[Show all top banners]

ktmpost
Replies to this thread:

More by ktmpost
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 अदालतबाट रुँदै निस्किए महरा, हिरासतबाट जेलतिर
[VIEWED 1750 TIMES]
SAVE! for ease of future access.
Posted on 11-05-19 2:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काठमाडौं : सोमबार साँझ काठमाडौं जिल्ला अदालतबाट बाहिरिँदै थिए निवर्तमान सभामुख कृष्णबहादुर महरा। उनी जसै प्रहरीको भ्यान नजिक पुगे सम्हालिन कठिन परिरहेको देखिन्थ्यो। उनी अन्तत: रुँदै प्रहरीको भ्यान चढे। यसअघि अदालतमा पुग्दा होस् या सभामुख निवासबाट गिरफ्तार भएर बाहिरिँदा, यस्तो दृष्य देखिएको थिएन। महरा आत्मविश्वासिला देखिन्थे। 

बलात्कारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पूर्पक्षको लागि जेल चलान गर्न सोमबार काठमाडौं जिल्ला अदालतले आदेश दिएको हो। अदालतको आदेश सँगै महरालाई अदालत परिसदबाट सिधै डिल्ली बजार कारगार लैजाँदा उनी रोएका हुन्। 

संचारकर्मी र प्रहरीबाट अदालत परिसरमै घेरिएका महरा अदालतको निर्णयपछि खिन्न देखिनु स्वभाविक थियो। अदालतको आदेश उनका पक्षतिर ढल्किएको थिएन। प्रहरी भ्यानको सिटमा बसेलगत्तै महरा झन् रोएका थिए। 

आइतबार सरकारी वकिलका तर्फबाट सहन्यायाधिवक्ता चन्द्रकान्त खनालसहित चार जनाले बहस गरेका थिए। त्यस्तै, महराको तर्फबाट वरिष्ठ अधिवक्ता लवकुमार मैनाली तथा भोजराज आचार्यले बहस गरेका थिए। अदालतको यो आदेशसँगै महराको सांसद पद समेत गुमेको छ।

सोमवार महराको तर्फबाट वरिष्ठ अधिवक्ता कृष्ण सापकोटा, रमण कुमार श्रेष्ठ, सविता भण्डारी शेरबहादुर केसी लगायतले बहस गरेका थिए। 
महराबिरुद्ध गत बिहीवार जबर्जस्ती करणी उद्योगमा मुद्दा दायर भएको थियो। 

महरामाथि गत असोज १२ गते संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि बलात्कार प्रयासको आरोप छ। सोमबार पीडित महिला पनि अदालतमा उपस्थित भएकी थिइन्। तर, उनलाई बोल्न अनुमति दिइएन। पीडित महिलाले पछिल्लो समय आफ्नो बयान फेर्दै आएकी थिइन्।

'अरु बेला आउँदा महरा हँसिलो मुद्रामा देखिन्थे,' जिल्ला अदालतमा रहेका पहिलोपोस्टका फोटोपत्रकार प्रवीन रानाभाटले भने, 'आज चाहिँ उहाँले टाउको समेत उठाउनु भएन। टाउको निहुर्‍याएरै गाडीभित्र छिर्नुभयो।'

महिलाले प्रहरीमा किटानी जाहेरी दिएपछि असोज १९ गते अदालतको अनुमतिले प्रहरीले महरालाई सभामुख निवास बालुवाटारबाट पक्राउ गरेको थियो। पक्राउ गरेको दुई दिन महानगरीय प्रहरी वृत सिंहदरबारको हिरासतमा बसेका महरा त्यसपछि भने विरामी भएको भन्दै नर्भिक अस्पतालमा बस्दै आएका थिए।

https://pahilopost.com/content/20191104175933.html?

Last edited: 05-Nov-19 02:55 PM

 
Posted on 11-05-19 4:51 PM     [Snapshot: 141]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नाठाहरु आफुले गरेको कुक्रुत्य माथि सेकेन्ड थट प्रोसेस नै हुँदैन , हुने भए त्यो क्रित्यको सुरुआत नै हुँदैन थियो | नाठा रुदैनन | रह्यो यिन्का आसु , एस्लाई गोहिका आसु भनिन्छ |

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NEPAL TPS IS GONE
NOV 18th TPS DAY
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
EAD Filing
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
Leave messages on US congressman's facebook to support TPS
Business Ideas in Nepal?
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
Bill to Protect TPS and DED Recipients
कोर्टमा जाँदा आइसले समात्ला भन्ने डर छ भने यस्तो गर्नुहोला
A legit Non-Profit organization "United For TPS Nepal "
Democrat lies revealed
Nepal TPS Hearing: 9 Room, 19 Floor, 29 July
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters