ह्युस्टनका ब्यबसाईलाई बधाई छ! अमेरिका पुग्यो नेपाली रोबोट हामी अमेरिकासँग बोईङ विमान किन्छौं । के हामीले पनि रोबर्ट बनाएर अमेरिकालाई बेच्न सक्दैनौं ? तपाईंले उत्तर सोचिसक्नु भयो होला– यो सबै गफै त हो ! अहँ, अब यो गफमा सिमित बिषय रहेन । हामीले पनि अमेरिकालाई रोबर्ट बेच्न थालिसक्यौँ । प्रविधिले को अमेरिकन र को नेपाली हो भनेर हेप्ने जमाना अब सकियो । हो, हामी नेपालीले रोबर्ट बनाएर अमेरिका निर्यात गरिसक्यौँ । भोली यूरोप निर्यात गर्नेछौं । र, पर्सि अफ्रिका । यो विश्व हाम्रो पनि बजार हो जसरी हामीलाई विश्वले बजार बनाइरहेको छ । नेपाली युवा वैज्ञानिकले बनाएको दुईवटा रोबोर्ट नोभेम्बरको अन्तिम साता अमेरिकाको होस्टन शहर पुगेका छन् । ‘जिञ्जर’ नामका यि नेपाली रोबर्ट होस्टनको एउटा रेष्टुरेन्टमा पाहुनाको सेवामा तल्लिन हुनेछन् । ‘सियो पनि नबन्ने देश’बाट पहिलो पटक विदेशमा रोबोट निर्यात सम्भव भयो । जसरी युक्रेनको गरीव परिवारमा जन्मिएको युवाले सिर्जना गरेको ह्वाट्स एपले विश्वभर तहल्का मच्चाइरहेको छ । नेपालबाट निर्यात गरिएको रोबोटले पनि अमेरिकी बजारमा त्यसैगरि तहल्का मच्चाउन सक्छ भनेर हामीले विश्वास लिनु परेको छ । नेपाली युवा वैज्ञानिकका लागि यो परीक्षाको घडी हो । नेपाल विश्वभर रोबोट निर्यात गर्ने मुलुक पनि बन्न सक्छ । यसका लागि युवा वैज्ञानिकहरुले माइलौं यात्रा पार गर्ने तयारी गर्नुपर्छ । अमेरिका पुगेका दुई रोबोटमध्ये एउटा मान्छे (युवती)को स्वरुपमा छ भने अर्को बक्स स्वरुपमा । दुबै रोबोट हुन् । दुबैको काम रेष्टुरेन्टमा आउने ग्राहकलाई आतिथ्य सत्कार गर्ने हो । नेपाली मौलिक नेवारी पहिरनमा सजिएका रोबोट मिस वल्र्डभन्दा कम देखिदैनन् । नेपाली रोवोटले अमेरिकामा सबैको ध्यान खिच्न सक्नेछन् । आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को माध्यमबाट चल्ने यी रोबोटले मान्छेले भन्दा इमान्दार भएर काम गर्छन । झन्झट पनि मान्दैनन् । ग्राहकसँग झर्केर नमिठो पनि बोल्दैनन् । अमेरिकामा रेष्टुरेन्ट व्यवसाय गर्दै आएका गैरआवासिय नेपालीले रोबोट किनेर लगेका हुन् । अहिले रेष्टुरेन्टमा रोबोटलाई सेटअप गर्ने काम भइरहेको छ । युवा वैज्ञानिकहरुले नेपालबाटै अनलाइनमार्फत रोबोट सेटअप गर्दैछन् । दुई साताभित्रै ती रोबोटले काम सुरु गर्ने जानकारी हामीले पाएका छौं । आखिर सियो नबन्ने मुलुकमा आधुनिक प्रविधिको उच्चतम प्रडक्ट रोबोट बनाउन कसरी सम्भव भयो त ? पुल्चोक इञ्जिनियरिङ कलेजबाट ग्रयाजुएसन सकाएका एउटै ब्याचका ५ युवाहरु काठमाडौंका रबिन गिरी, निरज बस्नेत, भैरहवाका वसिम अक्रम खान, चितवनका दीपकमल भुषाल, गोर्खाका सागर श्रेष्ठ, बुटवलका आयुष कसजु, बेलायतबाट एमबीए सकेर फर्किएका बिनय राउत र काठमाडौं विश्वविद्यालयबाट पढेका अनिस श्रेष्ठको दृढ अठोट र मिहेनतबाट नेपालमै रोबोट जन्मिएको हो । र, त्यो कृतिम बुद्धिले भरिएको रोबर्टले अमेरिकी भिसा पाएको हो । सातैजना युवाको सोँच देशभित्रै केही गरौं भन्ने थियो । एउटै सोँच भएका युवाहरु मिलेर तीन वर्षअघि झम्सिखेलमा पाइला टेक्नोलोजी कम्पनी खडा गरे । र, देशमै रोबोट बनाउन थाले । झम्सिखेलस्थित अफिसमा पुग्दा युवा इञ्जिनियरहरु रोबोट बनाउने काममा व्यस्त थिए । अहिले उनीहरु व्यवसायिक रुपमै रोबोट उत्पादन सुरु गरिसकेका छन् । उनीहरुले पहिलो रोबोट नेपाल एसबीआई बैंकको दरबारमार्गस्थित स्मार्ट शाखाका लागि बनाइदिएका थिए । त्यो रोबोटको नाम ‘परी’ राखे । लगत्तै युवतीकै स्वरुपमा दुईवटा रोबोट बनाए । न्वारन गरे, ‘जिञ्जर’ । तपाईं दरबारमार्गस्थि नौलो रेष्टुरेन्ट पुग्नुभयो भने आतिथ्य सत्कारमा रोबोट वेटर हाजिर हुन्छन् । यो रेष्टुरेन्ट रोबोटको बजार प्रवद्र्धन र टेस्टका लागि उनीहरुले आफै खोलेका हुन् । युवा वैज्ञानिकहरुको लक्ष्य छ, नेपालमा रोबोट बनाएर विश्वभर पु¥याउने । त्यसको पहिलो पाइला अमेरिकाबाट सुरु भएको छ । रोबोट उत्पादन सुरु गरेको तीन महिनामै उनीहरुले अमेरिका निर्यात गरेर आफुलाई ‘प्रुभ’ गरेका छन् । अहिलेसम्म नेपालमा विदेशमा अदक्ष जनशक्ति र कपडा, चिया, कफी, कार्पेटजस्ता वस्तुहरु निर्यात गर्ने मुलुकको रुपमा चिनिदै आएको थियो । अब रोबोट निर्यात गर्ने मुलुकका रुपमा चिनाउन ७ युवाहरु लागि परेका छन् । पाइला टेक्नोलोजीका प्रबन्ध निर्देशक तथा वैज्ञानिक दीपकमल भुषाल भन्छन्, ‘अमेरिकामा रोबोट निर्यात पहिलो खुड्किला हो । अहिले रोबोट सेटअप गर्ने काम भइरहेको छ । रोबोट फङ्सनमा आउने वित्तिकै हाम्रो सपनाले पाइला चाल्न थाल्नेछ ।’ अमेरिका नै पुगेर रोबोट सेटअप गरिदिन कम्पनीको आर्थिक क्षमताले भ्याउदैन । कम्पनी भर्खर जुर्मुराउन थालेको छ । कमाउन थालिसकेको छैन । युवा वैज्ञानिकले नेपालबाटै अनलाइनमार्फत अमेरिकामा रोबोटको टेक्निकल सेटअप गर्दैछन् । ‘हामी सुरुदेखि नै विदेशमा रोबोर्ट निर्यात गर्न मेन्टल्ली रेडी थियौं’, दीपकमल उत्साहित हुँदै भन्छन्, ‘अमेरिकी प्रोजेक्ट सफल हुने वित्तिकै हामी टेक्निकल्ली पनि रेडी हुने छौं ।’ यी रोबोटले अमेरिकामा ब्रान्डिङ पनि गर्नेछन् । छोटो अवधिमै रोबोट निर्यात कसरी सम्भव भयो त ? दीपकमल भन्छन्, ‘इच्छाशक्ति र मिहेनत ।’ उस्तै उस्तै सोँच र इन्र्टेस्ट भएका मान्छे मिलेर काम गर्दा सफल भइने उनको बुझाई छ । इच्छाशक्ति र स्केल भएका एउटै ब्याचका विद्यार्थीको यस्तो टिम बन्यो कि जसले तीन वर्षमै रोबोट निर्यातमा सफलता दिलायो । उनीहरुले दरबारमार्गमा नौलो रेष्टुरेन्ट खोलेका छन् जहाँ दुईवटा रोबोटले खाना सर्भ गर्छन् । रेष्टुरेन्टमा ग्राहकहरु रोबोट नै हेर्नका लागि मात्र पनि आइपुग्छन् । अमेरिकामा व्यवसाय गरिरहेका नेपाली व्यवसायी कुनै दिन नौलो रेष्टुरेन्ट छिरे होलान् । आतिथ्य सत्कारमा उनै रोबोट वेटर उपस्थित भए । रेष्टुरेन्टमा रोबोटले खाना सर्भ गरेको देखेपछि उनलाई मन पर्यो । उनी कल्पनामा डुबे होलान, अमेरिकामा पनि नेपाली पहिरनमा सजिएका रोबोट वेटर लैजान पाए व्यापार चकाचक हुन्थ्यो होला । नेपाली रोबोटको प्रचार प्रसार पनि हुने थियो । ती व्यवसायीले दुईवटा रोबोट बनाउन अर्डर गरे । युवा बैज्ञानिकहरु पनि हौसिदै तुरुन्त नेवारी ड्रेसमा सजिएका दुईवटा रोबोट तयार पारिदिए । दीपकमल सुनाउँछन्, दरबारमार्गको नौलो रेष्टुरेन्ट र अमेरिकाको रेष्टुरेन्टमा पुगेका रोबोट एउटै हुन् । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका अनुसार दुईवटा नेपाली रोबोट २७ नोभेम्बरमा प्लेनबाट अमेरिका पठाइएको हो । अमेरिका पठाउन गणेश कार्गोले एजेन्टको रुपमा सहयोग गरेको थियो । नेपालबाट उडेको दुई/तीन दिनमै रोबोट अमेरिका पुगे । नेपालमा कार्गो विमान आउँदैनन् । दीपकमलका अनुसार नेपालबाट रोबोट अमेरिका पठाउँदा ब्याट्रीले समस्या पारिदियो । यात्रुबाहक विमानले सुरक्षाका कारण ठूलो क्षमताका ब्याट्री बोक्न पाउँदैनन् । नेपालबाट विमान चढेर रोबोटको बडी स्ट्रक्चर अमेरिका पुग्यो । रोबोटमा लाग्ने ब्याट्री चीनबाट अमेरिका पठाइयो । नेपालबाटै ब्याट्री पठाउन नपाउँदा अलिअलि समस्या परेपनि कागजी प्रकृयामा खासै समस्या परेन । अमेरिकाको एयरपोर्ट भन्सारले पनि सजिलै पास गरिदियो । रोबोटको कथा उनीहरुको कथा परीबाट होइन, पानीबाट सुरु हुन्छ । सबै युवाको देशभित्रै केही गर्ने सोँच थियो । दिमाग पनि त्यतैतिर दौडिरहन्थ्यो । उनीहरु रोबोटिक्सका विद्यार्थी । क्याम्पसमा विभिन्न समयमा हुने रोबोटिक्स प्रतिस्पर्धामा पनि भाग लिन्थे । साउथ एशियन प्यासिफिक क्षेत्रभित्र पर्ने राष्ट्रहरुका इञ्जिनियरिङ विद्यार्थीमाझ हरेक वर्ष आयोजना हुने प्रतियोगितामा नबिराई भाग लिन्थे । कतिपटक त अबार्ड पनि जिते । उनीहरुले सफ्टवेयरहरु, म्याप रिड गर्ने ह्वील चेयर, वस्तु चिन्न सक्ने तथा मान्छेको भाषा छुट्याउन सक्ने रोबोर्ट बनाएका थिए । तैपनि नेपालमा रोबोट प्रयोगमा आइसकेको थिएन । फेरी रोबोट बनाउन निकै महंगो पनि पथ्र्यो । महंगो मूल्य तिरेर कस्ले किन्ने ? तत्कालै निर्यात गर्न सकिने होइन । कोही मलाई रोबोट बनाइदेउ भनेर अर्डर गर्न आएको थिएन । युवा वैज्ञानिमहरुको दिमाग स्वचालित धारामा पुगेर रोकियो । सेन्सरवाला स्वचालित धाराको विकास गरे । जसले ट्यांकी खाली नहुँदै मोटर आफै चालाइदिन्थ्यो र पानी भरिएपछि मोटर आफै बन्द हुन्थ्यो । उनीहरुले करीव ४ दर्जनजति घरको धारो र इनार स्वचालित बनाए । तत्कालिन गृहमन्त्री विमलेन्द्र निधिको घरमा समेत अटोमेटिक धारा जडान गरे । घरको धारो र ट्यांकी एकैनासको नहुने । छुट्टछुट्टै घरको लागि छुट्टाछुट्टै डिजाइन बनाउनुपर्ने भयो । यो त्यति व्यवहारिक देखिएन । नेपाली नयाँ बर्षको माहौलमा भृकुटीमण्डपमा एउटा मेला आयोजना भएको थियो । उनीहरुले स्वचालित धारा र उद्योगहरुमा प्रयोग हुने सबै खालका मोटरहरुको स्पिड नियन्त्रण गर्ने भेरियवल फ्रिक्वेन्सी ड्राइभ (भिएफडी) प्रर्दशनीमा राखे । त्यही मेलामा नेपाल एसबीआई बैंकको पनि स्टल थियो । बैंकका कर्मचारीसँग भेट भयो । उनीहरुलाई स्मार्ट शाखाका लागि आर्टिफिसियल इन्टेलिजेन्सको माध्यमबाट चल्ने रोबोट आवश्यक थियो । उनीहरुले युवा वैज्ञानिकलाई विश्वास गरेर रोबोट बनाउन प्रस्ताव गरे । ढुँगा खोज्दा देवता मिले झैं भयो । उनीहरु रोबोट बनाउनका लागि अवसरको खोजीमा थिए । एसबीआई बैंकले प्रस्ताव गरेपछि उत्साहित भएर रोबोट बनाउन लागे । रोबोट बनाएपछि ‘परी’ नाम राखे । त्यो रोबोट दरबारमार्गको स्मार्ट शाखामा राखियो । गत वर्ष उनीहरुले रोबोटको अपग्रेड भर्सन बनाएर बैंकलाई दिए, ‘परी २.०’ । अहिले तपाईं दरबारमार्गको शाखामा पुग्नुभयो भने परीलाई ग्राहकको सेवामा भ्याई नभ्याई देख्नुहुन्छ । परीले ग्राहकलाई बैंकमा खाता खोल्न सिकाइदिने, एटिम देखाइदिने, कुनै विभागमा पु¥याइदिने काम गर्छिन् । रोबोटले हात हल्लाउने, बोल्ने, हिड्ने लगायत सबै काम गर्न सक्छन् । उनीहरुले आफ्नै रेष्टुरेन्टका रोबोट पनि अपग्रेडेड गरे, जिन्जर २.० । धाराबाट सुरु भएको यात्रा रोबोटसम्म पुग्यो । अहिले उनीहरु रोबोटको व्यवसायिक उत्पादनमा लागेका छन् । पाइला टेक्नोलोजीले नै बनाएको रोबोटले किर्तिपुरस्थित बीपी कोइराला विज्ञान संग्राहलयमा सेवा दिइरहेकी छिन् । फुलमाया नाम रोबोटले संग्राहलय अवलोकन गर्न आउनेको स्वागत गर्छिन् । उनले संग्राहलयभित्र रहेका प्रविधि तथा यन्त्रहरुको बारेमा ब्रिफिङ गरिदिन्छिन् । अनि दर्शकले सोधेका जिज्ञासाहरुको पनि जवाफ दिएर सहजीकरण गरिदिन्छिन् । यही बैशाखमा खुलेको संग्राहलयको उद्घाटन गर्न पुगेका थिए, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गरिराजमणि पोखरेल । उनको स्वागत यन्त्रमानव ‘फूलमाया’ले गरिन् । नेवारी महिलाले प्रयोग गर्ने हाकुपटासीमा सजिएकी फूलमायाले कार्यक्रम सञ्चालन गर्दा मन्त्रीसहित सबैजना छक्क परेका थिए । उनीहरु अहिले पर्यटकलाई स्वागत गर्ने रोबोट बनाउन व्यस्त छन् । करीव करीव काम सकिइसकेको छ । एयरपोर्टमा जनवरी दोस्रो सातादेखि दुईवटा रोबोटले पर्यटकको स्वागत गर्नेछन् । ती रोबोटले नेपाल आउने पर्यटकलाई सुरुमा नमस्कार भन्नेछन् । अनि पर्यटकले सोधेमा त्यसको उत्तर दिएर सहजीकरण गर्नेछन् । इमर्जेन्सी सर्भिसका बारेमा जानकारी गराउनेछन् । पर्यटकलाई फोन नम्बर पनि दिनेछन् । दुबै रोबोटले पर्यटकलाई नेपालका विभिन्न ठाउँहरुको बारेमा पनि जानकारी गराउनेछन् । ‘एयरपोर्टमा राखेका रोबोटले पर्यटकलाई सहजीकरण त गर्ने नै छन् । त्यसका अलवा पर्यटकले रोबोटसँग उभिएर फोटो खिच्छन्, नेपाली रोबोट भनेर सामाजिक सञ्जालमा पोस्ट गर्छन्, यसले पनि हाम्रो रोबोट प्रमोसनमा ठूलो सहयोग पुग्नेछ’ दीपकमल विश्वासका साथ भन्छन् । उनीहरुलाई नेपालसहित विभिन्न मुलुकबाट दर्जनौं इन्क्वायरी आइरहेको छ । दीपकमलका अनुसार, ग्रीस, नेदरल्यान्ड, पोल्यान्ड, इंग्ल्यान्ड, साउदी अरेयिबा, दुबई, कतार लगायत मुलुकबाट पनि चासो आइरहेको छ । तर युवा वैज्ञानिकले त्यो चासो सम्बोधन गर्न सकिरहेका छैनन् । उनीहरुलाई त्यो चासो मेटाउन अझै यात्रा गर्नुछ । पहिलो खुड्किला अमेरिकाबाट सुरु भइसकेको छ । अब यो रोकिनेवाला छैन । युरोप निर्यात गर्नका लागि सर्टिफिकेटको आवश्यक पर्छ । यो प्रकृया नै महंगो पर्ने हुनाले उनीहरुलाई सरकारको सहयोग अवश्यक छ । उनीहरु बजारको मागअनुसारका रोबोट बनाउन तयार भइसकेका छन् । उनीहरुले बनाएका रोबोट रेष्टुरेन्ट, संग्राहलय, बैंक, एयरपोर्टमात्र होइन, ठूल्ठूला सपिङ मल, हस्पिटल, सरकारी कार्यालय लगायत सेवाग्राहीको चाप रहने सबै ठाउँमा उपयोगी हुनसक्छन् । ठूलो भोल्यूममा रोबोट माग भयो भने उत्पादन सम्भव छ ? यो प्रश्न भुइँमा खस्न नपाउँदै दीपकमलले भने, ‘पक्कै पनि छ । हामी हाम्रा विश्वभरका ग्राहकहरुलाई निराश बनाउने छैनौं । हामीले हाम्रो सोच्ने क्षमता र प्राविधिक क्ष्ँमतालाई अर्को उचाईमा पु¥याउनेछौं ।’ आर्टिफिसियल इन्टिलिजेन्सले विश्वलाई कल्पनाको अर्को चरणमा प्रवेश गराउदैछ । स्यावास, नेपाली वैज्ञानिकहरू । जसले हामी नेपालीलाई पनि प्रविधिको यो चमत्कारमा एकाकार हुने अवसर प्रदान गर्न दिनरात दिमाग खियाइरहेका छन् । https://swetpatra.com/cover-st... Last edited: 08-Jan-20 10:15 AM
ktmpost · Jan 8, 2020 9:55 AM · 20,711 views
Copy cat is too long and is it a robot or statue? Waste of every one’s time. It is like Nepal made it own helicopter that was a hay helicopter. I took that as art.
logan · Jan 8, 2020 12:45 PM
Robert हो कि , robort हो कि robot ?
GwachAquarian · Jan 8, 2020 8:24 PM
ठोक्न मिल्ने खाले तरुनी रोबोट बनाउन बैज्ञानिक भाइ हरु !
Nas · Jan 8, 2020 9:09 PM
सियो बनाउने र प्रसस्त धान उब्जाउने मा लागे हुन्थ्यो. कृषि प्रधान देश मा धान, र खेति गर्ने मल विदेश बाट ल्याउनु परि रा छ. What the hell is that toy robot for ? Crap...
dhoti_prasad · Jan 9, 2020 9:17 AM
प्लिज मेरो लागि एस्तो खाले एउटी रोबोट बनाइ देउन बाबु राजा बैज्ञानिक भाइहरु ! अनि नखराबाजी गरेर लजाउने एउटा "येप" पनि इन्स्टल गरि देउ न ल ! Last edited: 11-Jan-20 11:58 PM
Nas · Jan 11, 2020 11:54 PM
Kudoss to the young scientists and engineers for making such a good looking droid. It is assuredly a tight slap for those who think nothing could ever be made in Nepal. I hope this gorkhe robot will not face any hassles in visa or any other rules; I expect the robot will not have to file any asylum or be at the mercy of TPS and such.The robot, now, is perfectly landed in its proper country (US) as almost all Americans live a "robotic" and "mechanical" life!. I hope it will work and function superbly without glitch and lethargy, working long ceaseless hrs sans red bull or coffee. It could also help those tired souls who are over-worked and under-slept in US! The initiative and enterprise to do something new in own homeland is highly commendable. Last time, there comes a news about another AI-related company,engaged in same kind of field,located in Durbarmarg,named Fuse machine. The bitter truth still remains that many only think that Nepal could only make " chow-chow and cheezz balls", resulting from the highly corrupted past time,when the govt. factories and industries were sold in nickels, by the elected leaders. At present,countless people believe "AI,electric cars and block chain " is the future and call it "modernisation" and believe it will play a Huge role in the lives of many in the new decade and beyond. There could be many other things of references of preference according to the taste and perspective of the individual. The joke still circulates that Nepal failed to make its own "needle" while it aims for satellites,surplus MW of electric currents and trains that runs faster than Amtrak. Well, any project or work that jump start in Nepal will certainly help it in some manner and also could inspire and motivate other neoteric teams. Nepal needs to "export" whatever it got; be it robots, needles ,khukuris, rugs, handicrafts, toys, electricity, momos, herbal medicines, edible oils, fruits, mary jane--anything that will generate jobs and currencies, helping the homeland and all. I hope these robotic "folks" will be someday return back, after minting some coins ,and perhaps come off as any "help" to the remotest and under developed zones of Nepal- anyhow!.
Alias_ · Jan 13, 2020 1:00 AM
Anything that is 'Made in Nepal' requires about 90% of parts to be imported except for some 'items' which are purely made in Nepal. Before the Robot, Nepalese boys also made a helicopter but what is its status now? We should make something that is sustainable, not something that gives the manufacturer instant but short term popularity. My 2 cents....
Baneko chha paharale · Jan 13, 2020 10:05 PM
मुजी नेपाली खाते रोबोट भुसले भरेको हुन्छ ग्यारेन्टी छ | भित्र खोलेर हेर्यो भने खाते तारहरु भूगोल पार्कको खम्बामा भन्दा बढी झ्याउँझ्याउति हुन्छ | काठमाडौँको किन्ग्स्वेमा भएको रोबोट पब्लिसिटी स्टन्ट बाहेक केहि होइन भनेर त्येहिको मालिकले साथिहरुलाई भनेको छ | एक चोटी टक्कर खायो भने ग्लास स्लास खानाहरु हूत्तेर इट्स अ लसुट वेतिंग तु ह्यापन |
khateynepali · Jan 14, 2020 12:12 PM
"तारहरु ...झ्याउँझ्याउति हुन्छ" तेसो हो त् तरुनी रोबोटको दुलोमा ढुक्कुर छिराउने बित्तिक्कै करेन्ट लाग्ने होला ! थुक्क ! ये बैज्ञानिक भाइहरु एसमा अलिक ध्यान पुरै दिनुस न ल ! Last edited: 14-Jan-20 09:59 PM
Nas · Jan 14, 2020 7:07 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion