समाचार लेख्ने पत्रकारनै समाचारको विषय विरलै हुन्छन् । पुरस्कृत भएर वा बढुवा भएपछि धेरै जसो पत्रकार समाचार बन्छन् । यो बाहेक पत्रकार समाचार बन्ने आक्रमणमा परेपछि हो । साउदी अरबले पत्रकार जमाल खसोगीको हत्या गरेको समाचार सेलाउन नपाउदै अमेरिकाकै वित्तिय राजधानी न्यूर्योकमा नेपाली पत्रकार कुटिएका छन् । समाचारमा प्रदेश नम्बर एकका मुख्यमन्त्री मात्रै नभएर उनी संलग्न रहेको नेपाल सरकार र सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी माथि पनि प्रश्न उठेको छ । आफ्नै प्रदेशको मुख्यमन्त्री अमेरिकामा पत्रकार पिट्ने घटनामा मुछिए पनि नेपाल सरकारले केहि धारणा सार्वजनिक गरेको छैन । उनले टिप्पणीमा तीनवटा पक्षलाई प्रश्न उठाएपनि घटनामा भने चौथो पक्ष पनि जोडिन पुगेको छ ।थप पढ्न क्लिक गर्नुस https://bit.ly/2FdpQ1m Last edited: 10-Nov-18 11:35 PM
bhugolpark · Nov 10, 2018 11:32 PM · 9,328 views
के यीनी नेपाली पत्रकारलाई कुट्ने ब्यक्तीहरु ट्रम्पकै देखी सिकी गरेका हुन् ? गत् मङ्गलबार आफ्नो राजनैतीक दल चुनाबमा नराम्रै हारेको रीसको झोकमा बुधबार अमेरीकी राष्ट्रपति ट्रम्पले नी झन्डै कुटेका थिए CNN का पत्रकार जीम अकास्टा लाई । https://www.youtube.com/watch?...
Khaobaadi_Netaa · Nov 11, 2018 2:50 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion