[Show all top banners]

AnandNepal
Replies to this thread:

More by AnandNepal
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Jaysmi

AnandNepal
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 दशैंमा सेतो टिका, कि कालो टिका ?
[VIEWED 2992 TIMES]
SAVE! for ease of future access.
Posted on 10-07-19 5:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दशैंको शुभकामना !!

तपाइ कस्तो टिका लगाउनु हुन्छ ?? 

कालो टिका नेवारले लगाउँदा रहेछन - मोहनि पर्व भन्दै 
जनजातिले सेतो टिका लगाउने रे 

किन यस्तो फरक ?? 

Last edited: 07-Oct-19 06:00 PM

 
Posted on 10-07-19 8:42 PM     [Snapshot: 42]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सेतो टिकाको कुरा यस्तो रहेछ
(कालो र रातोको बारेमा खोज्दैछु/लेख्दैछु - ***यो आगामि भिडियोको स्क्रिप्ट हो***)

आदिवासी जनजातिको बाक्लो वस्ती रहेका पोखरा, पर्वत, म्याग्दी, बाग्लुङ, गोरखा, लमजुङ अनि पूर्वका केहि जिल्लामा दशैंको बेलामा निधारमा सेतो टिका र पहेलो जमरा लगाएर द्शैं मनाएको देखन पाइन्छ । दहिमा चामल घोलेर टिका बनाउंदा सेतो टिका बन्छ। आदिवासी जनजातिहरुले हरेक शुभ कार्य गर्दा दहिमा चामल मुछेर सेतो टिका लगाउने चलन छ । त्यही चलनको निरंतरता उनीहरुले दसैंमा पनि दहिमा मुछेकै सेतो टिका लगाउने गरेको धेरैले बिश्वास गर्छन। आदिवासी जनजातिहरुका धेरै शुभकार्यक्रमा सेतो टिका नै लगाउनैपर्छ, रातो टिका चल्दैन।

केही वर्ष पहिले मगरहरुले दशैंलाई आफ्नो पर्व नभएको भन्दै बहिष्कार पनि गरेका थिए । तर, इतिहास हेर्दा मगरहरुले धेरै अघि देखि दसैं मान्दै आएका छन् । खासमा गोरखा मनकामनाका मगर पुजारीले दशैंको टिका हनुमानढोकामा नपठाएसम्म सर्वसाधारणका लागि टिका नै खुल्दैन । तेसैले दशैंमा पर्व मनाउनुमा मगर जनजातिको ठुलो भुमिका रहेको छ ।

https://www.youtube.com/watch?v=bxLZhrM6O0I
 
Posted on 10-09-19 3:32 PM     [Snapshot: 294]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

** छोरीलाई ढोग्ने छोरालाई ठोक्ने किन? *** (स्क्रिप्ट पढेपछि, भिडियो हेर्नु पर्दैन)

रिप्लाइ लाइ रिप्लाइ दिउँला भनेको त मेटिइ सकेछ तेसैले यो भिडियो अपडेट गरें : खुट्टा ढोग्ने कुराको बारेमा !

#ह्याप्पि दशै, २०७६ भन्दै नेपालगंजकि मेयर उमा थापा मगर ले यो फोटो शेयर गरिन । अनौठो तरिकाले बृद्ध बाबुलाइ ढोगाएको भए पनि फोटोमा एक पिताको स्नेह देखिएको छ, एक पुत्रिको बालसुलभ प्रेम छचल्किएको छ ।

खुट्टा किन ढोगिन्छ
हाम्रो समाजमा ठुलाबडाको खुट्टा ढोग्ने चलन छ। तर, छोरिचेलिको मामलामा यो चलन उल्टो हुन्छ - बाबुआमाले छोरिको खुट्टा ढोग्छन्। छोराले बाबुआमाको खुट्टा ढोग्नु पर्ने, छोरिले नपर्ने चलन ले छोरा छोरि बराबर भन्ने भनाइलाइ खिल्लि उडाएको छ भेदभाव गरेको छ।

हाम्रो समाजमा
- पत्नीले पतिको खुट्टा ढोग्छन ।
- छोराले बाबुआमाको खुट्टा ढोग्छन् भने बाबुआमाले छोरीको खुट्टा ढोग्छन् ।
- भाइले दाजुको खुट्टा ढोग्दछन् ।
- दाजुभाइले दिदीबहिनीको खुट्टा ढोग्दछन् ।
- दिदीले बहिनीको खुट्टा ढोग्छिन् ।
- ससुराले ज्वाइँ र छोरीको खुट्टा ढोग्छन् ।
- शिष्यले गुरूको खुट्टा ढोग्दछन् ।
- कनिष्ठ कलाकारले वरिष्ठ कलाकारको खुट्टा ढोग्छन

- बुहारिले क-कस्को खुट्टा ढोग्नु पर्छ भन्नेमा समुदाय समुदायमा बिभिन्न मान्यताहरु छन। यो ढोग्ने र ढोगाउने कुरामा कुनै एक निश्चित मापदण्ड नभएको हुनाले ठुला बडाले जे जे भने त्यसै अनुसार संस्कार र चलन बस्दै जान्छ।

ऋषि धमला पत्नि एलिजा गौतमले तिजको बेलामा पतिको खुट्टाको पानि खाएको भिडियो शेयर गरिन - त्यसको बारेमा ठुलै हंगामा भयो । पुर्व पत्रकार र अहिलेका राजनितिज्ञ रविन्द्र मिश्रले श्रीमतीलाइ खुट्टा ढोगाउने होइन उनि आँफैले श्रिमतिको खुट्टा ढोग्छु भन्छन। उनि श्रीमतीको खुट्टा ढोग्ने चलन नै ठीक होइन, श्रीमान्-श्रीमतीका बीचमा त बराबरको सम्बन्ध हुनुपर्छ, कसैले पनि कसैको खुट्टा ढोग्नु नपर्ने स्थिति हुनुपर्छ" भन्छन ।

https://www.youtube.com/watch?v=iJtGAjT1oJM
 
Posted on 10-09-19 11:01 PM     [Snapshot: 345]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आ आफ्नो सन्क्रिती लाई पछ्याउदै च लन लाई तान्दै छौ | कुन रङ्को टिका लागाउछन् को जानकारीको लागि धन्यवाद तर किन र कसो तिर नजादा नै बेस होला  |
खुट्टा ढोगाइ पछाडि : को ठुलो को सानो छुत्याउने भन्दा पनि होच्याउने प्रथा हो कि ?
सानो हुँदा गुरु बा नम्स्कार काजी साब भन्दै दाहिने खुट्टा उचाली सक्थे | जे जे उपनाम दिए पनि गुरुहरुले झुकाएकै थिए |

छोरो अन्स खाने र तेस्रो तिघ्रोबोकेको हुनाले बुहारी लाई राम्ररी काम लागोस भनी ठोकेको हो , छोरीलाई ज्वाँई र ज्वाँईका परिवारले ठोक्ने हुनाले ढोगाइमा पारीएको हो |

मिस्रजिले त ढोगाइका कुरा मै अड्किएछन , झुक्किएर म त भग् चटान पनि दिन्छु भनेनछन ?
Last edited: 09-Oct-19 11:04 PM

 
Posted on 10-10-19 12:29 PM     [Snapshot: 452]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thanks @Logan ...
"तर किन र कसो तिर नजादा नै बेस होला |" ==> खासै त्यस्तो नमिठो कारण रहेनछ : पहिला सबैले सेतै टिको लगाउँथे रे।
छोरो ठोक्नु र छोरि ढोग्नु को त त्यहि कारण होला ।

सेतो कालो र रातो टिकाको बारेमा भिडियो तयार गरेको थें तर, मान्छेले त्यति चाख चैं दिएनन।

दशैं नै सकिन लागिसक्यो भनेर होला ।

https://www.youtube.com/watch?v=yoQXprEvChU


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS to F1 Status.
TPS To F-1 COS
Venezuela TPS lawuit
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
2020 : Why No Trump !
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
NEPAL TPS IS GONE
#MAGA#FAFO is delicious
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters