागमा सच्याउने प्रयास गर्नेछु।
अन्य पढिदिने सवै साथीहरुलाई यो विकेन्डको वाचा भयो।




 
Posted on 03-15-13 5:18 AM     [Snapshot: 1376]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

भाग-५
 म कोठामा छिरेँ!
"तँपाइले उसलाई माया गर्नेमा शंका छ, तर उ पक्कै तँपाइलाई माया गर्छे!" उसले मेरो फोनको गफगाफमा चासो देखाएको थियो। हुन त म वाहिर निस्किएर गफ गरेको हुनाले उसले सुन्न सकेलन। तर मेरो मन सशंकित वन्यो, उसले सुनेको भए? जव मान्छे कमजोर हुन्छ , उसले सम्भावना हरु देख्छ लड्ने ,पछारिने चिप्लिने, उडेको  वायुपंखि घोडालाई खाल्डे वाटो को के डर हुन्थ्यो, त्यो वाटोको खाल्डो त काम्ने गोडाले मात्र देख्छ। मेरै कमजोरी हुनुपर्छ , उसले नसुनेको भएपनि मलाई उसले सुने सुने जस्तो नै लाग्यो।

"म तँपाइलाई प्रश्न गर्न वसेको हो यहाँ, तँपाइ उत्तर दिन! आ आफ्नो भुमिकामैँ वसे राम्रो हुन्छ!" म कड्किएँ।म चाहन्न उ मेरो आकाशमा प्रवेश गरोस्, मलाई खोतलोस्! म कोकुन चाहन्छु, मलाई लुकाउने, कमसेकम उसको सामु!!
"मेरो चासो हामी एकै डुंगामा सवार भए जस्तो लागेर मात्र हो!"
"भन्नाले?"
"मलाई पनि सिता औधि माया गर्थी, तँपाइलाई पनि...."
"तर तिमी त गर्दैनथ्यौ नि त !"
उ खिस्स हाँस्यो। मलाई उसको शव्द विनाको हाँसो मन पर्न छोडेको छ। त्यो केहि अर्थ निकाल्न नसक्ने हाँसो । विना अर्थको, एउटा खाली ठाउँ भरिदिन मात्र आएजस्तो।
"छोडिदिनु मेरो व्यथा सुन्न , किन रमाउनु हुन्छ अर्काको भत्केको घर क्यानभासमा कोरिएको नियालेर !"
कहिलेकाहिँ उ गहिरिन्छ, भाउ खोज्छ । उसले कथा रोक्न खोजेको थियो,आजलाई ? सँधैलाई ? सँधैलाई नहोस् , नत्र यसले मेरो मनमा एउटा तिर्खा छोड्नेछ। अनि म भौतारिनेछु !

"मैले सानोमा एउटा कथा सुनेको थिएँ,अरेवियन नाइट्स भन्ने !एकादेशमा एउटा राजा थियो रे, आफ्ना रानीहरु मार्थ्यो रे प्रत्येक रात! अनि एकदिन एउटी कथा भन्ने रानी आइन्! आधा कथा सुनाइदिन ,सुतिन त्यो दिन त्यो राजाले ति रानीलाई मार्न सकेन,अर्को दिन पर्खियो राजाले ,रानीले त्यो कथा त सिध्याइन तर अर्को शुरु गरिन्, सिध्याइनन् ! राजाले त्यस दिन पनि मार्न सकेन...."
"मैले कथाको मनासाय वुझेँ, तर म तँपाइको रानी होइन !!" उ जोडले हाँस्यो।
उ एकछिन मौन वस्यो अनि फेरि शुरु भयो।

"सितालाई मेरो मनले दुइ किसिमले हेर्न थालेको थियो, पहिलो जव उ सामान्य अवस्थामा हुन्थी ,मेरो  मनले उसलाई खोज्दैनथ्यो, भनौँ वास्ता नै गर्दैनथ्यो! तर जव उ छेउछाउका सँग हास्थी मेरो मन अत्तालिन्थ्यो, म उसमा मेरो एकाधिकार चाहन्थेँ तर अधिकार पाएपछि उसको अवस्थाको वारेमा मलाई खासै मतलव हुँदैनथ्यो!"
उसको चुरोट को सर्को यसपाली सामान्य भन्दा लामो थियो। उसले आफ्नो पिडा निकाले जस्तो।
"एकैछिन है !"
मेरो छाति चसक्क दुखेपछि मैले उसँग समय माँगेर वाहिर निस्किएँ!!
************* ********* *********** ************ ************ *******************
माया अस्पतालमा नै मलाई कुरेर वसेकी थिइ। म मेरो सहयोगी सहित अस्पताल पुगेको थिएँ। उसले रुन्चे नजरले मलाई हेरी। उसलाइ लाग्यो मेरो हठ नै हो मेरो विमार, तर उसलाई कसरी भनौँ त्यो लत हो हठ हैन भनेर!
"मैले भनेको हैन तँपाइलाई वढी स्ट्रेस नलिनुस् भनेर ?" उसले आफ्नो नाक खुम्च्यायो।
"जागिर छ , अलि अलि टेन्सन त भइहाल्छ नि !" मैले मायाको अघी स्थिति सामान्य वनाउने प्रयास गरेँ। उसले मलाई अविश्वासी आँखाले हेरी। मलाई लाग्यो उसले मलाई यति माया गरेकी छे कि उसको मुटुमा अव विश्वासको लागि पनि ठाउँ छैन।
"वहाँ तँपाइको श्रीमति ?"
मैले स्विकारोक्तिमा टाउको हल्लाएँ।
"तँपाइ एकैछिन भित्र आउनुस् त !" उसले मायालाई लिएर गयो आफ्नो कोठामा ! अव के भन्ने हो उसले मायालाई ! सोझि छे ,डराउने होली !!! मैले उ वाहिर निस्किने समयको पर्खाइमा भित्ताका चित्रहरु नियालेँ,गर्भवति महिलाको चित्र, चुरोट खाएको फोक्सोको चित्र, डाइविटिजका लक्षण को चित्र। संसारमा हजारौँ समस्याहरु छन् मान्छेमा! वा भनौँ मान्छेहरु छन् र त ति समस्या छन्। अचानक ध्यान कथा तिर मोडियो। कथा आज पनि त्यत्तिकै अड्कियो। भोलि देखि त उ मेरो कस्टडी मा हुन्न ! भोलि शायद उसलाई सजाय हुँदै छ। मन व्यग्र भयो, उसको कथा सिध्याउन!!
रिसेप्सन मा प्रकाश अलि वढि उजेलो थियो। चश्मा लगाएकी अधवैशेँ आइमाइ कम्प्युटरमा व्यस्त थिइ। छेवैमा कागजको खात थियो। डक्टरको ढोका वाट भित्र देखिँदैन थियो। मेरो छातिको पिडा विसेक भएको महसुस भएको थियो मलाई मैले मायालाई देखेपछि, डरले ओखतिको काम गर्छ भन्ने मलाई थाहा थिएन, आज थाहा लाग्यो।डक्टरको ढोकामा गएर उसले के के भन्दैछ सुन्न मन लाग्यो।के भन्दैछ भन्दा पनि  उसले माया सँगको गफ कतिखेर सिध्याउने हो र म गएर वचेको कथा सिध्याउँ भन्ने लागेको थियो मलाई! 
ढोकामा गएर सुन्न कान तेर्स्याएँ। अहँ सुनिएन, साउन्ड प्रुफ रहेछ।दिक्क लाग्यो, आफ्नै कुर्सिमा फर्किएँ। रिसेप्सनिस्ट लाई फेरि हेरेँ, उ यन्त्रवत थिइ, अहँ केहि परिवर्तन थिएन। मलाई दिक्क लाग्यो, मेरो मन यहाँ छैन।
"सुन्नुस् त !" मैले रिसेप्सनिस्ट को छेवैमा गएर भने! उसले पुलुक्क मलाई हेरी! उसले हजुर भन्न जरुरी ठानिन ,मौनता नै रोजी, कहिलेकाहिँ मौनता सजिलो हुन्छ ,बोलिदिन्छ, बुझ्नेले जे वुझ्नु पर्ने हुन्छ त्यहि वुझ्छन् मौनतावाट, मौनतामा द्वन्द हुँदैन।
"भित्र छिर्नुभएको मेरो श्रीमति हो!" मैले ढोकातिर औँला तेर्स्याएको थिएँ। " वाहिर निस्केपछि, म अफिस जरुरी काम ले गएँ भनिदिनुहोला है !!"
म फटाफट सिँढि ओर्लिन थालेँ। मलाई डर छ कसैले मेरो गति रोक्ला कि भन्ने....म कथा अड्काउन चाहन्न ।
क्रमश:

 
Posted on 03-15-13 5:11 PM     [Snapshot: 1449]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

हामीलाइ नि फुच्चेले कथा नअड्काए हुन्थ्यो भन्ने चाहना छ!
 
Posted on 03-17-13 11:52 PM     [Snapshot: 1582]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Launa...tyo inspector office pugena bhanya fuchhe keto? Bholi bata ta tyo tesko custody ma hunna bhanya haina...ya ma pani doctor ko ma janu parne bhaisakyo ..katha kaile aaula bhanne stress le...
 
Posted on 03-21-13 12:19 PM     [Snapshot: 1727]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

 Sahili and deported thank you 

अन्तिम भाग


"मलाई थाहा थियो तँपाइ आउनुहुन्छ आजै भन्ने!" उसले मलाई हेरेर मुस्कुरायो।हो उसलाई सवै नै थाहा छ। मलाई रिस उठ्यो, कहिलेकाहिँ आकर्षण चाहेर हुँदैन, मात्र एकोहोरो एउटा वाटोमा लागिन्छ, आँखा चिम्लेर, वाटोमा भएका खाल्टा खुल्टीमा खुट्टा मर्किन्छ, तर मर्किएको पिडा त्यो वन्द मस्तिष्कले भोग्दैन किनकी उसले चिम्लेका आँखाले लक्ष देखेको हुन्छ। मलाई त्यो कथाले वाँधेको थियो। मायावाट भाग्ने गरी! आफ्नी माया सितको मायामा पनि मलाई आजकल विश्वास लाग्न छोडेको छ। हो उसले भनेको ठिकै हो, माया यति कमजोर हुँदैन!

मैले उसलाई आग्रहि आँखाले हेरि मात्र रहेँ। म चाहन्न म उसलाई मेरो विवशता सुनाउँ। उसको कथा प्रतिको मेरो आशक्ति देखाउँ। अनि विरामी मलाई मेरो रिपोर्ट भन्दा पनि उसको आज मेरो कारागारमा भएको अन्तिम दिनको चिन्ता वढी भएको देखाउँ।

"सिताको कपाल लामो थियो, कालो वादल जस्तो, उसको कपाल उसको कम्मर सम्म झर्थ्यो। उ पानी लिन जव जव त्यो उकालो ओरालो गर्थी,रातो धागो र कालो कपाल एक आपसमा इत्तरिँदै जिस्किरहे जस्ता लाग्थे। " उसले खुइय सुस्केरा काड्यो , अनि फेरि शुरु भयो।

मैले एकदिन उसले पानी लिन जाँदै गर्दा दुइ जना केटाहरुले उसलाई लुकेर हेरिरहेको देखेँ, अलिकति गाइँगुइँ पनि सुने ।दुवै आफु आफु गफ गर्दै थिए, तर मैले सुन्न भ्याएँ निष्कर्ष भने" सिता जति वैँशालु कोहि छैन !" हो मलाई पनि त्यस्तै लाग्थ्यो । तर सत्य पनि त कसको मुखवाट सुन्दा उत्कृष्ट सुनिन्छ र कसको मुखवाट सुन्दा कुरुप हुन्छ भन्ने रहेछ। त्यो दिन त्यति सुन्दर सत्य कुरुप वनेको थियो। मैले रातभर सोचेँ। सिता खाटको कुनामा थोरै ठाउँमात्र लिएर सुतेकी थिई। उ खाटमा खुम्चिन थालेकी थिई। कहिलेकाहिँ मलाई लाग्थ्यो, उ मसँग डराउन थालेकी छे । मलाई नैतिक देख्दिनथी शायद उ,त्यो उसको नजर पनि ठिकै हो हुन त । म भोगि वनेको थिएँ। उ सँधै मेरो भोगको विषय होस् भन्ने चाहन्थेँ। उसलाई विच विचमा मैले नियाँलेको थिएँ। उसको गोरो अनुहार, उसको त्यहि कालो कपालले छोपेको थियो। छोपिएका वस्तु लाखका हुन्छन् , देखिएपछि न हो मोल घट्ने,कौडिमा विक्ने !मैले निष्कर्ष निकालेँ,सिताको वैँश वैँशालु देखिनुमा त्यो कपालको धेरै ठूलो हात थियो।त्यहि कपाल रातमा उसको अनुहारलाई हेरिरहुँ लाग्ने घुम्टो वन्थ्यो, उ पल्टिँदा अस्तव्यस्त भएर लठारिन्थ्यो उसको शरिरमा! त्यहि कपाल दिउँसो उ हिँड्दा कम्मर मा ठोक्किएर एउटा संगित वनाउँथ्यो।मादकता थप्थ्यो उसमा!"
उसको विराम मैले सहन सकिन । सिताले मलाई तानेरै छोडी।
"अनि ?" व्यग्र भएर मैले प्रश्न राखेँ।
"विहान सिता उठ्ने वित्तिकै उसको कपाल काट्न लगाएँ। उसले आँखा भरी आँशु पारेर कपाल काटी अरे! त्यो कपाल कसैलाई यति राम्रो लाग्यो कि शहरमा मोल पाउने आशमा त्यहि समय विक्री भयो अरे!!!"
उ चुप भयो।मैले आफ्नो गलेको आँखाले उसको आँखामा पश्चाताप हेर्न चाहेँ। अहँ थिएन , त्यहाँ पश्चाताप थिएन। छाति पोल्यो मेरो, लाग्यो सिता म सँग निसाफ माग्दै छे। तर म पनि त अमुक छु , म मात्र प्रश्न राख्न सक्छु , उसलाई सजाय दिन सक्दिन !
"किन आखिर?यति दानविय मान्छे मैले देखेको छैन !"
"शक्ति भएकालाई त जसले पनि दानव भन्छ!"
"वा, दानव नै सँधै शक्तिमा हुन्छ, कम्तिमा यहाँ ,अहिले !!" 
"मलाई दानव भन्ने भए म यो कथा यहिँ रोक्छु, किनकि लगाम म सँग छ, तँपाइको पनि !" उ दानवी हाँसो हास्यो।
"भयो ! भन्दिन अव, म कथामा निरन्तरता चाहन्छु !" आज यो कथा सिद्दिएपछि धक फुकाएर सुत्नुछ ।घाम वरण्डामा नआउन्जेलसम्म मैले मनमनै सोचेँ। 
"त्यो दिन मेरो मनमाँ अचम्मको सत्य वस्यो,म वाँच्नलाई शक्तिमा हुनलाई सिता कुरुप भइरहनु पर्छ, जुन दिन उ सुन्दर देखिन्छे , मेरो लगाम छुट्नेछ!"
स्वार्थ को पराकाष्ठा! तर उसले मलाई मुक वस्नु भनेको छ! मैले टेर्नुपर्छ ! नत्र उसले कथा भन्नेछैन। हो उ शक्तिशाली छ। पर्खालका विचमा पनि स्वच्छन्द छ। उसका शव्दजाल मलाई यसरी वाँध्छन् कि उसका कुकृत्य म विर्से जस्तो गर्छु।आँखा चिम्लन्छु , मात्र कान खोल्छु।
"मैले सिताका विक्री हुने अंग अंग छुट्याएँ , विक्री हुने विक्री गरेँ, नहुने सडाएँ! हो मैले सिताको हत्या गरेँ! तर यहि चलिरहेको छ,शक्ति हत्यामै जन्मिन्छ! उ कमजोर थिइ ,तँपाइ पनि !!! ल अव म उठेँ ,मैले वाहिर जानु छ ! यो कारागार मेरो लागि होइन ! " 
"कता हिँडेको ?" म चिच्याएँ" कारागारवाट वाहिर निक्लिन दिन्न म, तँ निस्किन पाउँदिनस् !" भन्ने रहर थियो मेरो! तर अचानक स्वर भाँस्सियो। मेरो छातिवाट मुटु झिकिए जस्तो लाग्यो। म भुइँमा ढलेँ। धमिलो आँखाले उसलाई हेरेँ। उ वाहिर निस्किँदै थियो, एउटा अट्टाहस छोड्दै। मेरो आँखा धमिलिँदै गयो, हात गोडा स्थिर भए।

समाप्त
 

 
Posted on 03-21-13 9:32 PM     [Snapshot: 1804]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 


अन्त्य बियोगान्त जस्तो देखिए पनि प्रस्तुति सुन्दर लाग्यो, शायद फुच्चेले धेरैले ब्यक्त गर्न नसकेको कुरा कथाको पात्र मार्फत भन्न सकेको छ।

"त्यो दिन मेरो मनमाँ अचम्मको सत्य वस्यो,म वाँच्नलाई शक्तिमा हुनलाई सिता कुरुप भइरहनु पर्छ, जुन दिन उ सुन्दर देखिन्छे , मेरो लगाम छुट्नेछ!"

घटनाहरु यसै कारण घट्छन्, जब प्रेममा आधिपत्यको जन्म हुन्छ, अंहकारको राप बढ्छ, इर्ष्या र जलनको जालोभित्र मानिस जेलिन्छ, दुर्घट्ना हुन्छन्।

कथा सकिएर पनि म सोच्दैछु जटिल मनस्थिति र भयाबह परिस्थितिहरु, के फुच्चेले हामी पाठकहरुलाइ प्रश्न सोधेकै हो त?


 
Posted on 03-22-13 12:19 AM     [Snapshot: 1832]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

 उ दानवी हाँसो हास्छ, मेरो मुटु ठप्प हुन्छ 
माया र इर्ष्या को चरम बिंदु या सौन्दर्य को मूल्य
mind blowing......... 
 
Posted on 03-22-13 12:31 AM     [Snapshot: 1835]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

तर सत्य पनि त कसको मुखवाट सुन्दा उत्कृष्ट सुनिन्छ र कसको मुखवाट सुन्दा कुरुप हुन्छ भन्ने रहेछ।, how beautifully said Dai!!! great Story!!!!

 
Posted on 03-22-13 2:32 AM     [Snapshot: 1846]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

<<< सत्य पनि त कसको मुखवाट सुन्दा उत्कृष्ट सुनिन्छ र कसको मुखवाट सुन्दा कुरुप हुन्छ भन्ने रहेछ >>>
 
<<< छोपिएका वस्तु लाखका हुन्छन् , देखिएपछि न हो मोल घट्ने,कौडिमा विक्ने !मैले निष्कर्ष निकालेँ >>>
 
कति मिठो संग लेख्नु भो, मनै छोयो ... 
साझामा मनपर्ने लेखकको अर्को एउटा उत्कृष्ट  प्रस्तुति 
अनि यो नै हामीले पढ्न पाउने अन्तिम कथा पक्कै नहोला भन्ने आशा छ 
Last edited: 22-Mar-13 02:34 AM

 
Posted on 03-22-13 12:17 PM     [Snapshot: 1896]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

एैया, कुठाउँमा पो हान्यो त ।

 एउटा आधुनिक नेपाली कथा, दह्रो अनि गाँजिएको!

-somewhereondearth

 
Posted on 03-24-13 11:56 PM     [Snapshot: 1989]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

 sahili,सोमदाइ- अव भन्ने पालो मेरो>> हैन कथा कहिले आउने हो??
adventurer- Thank you
Ilam 2008-Thank you bhai 
akinchan-Thank you, This story wont be my last one ..promise...:)
अन्य कथा लाई मन पराइदिनुहुने , पढ्नुहुने साथीहरुलाई पनि धन्यवाद



 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
Vote for Hillary for President not Bernie 2016
TRUMP 2016!!! Here is why?
Ek chhoti si kahani ( True story )
किन पढ्नु अमेरीकामा???
साथी को माइजु सित
पिन्कुको नया काले हस्पि नाक चुचेय भाते भतुवा
How to Start a new Business?
Panic attack.
Sajha is out of control - NAS must be stopped
Tax experts need salah
very Imp for Nepalese who are on TPS...But help from every nepalese would be great.great..Please Nepali daju ra didi and uncle auntie haru help garnu hola
मेरो जिन्दगी Java र बाबा मा अड्कियो
Some Nepalis are not real Nepali.
Please i need help,i failed Nclexrn 5 times
Want to Open a Business in Nepal (Probably Restaurant)...Give me some Ideas !
Planning to go back to Nepal for good. Please advise.
Best Tv Series !!!
great tweet by Trump on retail business/amazon
NEPALI CHARLES SHOBRAJ ZUBIN SHARMA URF PRAKASH PAUDYAL!
Marraige between Shrestha Newar and Buddhist Newar - Need Suggestions
अर्चना पनेरुले बिहे पश्चात एस्तो अस्लिल भिडियो सार्वजनिक गरे
राई कान्छा र धोति
मुजी चोर धोतिहरु
Nidda Devkota?
Crypto Marktet, Investment, Coinbase, Gdax,
.NET Training Registration **Serious Students**
Ek chhoti si kahani ( True story )
TRUMP 2016!!! Here is why?
Vote for Hillary for President not Bernie 2016
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters