दशैंमा सेतो टिका, कि कालो टिका ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

दशैंको शुभकामना !! तपाइ कस्तो टिका लगाउनु हुन्छ ??  कालो टिका नेवारले लगाउँदा रहेछन - मोहनि पर्व भन्दै  जनजातिले सेतो टिका लगाउने रे  किन यस्तो फरक ??  Last edited: 07-Oct-19 06:00 PM

AnandNepal · Oct 7, 2019 5:59 PM · 3,295 views

5 Replies

सेतो टिकाको कुरा यस्तो रहेछ (कालो र रातोको बारेमा खोज्दैछु/लेख्दैछु - ***यो आगामि भिडियोको स्क्रिप्ट हो***) आदिवासी जनजातिको बाक्लो वस्ती रहेका पोखरा, पर्वत, म्याग्दी, बाग्लुङ, गोरखा, लमजुङ अनि पूर्वका केहि जिल्लामा दशैंको बेलामा निधारमा सेतो टिका र पहेलो जमरा लगाएर द्शैं मनाएको देखन पाइन्छ । दहिमा चामल घोलेर टिका बनाउंदा सेतो टिका बन्छ। आदिवासी जनजातिहरुले हरेक शुभ कार्य गर्दा दहिमा चामल मुछेर सेतो टिका लगाउने चलन छ । त्यही चलनको निरंतरता उनीहरुले दसैंमा पनि दहिमा मुछेकै सेतो टिका लगाउने गरेको धेरैले बिश्वास गर्छन। आदिवासी जनजातिहरुका धेरै शुभकार्यक्रमा सेतो टिका नै लगाउनैपर्छ, रातो टिका चल्दैन। केही वर्ष पहिले मगरहरुले दशैंलाई आफ्नो पर्व नभएको भन्दै बहिष्कार पनि गरेका थिए । तर, इतिहास हेर्दा मगरहरुले धेरै अघि देखि दसैं मान्दै आएका छन् । खासमा गोरखा मनकामनाका मगर पुजारीले दशैंको टिका हनुमानढोकामा नपठाएसम्म सर्वसाधारणका लागि टिका नै खुल्दैन । तेसैले दशैंमा पर्व मनाउनुमा मगर जनजातिको ठुलो भुमिका रहेको छ । https://www.youtube.com/watch?...

AnandNepal · Oct 7, 2019 8:42 PM

आनन्द ब्रो, यो चाहि आफ्नो हिन्दु धर्म परिवर्तन गरेर इसाई बनेका नेपालिहरुले दशैंमा लगाउने क्रिशियेंन टिका !

Nas · Oct 8, 2019 3:20 PM

** छोरीलाई ढोग्ने छोरालाई ठोक्ने किन? *** (स्क्रिप्ट पढेपछि, भिडियो हेर्नु पर्दैन) रिप्लाइ लाइ रिप्लाइ दिउँला भनेको त मेटिइ सकेछ तेसैले यो भिडियो अपडेट गरें : खुट्टा ढोग्ने कुराको बारेमा ! #ह्याप्पि दशै, २०७६ भन्दै नेपालगंजकि मेयर उमा थापा मगर ले यो फोटो शेयर गरिन । अनौठो तरिकाले बृद्ध बाबुलाइ ढोगाएको भए पनि फोटोमा एक पिताको स्नेह देखिएको छ, एक पुत्रिको बालसुलभ प्रेम छचल्किएको छ । खुट्टा किन ढोगिन्छ हाम्रो समाजमा ठुलाबडाको खुट्टा ढोग्ने चलन छ। तर, छोरिचेलिको मामलामा यो चलन उल्टो हुन्छ - बाबुआमाले छोरिको खुट्टा ढोग्छन्। छोराले बाबुआमाको खुट्टा ढोग्नु पर्ने, छोरिले नपर्ने चलन ले छोरा छोरि बराबर भन्ने भनाइलाइ खिल्लि उडाएको छ भेदभाव गरेको छ। हाम्रो समाजमा - पत्नीले पतिको खुट्टा ढोग्छन । - छोराले बाबुआमाको खुट्टा ढोग्छन् भने बाबुआमाले छोरीको खुट्टा ढोग्छन् । - भाइले दाजुको खुट्टा ढोग्दछन् । - दाजुभाइले दिदीबहिनीको खुट्टा ढोग्दछन् । - दिदीले बहिनीको खुट्टा ढोग्छिन् । - ससुराले ज्वाइँ र छोरीको खुट्टा ढोग्छन् । - शिष्यले गुरूको खुट्टा ढोग्दछन् । - कनिष्ठ कलाकारले वरिष्ठ कलाकारको खुट्टा ढोग्छन - बुहारिले क-कस्को खुट्टा ढोग्नु पर्छ भन्नेमा समुदाय समुदायमा बिभिन्न मान्यताहरु छन। यो ढोग्ने र ढोगाउने कुरामा कुनै एक निश्चित मापदण्ड नभएको हुनाले ठुला बडाले जे जे भने त्यसै अनुसार संस्कार र चलन बस्दै जान्छ। ऋषि धमला पत्नि एलिजा गौतमले तिजको बेलामा पतिको खुट्टाको पानि खाएको भिडियो शेयर गरिन - त्यसको बारेमा ठुलै हंगामा भयो । पुर्व पत्रकार र अहिलेका राजनितिज्ञ रविन्द्र मिश्रले श्रीमतीलाइ खुट्टा ढोगाउने होइन उनि आँफैले श्रिमतिको खुट्टा ढोग्छु भन्छन। उनि श्रीमतीको खुट्टा ढोग्ने चलन नै ठीक होइन, श्रीमान्-श्रीमतीका बीचमा त बराबरको सम्बन्ध हुनुपर्छ, कसैले पनि कसैको खुट्टा ढोग्नु नपर्ने स्थिति हुनुपर्छ" भन्छन । https://www.youtube.com/watch?...

AnandNepal · Oct 9, 2019 3:32 PM

आ आफ्नो सन्क्रिती लाई पछ्याउदै च लन लाई तान्दै छौ | कुन रङ्को टिका लागाउछन् को जानकारीको लागि धन्यवाद तर किन र कसो तिर नजादा नै बेस होला  | खुट्टा ढोगाइ पछाडि : को ठुलो को सानो छुत्याउने भन्दा पनि होच्याउने प्रथा हो कि ? सानो हुँदा गुरु बा नम्स्कार काजी साब भन्दै दाहिने खुट्टा उचाली सक्थे | जे जे उपनाम दिए पनि गुरुहरुले झुकाएकै थिए | छोरो अन्स खाने र तेस्रो तिघ्रोबोकेको हुनाले बुहारी लाई राम्ररी काम लागोस भनी ठोकेको हो , छोरीलाई ज्वाँई र ज्वाँईका परिवारले ठोक्ने हुनाले ढोगाइमा पारीएको हो | मिस्रजिले त ढोगाइका कुरा मै अड्किएछन , झुक्किएर म त भग् चटान पनि दिन्छु भनेनछन ? Last edited: 09-Oct-19 11:04 PM

Logan · Oct 9, 2019 11:01 PM

Thanks @Logan ... "तर किन र कसो तिर नजादा नै बेस होला |" ==> खासै त्यस्तो नमिठो कारण रहेनछ : पहिला सबैले सेतै टिको लगाउँथे रे। छोरो ठोक्नु र छोरि ढोग्नु को त त्यहि कारण होला । सेतो कालो र रातो टिकाको बारेमा भिडियो तयार गरेको थें तर, मान्छेले त्यति चाख चैं दिएनन। दशैं नै सकिन लागिसक्यो भनेर होला । https://www.youtube.com/watch?...

AnandNepal · Oct 10, 2019 12:29 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion